Friday, August 5, 2016

गंगामायाले दिईन प्रचण्डलाई यस्तो चेतावनी ।

छोराको हत्यारालाई कारवाहीको माग गर्दे लामो समयदेखि वीर अस्पतालमा अनसनरत गङ्गामाया अधिकारीले नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालबाट न्याय पाउने आशा ब्यक्त गरेकी छिन् ।


बीर अस्पतालमा सञ्चारकमीस्ंग कुरा गर्दे गङ्गामायाले नयाँ प्रधानमन्त्री आएसँगै आफ्नो छोराको हत्यारालाई कारबाही हुने विश्वास व्यक्त गरेकी हुन् । यदि यो सरकारबाट पनि आफूलाई न्याय प्राप्त नभए अबको पाँच दिनपछि आमरण अनशन बस्ने उनले चेतावनी पनि उनले दिएकी छिन् । । जीवनमा कहिल्यै सिटामोल समेत खानुपर्ने अवस्था नआएको भन्दै गङ्गामायाले अहिले औषधि र पानीको भरमा मात्र जीन्दगी लम्ब्याउनुपर्दा निकै कष्ट भएको दुखेसो पोखिन् ।

विसं २०७१ असोज ६ गते अनशन थालेको ३३४ दिन हुँदा उनका श्रीमान् नन्दप्रसादको अनशनरत अवस्थामा नै मृत्यु भएको थियो। नन्दप्रसादको शव अहिले पनि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने गङ्गामायाले अडान राखेपछि नन्दप्रसादको शव अस्पतालमा नै राखिएको छ । विसं २०६१ मा गङ्गामायाका १७ वर्षे छोरो कृष्णप्रसादको हत्या गरेको आरोप तत्कालीन माओवादीमाथि लाग्दै आएको छ ।

0 comments:

Post a Comment