Thursday, August 18, 2016

कुखुराको मासु लिएर घर जादै गरेका दुर्गबहादुरको विभत्स हत्या : अनुसन्धानका लागि २ पक्राउ

उदयपुर, २ भदौ / उदयपुरको जाल्पाचिलाउने गाविस– ५ काभ्रे गाँउका ५५ वर्षिय हुलाकी भनिने दुर्गबहादुर मस्याङगी मगरको मंगलवार राती गाँउ नजिकैको लामाखोल्सीमा विभत्स हत्या भएको छ । स्थानीय सुकौरा बजारबाट तीन पाउँ बोइलर कुखुराको मासु लिएर घर जादै गरेको मगरको स्थानीय ठाइला तामाङको घर मुनिको खोल्सीमा हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ओमबहादुर राना मगरले जानकारी दिए ।


सुकौराबाट घर जादै गरेको स्थानीयबासी बिष्णु मस्याङगी मगरले लामाखोल्सीमा उनको हत्या भएको अवस्थामा देखेपछि गाँउमा हल्ला गरेपछि हत्या भएको रहस्या सार्वजनिक भएको स्थानीयबासी माधव पोखरेलले जानकारी दिए । मृतक मगरको टाउको क्षतविक्षत भएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन । स्थानीयबासीका अनुसार सुकौराबाट मृतक मगरसंगै हातेमालो गर्दै घर गएका जाल्पाचिलाउने गाविस–४ का २० वर्षिय बिष्णु राउतले हत्या गरेको हुन सक्ने अनुमान गरेको छ ।

प्रहरीले अनुसन्धानका लागि राउत र २० वर्षिय दिप्सन तामाङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन । मगरका भाई अम्बरबहादुर मस्याङगी मगरले दाजुलाई हत्या गरेको भन्दै राउतको नाममा किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको छ । मृतक मगरको शब पोष्टमार्डमका लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ । हत्या गर्नु पर्ने कुनै कारण नखुलेको प्रहरीले जनाएका छन ।  मगरको हत्यापछि पुरै गाँउ आतकिंत बनेको स्थानीयबासी माधव पोखरेलको भनाई रहेको छ ।

0 comments:

Post a Comment