Showing posts with label खेलकुद. Show all posts
Showing posts with label खेलकुद. Show all posts

Thursday, October 30, 2014

नेपाल बन्यो डिभिजन थ्री क्रिकेट च्याम्पियन

१३ कात्तिक, क्वाललाम्पुर । युगाण्डालाई पराजित गर्दै नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि रक्षा गरेको छ ।


बिहीबार भएको उपाधि भिडन्तमा नेपाली व्याट्सम्यान र बलर दुबै चम्किएपछि नेपाले युगाण्डालाई हराउँदै लगातार दोस्रो पटक उपाधि मात्र जितेन, समूह चरणमा व्यहोरेको हारको मिठो बदला समेत लिएको छ ।

समूह चरणको पहिलो खेलमा नै नेपाल युगाण्डासँग २० रनले पराजित भएको थियो । तर, त्यसपछि सबै खेल जितेको नेपाल फाइनलमा पनि सफल रहृयो । उसो त युगाण्डाले भने अघिल्लो पटक कै नियती व्यहोरेको छ । अघिल्लो पटक डिभिजन थ्रीमा पनि नेपाल समूह चरणमा युगाण्डासँग हारेपनि फाइनलमा उसैलाई हराएर उपाधि जितेको थियो ।

यो पनि पढ्नुस् : यसरी बन्यो नेपाल डिभिजन थ्री च्याम्पियन 


किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको नेपालले नरेश बुढायर, सागर पुन र ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा ४९.५ ओभरमा सबै विकेट गुमाएर २२३ रन बनायो ।

नेपालले उत्कृष्ट निकै सुरुवात गर्‍यो । ओपनस सुवास खकुरेललाई आराम दिएर सागर पुनलाई नरेश बुढायरसँग ओपनिङमा खेलाइएको थियो, जुन निकै सफल समेत रहृयो ।
सागर र नरेशले पहिलो विकेटका लागि १०७ रनको साझेदारी गरे, जुन पहिलो विकेटका लागि प्रतियोगिताकै दोस्रो ठूलो साझेदारी हो भने नेपालको सबैभन्दा बढी ।

नेपालको स्कोर २०७ रन हुँदा नरेश अर्धशतक पूरा गरेर पहिलो विकेटका रुपमा पभेलियन फर्किए । ७३ रनको साझेदारी गरेका उनले दुई चौका र एक छक्काको मदतमा ५१ रन बनाए ।

नेपालले थप २४ रन जोड्दा सागर पुन आउट भए । ८७ बलमा ५ चौकाको मदतमा अर्धशतक पुरा गरेका उनी ६४ रनमा पभेलियन फर्किएका हुन् । सागरपछि अर्धशतक पूरा गरे उपकप्तान ज्ञानेन्द्र मल्लले । ६५ बलमा अर्धशतक पूरा गरेका ज्ञानेन्द्र व्यत्तिगत ६५ रनमा आउट हुँदा नेपालले ४७.२ ओभरमा २०८ रन बनाएर कुन पाँच विकेट गुमाएको थियो ।

यो पनि पढ्नुस् : क्रिकेट टीमलाई पुरस्कृत गर्न राखेपले सिफारिस गर्ने


बाँकी १५ रन जोड्दा नेपालले बाँकी ५ विकेट गुमायो । थप १/१ रन जोड्दा आरिफ शेख र बसन्त रेग्मी आउट भए । ४९.२ ओभरमा सोमपाललाई गुमाएको नेपालले थप एक रन जड्दा शक्ति गौचन र मेहबुब आलमलाई गुमाएको थियो ।

नेपालका मध्य तथा तल्लो क्रमका व्याट्सम्यानको विकेट लिने क्रममा युगाण्डाका मुसाका चम्किए । उनले मात्र ३.५ ओभरमा २७ रन दिएर नेपालको ६ विकेट लिएका थिए ।

२२४ रनको लक्ष्य पछ्याएको युगाण्डा ४४.१ ओभरमा १६१ रन जोड्दा अलआउट भयो । मध्यम सुरुवात गरेको युगाण्डाको पहिलो विकेटका रुपमा १७.६ ओभरमा कयोबीलाई शक्ति गौचनले विकेट किपर विनोद भण्डारीको हातबाट क्याच गलाए । १९ औं ओभरको पहिलो बलमा नै बसन्त रेग्मीलाई नेपाललाई दोस्रो सफलता दिलाए ।

यो पनि पढ्नुस् : डिभिजन थ्री च्याम्पियन क्रिकेट टीमलाई प्रधानमन्त्रीको बधाइ


उनले बगेण्डालाई ज्ञानेन्द्रको हातबाट क्याच गराए भने थप ३ रन जोड्दा सेलावे पनि पभेलियन फर्किए पछि युगाण्डा दबावम आयो । ५ विकेटको क्षतिमा ९२ रन बनाएको युगाण्डाको पारी मुसाकाले सम्हाल्ने प्रयास गरे । आक्रमक व्याटिङ गरेका उनले नेपाली बलरहरुलाई दबाव दिँदै युगाण्डालाई खेलमा फर्काउने राम्रो संकेत दिए ।

तर, ३८.१ ओभरमा सोमपाल कामीले कप्तान नुसुबुगालाई बोल्ड गरे भने ४१.४ मा भुवन कार्कीले मुकासाको विकेट लिएपछि नेपाल जिततर्फ उन्मुख भयो । ४३ औं ओभरमा दुई विकेट गुमाएको युगाण्डाको अन्तिम विकेटका रुपमा मुहुमुजालाई बसन्तले विनोदको हातबाट क्याच गराएपछि नेपालको ६२ रनको जित हात पारेको छ ।


Wednesday, October 29, 2014

मलेसियालाई ३६ रनले पराजित गरि समूह विजेता हुँदै नेपाल डिभिजन दुईमा

काठमाडौ, कार्तिक १२ - मलेसियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ प्रतियोगिताको फाइनलमा प्रवेश गर्दै नेपाल डिभिजन २ मा बढूवा भएको छ ।


प्रतियाेगिताकाे आफ्नो ५ औं खेलमा नेपाल डीएल मेथडको आधारमा मलेसियाविरुद्ध ३६ रनले विजयी बन्यो ।
डिफेन्डिङ च्याम्पियन नेपालले फाइनलमा युगाण्डासँग खेल्नेछ । अघिल्लो पटक पनि दुवै टेालीले फाइनल खेलेका थिए ।

आजै भएको अर्को खेलमा बरमुडालाई ७ विकेटले हराउदै युगाण्डा फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको शीर्ष दुई टिम डिभिजन २ मा बढूवा हुने नियम छ । समान ८ अंक भए पनि रनरेटको आधारमा नेपाल शीर्ष स्थानमा छ ।

टस जितेर फिल्डिङ राजेको नेपाललाई मलेसियाले १४३ रनको लक्ष्य दिएको थियो । ४३ ओभर ३ बल खेल्दै मलेसियाली खेलाडी अल आउट भए । मलेसियाका सबै व्याट्सम्यान क्याच आउट भएका थिए ।

लक्ष्य पछ्याएको नेपालले २५ औं ओभर सकिंदा २ विकेटको क्षतिमा ८९ रन बनाएको थियो । जसमा ओपनर नरेश बुढाएरले ४२ र ज्ञानेन्द्र मल्लले ३५ रन जोडे । पानी परेर खेल अवरुद्ध भएपछि डीएल मेथडको आधारमा निर्णय गरिएकाे हो ।

कप्तान पारस खड्काले जितको लागि चार महत्वपूर्ण विकेट लिए । उनले मलेसियाका सुरुवाति चार व्याट्सम्यानलाई पभेलियन फर्काए । ९ ओभर बलिङ गरेका खड्काले ३ मेडन राख्दै २० रन मात्र खर्चिए ।

भुवन कार्कीले ३ र शक्ति गौतने २ विकेट लिए । सागर पुनको नाममा १ विकेट रह्यो ।

डिभिजन-२ सन् २०१५ को जनवारी १५ देखि नामिवियामा हुने छ । त्यस प्रतियोगिता एसोसिएट्स राष्ट्रका टिमलाई आईसीसी इन्टर कन्टिनेन्टल फोर डे प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ ।

त्यस्तै डिभिजन-२ टाेलीलाई आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा पनि सहभागिताको अवसर हुनेछ ।

Tuesday, October 28, 2014

आइसीसी वर्ल्ड क्रिकेट डिभिजन-३ मा अमेरिका विरुद्धको खेलमा नेपाल विजयी

काठमाडौ, कार्तिक ११ - आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३ मा हिजो रद्द भएर आज भएको नेपाल र अमेरिकाबीचको खेलमा नेपाल १० रनले विजयी भएको छ ।


मलेशियामा जारी खेलमा हिजो अमेरिकाले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेर अवरुद्ध खेल आज खेलाइएको थियो । आज भएको खेलमा टस जितेर व्याटिङ थालेको  अमेरिकाले  निर्धारित ओभरको समाप्तीमा ९ विकेट गुमाएर २२३ रन जोडेको थियो ।

उक्त खेलको जवाफी ब्याटिङ थालेको नेपालले २२ ओभरमा मा १ विकेटको क्षतीमा ७१ रन जोडन नपाउदै मलेशियामा भारी वर्षा हुन थालेपछि  पुन खेल  अवरुद्ध  भएको थियो ।

मेशियाको किनरारा मैदानमा भएको उक्त खेलमा लामो समयसम्म पनि पानी नरोकिएपछि डिएल (डकवर्थ लुईस)  मेथडका आधरमा नेपाल १० रनले विजयी भएको छ । यो जितसँगै नेपाल डिभिजन २ मा उक्लियो भने नेपाल शिर्ष स्थानमा रहेको छ ।

अमेरिकाका लागि लागि फहाद बहारले ५९ रन बनाए । त्यस्तै तिमिल पटेलले ३९ रनको योगदान गरे । ओपनर स्टेभेन टेलर ३६ रन जोडे ।

१४ औं ओभरको पाँचौं बलमा नेपालले टेलरलाई आउट गरेर पहिलो विकेट लिएको थियो ।

नेपालको लागि शक्ति गौतनले १० ओभर बलिङ गर्दै ३० रन खर्चेर ३ विकेट लिए । बसन्त रेग्मी र सागर पुनकेा नाममा २-२ विकेट रह्यो ।

नेपालका  लागि अविजित म्यानअफ दि म्यान सुवास खकुरेल भएका छन् । 

Monday, October 27, 2014

अमेरिकाविरुद्धको खेल ३० ओभरमा छोट्याइयो, नेपाललाई १६२ रनको नयाँ लक्ष्य

१० कात्तिक, क्वाललाम्पुर । वर्षाका कारण प्रभावित नेपाल र अमेरिकाबीचको खेल ३० ओभरमा छोट्याइएको छ भने नेपालले १६२ रनको नयाँ लक्ष्य पाएको छ ।


आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा अमेरिकाले नेपालसामू २०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, नेपालले जवाफी व्याटिङ गर्न नपाइ पानी परेपछि खेल ३० ओभरमा छोट्याइएको छ भने नेपालले १६२ रनको नयाँ लक्ष्य पाएको छ ।

यसअघि किनरारा ओभलमा टस जितेर पहिले व्याटिङ गरेको अमेरिका ४७.३ ओभरमा २०४ रनमा अलआउट भयो । २४ रन जोड्दा भरपर्दा व्याट्सम्यान टेलरलाई गुमाएको अमेरिकाको पारी स्टीभ मसिहा र बाबरले सम्हालेका थिए । मसिहा र बाबरले ११२ रनको साझेदारी गरे ।

२७.४ ओभरमा सागर पुनले बाबरको विकेट लिएपछि अमेरिकाको पारी धरासायी हुन सुरु भएको थियो । बाबर ४७ रनमा आउट भए । अर्को ओभरमा शक्ति गौचनले मसिहालाई ७४ रनमा पभेलियनको बाटो देखाए ।
नेपालका लागि सोमपाल कामीले ९ ओभरमा एक मेडन राख्दै ३७ रन दिएर तीन विकेट लिए ।

नेपाललाई पहिलो सफलता दिलाउने क्रममा सोमपालले टेलरको विकेट लिएका थिए ।
शक्ति, सागर पुन र बसन्त रेग्मीले समान २-२ विकेट लिए ।

Sunday, October 26, 2014

सिंगापुरमाथि नेपालको सहज जित,सिंगापुर १९० रनले पराजित

९ कात्तिक, क्वालालम्पुर । मलेसियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको आइतवारको खेलमा नेपालले सिंगापुरलार्इ १९० रनले हराएको छ ।


टस हारेर ब्याटिङ्को निम्तो पाई प्रारम्भिक ब्याटिङ् गरेको नेपालले पुरै ओभर खेल्दा नौ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको थियो ।

२ सय ६४ रनको लक्ष्य पछ्याएको सिंगापुर मात्र २१ अोभर ४ बलमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै जोड्न सक्यो । सिंगापुरका चेतन सूर्यबंशीले मात्र १५ रन जोडे भने क्षितिज सिन्देले १३, साद जान्जुवाले ११ रन तथा अभिराज सिंहले अविजित १२ रनको योगदान दिए ।

नेपालका सोमपाल कामी र बसन्त रेग्मीले चार चार विकेट लिए भने अमृत भटरार्इले दुर्इ विकेट लिए ।
सिंगापुरसँगको खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले सतक पार गरे । उनले १२५ बलमा एक छक्का र १३ चौकाको मद्दतमा ११४ रन जोडे । कप्तान पारस खड्कामा १४ रन बनाएर आउट भए । नरेश बुढाऐरले २९ रन तथा सरद भेषवाकरले २५ रनको योगदान गरे ।

ज्ञानेन्द्र मल्ल आउट भएपछि ब्याटिङ् सम्हालेका बसन्त रेग्मी १५ बलमा एक छक्का र दुई चौकाको मद्दतमा २१ रन जोडेर आउट भए भने विनोद भण्डारी ८ रनमा पेभेलियन फर्किए । सोमपाल कामी ६ रन जोडे भने शक्ति गौचन ५ रनमा क्याच आउट हुन पुगे । अमृत भट्टराईले अविजित ६ रन जोडेका थिए ।

Friday, October 24, 2014

आईसीसी डिभिजन ३ बर्मूडाविरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडौ, कार्तिक ७ - एकसय १ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मलेसियामा जारी आईसीसी डिभिजन ३ को आफ्नो दोस्रो खेलमा बर्मुडालाई ८ विकेटले हराएको छ । पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित नेपालले दोस्रो खेलमा संयमित भएर खेल्यो ।


नेपालले मात्र ११ ओभर एक बल खेलेर बर्मुडाले दिएको लक्ष्य भट्टायो । टस जितेर फिल्डिङ राजेको नेपालले बर्मुडालाई कम रनमै प्याक अप गर्यो । बर्मूडाले ४० ओभर एक बलमा आफ्ना सदै व्याट्सम्यान गुमायो ।

सजिलो लक्ष्य पछ्याएको नेपालका ओपनर व्याट्सम्यान नरेश बुढाएर ६ रनमै समेटिए । अर्का ओपनर सुबास खकुरेलले २२ बलको सामना गर्दै ३० रन जोडे ।

नेपालको लागि विनोद भण्डारीले सर्वाधिक ४३ रन जोडेर नटआउट रहे । कप्तान पारस खड्काले औं बल सामना गर्ने क्रममा चौका हानेर टोलीलाई विजयी बनाए ।

पहिलो इनिङमा नेपालको लागि अमृत भट्टराई, बसन्त रेग्मी र शक्ति गौतले २-२ विकेट लिए । सोमपाल कामी र सागर पुनको नाममा १ १ विकेट रह्यो ।

बमूडाका लागि सुरुवाति चार व्याट्सम्यानले बाहेक कसैले दोहोरा अंक जोड्न सकेनन् ।

जितसँगै डिफेन्डिङ च्याम्पियन नेपालको खातामा २ अंक छ । डिभिजन ३ का दुई शीर्ष टोली डिभिजन २ मा बढूवा हुनेछन् । नेपालले पर्सी सिंगापुरविरुद्ध आफ्नो तेस्रो खेल खेल्नेछ ।

Thursday, October 2, 2014

दिलाइन विमला तामाङले नेपाललाई पहिलो पदक

दक्षिण कोरियामा भइरहेको १७ औँ एसियाली खेलकुदमा कराते खेलाडी विमला तामाङले नेपाललाई पहिलो पदक जिताएकी छिन्।


महिला तर्फ कराते अन्तर्गतको  कातामा १९ वर्षीया तामाङले कास्य पदक जितेकी हुन्।
 उनले विहिबार उत्तर कोरियाकी काङ जियुइलाई ५:० ले हराउँदै कास्य पदक हात पारेकी हुन्।

आजै भएको क्वार्टर फाइनलमा पाकिस्तानी कुलसूमलाई ४:१ले हराएकी तामाङले सेमिफाइनलमा भियतनामकी गुएन होआङ गान संग भने हार बेहोर्नु परेको थियो।

गान सित ०:५ले पराजित भएपनि उत्तर कोरियाकी जियुइलाई भने ५:० ले नै हराएकी हुन्।
 एसियाडमा अहिले सम्म नेपालले यही मात्रै पदक हात पारेको छ। 

Sunday, September 7, 2014

आज नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौ, भाद्र २२ - आठ वर्षपछि महादेशीय प्रतियोगिताको फाइनल चरणमा फर्केको नेपालले डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तानविरुद्धको खेलसँगै आइतबार एएफसी यू-१६ च्याम्पियनसिपको यात्रा सुरु गर्दैछ।

छनोटमा दुई पहेंलो कार्ड बेहोरेका कप्तान विमल घर्तीमगरबिना नेपाली टिम बैंककस्थित मुआङथोङ स्टेडियममा खेल्नेछ। उनको अनुपस्थितिमा अञ्जन विष्ट र सुनील बलले अग्रपंक्ति सम्हाल्न सक्नेछन्। 'आर्मब्यान्ड' डिफेन्डर अनन्त तामाङले लगाउने मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए।

'मुख्य खेलाडी विमल नहुँदा टिममा पक्कै फरक पर्छ,' प्रशिक्षक महर्जनले भने, 'उज्वेकिस्तान हामीभन्दा बलियो टिम हो। त्यसैले बराबरी नतिजा निकाल्ने योजनासहित खेल्नेछौं।' त्यसपछि उत्तर कोरिया र कुवेतलाई पराजित गर्दै समूह 'सी'को शीर्ष दुईमा रहँदै नकआउट चरण पुग्ने उनले योजना बनाएका छन्।

एएफसी -एसियाली फुटबल महासंघ) का ४६ मध्ये उत्कृष्ट १६ टिम सहभागी प्रतियोगिता शनिबारै सुरु भएको छ। पहिलो दिन दक्षिण कोरियाले ओमानलाई ३-१ र जापानले हङकङलाई २-० ले पराजित गरे।

अभ्यासमा नेपाल यू-१६

गोल    प्रतिद्वन्द्वी

३-३    थाइल्यान्ड यू-१६

०-२    मनाङ-मस्र्याङ्दी

०-५    एन्डरलेच्त यू-१९

३-२    वार्ट लिउ यू-१७

०-०    दक्षिण कोरिया यू-१७

२-२    बोइन युनिभर्सिटी यू-१७

१-०    लिउङगोग यू-१७