Thursday, August 11, 2016

अमेरीकामा पत्नीको वियोगमा बिक्षिप्त भएपछि नवराजले गरे आत्महत्या

अमेरीकामा पत्नीको वियोगमा बिक्षिप्त बनेका एक नेपालीले आत्महत्या गरेका छन् । गत वर्ष ग्राहक बनेर आएका एक बन्दुकधारी लुटेराले आफ्नै ग्यांस स्टेशनमा गोली हानेर पत्नी समिराको हत्या गरेपछि विक्षिप्त बनेका पती नवराज सिवाकोटीले आफुलाई सम्हाल्न नसकेर आत्महत्या गरेका हुन् ।


दुई नावालिका छोरीका बुवा नवराज आइतबार टेक्सासको ओक्लोहोमा भन्ने ठाउंमा सिकिस्त अवस्थामा फेला परेपछि एअर एम्बुलेन्स मार्फत प्लानो भन्ने अस्पतालमा पर्याइएपनि उपचार सम्भव नभएपछि उनको मृत्यु भएको बताइएको छ । भाई नवराजले आफुलाई सम्हाल्न नसकेपछि आत्महत्याको बाटो रोजेको उनका दाजु बिष्णुले बुधबार दाहसंस्कार कार्यक्रमका क्रममा उपस्थित नेपालीहरुलाई जानकारी गराएका थिए ।

भाउजुलाई अबेर फर्कन्छु भनेर घरबाट निस्किएका नवराज नफर्किएपछि खोजतलासका क्रममा ओक्लोहोमामा शिकिस्त अवस्थामा भेटिएका थिए । करिब एक दसक अघि नेपालको दोलखाबाट अमेरीका आएका नवराज गत वर्षको जुन १० तारिखको बिहान टेक्सासको डेन्टनको दि कोलोनीमा लुटेराले आफ्नै ग्यांस स्टेशनमा पत्नी समिराको गोली हानेर हत्या गरेपछि मानसिक तनावमा रहेका थिए । मृतक नवराजका दाई तथा आमा वुवा समेत अमेरीकामै छन् ।


0 comments:

Post a Comment