Showing posts with label ताजा खबर. Show all posts
Showing posts with label ताजा खबर. Show all posts

Thursday, August 18, 2016

कुखुराको मासु लिएर घर जादै गरेका दुर्गबहादुरको विभत्स हत्या : अनुसन्धानका लागि २ पक्राउ

उदयपुर, २ भदौ / उदयपुरको जाल्पाचिलाउने गाविस– ५ काभ्रे गाँउका ५५ वर्षिय हुलाकी भनिने दुर्गबहादुर मस्याङगी मगरको मंगलवार राती गाँउ नजिकैको लामाखोल्सीमा विभत्स हत्या भएको छ । स्थानीय सुकौरा बजारबाट तीन पाउँ बोइलर कुखुराको मासु लिएर घर जादै गरेको मगरको स्थानीय ठाइला तामाङको घर मुनिको खोल्सीमा हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ओमबहादुर राना मगरले जानकारी दिए ।


सुकौराबाट घर जादै गरेको स्थानीयबासी बिष्णु मस्याङगी मगरले लामाखोल्सीमा उनको हत्या भएको अवस्थामा देखेपछि गाँउमा हल्ला गरेपछि हत्या भएको रहस्या सार्वजनिक भएको स्थानीयबासी माधव पोखरेलले जानकारी दिए । मृतक मगरको टाउको क्षतविक्षत भएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन । स्थानीयबासीका अनुसार सुकौराबाट मृतक मगरसंगै हातेमालो गर्दै घर गएका जाल्पाचिलाउने गाविस–४ का २० वर्षिय बिष्णु राउतले हत्या गरेको हुन सक्ने अनुमान गरेको छ ।

प्रहरीले अनुसन्धानका लागि राउत र २० वर्षिय दिप्सन तामाङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन । मगरका भाई अम्बरबहादुर मस्याङगी मगरले दाजुलाई हत्या गरेको भन्दै राउतको नाममा किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको छ । मृतक मगरको शब पोष्टमार्डमका लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ । हत्या गर्नु पर्ने कुनै कारण नखुलेको प्रहरीले जनाएका छन ।  मगरको हत्यापछि पुरै गाँउ आतकिंत बनेको स्थानीयबासी माधव पोखरेलको भनाई रहेको छ ।

Tuesday, August 16, 2016

रामचन्द्र बचाउ अभियानमा एक करोड १९ लाख संकलन: रामचन्द्रले कानून तोडेको ठहर संकलन चन्दा नदिने

श्रावण ३२, २०७३- गैरआवासीय नेपाली संघ साउदी अरबको सक्रियतामा सुरु भएको रामचन्द्र बचाउ अभियानमा एक करोड १९ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ ।



साउदी अरबको हायल जेलमा कानूनी सजाय भोगिरहेका कुशादेबी—काभ्रेका रामचन्द्र तिमिल्सिनालाई स्वदेश फिर्ता गर्न एनआरएनले यो अभियान सुरु गरेको  थियो । आवश्यक भन्दा बढी रकम संकलन भएपछि आइतबारबाटै अभियान बन्द गरिएको छ ।

एनआरएन साउदीका अनुसार नेपालमा रामचन्द्रको लागि खोलिएको खातामा एक करोड र एनआरएनले साउदीमै ६७ हजार रियाल (१९ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ ।

तिमिल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिक तनबिर अहमद आबसको मुत्यु भएको थियो । अदालतले मदिरा सेवन गरी गाडी चलाएको भन्दै पीडितका परिवारलाई तीन लाख साउदी रियाल (करिब ८७ लाख रुपैयाँ) दिनुपर्ने फैसला सुनाएको थियो ।

दुताबासका प्रतिनिधि र पीडित पक्षका वकिलबीच एकलाख २० हजार रियाल (करिब ३३ लाख ८७ हजार रुपैयाँ) दिने  सहमति भएको साउदीका लागि कार्यवाहक राजदुत आदन्दप्रशाद शर्माले कान्तिपुरलाई बताए । ‘पीडित पक्षलाई ४५ दिनभित्र एकलाख २० हजार रियाल दिनुपर्ने सहमति भएको छ’, उनले भने,‘यो ब्लडमनि दिएपछि तिमिल्सिना साउदीको जेलबाट छुटकारा पाउनेछन्।

एनआरएनले यो  अभियानमा उठेको रकम जम्मा गर्न नेपालका तीन वटा बैंकमा खाता खोलिएको छ । उसले पीडित पक्षलाई रकम दिनको लागि रियादस्थित नेपाली दुताबासलाई हस्तान्तरण गर्ने तयारी भएको  गैरआबासीय नेपाली संघको बैदेशिक रोजगार तथा आप्रबासी कल्याण समितिका संयोजक धरम केशीले बताए ।

तिमिल्सिनाको अप्रिल २०१५ देखि जेलमा छन् । दुताबासले जुलाई २०१५बाट यो मुद्दालाई अनुगमन गर्न थालेको थियो ।

उनले आफुबाट गल्ती भएको स्वीकार गरेका छन् । साउदीमा मदिरा सेवन गरी सवारी साधान चलाउनुलाई जघन्य अपराधको रुपमा लिइने गरेको छ ।

एनआरएनए साउदीले ‘रामचन्द्रले कानून तोडेको ठहर गरी कानूनको पालनामा जोड दिदै यस केशलाई अपवादका रूपमा सहयोग गर्ने’ निर्णय गरेको हो । उसले कानून तोड्नेलाई फेरी चन्दा नदिने बताएको छ ।

भारतमा नेपाली गोर्खा रेजिमेन्टका आर्मीले नेपाली गित लगाएर ब्यारेग भित्र यसरि छमछमी नाचेको भिडियो फेसबुकमा भाइरल

भारतमा भएका नेपाली गोर्खा रेजिमेन्टका आर्मीले नेपाली गित लगाएर आफ्नो ब्यारेग भित्र यसरि छमछमी नाच्दै




Watch Video>>>

Monday, August 15, 2016

पौडेल पक्षको विरोधमा नेविसंघ र प्रहरीबीच झडप

श्रावण ३१, २०७३- नेविसंघको जारी महाधिवेसनमा प्रतिनिधि विवाद कायमै रहेपनि निर्वाचन प्रकृया पूर्ववत तालिकाअनुसार नै अघि बढाइएको छ ।



सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिए पनि त्यसलाई बढाएर १ बजेसम्म पुर्‍याइएको छ । निर्वाचन समितिले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधका बाबजुद निर्वाचन उम्मेदवारी दर्ता सुरु गरेको छ ।

पौडेल पक्षका विद्यार्थी नेताको अगुवाईमा पार्टी कार्यालय बाहिर नाराबाजी भइरहेको छ भने भित्र उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र वितरण भइरहेको छ । निर्वाचन समितिका सचिव प्रदीप पराजुलीका अनुसार हालसम्म ७ जनाले सदस्यमा र ३ जनाले अन्य पदका लागि आफ्नो मनोनयन दर्ता गराएका छन् ।


‘हामीले तोकिएको तालिका बमोजिम नै निर्वाचन प्रकृया अगाडि बढाएका छौं । सुरुमा ८ देखि ११ बजे भित्र मनोनयन दर्ता गर्ने भनिएक पनि त्यसलाई २ घन्टा थपेर १ बजेसम्म बनाएका छौं,’ सचिव पराजुलीले भने, ‘मनोनयन पत्र धेरैले लगेकाछन् । अझै समय छ ।



स्रोतका अनुसार अहिले पौडेल निवास बोहराटारमा कसरी अगाडि जाने भन्ने छलफल गर्न पौडेल पक्षका नेताहरु भेला भएका छन् । यस्तै शेरबहादुर देउवा पक्ष भने सभापतिमा साझा उम्मेदवार खडा गर्नका लागि कसरतमा लागेको छ ।


Thursday, August 11, 2016

प्रचण्डले गरे तीन करोड नेपालीको चित्तबुझ्दो कुरा ती कार्य पूरा गर्न इमान्दारितापूर्वक लाग्ने

राष्ट्रिय सतर्कता केन्द्रको १४ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सार्वजनिक सेवा जति जनउत्तरदायी हुन्छन्, त्यति नै सुशासन कायम हुन्छ । जनताले पनि राज्यका संरचनाप्रति अपनत्व महसुस गर्दछन् ।


सार्वजनिक निकायमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई प्रभावकारी रुपमा नियन्त्रण एवम् भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै सुशासन कायम गर्ने ध्येयले विसं २०५९ मा आजकै दिन केन्द्रको स्थापना गरिएको थियो । प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने सरकारी निकायमध्ये यो पनि एक हो ।
प्रम दाहालले सार्वजनिक निकायले आफूले निर्धारण गरेका काम समयसीमाभित्र पूरा मात्र गरिदिएमा पनि सुशासन आफैँ कामय हुने बताए।

उनले भने, ‘सडकमा जाऔँ, जाम नै जाम छ, बजारमा किनमेल गर्न निस्किँदा कालोबजारी पाउँछौँ, सार्वजनिक निकाय सरकारी कार्यालयमा काम लिएर जाऔँ, समयमा काम हुँदैन, जनता यस्तै यस्तै गुनासा गर्दछन्, यस्ता गुनासा जायज छन्, यस्ता गुनासालाई सम्बोधन गर्न सकिएन भने लोकतन्त्रप्रति नै वितृष्णा बढ्छ, लोकतन्त्रप्रति वितृष्णा आउन दिनु हुँदैन ।

आफूले प्रमको कार्यभार सम्हालेपछि सरकारका विशिष्ट अधिकृतलाई राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै संविधानको कार्यान्वयन गर्न, स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउन, शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गर्न, भूकम्पपीडित जनतालगायत अन्यलाई प्रत्यक्ष अनुभूत हुने खालको राहत कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको उनले जानकारी दिए । म जोखिम मोलेर नै प्रधानमन्त्री भएको हुँ, ती कार्य पूरा गर्न इमान्दारितापूर्वक लाग्नेछु र मेरो सम्पूर्ण शक्ति यसैमा खर्च गर्नेछु’, उनले भने ।

मुख्य सचिव डा सोमलाल सुवेदीले सार्वजनिक निकाय अझ जिम्मेवार र सेवाग्राहीप्रति जवाफदेही बन्न आवश्यक रहेको चर्चा गर्दै सार्वजनिक निकायले दिने सेवा र व्यवहारले सुशासन स्थापित हुन्छन् भने ।
उनले यस वर्ष सार्वजनिक निकायका सबैभन्दा बढी बेरुजु फछ्र्योट भएको जानकारी दिँदै आगामी दिन केन्द्रका कामलाई तल्लो तहसम्म पु¥याउन आग्रह गरे

काठमाडौँ तिनकुनेमा आज भएको भयानक दुर्घटना (भिडियो सहित)

There are lots of CCTV camera kept on the street so from that too Traffic notice if the condition on the street is good or bad. There are lost of CCTV camera which is hidden on the street. This all is done for the betterment and prevent the accident.



Watch Video>>>

Wednesday, August 10, 2016

अमेरिकाको टेक्ससमा १४ महिना अघि लुटेराको आक्रमणमा पत्नी गुमाएका नवराज शिवाकोटीको असामयिक निधन

टेक्सस, अमेरिका -  टेक्ससको नेपाली समुदाय माथि अर्को बज्रपात परेको छ । १४ महिना अघि लुटेराको आक्रमणमा पत्नी गुमाएका दुई नावालक  छोरीका पिता नबराज शिबाकोटी अगष्ट ७, २०१६ मा  असामयिक निधन भएको छ I नवराजको मृत्युको कारण खुलाईएको छैन । उनको स्थानीय अस्पतालमा पोसमार्ट भए पनि मृत्युको जानकारी सार्वजनिक गरिएको छैन।


नेपालका पुख्र्यौली घर दोलखा भएका शिवाकोटी परिवार समिराको हत्यापछि असाध्यै दुखित थियो । ’हाम्रो परिबारका सदस्य एवं भाई नवराजको निधन भएको छ,’ उनका दाजु विष्णुले भने।  ड्यालसको नेपाली समुदायमाथि यो सहनै नसक्ने बज्रपात आइलागेको छ । उनको अन्तेष्टी  अगष्ट १०,  बुधबार बिहान साँढे नौ बजे ’हग्स फनरल हाउस’मा गरिने उनका दाजु शिबाकोटीले नेपाली समाज टेक्ससलाई जानकारी गराएका छन्।


गत वर्षको जुन १० तारिखमा आफनै  स्टोरमाका काम गरिरहेका वेला लुटेराले पैसा लिएपछि उनकी पत्नी समिरालाई गोली हानी हत्या गरेको थियो । टेक्सासको डेन्टन दी कोलोनी स्टोरमा ग्राहक बनेर आएका एक अश्वेत १८ वर्षीय युवाले समिरालाई गोली हानी हत्या गरेका थिए । समिराको हत्यारालाई प्रहरीले १० दिनपछि पक्राउ गरेको थियो।

ती दम्पत्तीका तीन  र दुई बर्षका दुई छोरीहरू छन् । टेक्ससको डेन्टनमा स्टोर सञ्चालन गरेर बस्दै आएका नवराजका दुई छोरी टुहुरा भएका छन् ।  नवराज पत्नीको हत्या पछि असाध्यै दुखित भएका थिए।


समिराको हत्या एक अश्वेत अमेरिकन डियोन किंग्सटनले गरेका थिए । प्रहरी हिरासतमा रहेका किंग्सटनसंग सोमबारमात्र वकिलले बयान लिएका थिए । हत्याको अभियोग प्रमाणित भएको अवस्थामा किंग्सटनलाई जन्मकैद सजांय हुने आधार तयार भैसकेको थियो । अदालतको जुरी केही दिनमै निर्णय सुनाउने तयारीमा थियो।

Tuesday, August 9, 2016

नेपाली नायिका तथा मोडलहरुनै यौन धन्दामा सक्रिय रहेको खुलासा ज्योति मगर सहित् ७ जनालाई पक्राउ

समाजमा विकृतिका रुपमा बढ्दै गएको यौन धन्दाप्रति प्रहरीले हाल बिशेष चासो देखाएको छ । प्रहरीले चालेको अपरेसन कै क्रममा थुप्रै नेपाली नायिका तथा मोडलहरु पनि त्यसमा सक्रिय रहेको पुलिसले भेटाएको छ । अनुसन्धान जारीरहेको र केहीलाई पक्राउ गरिएको जनाएको छ ।


क्याप्टेन लामा रियल हिरोसँगको कुरा कानी हेर्नुहोस् !!!

हुम्ला सदरमुकाम सिमिकोटबाट मकालु एयरको जहाजसुर्खेतका लागि उड्यो। ११,५०० फिट उचाइमा पुगेपछि जहाजको इन्जिन फेल भयो। जहाजमा थिए क्याप्टेन साङ्गे लामा र कोपाइलट प्रशान्त शाह। लामा र शाहका अगाडि जीवनको सबैभन्दा भयावह मोड सामुन्नेमा उभियो र हाँक दियो– तिमीहरु मृत्युको मुखमा छौं, क्षणभरमै जहाजसँगै तिमीहरुको जीवन खारानी हुनेछ।



चलचित्रमा देखाइने काल्पनिक ‘क्लाइमेक्स’ थिएन यो, जहाँ असाध्य परिस्थितिलाई साध्य तुल्याउनकै लागि ‘हिरो’ खडा गरिएको हुन्छ।

कोपाइलट प्रशान्तको हातबाट जहाजको कमाण्ड क्याप्टेन लामाले लिए। बचाउनु सिंगो जीवन थियो, समय सेकेण्डमा बदलियो। प्रतिसेकेण्डमा सही चाल र तिक्ष्ण विवेक चाहिएको थियो। क्याप्टेन लामाले छेउमा ‘कोपाइलट भाइ’को अनुहार नियाले। भयावह डरको बोझलाई शक्तिमा बदल्ने अठोट लिए। भने– ‘नो वरी, आइएम हेयर, (धैर्य गर, म छु)।’

त्यसपछि सुरु भयो ‘रियल हिरो’को जीवन–मरणको ‘एयर स्टन्ट’। 

आउनुस्, क्याप्टेन लामाकै मुखबाट त्यो क्षण महसुस गरौं र रियल हिरोलाई चिनौं। 

त्योभन्दा पहिले एउटा सुखद ‘क्लाइमेक्स’ जानिराख्नुस्– रियल हिरो लामाले जब कर्णालीको भेलमा जहाज छिराए र मृत्युलाई छलेर दुई भाइ कर्णाली किनारामा उभिए, कोपाइलट शाह थामिएनन् र रियल हिरोको खुट्टा छोएर अंकमाल गर्दै हर्षका आँशु बगाए। ‘दाइ यु आर माइ रियल हिरो, माइ रियल गड (हजुर मेरो हिरो हो, मेरो भगवान हो)। 

अब भने रियल हिरो पनि पग्लियो। अंगालो कसेर दुई भाइ कर्णालीमा बगेको ‘निर्जिव तर प्रिय’ (उनीहरु जहाजलाई प्रेमिका ठान्थे) जहाज हेर्दै, आँशु पुच्छदै भन्छन्– ‘सरी हामीले तिमीलाई बचाउन सकेनौं।



Watch Video>>>

अधुरै रहृयो काठमाडौंमा घर किन्ने पाइलट रञ्जनको सपना

अधुरै रहृयो काठमाडौंमा घर किन्ने पाइलट रञ्जनको सपना - रञ्जनको घरमा यस्तो देखियो !!






Watch Video>>>

Monday, August 8, 2016

नुवाकोटमा फिस्टेल एरको हेलिकप्टर दुर्घटना ७ को मृतु :

Gorkha, Aug 8: Seven persons were killed in a helicopter crash in the district today. The helicopter belonging to the Fishtail Air, flying to Kathmandu from Gorkha carrying patient, had met with an accident at Betani Jungle of Madanipur VDC. There were six passengers in the ill-feted helicopter (9 NKA), according to the Fishtail Air. The deceased four are from a single family, they are Kitman Gurung, 60, his wife 56-year old Agyani, postnatal mother Priti Gurung and her five-day son, of Sirdibas VDC-2 of Gorkha district, said chief district officer (CDO) Narayan Prasad Bhatta.Similarly, other deceased are Laxmi Gurung of Sirdi VDC-2 and a health worker Nisha Tamang of Itahari, Sunsari. Tamang was the health worker associated with PHASE Nepal, an NGO. Ranjan Limbu was the captain of the helicopter.





Watch Video>>>

Saturday, August 6, 2016

नेपाली चेली कञ्चन अमेरिकी संसदमा युवा तथा बालबालिकाको हितका लागि मनोनित

वाशिंगटन डिसी । ललितपुर पाटन घर भएर हाल अमेरिकामा अध्ययनरत नेपाली चेली कञ्चन अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन् । उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट गरिएको हो । अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसमा उनले यस्तो जिम्मेवारी पाएकी हुन् ।



सानो उमेरदेखि नै सफलताको खुट्किलो चढ्दै गरेकी अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड  कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।
मेधावी छात्र भएकै कारण हाल ओक्लाहोमा बिश्व बिद्यालयमा युडब्लुसी डेविस छात्रवृति अन्तर्गत पूर्वस्नातक (अन्डर ग्रजुएट )तहमा अध्ययनरत छिन् ।

उनले यस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ तथा संस्थामा काम गर्ने मौका नगुमाउने बताइन् । आफ़ुलाई एसियाको वृद्धि तथा विकासमा पुनः परिभाषित गर्न निकै अभिरुचि भएको बताइन्।
विश्वब्यापी रुपमा बालबालिकालाई समान तथा गुणात्मक शिक्षा उपलब्ध गराउन अमेरिकी प्रतिनिधि सभा तथा अमेरिकन कांग्रेसको माध्यमबाट नीति निर्माणको लागि सफल प्रयास गराउनु हो । ‘विश्वमा करौडौ युवा तथा बालबालिका पाठशाला जान नसकेको अवस्था छ’, कन्चन अमात्यले भनिन् । यस विश्वका कुनैपनि कुनामा रहेका सबैले समान तथा गुणात्मक शिक्षा पाउन भन्ने आफ्नो चाहना रहेको कञ्चनले बताइन् ।


अमेरिकन कांग्रेसद्वारा शिक्षा सबैको लागि (एजुकेसन फरअल बिल )एचआर ४४८१ तथा शरणार्थी शिक्षा बिल (रिफ्युजी एजुकेसन बिल ) को लागि पारित गराउन पुरा कोसिस गर्नु मूल कर्तब्य रहेको अमात्यको भनाइ छ । यसैगरी उनले गत वर्ष गर्ल्स काउन्ट एक्ट २०१५ युएस कांग्रेसबाट पारित गराउन ठुलो मद्धत गरिन्, जुन अहिले अमेरिकाको कानुन भएको छ।

यो कानुनले नेपाल जस्तो देशलाई यस्ले सुनिश्चित गराउने कन्चनले बताइन् । अमात्य क्लिन्टन फाउन्डेसनको परियोजनाको दीर्घकालिक माछापालन कृषि फारमबी सह संस्थापक हुन् भने सयुक्त राष्ट्र संघमा युवा तथा बालबालिकाको पक्षमा सहभागिता समेत जनाएकी छिन् । उनले गरेको मानव सेवाको लागि उनलाई बिल क्लिन्टन फाउन्डेसनले पुरस्कृत समेत गरेको छ ।

उनले राष्ट्रपति भवनमा व्हाइट हाउसको कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा प्रस्तुती समेत गरीसकेकी छिन् । यस्तै राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् भने राष्ट्र संघको साधाराण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकी छिन् ।

 अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावर मेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकि (डब्लुपीपीसी) सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार, नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।

विश्व समुदायको सेवाको लागि उनी संसारभरका बिभिन्न देशका भ्रमणमा व्यस्त भै रहने उनले बताएकी छिन् । पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकि कान्छी सुपुत्री कञ्चनले भर्खर किशोरावस्था पार गरेकी छिन् । 

Friday, August 5, 2016

गंगामायाले दिईन प्रचण्डलाई यस्तो चेतावनी ।

छोराको हत्यारालाई कारवाहीको माग गर्दे लामो समयदेखि वीर अस्पतालमा अनसनरत गङ्गामाया अधिकारीले नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालबाट न्याय पाउने आशा ब्यक्त गरेकी छिन् ।


बीर अस्पतालमा सञ्चारकमीस्ंग कुरा गर्दे गङ्गामायाले नयाँ प्रधानमन्त्री आएसँगै आफ्नो छोराको हत्यारालाई कारबाही हुने विश्वास व्यक्त गरेकी हुन् । यदि यो सरकारबाट पनि आफूलाई न्याय प्राप्त नभए अबको पाँच दिनपछि आमरण अनशन बस्ने उनले चेतावनी पनि उनले दिएकी छिन् । । जीवनमा कहिल्यै सिटामोल समेत खानुपर्ने अवस्था नआएको भन्दै गङ्गामायाले अहिले औषधि र पानीको भरमा मात्र जीन्दगी लम्ब्याउनुपर्दा निकै कष्ट भएको दुखेसो पोखिन् ।

विसं २०७१ असोज ६ गते अनशन थालेको ३३४ दिन हुँदा उनका श्रीमान् नन्दप्रसादको अनशनरत अवस्थामा नै मृत्यु भएको थियो। नन्दप्रसादको शव अहिले पनि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने गङ्गामायाले अडान राखेपछि नन्दप्रसादको शव अस्पतालमा नै राखिएको छ । विसं २०६१ मा गङ्गामायाका १७ वर्षे छोरो कृष्णप्रसादको हत्या गरेको आरोप तत्कालीन माओवादीमाथि लाग्दै आएको छ ।

प्रचण्ड सरकारले १४ जना राजदूतहरुको नाम फिर्ता लिने भएको छ ।

काठमाडौं, २१ साउन । केपी ओली नेतृत्वको सरकारले संसदीय सुनुवाईका लागि सिफारिस गरेको राजदूतमध्ये केहीको नाम वर्तमान नयाँ प्रचण्ड सरकारले फिर्ता लिने भएको छ ।
आज बस्ने मन्त्रिपरिषद बैठकले २२ मध्ये राजनीतिक पृष्ठभूमिबाट सिफारिस गरिएका १४ जना राजदूतहरुको नाम फिर्ता लिने तयारी भएको हो ।


परराष्ट्र सेवाबाट प्रस्तावित राजदूत सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झबिन्द्रप्रसाद अर्याल, डा दुर्गाबहादुर सुवेदी र लोकबहादुर थापाको सुनुवाइ भइ सकेको छ । उनीहरू राजदूत हुने पक्का भएको छ ।

राजनीतिक पृष्ठभूमिका महेन्द्रबहादुर पाण्डे, डा‍ खड्गबहादुर के.सी., डा‍ नारदनाथ भारद्वाज वाग्ले, डा शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की, युवनाथ लम्साल, प्रा डा. महेन्द्रप्रसाद सिंह राजपुत, पदम सुन्दास, लक्की शेर्पा, खगेन्द्र बस्न्यात, भरतबहादुर रायमाझी, निरञ्जनकुमार थापा र शर्मिला पराजुली ढकाललाई नयाँ सरकारले राजदूत नबनाउने तयारी गरेको छ ।

Thursday, August 4, 2016

जहाज कर्णालीले बगायो, पाइलट र को-पाइलट दुवै बाँचे (भिडियोसहित)

काठमाडौँ: मकालु एयरको जहाज हुम्लाबाट सुर्खेत आउने क्रममा बिहीबार दुर्घटना भएको छ। उडिरहेको जहाजको इन्जिनमा अचानक खराबी आएपछि कर्णाली नदी छेउमा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।


कर्णालीको किनारमा फोर्स ल्यान्ड गर्न खोजिएको जहाज नदीसँगै बजारिएको थियो।जहाजबाट पाइलट र को–पाइलटलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो। नदीको छेउमै बजारिएको जहाजलाई कर्णली नदीले बगाइसकेको छ।

भिडियो हेर्नुस् !!!


उद्धार गरिएका पाइलट र कोपालइट दुवैलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरेर सिमिकोट ल्याइएको सिम्रिक एयरका क्याप्टेन विवेक खड्काले अन्नपूर्ण अनलाइनसँग टेलिफोनमा बताए । क्याप्टेन बिबेकले भने, ‘घाइते भए पनि दुवैजना खतरामुक्त हुनुहुन्छ।’

९ एन एकेसी कल साइन भएको जहाज सिमिकोट विमानस्थलबाट ३‍:४० बजे उडेको थियो। उडेको केही समयमै इन्जिनमा खराबी आएको थियो। विमानमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । सिमिकोटमा समान ढुवानी गरेर जहाज सुर्खेत फर्किने क्रममा थियो।

उद्धारमा संलग्न सिम्रिक एयरका क्याप्टेन विवेक भने, ‘जहाजलाई कर्णाली नदीले बगाएर लगिसकेको छ।पाइलट र कोपाइलट हामीले उद्धार गरेर सिमिकोट ल्याइसकेका छौ। उहाँहरु सकुशल हुनुहुन्छ ।’

क्षेत्रीय प्रहरी कार्यलय सुर्खेतका डिआइजी माधव नेपालका अनुसार अहिले सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको छ।

प्रचण्डले प्रधानमन्त्रीको सपथ लिने बितिकै अमेरिकाले निकाल्यो यस्तो बिज्ञपति !

काठमाडौँ, २० साउन : संयुक्त राज्य अमेरिकाले नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई बधाई दिएको छ ।


काठमाडौंस्थित अमेरिकी राजदूतावासले आज विज्ञप्ति प्रकाशन गरी हालैका दिनमा शान्तिपूर्ण प्रक्रियाबाट सरकार परिवर्तन भएबाट नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता पुष्टि भएको जनाएको छ ।


दूतावासको विज्ञप्तिमा भनिएको छ, “संविधान कार्यान्वयन, पुनःनिर्माण र आर्थिक विकासका महत्वपूर्ण कार्य सम्पन्न गर्नका लागि अझ लोकतान्त्रिक, समृद्ध र स्थिर राष्ट्र निर्माणमा संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारसँग साझेदारी गर्न चाहन्छ ।

Wednesday, August 3, 2016

पोखरामा १९ वटा अण्डा सहित् बिसालु राज गोमन भेटियो (VIDEO)

पोखराको फिस्टेल लजको परिसरमा १९ व टा अण्डा सहित् गुंड बसेको राज गोमन(किङ कोब्रा)लाई सकुसल उद्दार गरि रानी बनमा छाडिएको छ ।
























धुर्मुस पक्राउ, उनीमाथि लाग्यो यस्तो १२ आरोप

काठमाडौ । कलाकार सिताराम कट्टेल (धुर्मुस) पक्राउ परेका छन् ।

प्राप्त खबरका अनुसार सिन्धुपाल्चोकको गिरानचौरमा भुकम्प पीडितका लागि बस्ती निर्माण गरिररहेका उनलाई सिस्नुपानी नेपालको उजुरीको आधारमा पक्रिइएको कार्यक्रमका, को-अर्डिनेट अर्जुन न्यौपानले बताए ।

‘उनीमाथी दर्जन बढी गंभीर आरोपहरु छन्, जसको मूल्यांकन हुनु जरुरी छ ।



यी हुन् उनीमाथि लागेका १२ आरोप

१. दुईवटा बस्ती निर्माण गरी पुर्ननिर्माण प्राधिकरणलाई लज्जित बनाएको

२. देश–बिदेशका नेपालीको मन जितेर अथाह सहयोग संकलन गरेको

३.करोडौंका परोपकारी कोषहरुभन्दा दश कोश अगाडी बढेको

४.औधोगिक घरानाको भन्दा प्रभावकारी बस्ती बनाएर अप्ठेरो पारेको

५.अनुहार हँसाउने मान्छेले भुकम्प पींडितको हृदय हँसाउने प्रयास गरेको

६.दाताहरुको छाता छोडेर सम्पूर्ण कार्यभार आफ्नै हाताँ लिएको

७.स्थानीयहरुको मन जितेर पार्टीहरुको गतिबिधिलाई निस्तेज पारेको

८.गिरान्चौबासीलाई जाँडरक्सी छोड्न उक्साएर ब्यापार घाटा बढाएको

९.निर्माणको जिम्मा आफैं लिएर कमिसन र गुण्डा संस्कृतिको अवहेलना गरेको ।

१०.परिवार, छोरीको समय सुटुक्क चोरेर भुकम्प पींडितलाई बाँडेको

११.मध्य बर्षामापनि काम जारी राखेर प्रकृतिलाई नै चुनौती दिएको ।

१२.टिभीको ग्ल्यामर छोडेर बिबि सहित् ढुँगामाटोसँग साँठगाँठ बढाएको

प्रधानमन्त्री चुनावका रोचक दृश्य : दाहाल दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भए ।

श्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भए । एक त संसदीय प्रणालीप्रति नै असहमत दलका नेता, त्यो पनि पहिलो र दोस्रो ठूलो पार्टीलाई उछिन्दै पुन: मुलुकको प्रमुख कार्यकारी पदमा पुग्नु नै रोचक हो । तर संसदमा बुधबार भएको निर्वाचनमा अरु पनि केही रोचक दृश्यहरु देखिए ।



रोचक दृश्य १
नयाँ संविधान जारी भएपछि बिरलै संसद बसेका मधेस केन्द्रित दलका सांसदहरु पूरै समय बैठकमा अडिए । उनीहरुका नेता उपेन्द्र यादवले संविधान स्वीकार गर्ने अवस्थामा आएकोसमेत बताए । जबकि यादव नै संविधान संशोधन होइन, पुनर्लेखन नै माग गर्दै आएका थिए । मधेसी मोर्चासहितको सिंगै संघीय गठबन्धनले पुष्पकमल दाहाललाई मत दिए ।

रोचक दृश्य २
नयाँ संविधान जारी भएपछि बल्लतल्ल संसद भरिएको दिन एकजना सांसदलाई बस्ने कुर्सी नै भएन । संसद सचिवालयको लापरबाहीले सांसद अभिषेकप्रताप साह झण्डै २० मिनेट उभिरहे । संघीय समाजवादी फोरमका उनी किन उभिएका हुन् भनेर धेरै सांसदहरु अन्यौलमा थिए । प्रधानमन्त्री उम्मेदवार पुष्पकमल दाहाल बोलिरहँदा बीचमै संसद सचिवालयका एक कर्मचारी कुर्सी बोकेर गएपछिमात्रै पो थाहा भयो उनले त बस्ने कुर्सी नै पाएका रहेनछन् ।

रोचक दृश्य ३
बाबुराम भट्टराई सरकारमा १३ दिनबाहेक ०६५ सालयता सत्तामा कांग्रेस–माओवादी भेट भएको थिएन । बिल्कुलै फरक धारको नेतृत्व गरेका दुई दल एक ठाउँमा त आए, तर भावनात्मकरुपमा भने एक नभएकोजस्तो देखिन्थ्यो । जस्तो कि प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल बोलिरहँदा माओवादी सांसदहरुले मात्रै समर्थनमा ‘ढ्याप–ढ्याप’ बजाउँदे । दाहाललाई समर्थन गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा बोल्दा कांग्रेसका सांसदलेमात्रै बजाउँदे । तालमेल मिलेको थिएन ।

रोचक दृश्य ४
प्रधानमन्त्री उम्मेदवारीको सूचना दिन रोस्टममा उभिएका दाहाल बोलिरहँदा मर्यादाविपरीत दर्शकदीर्घामा रहेका एक कार्यकर्ताले थपडी मारे । मर्यादापालकले उनलाई निकाले । दर्शक पास लिएर गएकालाई पूर्वसूचना नहुँदा विगतमा यस्ता क्रियाकलाप भएका छन् ।

रोचक दृश्य ५
परिवार दलका अध्यक्षसमेत रहेका मन्त्री एकनाथ ढकाल र विश्वेन्द्र पासवान संसदमा पनि मन्त्री बस्ने कुर्सीमै थिए । तर प्रधानमन्त्री चुनावमा भने उनीहरुले माओवादी उम्मेदवार दाहाललाई नै भोट थिए । केन्द्रीय समितिको निर्णयअनुसार परिवार दलले दाहाललाई भोट दिने निर्णय गरेको थियो । यद्यपी, दाहाललाई भोट दिन कतिपय साना पार्टीका मन्त्रीले राजीनामा दिइसकेका थिए । परिवार दलका एक र पासवानको पार्टीबाट उनी एक्लै सांसद छन् ।

रोचक दृश्य ६
प्रधानमन्त्री उम्मेदवारीको सूचना दिन रोस्टममा उभिएका दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि केही जवाफ फर्काए । उनले ओलीलाई आक्रामक जवाफ दिंदा देउवा भने ओलीलाई घरी घरी बोलाउँथे । उनीहरुको कुर्सी आमने सामने थियो ।

रोचक दृश्य ७
धेरै विकासे घोषणा गरेको भनेर आलोचना गर्ने दाहालले कुनै अमुक विज्ञको हवाला दिंदै ‘नेपालमा २ अर्ब पर्यटक आउन चाहेका छन्’ भन्दा कांग्रेसकै सांसदहरु गलल्ल हाँसेका थिए । पछि देउवाले त ओलीलेजस्तै दाहालले पनि ‘पूरा हुन नसक्ने योजना अघि सारेको’ भन्दै नसक्ने कुरा गर्न नहुने बताएका थिए ।

रोचक दृश्य ८
प्रधानमन्त्री उम्मेदवारीको सूचना दिन रोस्टममा उभिएका दाहालले भाषण गरे, सूचना नै दिन भने भुले । रोस्टमबाट झरेर कुर्सीमा बस्नेवित्तिकै नजिकै रहेका पूर्वसभामुखले उम्मेदवारीको सूचनाबारे ध्यानाकर्षण गराएजस्तो देखिन्थ्यो । त्यसपछि उनी मुसुमुसु हासे । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई पनि दाहाललाई हेर्दै मुसुमुसु हासिरहेका थिए ।

रोचक दृश्य ९
प्रधानमन्त्री उम्मेदवारका पहिलो समर्थक देउवाले दाहालको नामै भुले । आफ्ना धारणा संक्षिप्त राखेपछि उनले भने, ‘...यति भन्दै म प्रचण्ड...के रे...कमल दाहाल...पुष्पकमल दाहाल प्रचण्डजीलाई समर्थन गर्दछु ।’ उनले व्यक्तिगतरुपमा दाहाल र संस्थागतरुपमा माओवादीले किन समर्थन गरेको भनेनन् । बरु पुनर्निर्माण, जनतालाई राहत र सन्तुलित विदेश नीतिकोबारेमा धारणा राखे ।

रोचक दृश्य १०
प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालको दलका सांसद योगेन्द्र तामाङ मतदानमा भाग लिन पाएनन् । विभाजन घण्टीअघि बाहिरिएका उनी ढिला छिर्न लाग्दा ढोका बन्द भइसकेको थियो ।

रोचक दृश्य ११
प्रधानमन्त्रीको निर्वाचनमा मत दिएर बाहिरिएलगत्तै दाहाल छेऊमा पुगे राप्रपाका सांसद सुनिलबहादुर थापा । केहीबेर उनीहरु गफिंदै थिए, थापाको मोबाइलमा फोन आयो, दाहालले विजयी भावमा कुरा गरे । अनुमान भइरहेको थियो, कसको होला ? पछि थाहा भयो, फोन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रहेछ । ताकि त्यतिबेला औपचारिकरुपमा दाहाल प्रधानमन्त्री निर्वाचित भइसकेका थिएनन्, तर निर्वाचित हुने चाँही पूरै निश्चित थियो ।

रोचक दृश्य १२
दाहाल निर्वाचित भएपछि पहिलो बधाई पूर्वसभामुख एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दिए । त्यसपछिमात्रै अरु सांसद पुगे ।



Tuesday, August 2, 2016

गौरी मल्लको ठगिधन्दा : कलाकार बनायर अमेरिका लैजाने भन्दै ७ जना युवासंग लाखौ ठगि गरेको खुलासा

काठमाण्डाै । अनोज शाक्यले जापानमा बोलाएर यौन दुव्र्यवहार गरेको बताउने गौरी मल्ल यता भने अमेरिका पठाइदिने नाममा विभिन्न व्यक्तिसँग लेनादेनाको झमेलामा परेकी छन् ।



२०६६ सालमा अमेरिका पठाउने भनी सात जना युवासँग दुई–दुई लाख रूपैयाँ बुझेकी थिइन् । त्यसमध्ये एस काठमाडौंको सम्पर्कमा आएका अर्घाखाँची, ठूलापोखराका ठाकुरप्रसाद पन्तले भने, ‘उहाँ कहिले जापान, कहिले अमेरिका भन्दै हिँड्नुहुन्छ, अब सोझो बाटोले हामीले पैसा नपाउने भयौँ ।
ठाकुरजस्ता सातजना युवकसँग १४ लाख रूपैयाँ लिएकी रहिछन् । त्यहीँका कृष्ण भुषाल डिभी परेर अमेरिका गएका थिए । जितेन्द्र प्रधान नेपाल–अमेरिका सम्पर्क समाजका अध्यक्ष थिए । उनैमार्फत हो, गौरीसँग पीडितहरूको भेट भएको ।

सीधै भिसा नपाइने भन्दै कलाकार बनाएर लैजाने आश्वासन थियो । ठाकुरलाई पनि कलाकारका रूपमा प्रमाणित गराउन चारपल्ट जिरे खुर्सानीमा खेलाइन् । नाच्न पनि जान्नुपर्छ भन्दै पुतलीसडकस्थित वसन्त श्रेष्ठको नेशनल डान्स सेन्टरमा डान्स सिक्न लगाइन् ।

शंकर बिसी, सम्झना बुढाथोकी, प्रमोद खरेलजस्ता नाम चलेका कलाकार अमेरिका गए । तर, गौरीले जसरी पनि पठाउँछु भनी पैसा लिएका अर्घाखाँचीका कसैले जान पाएनन् । पैसा दिनुअघि उनीहरूले रिसिप्ट मागेका थिए । गौरीले ‘मलाई पनि विश्वास नगर्ने भए यो पैसा फिर्ता लानु’ भनेपछि अनुहार हेरेरै विश्वास गरेको ठाकुरले बताए । तर, गौरी आफैँ अमेरिका उडेपछि पीडितहरू खिन्न भए । अमेरिकामा दीपेन्द्र प्रधानसँग गौरीले भेडाको उन बेचबिखनको काम गर्थिन् ।

दीपेन्द्रलाई पीडितहरूले पनि चिनेका थिए । त्यो माध्यमबाट दबाब दिँदा उल्टै गौरी ‘मेरो पनि पैसा फसेको छ’ भन्दै पन्छिन थालिन् । अस्ति सोमबार ठाकुरले गौरीलाई फोन गरे । भनिन्, ‘एक महिनाका लागि जापान जाँदैछु । त्यहाँबाट फर्किएपछि भेट्छु ।’ तर, पीडितहरूले आनाकानी गरेपछि गौरीले ‘सक्छौ भने हनुमानढोकामा उजुरी हाल’ भन्दै फोन काटिन् ।