Thursday, August 18, 2016

चीनमा खुल्यो संसारकै सबैभन्दा लामो सिसाबाट बनेको पुल (फोटोफिचर)

एजेन्सी / चीनको हुनान प्रान्तमा सिसाबाट बनाइएको संसारको सबैभन्दा लामो र अग्लो पुल सर्वसाधारणको लागि २० अगस्त अर्थात आइतबारदेखि खुल्ला गरिनेछ। यो पुलको लम्बाई ४ सय ३० मिटर रहेको छ भने चौडाइ ६ मिटर रहेको छ। यो पुलको पहाडको दुई चुचुरोमा ३ सय मिटर उचाईमा बनाइएको छ।
यो पुलको डिजाइन र कन्स्ट्रक्सनले विश्वमा १० वटा रेकर्ड बनाइसकेको छ। सिसाबाट बनेको यो पुलमा कार गुडाइएर परीक्षण गरेको थियो। यतिमात्रै नभएर मानिसले भारी तौल भएको हथौडाले उक्त सिसामा हानेका थिए, तर उक्त परीक्षण समेत अत्यन्तै सफल रहेको थियो। झाङ्गजियाजीमा तयार पारिएको यो पुलबाट प्रत्येक दिन ८ हजार मानिसलाई अवलोकन गर्ने अनुमति दिइनेछ। यसमा करिब ८ सय मानिस एक पटकमा उभिन सक्ने क्षमताको बनाइएको छ। यसका साथै मानिसले उक्त पुलमा एडभेन्चर्स स्पोर्टसको मज्जा समेत लिन सक्नेछन्।



चीनमा यो पुललाई इजराइली आर्किटेक्ट हैम दोतनले डिजाइन गरेका हुन्। पुलको बीचमा बन्जी जम्पिङको लागि समेत प्लेटफर्म बनाइएको छ ताकि मानिसले बीचमै पनि बन्जी जम्पिङको मज्जा लिन सक्नेछन्। पुल अवलोकनको लागि एक दिन पहिले नै बुकिङ गर्नु पर्ने हुन्छ। गत वर्ष डिसेम्बरमा यो पुलको कन्स्ट्रक्सन पुरा भएको थियो। पुल व्यवस्थापन समितिका अनुसार यो पुलमा तीन लेयर अल्ट्रा सुपर ट्रान्सपेरेन्ट सिसाको ९९ टुक्रा जडान गरिएको छ। उक्त सिसाको मोटाई तीन मिटर देखि साढे चारमिटरसम्म रहेको छ। यही वर्ष जुलाईमा पुलको मजबुरी हेर्नको लागि पुलमा दुई टनको कार गुडाइएको थियो। यसका साथै इन्जिनियरले ३० जना मानिसलाई हथौडाबाट हिर्काउन बोलाइएको थियो। उनीहरुले साढे पाँच किलो भारी हथौडाले आफ्नो शरीरमा भएको सबै बल पुर्‍याएर हिकाए तर पुलमा जडान गरिएको सिसामा कुनै प्रकारको क्षति भएन।

कहाँ बनाइएको छ पुल ?

सिसाबाट बनाइएको यो पुल चीनको झाङ्गजियाजीको ग्रान्ड केन्यन क्षेत्रमा रहेको छ। हुनान प्रान्तको दक्षिण पश्चिम शहर झाङ्गजियाजीभन्दा ६० किलोमिटर टाढा रहेको छ।

टिकट कतिमा पाइन्छ ?
झाङ्गजियाजीको ग्रान्ड केन्यन क्षेत्रमा जानको लागि टिकट पाइनेछ। जसको मूल्य १२ सय २० राखिएको छ। तर पुलमा जानको लागि १४ सय रुपैयाको टिकट लाग्नेछ।

0 comments:

Post a Comment