Thursday, July 30, 2015

बाढीपहिरोमा परि कास्कीमा २३ र म्याग्दीमा ६ जनाको मृत्यु

पोखरा, श्रावण १४ अपडेट :: कास्कीमा बाढीपहिरोमा २३ को मृत्यु
म्याग्दीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु


अविरल वर्षासँगै खसेको पहिरोमा परी कास्कीमा मृत्यु हुनेको
संख्या २३ पुगेको छ । लुम्ले-६ माझघरमा १६ र फेवातालबाट
पश्चिम पर्ने भदौरे तामागी ५ डुडाफाँटमा ५ जनाको र
ढिकरपोखरीमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा १८ जना घाइते छन् भने ६ जना वेपत्ता छन् । पश्चिम
क्षेत्रीय अस्पतालसँगै पोखराका बिभिन्न अस्पतालमा
उपचारार्थ भर्ना गरिएमध्ये ५ जनाको अवस्था गम्भीर छ ।
फेवातालको मुल स्रोत हर्पन खोलामा आएको बाढीले पामे र
भदौरे-तामागी जोड्ने पुल बगाएको छ भने बिभिन्न स्थानमा
पहिरोले बाटो र बस्ती बिगारेको छ । जिल्ला प्रहरी
कार्यालय कास्कीका अनुसार भदौरे तामागीमा मृत्यु हुनेमा
टीकाराम बिक (६५ वर्ष), रामकुमारी बिक (५५), गौरी
पराजुली(३१), करण पराजुली (७), नन्दकला पराजुली (६५) छन् ।
यसैगरी लुम्ले ६ मा मृत्यु हुनेमा अर्जुन गुरुङ(१०), रत्ना पौडेल (७०),
बसन्त बिक (८४), चिजा बिक (३२), संझना बिक(१४), सलिना बिक(१०), सुनिल बिक (९), मंजु सुनार(२६), उनको ३
महिनाकी छोरी, सुनकुमारी जिसी (३२), सुगम जिसी (१०) संगम जिसी(५), छिरिङ राई(५६) र सोही ठाउँका
छिरिङ राईकी श्रीमती छन् ।
दुवैतर्फका घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरी उद्धारमा खटिएको छ ।

म्याग्दीमा पहिरोमा पुरिएर ६
जनाको मृत्यु
म्याग्दी-बुधवार राती परेको भीषण बर्षापछि आएको पहिरोमा पुरिएर मुदी गाविस–८ टुटुङ्गमा पाँच जना र मुना
गाविस ४ मा एक जनाको मृत्यु भएको छ । मुना गाविस–४ मा ९ वर्षीया एलिना पहरे पुनको मृत्यु भएको हो ।

पुरिएरका पाँच जनाको शव फेला परेपनि नाम खुलेको छैन । बर्षापछि म्याग्दी खोलामा आएको बाढीले मुदी
गाविसको मुदी र नरवाङ्ग जोड्ने झोलुङ्गे पुल बगाएको छ ।
स्थानीय बुद्धिविकास माध्यामिक विद्यालय मुदीका प्रध्यानअध्यापक जगबहादुर किसानले टेलिफोनमा दिएको
जानकारीअनुसार पहिरोमा पुरिएर कम्तीमा एक सय बाख्रा र ५० बढी भैसी र गाई पनि मरेका छन ।
नजिकको प्रहरी कार्यालयबाट घट्नास्थल पुग्न कम्तीमा ६ घन्टा लाग्ने र क्षतिको पूर्ण विवरण नआएको प्रहरीले
जनाएको छ । त्यसैगरी बर्षापछि ओखरबोट गाविस–१ फुलबारीमा आएको बाढीले फुलवारी र रुम जोड्ने झोलुङ्गे
बगाएको छ ।

‘पहिरोबाट पश्चिम म्याग्दीको उपल्लो भेगका बस्तीमा पहिरोले मानवीय क्षति पुर्याएको स्थानीयले खवर
गरेका छन । दुर्गम र टाढा भएकोले प्रहरी घटनास्थल पुग्दै छन’, प्रहरी नायव उपरीक्षक हिरा गिरीले बताए ।
...........................
...........................

पहिरोमा पुरिएर वृद्ध बेपत्ता
बागलुङ– बुधवार रातभर परेको वर्षाले खसेको पहिरोमा परेर यहाँका एक वृद्ध वेपत्ता भएका छन् ।
रायडाँडा ९ मा खसेको पहिरोले ९० वर्षका कलाधर थापाको घर पुरेको हो । घरमा सुतेका थापा बेपत्ता छन् ।
राती घरमा वृद्ध एक्लै थिए ।
स्थानीयले खोजी गरिरहेपनि अहिले सम्म भेट्न नसकेको बताए । राती २ बजे पहिरो खसेको र स्थानीयले जानकारी
दिएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरिक्षक ज्ञान बहादुर तामाङको नेतृत्वमा २० जना प्रहरी
घटनास्थलमा पठाएको प्रहरी नायव उपरिक्षक प्रेमबहादुर बस्नेतले बताए । घटनास्थल सदरमुकाम देखि ५ घण्टा टाढा
पैदल दुरीमा पर्छ । राती ठूलो पानी परेकोले अन्य स्थानमा पनि बाढी पहिरोको खतरा भएका स्थानमा उच्च
सर्तकता अपनाइएको बस्नेतले बताए ।
...........................

...........................

राजमार्गका दर्जन बढी ठाउँमा पहिरो
पोखरा–बाग्लुङ राजमार्ग अवरुद्ध
अगन्धर तिवारी
पर्वत-बुधबार रातिको भीषण वर्षासँगै ठाउँठाउँमा पहिरो जाँदा बिहीबार बिहानैदेखि पोखरा–बाग्लुङ
राजमार्ग अवरुद्ध भएको छ । सडकका दर्जन बढी ठाउँमा पहिरो गएपछि पर्वत, वाग्लुङ, म्याग्दी र मुस्ताङका सबै
सवारी रोकिएका छन् ।
बुधबार साँझदेखि यातायात अवरुद्ध हुँदा सयौं यात्रीहरु बाटैमा अलपत्र परेका छन् । पहिरोले पर्वतको डिमुवा देखि
कास्कीको नयाँपुल खण्डमा सबैभन्दा बढी क्षति पुर्याएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने मौरीभीर, बेतेनी र
आधेरीखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यता सहस्रधारा, अर्मादी र तिलाहारको भ्याप्लेखोलामा समेत पहिरोले सडक पुरेको पर्वतका प्रहरी प्रमुख
डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । मौरीभीरको पहिरोले २० मिटर पक्की सडक भत्किएको उनले बताए । उता
मालढुङगा–बेनी सडक खण्डअन्तर्गत पर्ने पाङको पहिरोले मालढुङगा–बेनी सडक पुरेको छ ।
जलविद्युत उत्पादन बन्द
वर्षासंगैको बाढीका कारण पर्वतको पातिचौरमा रहेको १४ मेघावाट क्षमताको मोदीखोला जलविद्युत केन्द्रको
विद्युत उत्पादन बन्द भएको छ । बाढी पसेर आयोजनाको टर्वाइन सञ्चालन हुन नसकेपछि मोदीखोला जलविद्युत
केन्द्रले विद्युत उत्पादन गर्न नसकेको केन्द्रका कर्मचारी जीवन्धर शर्माले जानकारी दिए ।
गएराती देखी विद्युत उत्पादन बन्द भएको शर्माले जनाएका छन् । विद्युत उत्पादन बन्द भएसँगै बिहीबार बिहानैदेखि
पर्वतलगायत धौलागिरिका जिल्लाहरुमा विद्युत अवरुद्ध भएको छ ।

मन्त्रीको सेक्स प्रस्ताब नमान्दा नम्रताको राष्ट्रिय अवार्ड खोसियो

काठमाडौं - मंगलबार राष्ट्रपति भवनमा आयोजना गरिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’वितरण समारोहबाट नायिका नम्रता श्रेष्ठ एकाएक हराउँनुको रहस्य खुलेको छ । उनी हराउँनुको रहस्य पुरस्कार छनौट समितिका सदस्य समेत रहेकी अभिनेत्री करिश्मा मानन्धरले खुलाएकी हुन् ।
करिश्माका अनुसार यसपटक उत्कृष्ट अभिनेत्रीको अवार्ड नम्रतालाई दिने लगभग निश्चित भैसकेको थियो । जुरी सदस्यहरु पनि यसमा एकमत देखिएका थिए । तर, सरकारी अवार्ड न परे ।


झन् त्यसमाथि ग्ल्यामरप्रेमी मन्त्री मिनेन्द्र रिजालको मन्त्रालयले वितरण गर्ने अवार्ड । त्यसैले अन्तिम समयमा आएर मन्त्रीजीले अर्की अभिनेत्री रिचा शर्माको नाम सिफारिस गरिदिनुभएपछि नम्रताको भागबाट घोषणा नहुँदै राष्ट्रिय अवार्ड खोसियो । त्यसरी आफ्नो भागको अवार्ड अरुले लिनेभएपछि आत्मिक रुपमा दबाब र तनावमा पर्नु स्वभाविकै हो । त्यही तनावले होला नम्रता कार्यक्रममा त उपस्थित भइन् तर ढिलो आइन् र छिटो गईन् । अरुले कुरा काट्ने मेलो नपाऊन् भन्ने मात्र उनको उदेश्य थियो ।

यो कुराको खुलासा स्वयम् जुरी सदस्य करिश्माले गरिदिएपछि कलिउड बजारमा केही गसिपहरुले मौलाउँने ठाउँ पाएको छ । आखिर मन्त्रीजीले नम्रताको अवार्ड किन खोसिदिए त ? र, रिचालाई नै दिनुको कारण के हुनसक्छ ? भनिन्छ यस्तै प्रश्नहरु नउठोस् भनेर अर्की बालकलाकार संगम बिष्टलाई पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको हो । हुनत, यस्ता खालका अवार्ड समारोहपछि विभिन्न खालका चर्चा चल्ने गरेका हुन्छन् । तर, जुरी नै असन्तुष्ट हुनुले पक्कै पनि ‘दालमा केही कालो छ’ भन्ने देखाउँछ । तर कालो चाहिं केमा थियो ? समयले नै बताउँला कि ?


Wednesday, July 29, 2015

रिंगटा लाग्ने कारणहरु थाहा पाई राख्नुहोस्

यो रोग लागेको बेला चारैतिरको वस्तु घुमेको जस्तो लाग्छ । रिंगटा लाग्नु एक साधारण रोग हो तर यसलाई मामुली सम्झेर गम्भीरतासँग नलिनु ठीक होइन, यो कुनै गम्भीर रोगको संकेत पन हिुन सक्छ । पहिलोपटक रिंगटा लाग्दैमा भविष्यमा बारम्बार हुने रोग हा भनेर जान्नु पर्छ ।


रिंगटा लाग्नुको प्रमुख कारणमा रक्त संचारमा कमी आउनु ।
रगतको कमी,
रक्तचाप कम या बढी हुनु,
अत्याधिक शारिरिक या मानसिक थकान,
मानसिक तनाव, भय,
टाउकोमो चोट,
हर्टब्लाक,
मुटुको धडकनमा असामान्यता
आँखा कमजोर हनु,
चश्मा नलगाउनु,
मस्तिष्कमा रगतको कमी,
नसा फाटने,
ब्रेन हृयामरेज,
ब्रेन टयुमर,
खाने कुरा दबाइको एलर्जी,
माइग्रेन,
ब्रत बस्नाले शरिर कमजोर हनुु,
रक्सी जस्तो नशा लाग्ने चीज धेरै खानु ।

भर्खरै मलेशियामा एकजना नेपालीको हत्या भएको खबर छ ।

धादिङ । धादिङ खल्टे गाविस काउले घर भएका रमेश तामाङको मलेशियामा हत्या भएको छ । पूर्व जनमुक्ति सेना समेत रहेका रमेशलाई राज्यले अयोग्य सेना घोषणा गरे पछि रोजगारीका लागि नेपाल छाडेका थिए ।


 गत वर्ष मात्र मलेसिया गएका तामाङलाई सुति रहेको बेला मृत भेटिएको खवर परिवाललाई आए पनि तामाङको सव हेर्दा रगत बगेको शरिरमा चोट लागेकोले हत्या गरिएको हुन सक्ने बताईएको छ ।




पेटको अल्सर : कारण, लक्षण, के खाने/नखाने गर्ने/नगर्ने (यो पढ्नुहोस् !)

पेटको अल्सर कस्तो रोग हो ?
पाचन प्रणालीसँग जोडिएको यो एउटा खास रोग हो । यसमा आमाशय, खाने नली या सानो आन्द्राको सुरुको भाग अर्थात डयुडिनम मा घाउ वा प्वाल हुन्छ ।


पेटको अल्सर का कारणहरु के के हुन्?
धेरै मानसिक तनाव, चिन्ता, क्रोधमा रहनु,
अनियन्त्रित खाना खानु ।
धेरै रक्सी पिउनु,
खाली पेटमा दुखाइ हटाउने दबाइ खाने जस्ता बानीले आमाशयमाा घाउ हुन्छ जसलाई हामी अल्सर भनेर चिन्छौं ।

पेटको अल्सर का लक्षणहरु के के हुन्?
यो रोगमा छाती वा नाभीको माथिपटिको भाग दुःखछ ।
खाली पेट वा खाना खाइसकेपछि पनि दुःख्छ, पोल्छ,
बेचेनी हुन्छ,
उल्टी गर्ने इच्छा हुन्छ,
उल्टी भएपछि आराम मिल्छ,
रगत छादनु,
आन्तरिक रक्तश्राव हुनुको साथै
कालो रंगको दिसा आउँछ

पेटको अल्सर लागिसकेपछि के के खाने ?
खाना ५-६ पटक थोरै थोरै गरेर खाने ।
चिसो दुध एक पटकमा एक कप गरेर पटक पटक दिनमा ७-८ पटक खाने ।
खानामा दुध, दाल, विस्कुट, टोस्ट, भात, मुंगको दाल, साबुदाना, जाउलो, आरारोट,मक्खन खाने ।
अंगुर, पाकेको केरा, स्याउ, गाँजर खाने ।
प्रोटिनयुक्त पदार्थ, अण्डा पनिर, दाल आदि खाने ।

पेटको अल्सर लागि सकेपछि के के नखाने ?
अत्याधिक तातो, चिसो खानाबाट टाढै बस्ने ।
खाना एक दुइ पटक मात्र धेरै नखाने ।
थोरै थोरै बारम्बार खाने कुरा खाइरहने ।
तातो खाना छिटो छिटो नखाने ।
पिरो, मसालेदार, चटपटे तरकारी, अमिलो मही र छाछ धेरै नखाने ।
रक्सी, गाढा रंग हालेको चिया कफी धेरै नखाने ।
एक पटकमा धेरै दुध नखाने ।
तारेको भुटेको खाना धेरै नखाने ।
रोग निवारणमा सहायक उपाय

पेटको अल्सर लागिसकेपछि के के गर्ने ?
खाना निश्चिन्त भएर विस्तारै चपाइ चपाई खाने ।
शारीरिक र मानसिक रुपमा आराम गर्ने बानी बसाउने ।
तनाव र चिन्ताा हटाउने र हास्नर खुशी रहन सिक्ने
घर बाहिर काम गर्दा गर्दै पेट पोल्न थाल्यो भने २-४ वटा विस्कुट खाने ।
शरीरिक एवम् मानसिक शिथिलताको लागि शवासन गर्ने

पेटको अल्सर लागिसकेपछि के के नगर्ने ?
धेरै बेर भोकै बस्नुपर्ने मौका आउन नदिने ।
व्रतलिन छाडिदिने ।
मानसिक तनाव र चिन्तामा डुबेर बस्न छोडिदिने
राती धेरैबेरसम्म नबस्ने ।
दुखाइ हटाउने दबाइ आफू खुशी नखाने ।
दिउँसो सुत्ने बानी नबसाउने ।
कालो चियाको प्रयोग विल्कुलै नगर्ने ।

उपयोगी घरेलु सौर्न्दर्य प्रशाधनहरुको जानकारी

त्वचाको सुन्दरतामा निखार ल्याउन तथा त्वचा सम्बन्धी समस्याहरुले छुटकारा दिलाउनमा सबैभन्दा राम्रो विश्वसनीय घरेलु सौर्न्दर्य प्रशाधन नै मानिन्छ । उपलब्धतामा सुलभ, प्रयोगमा सजिलो तथा कम समयमा तयार हुनेबाला घरेलु सौर्न्दर्य प्रशाधन साइड इफेक्टबाट मुक्त हुन्छ । यदि तपाई पनि आफनो सौर्न्दर्यलाई लामो समयसम्म जवान राख्न चाहनुहृन्छ भने घरेलु सौर्न्दर्य प्रशाधन तपाईको लाग वरदान सिघ हुन सक्छ ।
सुन्दरता पाउने चाहनामा हामी के के गर्दैनौं । कहिले गोरो बनाउनेबाला फेयरनेस क्रिमले गोरोपनको आशा त कहिले एन्टी एजिंग क्रिमले उमेरलाई रोक्ने दुष्प्रयास । आफनो अनुहारमा थरि थरिका कस्मेटिकको लेप लगाएपनि हामी त्यसमाथि र अधिक प्रयोग गर्न पछि पर्दैनौं । यसको परिणामा पिम्पल, डार्क सर्कल्स, डन्डीफोर, तथा अन्य छालासमबन्धी समस्याहरुको रुपमा हाम्रो सामुन्ने आउँछ ।


जुन सौर्न्दर्यको खजानालाई हामी महंगो कस्मेटिक्समा खोज्छौं, त्यो खजाना हाम्ो भान्साघरमा नै लुकेको छ । हामी सबैको भान्साघरमा केयै यस्तो मसाला, तरकारी र फलहरु हुन्छ, जुन हाम्रो स्वास्थ्यको साथ साथ सौर्न्दर्यको दृष्टिकोणलेपनि लाभकारी हुन्छ । मात्र जरुरी छ त आफनो सोर्न्दर्यको लागि गुणकारी ती चीजहरुलाई चिन्नु । आज हामी तपाईको लागि लिएर आएका छौं, सजिलै तयार हुनेबाला केही उपयुक्त राम्रो घरेलु सौर्न्दर्य प्रशाधनहरुको जानकारी

एक कचौरामा एक ठूलो चम्चा मुलतानी माटोका पाउडर लिनुहोस् । अब यसमा समान मात्रामा चन्दन पाउडर वा नीम पाउडर मिसाएर यस मिश्रणलाई गुलावजलको साथ पातलो बनाउनुहोस् । यो पैक त्वचामा नरमपना र चमक ल्याउनको लागि धेरै राम्रो फेस पैक हो । यसको प्रयोग तैलीय त्वचाबाला युवा युवतीहरुको लागि लाभकारी हुन्छ ।

एक टमाटरलाई पिसेर त्यसको गुदीलाई एक कचौरामा निकाल्नुहोस् । अब यसमा एक सानो चम्चा मह मिसाएर दुबैलाई राम्ररी मिक्स गर्नुहोस् । यो पैक तपाईको त्वचाको लागि प्राकृतिक चमकलाई निखार्छ ।
एक चम्चा मह, एक चम्चा ग्लिसरीन र दुइ चम्चा कागतीको रस लिएर यी तिनौ चजिहरुलाई एक कचौरामा एक साथ मिसाउनुहोस् । यो पैक तपाईको त्वचाको रुपरंगलाई निखार्नका लागि प्राकृतिक ब्लीचको कार्य गर्छ ।

कागतीका बहुआयामिक ५ फाइदाहरु जानी राखौँ !!

कागती भिटामिन सी को खानी नै हो भन्दा फरक नपर्ला । कागतीमा औषधीय गुण पाइन्छ र यसको नियमित सेवन मानव स्वास्थ्यका लागि निकै हितकर हुन्छ । कागतीको सेवन हामीले गरेकै हुन्छौँ, तर यसका अन्य फाइदाका बारेमा हामीलाई उतिसारो थाहा नहुन सक्छ । अझ बढि बहुआयामिक फाइदा पूराउने तरिकारले कसरी कागतीलाई सेवन गर्ने भन्ने पनि जानकारी नहुन सक्छ । कागतीको बहुआयामिक ५ फाइदा यस्ता छन्


सरीर सफाइ गर्छ र रोग प्रतिरोधी क्षमता बढाउन- 
हरेक बिहान मनतातो पानीमा कागतीको रस मिलाएर खानुस् । कागती पानीको यस्तो सेवन सरीर सफाइ गर्ने सबैभन्दा उत्तम विधि हो । यसले मुत्रप्रणालीलाई सन्तुलित गर्ने र सरीरमा रहेका विषाक्त पदार्थलाई पिसाबमार्फत बाहिर फ्याँक्न सहयोग पूराउँछ । कागतीले सरीरको रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।

पाचन प्रक्रियामा सुधार-
कागती पानीको सेवन गर्नु पाचन क्रियालाई सन्तुलित पार्नमा सहयोगी हुन्छ । कागतीपानीको सेवनले कलेजोलाई पित्तअम्ल उत्पादन गर्न लगाउँछ, जुन पाचनका लागि आवश्यक हुन्छ । साथै यसले पाचन प्रणालीमार्फत विषाक्त पदार्थको उत्सर्जनमा पनि सहयोग गर्छ ।

लामखुट्टे भगाउने- 
कागतीलाई लामखुट्टे प्रतिरोधी चिजको रुपमा पनि प्रयोग गर्न सकिन्छ । तपाइँलाई थाहा छ ? यो निकै सजिलो छ । आधा काटेको कागती यसका लागि पर्याप्त छ । आधा काटेको कागतीमा केही ल्वाङ हालेर त्यसलाई कोठामा राख्नुहोस् । त्यसपछि तपाइँलाई दिक्क पार्ने लामखुट्टे त्यो पासोमा पर्नेछ ।

स्याउलाई फ्रेस राख्न-
स्याउ काट्दा बित्तिकै काटेको ठाउँ खैरो बन्दछ । यसो हुँदा अलिक नराम्रो देखिन्छ । त्यसैले स्याउ काट्दा चक्कुमा कागतीको रस दल्नुहोस् वा स्याउलाई नै कागतीको रसमा चोप्नुहोस् । यसो गर्दा स्याउ काटिसकेपछि पनि फ्रेस बन्दछ ।

भाँडाकुँडा सफा गर्न-
वैज्ञानिकहरुका अनुसार तरकारी तथा सलाद काट्ने चपिङ बोर्डमा ट्वाइलेटमा भन्दा पनि बढि तथा हानिकारक किटाणु हुन्छन् । त्यसैले यसलाई राम्रोसँग सफा गर्नुपर्छ । चपिङ बोर्ड मात्र होइन, चक्कु वा अन्य किचेनका भाँडाकुँडा सफाइ गर्दा कागतीको प्रयोग गर्नु लाभदायी हुन्छ र यसले हानिकारक किटाणुलाई नष्ट गर्छ ।

अखबरे खुर्सानी खानुको ७ फाइदाहरु जनिराखौं !!

पीरो मन पराउनेका लागि खुर्सानी बिनाको खाना मीठै लाग्दैन । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । तर, खुर्सानीमा लाभकारी गुण भएको कमैलाई जानकारी होला ।


१. हरियो खुर्सानी मा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ ।
२. यो एन्टी–अक्सिीडेन्टका राम्रो माध्यम हो ।
३. हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ ।
४. भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ ।
५. कति अध्ययनले हरियो खुर्सानीले ब्लड सुगर कम गर्ने पत्ता लगाएका छन् ।
६. हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइन्छ जो प्रोस्ट्रेट
क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।
७. यसमा रहेको तत्वले छाला सफा बनिरहन्छ । डन्डीफोर आउन दिँदैन ।

आफ्नो मन जोड्दै मंगोलियन हार्ट

काठमाडौ, श्रावण १३ - भूकम्प आउनुअघि ‘मंगोलियन हार्ट’ ब्यान्डका गायक राजु लामा नेपालमै थिए । केही समय आत्मीयजन र गाउँलेहरूसँग पनि बिताए उनले । यस पटक फेरि उनी अमेरिका हुँदै युरोप घुमेर नेपाल आइपुगेका छन् । तर अब उनले आफ्नो गाउँ सिन्धुपाल्चोकको बरुवा सुनचौरका १ सय १० जनालाई कहिल्यै भेट्न पाउनेछैनन् ।


वैशाख १२ को महाविनाशकारी भूकम्प र त्यसपछिका परकम्पनहरूमा उनका धेरैजसो आफन्त परे । उनी भने यति बेला आम भूकम्पपीडितहरू माझ पुग्दै छन्, म्युजिकथेरापी र पुनर्निर्माण अभियानका साथ । अमेरिका र युरोपका कन्सर्टहरूबाट जम्मा भएको रकमबाट उनी गाउँमा स्कुल र पुल बनाउनेदेखि काभ्रे, काठमाडौं र सिन्धुपाल्चोकका पीडित माझ थेरापी कन्सर्ट गरिरहेका छन् ।

‘मुलुकबाहिर हुँदा यताको भन्दा दोब्बर पीडा हुँदो रहेछ,’ भक्तपुरको बोडे क्याम्प, काभ्रेको रोशी मावि कटुन्जे र कानपुर मावि कालापानीमा कन्सर्ट सकाएर फर्केका राजुले भने, ‘सहनै नसकिने ।’

उनलाई यतिविधि पीरमा पार्नुको कारण उनकी आमा पनि हुन् । भूकम्प आउँदा उनकी आमा आफन्तको छेवारका लागि बौद्धबाट गाउँ पुगेकी थिइन् । आफन्तको घरै भत्कियो, आमा पनि पुरिइन् । पाँच दिनपछि मात्रै उद्धार भएर काठमाडौं ल्याइएकी आमा दुई महिना थलिएर बल्ल तंग्रिँदै छिन् । ‘भूकम्पबाट धेरैले आमा गुमाए,’ राजु भावुक बने, ‘यस्तोमा हामी कलाकार हात बाँधेर बस्ने कुरै भएन ।’

भूकम्पको केही दिनपछि नै राजु र सारंगीवादक श्याम नेपालीले न्युयोर्कमा एउटा योजना बुने । फेसबुक, युट्युबदेखि ट्वीटरसम्मका सामाजिक सञ्जालबाट विश्वभर नेपाल सम्बन्धी मन रुवाउने दृश्यहरू छ्यापछ्याप्ती भइरहेकै थिए । भूकम्पमा दिवंगत र पीडितहरूको सम्झनामा गर्न लागेको सांगीतिक कार्यक्रम भएकाले श्यामले पहाडी परिवेशको याद दिलाउने धुन

बजाए सारंगीमा, राजु गाउन तयार भए– ‘आमा तिम्रो दीर्घायुको प्राथना गर्छु ...।’ श्यामले यसरी मन छुने गरी सारंगी रेटे कि, राजुले गाउनै सकेनन् । ‘गला अवरुद्ध भएर आयो,’ राजुले सम्झिए, ‘अस्पतालको ओछ्यानमा पल्टिरहेकी आमालाई सम्झेँ, भूकम्पमा दिवंगत भएकाहरूलाई सम्झेँ । केही समय त गाउनै पो सकिनँ ।’

कन्सर्ट भव्य बन्यो । केही पैसा उठ्यो । यसपछि राजुले आइडिया लाए । उनी लगायतको टिमले अमेरिकामा अब खानेकुरा बेच्न थाल्यो । चकलेट र केकका परिकारहरू । ‘यो अभियानबाट मात्रै साढे चार लाख रुपैयाँ उठेछ,’ राजुले सुनाए, ‘अब गाउँघरको लागि थप पैसा जोहो गर्ने योजना बनाएँ ।’

यही क्रममा उनले न्युयोर्कमा अर्को कन्सर्ट गरे । जर्मनी, स्वीट्जरल्यान्ड र साइप्रससम्म पुगे । फुड बजार नामक कम्पनीले राजुको अभियानबाट प्रभावित भएर एकै पटक २० हजार अमेरिकी डलर सहयोग दियो । अहिले यही सहयोग रकमबाट राजु पुल र स्कुल पुनर्निर्माणमा लागिपरेका छन् ।

सिन्धुपाल्चोकका याङरी खोला, ङ्याल्दुङ खोला लगायतमा गरी उनले तीनवटा पुल बनाउन लागेका हुन् । यसबाहेक बरुवाका तीन र बोथाङका पाँच वटा स्कुलमा शैक्षिक सामग्री वितरण गरेका छन् । ती स्कुललाई पुनर्निर्माणका लागि समेत उनी सहयोग जुटाउँदै छन् । ‘नतानूँ त तानूँ लाग्ने...’, ‘हल्ला चलेछ...’, ‘यो जुनीमा तिमीलाई....’ जस्ता गीत यी गायकलाई मंगोलियन हार्टका बबी लामा, सन्तोष लामा, दीपेन्द्रमान सिंह, किरण नगरकोटी, पवन कपाली लगायतको साथ मिलिरहेकै छ ।

‘विपद्को घडीमा समाजका सबै अंग सकारात्मक सोचका साथ क्रियाशील हुनुपर्छ,’ उनले भने, ‘झन् संगीत भनेको मन–मनलाई जोड्ने पुल हो । अहिले यस्तै पुलहरू बनाउने प्रयासमा छु ।

भारतीय एसएसबीसहित नेपालभित्रै आएर नेपालीमाथि गरे सांघातिक आक्रमण

काठमाडौं, १२ साउन - नेपाली भूमीबाट बगेको कुलो भारतीयले जबरजस्ती भत्काइ दिएपछि पर्साको ठोरीमा सोमबार दिनभर नेपाली र भारतीय बिच झडप भएको छ।



नेपाल भारत बिचको सीमामा रहेको ठुटे खोलाको कुलोको पानीको विषयमा विवाद हुदा भारतीयहरुले नेपाली भूमी भित्रै पसेर नेपालीमाथि आक्रमण गरेका हुन् । भारतीयहरुको आक्रमणबाट एक जना प्रहरी जवान सहित चार जना गम्भिर घाइते भएका छन्।

घाइते हूनेहरुमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी जवान नन्द लाल महत्तो , पर्सा निर्मलवस्ती २ घर भएका नेपाल प्रहरीका भुपु हवल्दार नारायण प्रसाद पाठक, निर्मलवस्ती १ रामनगरका चन्द्र बहादुर मिजार र त्यही ठाँउका तिलक बहादुर बस्नेत रहेका छन् ।

उनीहरु मध्ये प्रहरी जवान महत्तोको टाँउको फुटेको र उनलाइ थप उपचारका लागि चितवनको भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक ध्रुब बहादुर श्रेष्ठले जानकारी दिए । ठुटे खोला क्षेत्रमा सोमबार बेलुकी सम्म भारतीयहरुले ढुंगामुढा गरेको स्थानीय रामशरण लामिछानेले बताए ।

अन्नपूर्ण पोष्टमा समाचार छ: सीमा पारिको भीखना ठोरीमा रहेका भारतीय सीमा सुरक्षा बल एसएसबीको बेस क्याम्पका सुरक्षाकर्मीहरुको आडमा भारतीयहरुले नेपालको सीमा क्षेत्रमै पसेर नेपालीहरु माथि आक्रमण गरेको लामिछानेले बताए । एसएसबीले बन्दुक ताकेर बसे । अनि भारतीयले अन्धाधुन्द ढुङगा बर्साए, उनले भने ।
नेपाली भूमीमा रहेको ठुटे खोलामा तीन वटा कुलो छ । तीन वटा कुलो मध्ये दूइ वटा कुलो भारतको एकवा र भवानीपुरका किसानले तथा बाँकी अर्को कुलो पर्साको निर्मलवस्ती गाविसको नयाँवस्ती, रामनगर र बुद्धनगरका किसानहरुले प्रयोग गर्दै आएका छन् ।

लामो समय देखिको खडेरीका कारण धान रोप्न नपाएपछि निर्मलवस्तीका किसानले शनिवार भारत तर्फ बगेको कुलो थुनेर आफनो गाँउ तर्फ फर्काएका थिए । त्यसकै निहुमा भवानीपुरका भारतीयहरुले आइतवार भारतको जमुनियाबाट किनमेल गरेर घर र्फकदै गरेका निर्मलवस्ती र ठोरीका चार जना नेपालीलाइ कुटपिट गर्दै सामान खोसेपछि विवाद शुरु भएको हो ।

पेटको धर्सा हटाउन यी ५ सरल घरेलु उपाय अपनाउनहोस् !!

धर्सा भनेको गर्बवती महिलाको ज्यानमा मात्र हुन्छ भने छैन । मानिस एकै पटक मोटायो वा महिलाहरु 
गर्भवती हुँदा पेट, छाती, तीघ्राको छालामा यस्ता धर्साहरु देखा पर्छन् । यसलाई खास नौलो मानिदैन । एक पटक बसिसकेका धर्सा हटाउन त्यति सजिलो छैन । तर असम्भव पनि छैन । शरीरमा बसेका धर्सा हटाउने केही प्राकृतिक उपायहरु छन् ।


१. घ्यूकुमारीः
 घ्यूकुमारीलाई अचेल धेरैले एलोभेरा भन्दा चिन्छन् । एलोभेरा काटेर धर्सा परेको भागमा केही समय दल्नुहोस् । त्यसपछि मनतातो पानीले धुनुहोस् । तपाई यो प्रक्रियामा एक चौथाई एलोभेराको जेल, भिटामिन ए, इको क्याप्सुललाई आपसमा मिसाएर पनि दिनहुँ दल्न सक्नुहुन्छ । । केही दिनमा तपाईले आफ्नो छालामा आएको परिवर्तन महशुस गर्नुहुनेछ ।
२ पानीः
पानीको उपचार तपाईले कहिल्यै महशुस नै गर्नुभएको छैन होला । तर छालाको सबैभन्दा राम्रो डाक्टर पानी नै होे । दैनिक १० ग्लास पानी पिउँनुहोस् । यसबाट तपाईलाई धेरै किशिमका छालासम्बन्धी समस्याबाट टाढा राख्न मद्यत पुग्छ । पानी पर्याप्त पिउँने गर्नाले छालामा भएका स–साना प्लानहरुलाई सफा राख्न र उपचारका अन्य विधि सफल बनाउन पानी आवश्यक हुन्छ । छाला सुन्दर बनाउन चाहनले चिया, कफि सोडाबाट चाहिँ बच्नै पर्छ ।
३ चिनीः
चिनीमा पनि यस्तो धर्सा हटाउन सक्ने गुण हुन्छ । सेतो प्राकृतिक चिनी एक चम्चा, आल्मन्डको तेल थोरै र केही थोपा कागतीको झोल मिसाउनुहोस् । राम्रो मिश्रण तयार पार्नुहोस् र त्यसलाई धर्सा भएको स्थानमा लगाउनुहोस् । १० मिनेटपछि धुनुहोस् । एक महिनासम्म यसो गर्नाले तपाईको छालामा आएको परिवर्तन हेरेर आफै दंग हुनुहोस् ।
४. ओलिभ आयलः
ओलिभ आयलमा महत्वपूर्ण पोषक, एन्टिअक्सिडेन्ट हुन्छ । जसले तपाईको छालालाई स्वस्थ राख्न मद्यत गर्छ । ओलिभ आयलले धर्सा भएको स्थानमा मसाज गर्नुहोस् । एकघण्टा पछि धुनुहोस । ओलिभ आयलमा भएको भिटामिन ए, डी र इले छालालाई सुन्दर बनाउँछ ।
५. आलुको जुसः
धेरै किशिमका भिटामिन र खनिज आलुमा हुन्छ । यसले छालाको कोष निर्माण र उपचारमा सघाउ पुर्याउँछ । आलुलाई स्लाइसलाई जस्तै पातलो गरेर काट्नुहोस् । त्यस्तो स्लाइसलाई धर्सा भएको स्थानमा केही मिनेट दल्नुहोस् । छाला सुख्खा भएपछि मन तातो पानीले धुनुहोस् । यी पाँच मध्ये तपाईलाई जुन सजिलो हुन्छ, त्यो प्रयोग गर्न सक्नुहुन्छ । यी उपायहरु प्रयोग गरि धर्सा हटाउनु होस् र आफ्नो स्वस्थालाई सुन्दर बनाई स्वस्थ रहनुहोस । 

अमेरिकालाई उत्तर कोरियाको धम्की, अबको युद्धमा एक जना पनि अमेरिकान जीवित नरहने

काठमाडौ, १२ साउन(एजेन्सी) : उत्तर कोरियाली ठुला नेताहरूले अमेरिकालाई कोरियाली प्रायद्वीपमा अब कुनै कुनै युद्ध भएमा कुनै पनि अमेरिकी जिउँदो नरहने चेतावनी दिएका छन् । उत्तर कोरियाले आइतबार कोरियाली युद्ध समाप्त भएको ६२ औ वर्षगाँठ मनाएको थियो । यसै अवसरमा उत्तर कोरियाली नेताहरूले अमेरिकालाई उक्त धम्की दिएका हुन् ।


किम जोंग उन : अमेरिकाको लागी हामी खतरा
किन जोंग उनले देशको न्युक्लियर अर्थात् परमाणु शक्तिको बारे बोल्दै भने, ‘ती दिनहरू गए, जब हामीलाई परमाणु हतियारको धम्की दिएर अमेरिकाले हामीलाई तर्साउने गर्थ्यो । अब अमेरिकाको कुनै हैसियत छैन् । अब हामी उनीहरूका लागि खतरा बनिसकेका छौ ।’ कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार उत्तर कोरियाका प्रमुख नेता किम जोंग उन आइतबार राती कुमसुसान दरबार पुगेका थिए, जहाँ उनले पिता किम जोंग इल र हजुरबुबा किम इल संगको पार्थीव शरिर राखिएको थियो ।

रक्षा मन्त्री पाक : अब युद्ध भयो भने एक पनि अमेरिकी बच्ने छैन्
कोरियन पीपुल्स आर्मीका प्रमुख तथा रक्षा मन्त्री जनरल पाक योंग-सिकले भने, ‘अमेरिका हाम्रो विरूद्व योजना बनाउन र हामीलाई उक्साउने कुनै मौका छोडिरहेको छैन् । हामी एक शक्तिशाली देश बनिसकेका छौ । अब युद्ध भयो भने कुनै आत्मसमर्पणको कागजातमा हस्ताक्षर गर्नका लागि कुनै पनि अमेरिकी बच्ने छैन् ।’ पाक योंग-सिकले भने, ‘हामी पछिल्लो ६० वर्षदेखी शान्त छौ, तर अमेरिका शान्ति चाहनँदैन । पछिल्लो कोरियाली युद्धमा अमेरिकाको पराजयको सुरूवात भएको थियो, तर, अर्को युद्ध भएमा पूरा अमेरिका ध्वस्त हुन्छ ।’
तीन वर्षसम्म युद्ध
तीन वर्षसम्म चलेको कोरियन युद्ध समाप्त गर्नका लागि २७ जुलाई १९५३ मा सम्झौता भएको थियो । यो दिन कुनै शान्ति सम्झौतामा हस्ताक्षर भएको थिएन, तर उत्तर कोरियालीहरू यसलाई ‘साम्राज्यवादी’ अमेरिकाविरूद्वको जीत ठान्छन् । अमेरिका यो युद्ध संयुक्त राष्ट्र संघको सहयोगी देशसँग मिलेर दक्षिण कोरियाको तर्फबाट लडेको थियो । उत्तर कोरियाले हरेक वर्ष यो दिन धुमधामका साथ मनाउने गर्छ ।

योंगयोनमा न्युक्लियर हतियार बनाउने तयारी
एक अमेरिकी रिसर्च ग्रुप, ‘३८ नर्थ’ को एक प्रतिवेदन अनुसार नर्थ कोरिया योंगयोनस्थित प्रमुख न्युक्लियर कम्प्लेक्समा हतियारको पाटपूर्जा तयार गरिरहेको छ । यता उत्तर कोरियामा सेनाको संख्या विश्व अन्य कुनै पनि देशभन्दा बढि छ । उत्तर कोरियामा ९५ लाख सैनिक रहेका छन् । यो संख्या देशको जनसंख्याको ४० प्रतिशत हो ।

काठमाडौंमा आज दिउसो करिब एक बजेर १२ मिनेट जाँदा १० रेक्टरबराबरको भूकम्प गएको छ ।

काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको विशेष सक्रियतामा निजामति ऐन २०४९ लाई संसोधन गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा १० रेक्टरबराबरको भूकम्प गएको चर्चा कांग्रेसहरुबीच छ ।


प्रधानमन्त्री सुशील कोइरालाको निजी सचिवालयमा कार्यरत भान्जाभान्जी, पीएहरु प्रायः सबैले अमेरिका लगायत मुलुकको पिआर, ग्रिनकार्ड लिइसकेकोले प्रधानमन्त्री कोइराला नैतिक संकटमा परेको स्रोतको दाबी छ । कोइारालाको निजी सचिवालयमा कार्यरत भान्जा रमेश भण्डारी, भान्जीबुहारी प्रभा भण्डारी, जनसम्पर्क सल्लाहककार मृदुला कोइराला पिआरधारी हुन् ।

निजामति ऐन २०७२ संसोधितले बालुवाटार दरबारमासमेत आतंक सिर्जना भएको बताइन्छ । प्रधानमन्त्रीको निजी सचिवालयमा पिआरधारीको जत्था डेरा जमाएर बसेकाले यो ऐन कार्यान्वयनमा शंका उत्पन्न हुन थालेको छ ।

स्रोत भन्छ प्रधानमन्त्रीका स्वकीय सविच अतुल कोइारालासमेत पिआरका लागि खुट्टा उचालेर बसेका छन् । पीआरधारीको सफाई बालुवाटारबाटै प्रारम्भ नगरेमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री कोइरालाको समेत नैतिक धरातलमा पराकम्पन जाने निश्चित छ ।

यसरी हुन्छ काठमाडौमा साझ ढल्केपछि यौन व्यापार

काठमाडौं, ११ साउन - एक गाँस भात चपाएर जब एक अंगालो स्वास्नी च्याप्दै मनुवा शयनकक्षमा निदाउने प्रयत्नमा हुन्छन्, तब सुन्दरीहरु सुडोल नितम्व र पोटिला स्तन झोल्याउँदै नाच्न थाल्छन्, ‘बन्द कमेरेमा प्यार कर लो ।’ ग्राहक सोफामा बसेर आँखा झिम्क्याइरहेका हुन्छन्, इशारागरिरहेका हुन्छन्’ चुरोटको धुँवा, मदिराको गन्धमा छोटा र पातला कपडामा भित्तामा टाँसिँदै रात रमाइलो पार्नेको पोटिला जवानी उत्खनन् भइरहेको हुन्छ डान्स बारमा । तर यिनै सुन्दरीहरुको जीवन बदनाम छ र भविष्य गुमनाम छ काठमाडौं सहरमा रात ढलदै गएपछि धपक्क बल्छ काठमाडौंका केही घरहरु ।


ठमेल, बानेश्वर र सुन्धार अग्रप्रक्तिमा देखिन्छन् । एउटा सानो फ्लाट हुन्छ, जताततै टेबलहरु हुन्छन् । एउटा डबली पनि हुन्छ । डबलीमा नर्तकीहरु पोटिला वक्ष र नितम्व देखाएर ग्राहकहरुलाई ‘झुमझुम’ पारिरहेका हुन्छन् । यसो गर्नु उनीहरुको नियति नै हो ।
काठमाडौंमा रात्री व्यवसायका नाममा सञ्चालनमा रहेका डान्स बारहरु चम्किएका छन् । दिनभरको थकान मेटाउने बहाना होस् या घर बाहिर रहेका बेला रंगीन रातमा झुम्ने बहाना । यौनसँग जोडिएकाले काठमाडौंका डान्स बारहरु बिस्तारै ग्राहकका आकर्षण बनेका छन् । सपनाको पनि राजधानीमा काठमाडौंमा केही बन्ने सपना बोकेर आएकीहरु जब गुमनाम जिन्दगी बिताउन थाल्छन्, तब पुग्छन् सडक हुँदै डान्स बारमा । सुरुमा वेटर हुन्छन् त सर्भ गर्दागर्दै नाच्न जानियो भने र बार सञ्चालकले ‘स्पेस’ दिए भने बन्छर डान्सर पनि ।

ग्राहकलाई फकाउनु, धेरै रक्सी र चुरोट बिकाउनु र जति सक्दो बिल उठाउनु उनीहरुको दायित्व हुन्छ, त्यसका लागि पातलो पहिरनमात्र होइन एक थान ‘अन्डरवेयर’ मा ग्राहकसँग टाँसिनु बाध्यता पनि हुन्छ ।
‘मैले भुवन केसीसँग पनि रात बिताएकी छु,’ बाग्लुङबाट काठमाडौं पढ्न आएकी सुमिना शर्माले भनिन्, ‘हिरोइन हुने सपनाले डान्सर बनायो, अब पासपोर्ट बनाएर दुबइ जादैँछु ।’ ‘नशाको मातमा भुवन केसी चिन्यौ त रु’ उनीले भनिन्, ‘किन नचिन्नु, खोइ भाग्यले कहाँ पुरयायो रु’ काठमाडौंमा गुपचुप कुमारीत्व लिलाम भइरहेको हुन्छ उनका अनुसार, कसैले काम दिने भन्छन् त कसैले दुख पर्दा दाम दिने भन्छन् तर आँखा भने अस्मितामै पुरयाउँछन् ।

रात ढल्दै गएपछि र देह जल्दै गएपछि हुन्छ मोलमोलाइ । ‘आज जाने हो रु’ नशाका सुरमा चुर भएर ग्राहकले हाकाहाकी भनेपछि ह्वीस्की अरु थपिन्छ । वेटर बनेर पाँच वर्षदेखि कार्यरत मिना मगर भन्छिन्, ‘राति अफिसले नै घर पुरयाउने भएकाले रुममा गइन्छ । अनि मात्र कुराकानी हुन्छ ।’ तर घरानियाँहरुले डान्स बारकै सञ्चालकलाई भनेर ‘फलानी’ मिलाइदिनु परयो भनेपछि उनीहरु स्वतः जान्छन् । सुन्धाराकै एक सञ्चालक भन्छन्, ‘नाम चै नलेखिदिनु, डान्स बार चलेको देखिन्छ, महिना मर्नै लाग्यो तलब दिने पैसा छैन ।’
उनले भने, ‘यो अहिले नाचिरहेकी केटीले मात्र ३५ हजार तलब लिन्छे, कति राम्री छे, यसैले धानेको छ बार, मोरीलाई दुबईबाट फिर्ता बोलाएको, यसको जिउडाल हेरेर छोरीकी आमा भनेर कसैले पत्याउँछ रु’ धेरैपटक उनीकहाँ गएकाले उनी टेबुलमै आएर कुराकानी गर्छन् । ‘नाम नलेख्नु,’ उनले एक पेग खुकुरी रम मगाएर ‘चियर्स’ गर्दै भने, ‘न्युरोडका सुन व्यापारीदेखि ठूला कर्मचारी र प्रहरीका हाकिम पनि आउँछन् र उधारो खाइदिन्छन्, उल्टो यो नानी पठाइदे भन्छन् ।

उनले दुईलाम ५० हजारको चेक देखाउँदै भने, ‘हेर न यो माडेलाई नउठाइ भएन, आउँछ, रक्सी पिउँछ, छानिछानी तरुनी लैजान्छ, पैसा नभएको चेक दिएर मोबाइल स्वीच अफ गर्छ ।’ डानस बार चले पनि तलब खुवाउन नसकेको र उधारो फसेको उनले सुनाए । भने, ‘प्रहरीमा के भनेर उजुरी गर्ने, न जग्गा कारोबार, न कुनै लेनदेनको तमसुक न कागज, पैसा उठाउन गुण्डा लगाउनु पर्ने भयो यार ।

बानेश्वरमा काम गरिरहेकी सहाना चौधरी सुन्धारामै भेटिइन् । ‘कालो कछाड र माथि पातलो टिशर्ट लगाएकी उनी अझ राम्री देखिन्थिन् । ‘नमस्ते मलाई चिनिस्यो, उनी छेउमै आएर बसिन् र भनिन्, हजुरलाई मिस गरिहेको थिएँ ।’ उनीले अर्को आइतबार कतारको फ्लाइट भएको बताइन् । ‘किन जान लागेको रु’ उनीले भनिन्, ‘यो गुमनाम र बदनाम जिन्दगीदेखि वाक्क छु दाइ । अब कतारमा तीन वर्ष बसेर नेपाल फर्केर विवाह गरेर बस्ने सोचमा छु । अहिले कसैले विवाह गर्दैन, भविष्य यसैमा जाँदैन, त्यसैले विदेश जान लागेँ, गाउँ जान पनि सक्दिन एक हिसाबले गैरकानुनी मानिने यौनधन्दामा पुगेका छन् ।

डान्स बारमा काम गर्नेहरु । पहिलो रात बारमा नाचगान र चिनजानमा जोडिनेहरु विस्तारै यौन साथी बन्छन् । ‘स्वास्नी कसैले बनाउँदैन, कति दिन भन्ने दाइ अन म्यारिड तर नट भर्जिन रु’ सुस्मा तमुले भनिन्, ‘स्वास्नीभन्दा हामी राम्री रे तर कान्छी पनि नबनाउने लोग्नेका जात ।’ उनी भन्छिन्, ‘एक पेग ह्वीस्कीका भरमा छाति र नाइटोमुनि हात पुरयाउने अनि भोलिपल्ट त कतै बोलाएर बाँकी नराख्ने ।’ उनी पनि बदनाम जीवन र गुमनाम भविष्यबाट मुक्त हुन विदेशिने तयारीमा छिन् । घरपरिवारलाई यो काम गर्छु भनेकी पनि छैनन् । झट्ट हेर्दा काठमाडौंको रात्री व्यवसाय रमाइलो देखिन्छ ।

काठमाडौंमा प्रत्येक महिला ८५ करोड ७२ लाख ५० हजार रुपैयाँको यौन व्यापार हुन्छ । काठमाडौंमा सञ्चालित मनोरञ्जन क्षेत्र र गेस्ट हाउसको मात्रै तथ्यांक हो यो । डान्सबार, क्याबिन, मसाज, दोहोरी साँझ, खुला रेस्टुरेन्ट, डिस्को विस्तारै रेडलाइट एरियामा परिवर्तित हुँदै छन् भन्ने संकेत मिलेको छ ।
काठमाडौंमा सञ्चालनमा रहेका मनोरञ्जन क्षेत्रमा ६० हजारले प्रत्यक्ष रोजगारी पाएको आँकडा छ ।
काम गर्नेमा ७५ प्रतिशत महिला छन् । तीमध्ये २५ प्रतिशत यौनकार्यमा पनि लिप्त छन् । क्लिनर, वेटर, क्याप्टेन, गायिका, मसाजकर्ता पनि यौन बजारका पात्र हुने गरेका छन् ।

ठमेलका मनोरञ्जन व्यवसायीकै आँकडालाई मान्ने हो भने एक रातमै एक करोड ६८ लाख ७५ हजार रुपैयाँ बराबरको व्यापार हुन्छ काठमाडौंमा । महिनामा ५० करोड ६२ लाख ५० हजार रुपैयाँ । नेपाली होटल व्यवसायी संघअन्तर्गत तीन सय ५० काठमाडौं होटल व्यवसायी संघअन्तर्गत तीन सय होटल र गेष्ट हाउस छन् काठमाडौंमा । अझ कोठा नै लिएर यौन धन्दा चलाउने गिरोहको हिसाब नै छैन । दोहोरी, डान्स, डिस्को, मसाजमा सम्पर्क भए पनि ‘यौनकार्य’ होटल र गेस्ट हाउसमै हुन्छ । ४० प्रतिशत गेस्ट हाउस र होटलमा यौन व्यवसाय हुने काठमाडौं होटल व्यवसायी संघका पूर्वअध्यक्ष छत्र बस्नेतको तर्क छ । अर्थात् दुई सय ६० होटल तथा गेस्ट हाउसमा यौनधन्दा निर्बाध चलिरहेको छ । गेस्ट हाउसले पनि १० देखि १५ युवतीलाई यौनधन्दाका लागि ‘स्ट्यान्ड बाइ’ राख्छन् र ग्राहकलाई रोजीछानी पठाइन्छ । अर्थात् काठमाडौंमा गेष्ट हाउसमा ‘कल सर्भिस’ दिने युवती दुई हजार ६ सय छन् । उसो त होटल व्यवसायी एक युवतीले २४ घन्टामा तीनदेखि पाँच ग्राहकलाई सेवा दिन सक्ने बताउँछन् । अर्थात् सेवा दिने युवती कम छन् र यौन बजारको ग्राहक बढ्दो छ ।

प्रत्येक रातमा एक करोड १७ लाखको यौन कारोबार हुन्छ भन्छन् व्यवसायी । एक महिनामा गेस्ट हाउसमा मात्रै ३५ करोड १० लाख रुपैयाँको यौन कारोबार हुने गरेको तथ्यांक बाहिर आएको छ ।
उसो त बदनाम जिन्दगी र गुमनाम भविष्यका ४५ हजार महिला फसे पनि कमाउनेमा प्रहरी प्रशासन अघि छ । करिब दुई सय डान्सबारले स्थानीय प्रहरी इन्चार्जलाई न्यूनतम मासिक पाँच हजार रुपैयाँ दिन्छन् भने सईका भागमा दुई हजार पाँच सय, असईले एक हजार पाँच सय उठाउँछन् । सिपाही र हवल्दारले पनि एक हजार रुपैयाँ पाउँछन । दुई सय डान्सबारले इन्चार्जदेखि सिपाहीसम्म एक–एकजनालाई मात्रै रकम दिँदा पनि प्रतिमहिना २२ लाख रुपैयाँ हुन्छ भनेर नयाँ पत्रिकाले समाचार दिएको छ ।

सरकारले काठमाडौंको मनोरञ्जन क्षेत्रलाई नजरअन्दाज गरेको छ । यति ठूलो रकम मनोरञ्जन क्षेत्रमा खर्च भइरहेको र ६० हजारको रोजगारीसँगै लाखौँ संलग्न भएको तथ्यांकले यो विषयमा सोच्नु पर्ने भएको छ ।
अर्कातिर अरुलाई ‘आनन्दको प्रसाद’ बाँडिरहेका डान्स, डिस्को, दोहोरी, मसाजका युवती र महिलाहरुको जिन्दी भने बर्बाद भएको छ । विवाहेत्तर सम्बन्ध बढेको छ र वैवाहिक जीवन ध्वस्त भएको छ । त्यसैले काठमाडौंमा तीनदेखि पाँच वर्षसम्म आफ्नो जवानीमा घमण्ड गर्नेहरु विदेशिइरहेका छन् र काठमाडौंमा गाउँबाट कुमारी सपना बोकेर आउने सुकुमारीहरु भने देह व्यापारमा फसिरहेका छन् । आवरणमा नाच्ने र विवरणमा देहव्यापार गराउने धन्दाले उनीहरु त बर्बाद भएकै छन्, डान्सबार धाउने र मदिरामा रमाउने लाखौँ पुरुषहरुको पनि पारिवारिक र सामाजिक जीवन संकटमा परिरहेको छ । राज्यले यसलाई व्यवस्थित बनाउन जरुरी छ ।

Sunday, July 26, 2015

सदाबहार नायिका करिश्मा मानन्धर प्रहरी कारबाहीमा परेकी छिन ।

नेपाली फिल्मी क्षेत्रमा सदाबहार नायिकाको पहिचान बनाएकी करिश्मा मानन्धर प्रहरी कारबाहीमा परेकी छिन । उनलाई चावहिल चोकमा ड्युटिमा रहेका ट्राफिक प्रहरीले फोनमा कुरा गर्दै सवारी चलाएको भन्दै कारबाही गरेको बताइएको छ ।


करिश्मा मानन्धरले भने आफूले मोबाइलमा कुरा गर्दै गाडी चलाएको भन्ने कुरा अस्वीकार गरेकी छन् । सो क्रममा दुई पक्षबीच केहीबेर विवाद समेत भएको थियो ।करिश्मासँगै रहेकी निर्देशकसम्झना रौनियारले फोन दिर्दै गर्दा प्रहरीले रोक्न खोजेको उनको भनाई छ । करिश्मा एनएफडिसी अवार्डको प्रमाण पत्र बितरण समारोहमा भाग लिन त्यसतर्फ जादै थिइन ।

एनआरएन इजरायलको निर्वाचन समितिद्वारा घोषित परिणालाई स्विकार नगर्ने अध्यक्ष उमेदवार सुन्दरसिंह लामाको भनाई

एनआरएन इजरायलको भावी कार्यसमिति चयनकोलागि भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी रहेका सुन्दरसिंह लामा तामाङले निर्वाचन समितिले आइतवार घोषणा गरेको निर्वाचन परिणाम पश्चात राजदुतवास निवास स्थानमा मतगणना गर्ने क्रममा भएको घटनामा आफूमाथि भएको हमलाको निर्वाचन समितिलेकुनै किसिमको छानविन नगरी आधा भन्दा बढि मतपत्रहरु गन्न बाकीं भएको अवस्थामा केहि अपरिचित व्यक्तिहरुले सारा निर्वाचनका मतपेटिका र मतपत्रहरु लुटिएर लगीएको यथार्थ घटनालाई सार्वजनिक नगरी एकलौटी निर्णय गरि आएको निर्वाचन परिणाम भन्दै घोषित परिणामलाई स्वीकार नगर्ने जनाएका छन् ।
अअध्क्ष पदका प्रत्यासी लामाले आइतवार राती इझरायलवासी नेपालीहरुको नाममा प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा वताएका हुन् ।


लामाद्वारा जारी विज्ञप्तिको पूर्ण अंश :
एनआरएनए इजरायलको चुनाबी परिणाम अस्वीकार गर्दै, सम्पूर्ण सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्दछौ  ।
इजरायलवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक न्यानो अभिवादन नमस्ते !!!

मिति १८ जुलाई २०१५ शनिवारका दिन भएको एनआरएनए इजरायलको निर्वाचनमा राजदुतवास निवास स्थानमा मतगणना गर्ने क्रममा भएको घटनामा म अध्यक्षका उम्मेदवारी सुन्दर सिहं लामा माथि भएको हमलाको कुनै किसिमको निर्वाचन समितिले छानविन नगरी आधा भन्दा बडी मतपत्रहरु गन्न बाकीं भएको अवस्थमा केहि अपरिचित व्यक्तिहरुले सारा निर्वाचनका मतपेटिका र मतपत्रहरु लुटिएर लगीएको यथार्थ घटनालाई सार्वजनिक नगरी एकलौटी निर्णय गरि आएको निर्वाचन परिणामलाई हामी स्वीकार गर्दैनौ |र पुन :निर्वाचानको माग गर्दछौ |

गैर आवसीय नेपाली संघ,अन्तरास्ट्रिय समन्वय परिषद्,टेकु काठमाण्डौ
गैर अवासिय नेपाली संघ मध्यपूर्व क्षेत्रिय कार्यलय
नेपाली राजदुतवासको कार्यलय तेअलभी,इजरायल
गैर आवसीय नेपाली संघ केन्द्रिय प्रतिनिधि भगवती वस्नेत

सुन्दरसिहं लामा
(अध्यक्षका उम्मेदवारी)

Saturday, July 25, 2015

आजको ताजा खबर: प्रहरीले एक बालक माथि बुट बजार्न खोज्दा

हिजोआज सुन्नामा आइरहेको छ मधेस लाई छुट्टै राज्य हुनुपर्छ भनी मधेसी नेताकार्यकर्ता समुदाय हरु ले माग राख्न थालेको छ . उनीहरुको मागलाइ म नाजायज हिजो को दिनहरु मा सम्झिन्थे किन देश टुक्रा पार्ने षडयन्त्र रच्दै छ यिनिहरुले भनेर म खुबै आक्रोशित हुन्थे ?


तर जब आज म आफै स्वयम् येहि आजादिको बाटोमा लागेर दुइटा कुरा बुझ्ने भएको छु उनीहरुको हरेक मागहरू मलाइ जायज लाग्न थालेको छ कारण हामिहरु मा नेपाली मन मुटु हुदाहुदै पनि हामिलाइ दोस्रो दर्जाको नागरिक को रुपमा हेरिरहेको रहेछ यी यकात्मक बादि राज्य चलाउने बाहुन वाद सत्ताधारी हरुले भन्ने कुरा को जब मेरो मन मस्तिष्क मा प्रष्ट भएको छ तब मधेसी समुदाय हरुको माग मलाइ पनि जायज नै लाग्न थालेको ।

येहा समानुपातिक हक अधिकार् को कुरा गर्दा माग्दा हुनुपर्छ भन्दा बच्चा बृद्धअबश्था जवान महिला केही नभनी छाती मुख दात आँखा टाउको लगायत शरीर भरी सिदा बुट बजार्न लाउछ बिस्तार वाद का हलिहरुले.
दिउसै मात्री भुमी नेपाल आमाको छातीमा भारतिय सेनाले सिमाना मिच्दै सिमाना छेउछाउ का जनताहरुलाइ घर घरमा पसेर गुन्डागर्दी शैली मा लछारपछार गर्दा दुलो भित्र पस्ने प्रहरी प्रसासन हरु निहत्था जनता माथी बल पुर्बक येस्ता हरकत गर्दा किन नमागोस छुट्टै राज्य ?

दोश मधेसी जनता हरुको होइन दुर्भाग्य हाम्रै हुनेछ हामी ले चाहेर पनि यी बाहुन बादी हरुको तान्डव को न बिरोध गर्न सकेका छौ न त छुट्टै राज्य को माग हामीले गर्न सक्याछौ भने पछि
हामी र हाम्रो आत्मा कस्तो यक मधेसी निर्दोष बच्चा लाई मरणासन्न हुनेगरी बुट बजार्दा पनि बिरोधाभाष सम्म गर्न सकेका छैनौ किन ?? किन त्यो बच्चा नेपाल आमाको सन्तान होइन हाम्रो बच्चा होइन र ?

येदि यिनिहरुको येस्तै तान्डवलेब निरंतरता दिई राख्छ भने भोलि को दिनहरू मा हरेक हामी पहिचान बादी समर्थक हरुले आ आफ्नै गुमेका राज्य हरुको माग हामी गर्नेछौ.. अहिलेसम्म नेपाल टुक्राउने कुरा हामीले गरेका छैनौ भबिश्य देखेको छैन् येहा कसैले जे पनि हुनसक्छ.. यो यक खवरदारी सहितको चेतावनी हो तिमीहरु लाई मातृभुमी नेपाल हाम्रो पनि हो हामिलाइ पनि लाग्छ माया तर येसरी निर्दोष माथी बुट बजार्छौ भने तेसको प्रतिकार सहित हामी अबस्य उतृनेछौ गाउँ गाउँ शहर शहरमा ।
.

Friday, July 24, 2015

यसरि हटाउन सकिन्छ अनुहारको चाँयापोतो

निकै सुन्दर अनुहार भएका मानिसलाई पनि कतिपय अवस्थामा चाँयापोतोको समस्याले निकै नै सताउँछ । मानिस यसको उपचारका लागि घरेलु जडीबुटीदेखि बजारमा चलेका अनेकौँ क्रिमको पछाडि दौडन्छन् । अनुहारमा चाँयापोतो आउनुका विशेष गरि तीन चार कारण छन् । सबैभन्दा पहिलो सामान्य तर प्रमुख कारण घाम हो । अर्को कारणमा गर्भावस्थामा पनि चाँयापोतो आउँछ जससलाई कोलाज्मा भनिन्छ । अन्य कारणले आउने चाँया पोतोलाई मेलाज्मा भनिन्छ ।


हर्मोनको प्रयोग र शरीर भित्रका कमजोरीले पनि चाँया पोतो आउँने गरेको अध्ययनले पुष्टि गरिसकेको छ । महिलाहरुमा गर्भनिरोधक चक्की पिल्स, नरप्लान्ट वा कन्ट्रासेप्टहरूको प्रयोगले चाँया पोतो आउने हुन्छ । चाँयापोतोबाट बच्नको लागि सर्वप्रथम अनुहारलाई घामबाट बचाउन सक्नुपर्छ । महिलामा विशेष कारणहरु जस्तै महिनावारी रोकिने बेलामा बढी हर्मोनको अन्तर भएर आउँछ । त्यही समयमा चाँयाहरु आउन सक्छ । त्यसैगरी पाठेघरको समस्याले गर्दा पनि चाँया आउँछ ।तसर्थ चाँयापोतोको कारण पत्तालगाएर त्यसको उपचार गरेमा अनुहारमा आउने चाँयापोतोलाई रोक्न सकिन्छ । चाँया हटाउने उपाय विभिन्न छन् ।

औषधिको प्रयोग, केमिकल पिलिङ्ग र लेजर प्रविधिबाट चाँयालाई हटाउन सकिन्छ । भित्री छालाको पत्रमा हुने चाँया र माथिल्लो पत्रमा हुने चाँया गरि यी दुई प्रकारको हुन्छ । छालाको माथिल्लो पत्रमा हुने चाँया सजिलै औषधिहरूबाट निको हुन्छ तर छालाको तल्लो पत्रमा हुने चाँया औषधिबाट निको हुन समय लाग्छ । यसको लागि लेजर प्रविधि अपनाउनु पर्छ । यसका साथै सन ब्लकको प्रयोग पनि चाँयाबाट बच्न सकिने उत्तम उपाय हो । क्रिम लगाउने तरिका ? घामबाट अनुहारलाई जोगाउन क्रिम लगाउने भन्न सजिलो छ तर यो अप्ठेरो कुरा हो ।

घामबाट जोगाउने क्रिमहरूमा एसियन स्किनको लागि साधारणतया १५–३० नम्बरका क्रिमहरू पाइन्छन् । धेरै गोरो छाला छ भने, ४०–५० नम्बरको र धेरै कालो छालाको लागि १५ वा ८ नम्बरको क्रिम प्रयोग गर्नुपर्छ । साथै चिल्लो छाला भएकाहरूले चिल्लो नभएको सन ब्लकको प्रयोग गर्नुपर्छ र यदि सुख्खा छाला छ भने चिल्लो भएको सन ब्लक प्रयोग गर्नुपर्छ । तर पनि यस प्रकारका क्रिम लगाउने तरिका मुख्य कुरा हो । बाहिर ननिस्किएपनि वा घाम नै नलागेको दिन भए पनि बिहान सन ब्लक क्रिम लगाउन जरुरी छ जुन ४–५ घण्टाको लागि काम गर्छ । यदि बाहिर जानु प¥यो वा घाममा हिँड्नु प¥यो भने त्यसमा अरु ५ एमएल लगाउनु पर्छ । विधि पु¥याएर सन ब्लक लगाउन सकिएन भने घामबाट बच्न सकिँदैन र फेरि चाँया आउछ । कुनै पनि संसारको औषधिले चाँया आउने रोक्न सक्दैन तर भएको चाँया हटाउन सक्छ यदि घामबाट अनुहारलाई जोगाउने क्रिम लगाउन सकेमा ।

डा.अनिलकुमार झा वरिष्ठ चर्मरोग विशेषज्ञ हुन

Wednesday, July 22, 2015

अमेरिकाको ‘मस्ट वान्टेड’ सुचीमा परेका नेपाली अपराधी पंकज जोशी

साउन । इन्टरनेशनल क्रिमिनल पोलिस अर्गनाइजेशन अर्थात् इन्टरपोलमा प्रकाशित सुचीमा अमेरिकाले सर्वाधिक खोजी गरेका व्यक्तिको सुचीमा नेपाली अझै पक्राउ परेका छैनन् ।  उनीहरु अमेरिकाले केही वर्षदेखि सर्वाधिक खोजी गरेका ‘मस्ट वान्टेड’ सुचीमा रहेका छन् । पक्राउ गर्न नसकेका फरार अपराधीलाई  विश्वब्यापी रुपमा नै खोजी गरेर पक्राउ गर्ने उद्देश्यले इन्टरपोलमा सुची जारी गरिन्छ ।


अमेरिकाले मस्ट वान्टेडको सुचीमा राखेका एकजना नेपाली हुन्, पंकज जोशी । उनले झण्डै साढे ५ वर्ष अगाडि अमेरिकामा लोटरी ठगी गरेको अभियोग लगाइएको छ । १ मिलियन डलरको लोटरी ठगी गरेपनि उनी बेपत्ता भएपछि अमेरिकाले उनलाई अहिलेसम्म नै सर्वाधिक खोजी गरेका व्यक्ति ‘मस्ट वान्टेड’को सुचीमा राखेको छ । अमेरिकामा मात्र होइन, विश्वब्यापी रुपमा उनलाई खोज्नका लागि इन्टरपोलमार्फत उनको नाम ‘मस्ट वान्टेड’को सुचीमा राखिएको हो ।

त्यस्तै अविशेष सिंह नामको ३५ वर्षीय नेपालीलाई पनि अमेरिकाले इन्टरपोलमार्फत ‘मस्ट वान्टेड’ सुचीमा राखेको छ । सन् १९७८ मा नेपालमा जन्मिएका सिंहको उचाई १ दशमलव ७८ मिटर रहेको छ भने उनको वजन ८६ केजी रहेको छ । कालो कपाल र काला आँखा भएका उनीमाथि लगतार यौन दुब्र्यवहार गरेको , बलात्कार गरेको , बच्चाहरुसँग यौन सम्पर्क गरेको र १६ वर्षभन्दा मुनीका बच्चाहरुलाई मुख मैथुन गराएको लगायतका अभियोग लगाइएको छ ।

को हुन् पंकज ?
पंकज जोशी अमेरिकी सपना बोकेर अमेरिकामा छिरेका एक युवक हुन् । सन् १९८४ मा जन्मेका पंकज नेपालको काठमाडौं निवासी हुन् । इन्टरपोलमा जारी सुचना अनुशार उनी १ दशमलव ७३ मिटर अग्ला रहेका छन् भने उनको वजन ६६ किलो रहेको छ । कालो कपाल र खैरा आँखा भएका पंकजलाई फ्रड गरेर लोटरीको पुरस्कार दावी गरेको अभियोग लगाइएको छ ।टेक्सासको ग्रोसरी स्टोरमा काम गर्ने पंकज ठगीमा संलग्न हुँदा २५ वर्षका मात्र थिए । उनले एकजना ग्राहकको १ मिलियन डलर लोटरी जितेको टिकट झुक्याएर हात पारी आफैले त्यो रकम निकालेर फरार भएका थिए ।

१ मिलियन डलरको लोटरीको रकम हात पारेपछि उनी अमेरिका नै छाडेर बेपत्ता भएका थिए । पंकजले एकजना ६७ वर्षका विलिस विलिसको मेगा मिलियन मेगापिलर टिकट हात पारेका थिए । विलिसले आफ्नो टिकटमा रकम परे नपरेको जाँच्न पंकजलाई दिएपछि पंकजले रकम नपरेको बताउँदै टिकट हात पारेका थिए । त्यसपछि उनले टेक्सासको अस्टिनमा रहेको लटरी दावी गर्ने कार्यालयमा पुगी ७ लाख ५० हजार डलर लिएका थिए । त्यसपछि उनी बेपत्ता भए ।

डल्लास नजिकैको लक्की फुड स्टोरमा काम गर्ने पंकजले ठगेको कुरा त्यतीबेलामात्र थाहा भयो, जतिबेला उनको स्टोरबाट किनिएको लोटरीमा १ मिलियन डलर परेको कुरा सार्वजनिक भयो । पंकज आर्लिंङटनमा युनिभर्सिटी अफ टेक्सासका विद्यार्थी समेत थिए । उनले त्यो स्टोरमा ५ वर्षदेखि काम गर्दै आएका थिए । उनी दोषी ठहरिएमा २० वर्षसम्मको कैद सजाय हुन सक्छ भने न्यायाधिसले उनका लागि १० मिलियन डलरको धरौटी तोकेको छ ।

पंकजले लोटरीको टिकटबाट ठगेको रकम विभिन्न बैंकहरुमा ट्रान्सफर गरेका थिए । ३ लाख ८५ हजार डलर विभिन्न बैंकमा पठाउन सफल भएपनि उनको बैंक एकाउण्टबाट ३ लाख ६५ हजार डलर भने सरकारी अधिकारीहरुले नियन्त्रणमा लिएका थिए । यसरी फरार पंकजलाई अहिलेसम्म पनि अमेरिकाले इन्टरपोलमार्फत मस्ट वान्टेडको सुचीमा राखेको छ । अमेरिकाले इन्टरपोलमार्फत मस्ट वान्टेडको सुचीमा राखेका उनीमात्र एकजना नेपाली हुन् ।

के हो इन्टरपोल ?
इन्टरपोल अपराध नियन्त्रणका लागि स्थापित अन्तर्राष्ट्रिय प्रहरी संगठन हो । यसमा विश्वका १ सय ९० देशहरु सदस्य रहेका छन् । इन्टरपोल संयुक्त राष्ट्रसंघपछिको दोश्रो अन्तरदेशीय संगठनका रुपमा विश्वविख्यात रहदै आएको छ । इन्टरपोलका अहिलेका सेक्रेटरी जनरल रोनाल्ड नोबल हुन् । इन्टरपोलले जनसुरक्षा, आतंकवाद नियन्त्रण, युद्ध अपराध, तस्करी नियन्त्रण लगायतका क्षेत्रमा काम गर्दै आएको छ । कुनै अपराधीको विश्वब्यापी खोजी चलाउनुपरेमा इन्टरपोलले सहयोग गर्दै आएको छ ।

इन्टरपोलले कुनै व्यक्तिका बारेमा रेड नोटिस जारी गरिसकेपछि उसलाई पक्राउ गर्नका लागि आफ्ना सदस्य देशहरुलाई जानकारी गराउँछ । इन्टरपोलले रेड, ब्लु, ग्रिन, एलो, ब्ल्याक , अरेन्ज र पर्पल नोटिस जारी गर्दै आएको छ । तर सबैभन्दा चर्चित रेड नोटिस रहेको छ ।विश्वब्यापी रुपमा कसैको नाममा वारेन्ट जारी गर्नुपरेमा इन्टरपोलले अहिले रेड नोटिस जारी गर्दै आएको छ ।

समाचारमा उल्लेखित व्यक्तिहरुका नाममा पनि रेड नोटिस नै जारी गरिएको हो । मस्ट वान्टेड व्यक्तिका लागि इन्टरपोलले रेड नोटिस जारी गर्छ । त्यस्तै कुनै आपराधिक कृयाकलापमा संलग्न व्यक्ति कहाँ रहेको छ भन्नेमात्र पत्ता लगाउनुपर्ने छ भने इन्टरपोलले उसका नाममा ब्लु नोटिस जारी गर्छ । त्यस्तै कसैलाई आपराधिक कृयाकलापको बारेमा चेतावनीमात्र दिनुपर्ने भएमा उसका नाममा ग्रिन नोटिस जारी गरिन्छ ।  कुनै हराइरहेको व्यक्तिको बारेमा जानकारी चाहिएको खण्डमा एलो नोटिस जारी गरिन्छ ।

Tuesday, July 21, 2015

के बाबुको कर्तव्य आमालाई गर्भवती बनाउने मात्र हो ?

म जन्मनु अघि मेरो बुबाका पाँच छोरी थिए । पाँच छोरी जन्मिएपछि छोरो खोज्दै मेरो बुबाले कान्छी श्रीमतीको रुपमा मेरी आमालाई विवाहगर्नुभयो । २०४६ साल असार १३ गते मेरी आमा मैयाँ तिमल्सिना (लामिछाने) र गायक बुद्धिकृष्ण लामिछानेको वैदिक विधिअनुसार विवाहभयो । विवाह गरेको नौ महिनामै मेरो जन्मभयो ।

छोरा खोज्दै दोस्रो विवाह गर्नुभएका मेरा बुबाले फेरी छोरीकै रुपमा मेरो जन्महुँदा मेरो अनुहारसम्म हेर्नुभएन । छोरी भएर जन्म लिनु मेरो गल्ती हो ? आमा सुत्केरी हुँदा श्रीमानले श्रीमतीलाई गर्नुपर्ने कुनै प्रकारको सहयोग बुबाले आमालाई गर्नुभएन । सुत्केरो शरीरको स्याहार गर्ने त कुरै भएन ।


जब यो पृथ्वीमा म जन्मिए तब तब बुबाले आमालाई   छोडिदिनुभयो । म छोरोको रुपमा जन्मिएको भए आमाले बुबाको माया पाउनु हुने थियो ? मैले पनि बाल्यकालदेखि नै बुबाको न्यानो काखमा बस्न पाउने थिए ? तर जब म आमाको साँगुरो पेटबाट ठूलो पृथ्वीमा झरे तब मेरो बुबाले मेरो लिंग हेरेर आमा र मलाई बिर्सनुभयो ।

बुबाले मेरो लिंग हेरेर अनुहार नहेरेपछि मलाई बचाउने संघर्षमा मेरी आमा सुत्केरी अवस्थादेखि नै जुट्नुभयो । सुत्केरी भएको १२ दिनमै मेरी आमाले बालुवा चालेर मलाई बचाउनुभयो ।

मेरो बुबा कसैले नचिनेको व्यक्ति हुनुहुन्न । धेरैले सम्मान गर्ने गायक बुद्धिकृष्ण लामिछानेले मेरी आमालाई विवाह गरेको कुरा उनको परिवारलाई पनि थाहा रहेनछ । बुबाकी पहिलो श्रीमतीलाई समेत यो कुरा थाहा भएन । बुद्धिकृष्णले मेरी आमालाई विवाह गर्दा आफू अविवाहित भएको बताएको आमा सम्झन्नुहुन्छ ।

आमा भन्नुहुन्छ, ‘म अविवाहित हो भनेर मलाई विवाह गर्नुभएको थियो । मेरो आमाबुबाले वैदिक विधिअनुसार मेरो विवाह गुहेश्वरी मन्दिरमा गरिदिनुभएको हो ।’

बुबाले मेरो लिंग हेरेर अनुहार नहेरेपछि मलाई बचाउने संघर्षमा मेरी आमा सुत्केरी अवस्थादेखि नै जुट्नुभयो । सुत्केरी भएको १२ दिनमै मेरी आमाले बालुवा चालेर मलाई बचाउनुभयो ।

विवाहको एक वर्षसम्म मेरी आमालाई झुक्याएर विवाह गरेको कुरा थाहा भएन । जब मेरो जन्मभयो अनि बाबाले मेरो अनुहारसम्म हेर्नुभएन अनि मात्र मेरी आमालाई शंका लाग्यो । श्रीमानको व्यवहार शंकालु बन्दै गएपछि आमाले बुबाका हरेक क्रियाकलापलाई नजिकबाट नियाल्न थाल्नुभयो । बुबा जहाजहाँ जानुहुन्थ्यो आमा पनि त्यही जान थाल्नुभयो ।
म एक वर्षकी हुँदा आमाले बुबाको पहिलो श्रीमती र पाँच जना छोरीहरु भएको ठाउँ पत्ता लगाउनुभयो । मलाई काखी च्यापेर आमा भक्तपुर बागेश्वरी – ३ पुग्नुभयो । त्यहाँ बुबा पहिलो श्रीमती र पाँच छोरीका साथ बस्नुभएको थियो ।

पहिलो श्रीमती र छोरीका साथ बुबा बसेको घरमा मेरी आमा पुगेका देख्नासाथ त्यो घरमा नपस्न आमालाई बुबाले दबाब दिनुभयो । त्यो दिन सम्झिदै आमा भन्नुहुन्छ, ‘खरीपाटीसम्म गाडी चल्थ्यो । खरीपाटीबाट तिमीलाई काखी च्यापेर एक घन्टा सोध्दै खोज्दै तिम्रो बुबाको घरमा पुगेँ । घरमा पुग्नासाथ अचम्म मान्दै जाऊ जाऊ भन्नुभयो ।’

बुबाले धपाउन खोजे पनि ममीले सौता नहेरीकन त्यो घर नछोड्ने अठोट लिनुभयो । भनाभन झगडाका बीच १० दिन मेरो ममी त्यही घरमा बस्नुभयो । त्यत्तिबेला मात्र ममीले बुबाका सबै कर्तुत थाहा पाउनुभयो ।

अनि बुबाकै दिदीले आफ्नो भाइको विवाह भएको छैन भनेर विवाह गर्न बाध्य गराएको झुट समेत आमाले पत्ता लगाउनुभयो ।

मेरी आमालाई गायक बुद्धिकृष्णले छोरा पाउनका निम्ति झुट बोलेर विवाह गरेका रहेछन् । म छोरीकै रुपमा जन्मिएपछि मेरी ममीले बुबाको माया कहिल्यै पाउनु भएन । आज टेलिभिजन र रेडियोमा बज्न बुबाका अन्तर्वार्तामा मेरो नाम अटाउँदैन । पत्रपत्रिका र अनलाइनमा छापिएका सामाग्रीमा बुबाको सन्तानको रुपमा मेरो नाम निसाना हुँदैन । मेरी ठूली आमाका सबै सन्तान अटाउछन् तर मेरी आमा र मेरो नाम अटाउदैन ।

मेरी आमालाई गायक बुद्धिकृष्णले छोरा पाउनका निम्ति झुट बोलेर विवाह गरेका रहेछन् । म छोरीकै रुपमा जन्मिएपछि मेरी ममीले बुबाको माया कहिल्यै पाउनु भएन । आज टेलिभिजन र रेडियोमा बज्न बुबाका अन्तर्वार्तामा मेरो नाम अटाउँदैन । पत्रपत्रिका र अनलाइनमा छापिएका सामाग्रीमा बुबाको सन्तानको रुपमा मेरो नाम निसाना हुँदैन । मेरी ठूली आमाका सबै सन्तान अटाउछन् तर मेरी आमा र मेरो नाम अटाउदैन ।

म छोरीको रुपमा जन्मिएपछि मेरो बुबाले आमा र मलाई अछुत बनाउनुभयो । ठूलो ममीततर्फ म जन्मिएको डेढ वर्षपछि भाइ सुवेदको जन्मभयो । त्यसपछि फेरी अर्को भाइ सचेतको जन्मभयो । मेरो जन्मछोरीका रुपमा भएपछि ममी र म बुबाको दृष्टिमा सधैँ घृणितभयौँ । बुबाले मेरो जन्मका लागि ढाटेर ममीसँग विवाह गर्नुभयो । ममीलाई कहिल्यै घरमा नपुर्याइकन बाहिर बाहिरै राखेर  गर्भवती बनाउनु भयो । त्यही गर्भबाट मेरो जन्मभयो । तर आज मेरो बुबा ममीलाई श्रीमती र मलाई छोरीको रुपमा स्वीकार गर्नुहुन्न । म सहित मेरो बुबाका आठ सन्तान हुन् । तर आज मेरो बुबा सात सन्तानको बाबु हुँ भनेर सरासर झुट बोल्नुहुन्छ ।

भर्खरै मात्र एबीसी टेलिभिजनको संगीतिक कार्यक्रम इन्द्रेणीमा कृष्ण कर्णेल सँगको कुराकानीमा मेरो बुबाले आफ्ना सातजना मात्र सन्तान भएको बताउनु भएको छ ।

त्यस्तै, कान्तिपुर आजमा समेत मेरो बुबाले म सात सन्तानको बाबु हुँ भन्नु भएको छ । यी प्रतिनिधि अन्तर्वार्तामात्र हुन् । बुबा गायकको रुपमा जहाँ जहाँ अन्तर्वार्ता दिनुहुन्छ त्यहाँ पारिवारिक प्रसंग आउनासाथ ममी र मलाई सधैँ छुटाउनुहुन्छ ।
मेरो बाबाले मलाई होइन मेरी आमालाई अन्याय गरिराख्नु भएको छ । आमा माथि भएको अन्यायको चेपुवामा म छु । किनकी म सधै आमाको काखमा छु । बुबा मलाई तपाईलाई प्रश्न सोध्न मन लागेको छ, मेरी आमाले तिम्रो बुबा बुद्धिकृष्ण नै हुन भनेपछि म थप वैधानिकता खोज्न कहाँ जाऊँ ?

सुरुमा बाच्न संघर्ष गर्नुपर्‍यो । बाँचेपछि लाउन संघर्षपर्‍यो । अनि बस्न संघर्ष गर्नुपर्‍यो । पछि पढ्न संघर्ष गर्नुपर्‍यो । अब भने वैधानिक छोरी बन्ने संघर्षमा छु । बुबा, यो संघर्षको अन्तिम लडाईँ के अब म आधुनिक चिकित्सकीय पद्धति ‘डिएनए’ परिक्षण गरेर गरौँ ?

बुबा तपाईंले म जन्मिएपछि मेरो अनुहारसम्म हेर्नु भएन । एक छाक खुवाउनु भएन । एक पल हेरचाह गर्नुभएन । मेरी आमाको संघर्षले म बाँचे । आमाले दुःख गरेर एक सरो लाउन दिनुभयो । साँझ बिहान खुवाउनुभयो । अक्षर चिनाउनुभयो । म अबोध हुँदा आमाका पीडा केही बुझिन तर आज म आमाको पीडा बुझ्ने भएकी छु ।

मेरी आमाले संघर्ष गरेर मलाई अक्षर चिनाउनुभयो । मलाई लाउन, खान र पढाउनका लागि आमाले मजदुरी गर्ने क्रममा चिप घोट्दा हात प्वाल पथ्र्यो, पस्विना बुन्दा हात खुट्टा दुखेर रातभरी सुत्न सक्नुहुन्नथ्यो । यसरी संघर्ष गरेर मलाई बोर्डिङ स्कुल पढाउनुभयो । आज नर्सिङसम्म पढाउनुभयो । अझैसम्म म आफ्ना खुट्टामा आफैँ उभिन सक्ने भएकी छैन ।

पढाइसँगै आफ्नो खुट्टामा आफैँ उभिने प्रयास गरिराखेकी छु । यो प्रयाससँगै मैले मेरी आमालाई न्याय दिनुछ । अनि साथ साथै मैले पनि न्याय पाउनु छ । सुरुमा बाच्न संघर्ष गर्नुपर्‍यो । बाँचेपछि लाउन संघर्षपर्‍यो । अनि बस्न संघर्ष गर्नुपर्‍यो । पछि पढ्न संघर्ष गर्नुपर्‍यो । अब भने वैधानिक छोरी बन्ने संघर्षमा छु । बुबा, यो संघर्षको अन्तिम लडाईँ के अब म आधुनिक चिकित्सकीय पद्धति ‘डिएनए’ परिक्षण गरेर गरौँ ?

के बाबुको कर्तव्य आमालाई गर्भवती बनाउने मात्र हो ? सान्तान जन्मिएपछि सन्तानको हेरचाह, लालपालन र शिक्षादीक्षा बाबुले गर्नु पर्दैन ? अनि बुबा तपाईं अझै मेरो अनुहार हेर्न चाहनु हुन्न तर मलाई एक पटक भेटेरै सोध्न मन लागेको छ के म नाजायज छोरी हुँ  ?

बुबा, मैले किन ‘डिएनए’ परिक्षण गर्नु पर्छ र ? मेरो जन्मदर्तामा तपाईंको नाम छ । प्रत्येक कक्षा उर्तिण भएका प्रमाणपत्रमा तपाईंको नाम छ । सँगै मेरो नागरिकतामा समेत तपाईंकै नाम छ । साँचै भन्दा तपाईंको भित्री मनमा पनि मेरो नाम छ तर बाहिर बोल्दा किन मलाई बिर्सने कोसिस गर्नुहुन्छ ?


गायक बुद्धिकृष्ण लामिछाने
बुबा तपाईंजस्तो समाजको एक प्रतिष्ठित गायकले मेरा केही प्रश्नको जवाफ दिनै पर्छ । के बाबुको कर्तव्य आमालाई गर्भवती बनाउने मात्र हो ? सान्तान जन्मिएपछि सन्तानको हेरचाह, लालपालन र शिक्षादीक्षा बाबुले गर्नु पर्दैन ? अनि बुबा तपाईं अझै मेरो अनुहार हेर्न चाहनु हुन्न तर मलाई एक पटक भेटेरै सोध्न मन लागेको छ के म नाजायज छोरी हुँ  ?

                      गायक बुद्धिकृष्ण लामिछाने विरुद्ध मैयाँ र सुचित्राको लडाईं

काठमाडौँ : ‘घाँस काट्ने खुर्केर’, ‘पिढीमा बसेर मेरो बाटो हेरेर’, ‘बाखरी बाखरी’, ‘एउटा थाप्लोमा दुई नाम्लो’, जस्ता चर्चित गीतका गायक बुद्धिकृष्ण लामिछानेले कान्छी श्रीमती मैयाँ लामिछाने (तिमल्सिना) र छोरी सुचित्रा लामिछानेमाथि अन्याय गरेको सार्वजनिक भएको छ ।


बुद्धिकृष्ण लामिछानेकी कान्छी श्रीमती मैयाँ लामिछाने
नेपाली सेनाको खरिदार पोष्टबाट रिटायर बुद्धिकृष्ण गायकको रूपमा चर्चित छन् । पाँच वटी छोरीको बाबु भएपछि छोराको लोभमा बुद्धिकृष्णले मैयाँसँग विवाह गरेको २६ वर्ष पुरा भएको छ । मैयाँलाई कुमार केटा हुँ भनेर वैदिक विधिअनुसार मागी विवाह गरेका बुद्धिकृष्णले विवाहको एक वर्षपछि मैयाँले छोरीकै रुपमा सुचित्रालाई जन्मदिएपछि मैयाँ र सुचित्राको हेरचाह गर्न छोडेको मैयाँ बताउछिन् ।

‘पहिला विवाह भएको छैन भनेर मलाई झुक्याएर विवाह गरे ।  विवाह गरेर घरमा पनि लगेनन् । बाहिरै डेरामा राखे । डेरामै विवाहको एक वर्ष पछि छोरी सुचित्रा जन्मिइन् । छोरी जन्मिएपछिका २५ वर्ष म डेरामै बसेर संघर्ष गरिरहेकी छु ।’

मैयाले भनिन्, ‘पहिला विवाह भएको छैन भनेर मलाई झुक्याएर विवाह गरे ।  विवाह गरेर घरमा पनि लगेनन् । बाहिरै डेरामा राखे । डेरामै विवाहको एक वर्ष पछि छोरी सुचित्रा जन्मिइन् । छोरी जन्मिएपछिका २५ वर्ष म डेरामै बसेर संघर्ष गरिरहेकी छु ।’

कान्छी श्रीमतीको रुपमा मैयाँलाई विवाह गरेको दुई वर्षपछि जेठी श्रीमतीबाट छोरा जन्मिएपछि वषौँ देखि बुद्धिकृष्णले मैयाँ र सुचित्रालाई भेटेका छैनन् । सुचित्रा भन्छिन्, ‘म जन्मेपछि बुबाले आमा र मलाई वेवस्ता गर्न थाल्नुभयो । एक वर्षपछि जेठी आमाबाट छोरा जन्मिएपछि बर्षौ भयो हामीलाई भेट्न आउनु भएको छैन ।’

मैयाँका अनुसार बुद्धिकृष्ण जेठी श्रीमती दुर्गा लामिछानेसँग भक्तपुरको बागेश्वरीमा रहेको घरमा बस्दै आएका छन् । मैयाँ र सुचित्रा भने ललितपुरको नखिपोटमा डेरा गरी बस्छन् ।

भक्तपुरमा श्रीमान बुद्धिकृष्णको नाममा १६ रोपनी जग्गा र घर हुँदासमेत आफू डेरामा एक्लै बस्नु परेको मैयाँको गुनासो   छ । उक्त घर र जग्गाको भोगचलनमा कुनै अधिकार नपाएपछि मैयाँ यत्तिबेला कानुनी लडाईंमा छिन्  ।

भक्तपुरमा श्रीमान बुद्धिकृष्णको नाममा १६ रोपनी जग्गा र घर हुँदासमेत आफू डेरामा एक्लै बस्नु परेको मैयाँको गुनासो   छ । उक्त घर र जग्गाको भोगचलनमा कुनै अधिकार नपाएपछि मैयाँ यत्तिबेला कानुनी लडाईंमा छिन्  ।

नर्सिङ  पेशामा आबद्ध सुचित्रा बाबुको माया नपाए पनि आमाको दुःख, ज्यालामजदुरी र मायाबाट आफ्नो खुट्टामा उभिने प्रयास गरिरहेकी छिन् । सुचित्रा मिडियामा आउने बुबाका अन्तर्वार्तामा आफ्नी आमा र आफैँलाई लुकाएर झुटो विवरण दिदा मन दुख्ने गरेको सुनाउछिन् । सुचित्रा भन्छिन्, ‘बुबा सबै मिडिया अन्तर्वार्ताका क्रममा पारिवारिक प्रसंग आउनासाथ पाँच छोरी र दुई छोरा छन् भन्नुहुन्छ तर म र मेरीआमालाई सधै लुकाउनु हुन्छ । मेरो बुबाका दुई छोरा र छ छोरी छौँ ।’

बुबाले कान्छी श्रीमती र छोरीलाई अंश दिनुपर्छ भनेर मिडियामा आउने अन्तर्वार्तामा झुटो विवरण दिएको सुचित्राको आरोप छ । कानुनी लडार्इंका क्रममा अंश मानाचामल दाबी गर्दै २०६७ सालमा भक्तपुर जिल्ला अदालतमा दायर भएको मुद्धा मैयाँ र सुचित्राले जितिसकेका छन् । कानुनी रूपमा मुद्धाको फैसला मैयाँ र सुचित्राले जिते पनि बुद्धिकृष्णले फैसलाको कार्यान्वयन गरेका छैनन् । मुद्धा फैसलाका बारे सुचित्राले भनिन्, ‘२०६९ चैतमा हामीले मुद्धा जित्यौँ तर बैंक र फाइनेन्सले अझै जग्गा फुकुवा नगरिदिँदा हामीले न्याय पाएनौँ ।’

कानुनी लडार्इंका क्रममा अंश मानाचामल दाबी गर्दै २०६७ सालमा भक्तपुर जिल्ला अदालतमा दायर भएको मुद्धा मैयाँ र सुचित्राले जितिसकेका छन् । कानुनी रूपमा मुद्धाको फैसला मैयाँ र सुचित्राले जिते पनि बुद्धिकृष्णले फैसलाको कार्यान्वयन गरेका छैनन् ।

कृषि विकास बैंक, कर्मचारी सञ्चयकोष, अमरावती बहुउद्देश्य सहकारी संस्था लगायतले जग्गा फुकुवाका लागि आनाकानी गरिदिँदा थप अन्यायमा परेको मैया बताउछिन् । मैयाँ र सुचित्राले जग्गा फुकुवा गरी पाउँ भनी बैंक र फाइनेन्स विरुद्ध भक्तपुर जिल्ला अदालतमा २०७२ साल जेठ २८ गते पुन रिट दायर गरेका छन् । रिटको पहिलो तारिक असार ३१ गतेलाई तोकिएको छ । अशं नपाएसम्म अदालती प्रक्रियाबाट कानुनी लडाईं लडिरहने मैयाँ र सुचित्रा बताउछन् ।


Monday, July 20, 2015

लुम्बिनीमा रुखबाट पानी वर्षियो, हेर्नेको घुइँचो (भिडियो सहित)

शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी विकास भित्र रहेको रुखबाट अचानक पानी बर्षिन थाले पछि सो रुख हेर्न स्थानिय लगायत लुम्बिनी भ्रमणमा आउने पर्यटकको घुईचो लागेको छ।

लुम्बिनी बिकाष कोष भित्र मायादेवी मन्दिरको केही दुरीमा रहेको फलेदोको रुखबाट एक्कासी पानी पर्न थाले पछि लुम्बिनी बिकास कोषले यसलाई संरक्षित थर्न थालेको छ । बिगत ४/५ दिन यता लुम्बिनी तथा यस आसपासमा पानी परेको छैन, र टण्टलापुर घाम पनि लागेको छ ।


यस्तो अवस्थामा रुखबाट यसरी पानी पानी पर्नुले आफुलाई आश्चर्य चकित बनाएको लुम्बिनी बिकास कोषका सदस्य सचिव अजित मान तमाङ्गले बताए । लुम्बिनी बिकाष कोषले जनाए अनुसार केही दिन अघि देखि नै यस रुखबाट पानी पर्न थाले पनि आईतबार देखि पर्यटकको ध्यान यसमा परे पछि अहिले यसलाई हेर्न स्थानिय लगायत पर्यटकको घुइँचो लागेको हो ।

लुम्बिनी बिकाष कोषका सदस्य सचिव अजित मान तमाङ्गका अनुसार आईतबार बिहानै हजारौ स्थानिय र पर्यटकहरु यसलाई अवलोकन गरि सकेका छन ।स्थानियहरुले यसलाई दैविय शक्तिको रुपमा हेरे पनि कोषका सदस्य सचिव तमाङ्गले यसलाई प्राकृतिक भएको बताए ।



अहिले रुख हेर्नेको घुईचो बढ्दै गए पछि भिडलाई ब्यवस्थित गर्न र रुखलाई संरक्षण गर्न रुख आसपासका क्षेत्रमा बार लगाउन थालिएको छ। लुम्बिनी बिकास कोषका वरिष्ठ उद्यान अधिकृत सब्बीर अहमद खाँ का अनुसार फलेदोको रखबाट सामान्य पानी रसाए पनि यसरी पानी परे झै पानी आउनुको रहस्य खोज्ने प्रयास भै रहेका बताए। रुखको पात र हागाबाट समेत पानी परि रहेको छ ।

हांगामा फिंज जस्तो देखिने स्थानमा ३ मिलि मिटर सम्मको किरा देखिएको छ । कतै यसै किराको कारण पानी त परेको हैन भन्ने परिक्षण गर्न यसलाई प्रयोग शाला पठाउने तयारी भै रहेको खाँ ले बताए। बैशाख १२ र २९ गतेको भुकम्प पछि अहिले लुम्बिनी पर्यटक बिहिन भई सुनसान रहेको अवश्थामा पर्यटन ब्यावसायी र स्थानियहरु यसलाई शुभ संकेतको रुपमा लिईएको प्रतिक्रिया दिएका छन ।

प्रबिना गोले उपचार सहयोग अभियान:

प्रबिना गोले (नमूना) बिगत सात बर्षको रेडियो गण्डकीको यात्रामा राम्रो रेडियो प्रस्तोता वा समाचारवाचक (तामाङ, थकाली, गुरुङ र नेपाली भाषामा) मात्रै नभएर डेस्क सम्पादकको कुशल भूमिका निर्वाह गरिसकेकी एक कुशल संचारकर्मी हुन् । तथापी आज उक्त जिम्मेवारीबाट टाढा बस्न बाध्य छिन् । माओवादी द्वन्द्वकालको मध्यचरणतिर कलिलो उमेरमा बन्दुक बोकेर योद्धाको परिचय बोकेकी उनले सिन्धुपाल्चोकको ठोकर्पा भिडन्तमा देब्रे हात गुमाएकी थिइन् । उतिबेला लागेको थियो ‘वाह जीवन होस् त यस्तो पो, कठोर संघर्षको बीचमा पनि सत्तिसालझैं ठिङ्ग उभियोस् जीवन, बल्ल पो इतिहासका पानामा नामहरु अटाउन सम्भव हुन्छन् ।


ललितपुरको चन्दनपुर गाविसमा जन्मेकी उनको उमेर अहिले २५ मात्र भएको छ तर संघर्षका यात्राको भोगाई उनीसँग धेरै जेष्ठको छ । एउटा अचम्मको रहस्यमय कुरा, बिगत चार महिनादेखिको निरन्तर उपचार र अनेक मेडिकल टेष्टहरुमा पनि उनको रोग पत्ता लाउन नसक्नु । उनका श्रीमान सुदिप भन्छन्, “डाक्टरहरु शंकाको भरमा अनेक तेष्टहरु गराई रहेका छन् । सबै टेष्टहरुबाट रिपोर्ट नर्मल आउदा के रोग लागेको थाहा हुन सकेको छैन ।” त्यसैमा थप्दै नमूना भन्दै थिइन्, “कम्तिमा यो रोग लागेको छ भनेर भनेको भए उपचार हुदै छ है भनेर मनमा ढुक्क त हुन्थ्यो । तर खै अब बाच्दिनं होला नेपालमै उपचार गरेर त । बाहिर जान पैसा पुग्दैन । मैले कसलाई पैसा दिनु भनेर भन्न जानु ।” निकै भाबुक उनको बिरामी स्वर निस्किदै थियो । उनी शारीरिक पीडालाई पीडामा नै सकेसम्म दबाउने र अरुलाई नदेखाउने गर्दै थिइन् तर खपिनसक्नुको पीडामा, आफै बाहिर निस्किरहन्थ्यो !

बि.एण्ड.बि. अस्पतालले प्रारम्भिक चरणमा उनलाइ मुटु सुन्निएको भनेपछि उपचार गरियो, समस्या हल भयो । त्यसपछि खुट्टाहरु बिस्तारै टेक्न नमिल्ने भए । नसाको समस्या भनेपछि उनी न्युरो अस्पताल पुगिन् । उक्त अस्पतालले उनलाई हड्डीको समस्या भनेपछि फेरि बि.एण्ड.बि. फर्किइन् । विभिन्न रोगहरुको जाँच गरियो हड्डीको समस्याबारे विभिन्न शंका गर्दै बोन टीबी भएको भनी जाचेर हेर्दा, रिपोर्ट negative आए । अनि फेरि शरीरको तल्लो भाग चल्ने र सामान्य सहयोगमा हिड्न सक्ने भए तर माथिल्लो भाग चलाउन नमिल्ने । कुनै डाक्टरले अपरेशन गरेर हेर्नुपर्छ भन्ने, कुनैले औषधि उपचार पछी निको हुन्छ भन्ने खाले अनेक डाक्टरका कुराले झन् के गर्ने थप अन्यौल । रोग समेत पत्ता नलगाउदा नै पाँच लाख उडिसक्यो, थप उपचार गर्न इण्डिया जान खोज्दैछिन् जसको लागि १० देखि १५ लाख आबश्यकता देखिन्छ । डाक्टरको भनाइ अनुसार, रेडियोमा घन्टौ सम्म बोलेर कार्यक्रम चलाउन नसकिने बताइएको छ । तर उनको इच्छा पत्रकारितालाई नै निरन्तरता दिने रहेको इच्छा ब्यक्त गरिन् ।

तामाङ सन्चार समुहद्धारा तामाङ प्रसारण दिवसको अवसरमा यसअघि परस्कृत समेत भइसक्नु भएको नमूना “मान्छे एक प्रतिभा अनेक” भनेर मान्न सकिन्छ । उनी साहित्यको कुनै पनि विधामा अत्यन्तै राम्रो सँग खुल्न जान्दछ । बिशेष गरे कबिता र गजलमा उनी अत्यन्तै दखल राख्दछ । लेख र समाचारहरु अत्यन्तै मिलाएर लेख्न जान्दछ । कुनै पनि सामाजिक, समसामयिक, र राजनैतिक बिषयमा अत्यन्तै स्पष्ट बिचारसहित आफू प्रस्तुत हुन सक्षम छिन । कम्प्युटर टाईपिङमा दुइ हात चलाउनेको भन्दा उनको एक हातको छिटो औला चल्ने गर्छ ।

जीवनप्रतिको माया र मोह सबैलाई हुने गर्छ । यस्ता विलक्षण प्रतिभाहरुलाई फुल्ने अर्को मौका, जीवन दान नै हुनसक्छ । त्यसको लागि हामी सम्पूर्णले सहयोगको लागि हात बढायौ भने, असम्भब भने छैन । मन खुम्चाउने होइन, खुलाउनुपर्ने बेला आएको छ । हाम्रो एक सानो सहयोगमा उनको जीवन अडिएको छ !

सायद आफन्तको आवश्यकता त्यतिबेला जरुरी हुन्छ, जब उसलाई समस्या पर्दछ । आज उनलाई सहयोगको आवश्यकता छ । हामी सबै जुटे उनलाई बचाउन सकिन्छ । हेटौडाको अर्थो अस्पतालबाट सुरुभएको उपचारयात्रा विरगंजको ट्रमा सेन्टर, काठमाडौं न्युरो अस्पताल हुँदै यतिबेला बि.एण्ड.बि.मा अलपत्र परेको छ ।

उनको सहयोगार्थ भएका अहिलेसम्मका आह्वान र पहलहरु:
-आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको तर्फबाट ५ हजार रुपैयाँ आर्थिक सहयोग र प्रबिना बचाउको लागि आव्हान
-उपचार सहयोगार्थ कोष खडा गर्ने तामाङ सन्चार समुहले निर्णय गरेको छ । सम्पुर्ण नेपाली दाजूभाइ तथा दिदी बहिनीलाई सहयोगका लागि तामाङ सन्चार समुह आह्वान पनि गर्दछ ।
-गोले तामाङ बंश उत्थान समाजबाट पनि सहयोगको लागि बचन प्रतिबद्धता व्यक्त
-घिसिङ समाज नेपालबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता
-हेल्दी सिटिजन नेपालबाट सहयोग गर्ने प्रतिबद्धता
-युएई तामाङ समाजको प्रतिनिधि महासचिब जितेन्द्र गोलेबाट पनि रिपोर्ट पाइसके पछी सहयोग गर्ने बचन प्राप्त
-विभिन्न संघसस्था तथा व्यक्तिबाट सहयोग गर्ने बचन प्राप्त

यी माथिका पहल र आव्हानहरुमा सम्पूर्ण नेपाल तथा प्रबासमा रहनुभएका संघ-सस्था, व्यक्ति र प्रिय महान मनहरुले यस्ता विलक्षण प्रतिभालाई यथाशक्य सहयोग गरी पिडित चेलीलाई उद्धार गर्ने महान कार्यमा सहयोग गरौ । हामी सबैको संयुक्त प्रयास रह्यो भने उनको लागि चाहिने खर्च निकै चाडो जुट्ने छन् । हामी सम्पूर्ण सहयोग दाताहरुको नाम र प्राप्त रकम निरन्तर अपडेट गरिरहने छौ । सहयोग नै धर्म हो र दया नै पुन्य हो ।

प्रबिनाबारे पछिल्लो यथार्थ जानकारी लिनको लागि यी व्यक्तिहरुसँग निरन्तर सम्पर्कमा रहन हामी हार्दिक अनुरोध गर्न चाहन्छौ !
सन्चार समुहका अध्यक्ष जगत दोङ :९८५१०५४१०४
सन्चु ब्लोन ९८४१६९६२८२
माणिकलाल घिसिङ तामाङ :९८४९६४५६९८
काजिमान घिसिङ :९८५१०१६५०२
प्रबिना गोले (नमूना) :९८४६२१६९४६

नेपाल तामाङ घेदुङ ,र्इजरायलद्द्वारा जारी बिज्ञप्ती

गत शनिबार भएकेा एन अार एन र्इजरायलकेा चुनाव पश्चात मतगणना हुदै गर्दा एककासी केहि ब्यक्तीहरू प्रबेश गरि अध्यक्षका दाबेदार सुन्दरसि लामा तामाङ तथा पुर्व अध्यक्ष तथा सँरक्षक सुवास खरेल माथी भाैतिक अाक्रमण गरिएेका घटना प्रति खेद प्रकट गर्दे घटनाकेा सत्य तथ्य बाहिर ल्यार्इ उक्त कार्यमा सँलग्न ब्यक्तिहरूकेा पहिचान गरि अावश्यक कावार्ही गर्न नेपाली राजदुताबास र्इजरायल तथा निर्वाचन समितीलार्इ अाग्रह !


Thursday, July 16, 2015

पिक्निकको पैसामा भागबण्डा नमिल्दा खुँडाले एक अर्कालाई छप्काउँदै त्रिचन्द्रका विद्यार्थी :: Watch video

पिक्निकको पैसामा भागबण्डा नमिल्दा खुँडाले एक अर्कालाई छप्काउँदै त्रिचन्द्रका विद्यार्थी ।




अब गर्नुहोस् सजिलो नेपाली टाईप :

फेसबुकमा नेपालीमा स्टाटस लेख्न मन छ तर नेपाली टाइप आउदैन ? अब नेपाली लेख्न नेपाली टाइप आइ राख्न परेन, तपाई अंग्रेजी मै लेख्नुस अनि बन्छ नपाई अक्षर...




एक घन्टामा २ अरब मान्छेले हेरेको यो विडियोमा तेस्तो केछ त ? एक पटक हेर्नै पर्ने !

अपलोड गरेको १ घन्टामा २ अरब मान्छेले हेरी सकेको यो भिडियो तपाई हरु पनि हेर्न नभुल्नु है ।





Wednesday, July 15, 2015

किड्नीमा भएको पत्थरीबाट छुटकारा पाउन प्राकृतिक उपचार - जानी राखौँ !

किड्नीमा भएको पत्थरीबाट हप्ता दिनमैै छुटकारा पाउन सकिने प्राकृतिक उपचार
किड्नीमा भएको पत्थरीलाई प्राक्रितिक उपचार पद्धतीद्धारा एक हप्तामै बाहिर ल्याउन सकिन्छ, तर कसरी रु

आज हामी किड्नीमा जम्मा भएको पत्थरीलाई प्राक्रितिक उपचार पद्धती अपनाएर पूर्ण रुपले सफाया पार्न सकिने बिधिका बारेमा जानकारी गराउँदै छौं । तर यदि किडनीको पत्थरी ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ ।

आज हामीले जानकारी गराउन लागेको यो घरेलु प्राक्रितिक ओखतीले तपाईको किडनीमा भएको पत्थरीलाई प्राक्रितिक रुपले एक हप्तामै बिदा गर्ने छ । यसले किडनीमा जम्मा भएको बालुवा तथा अनावश्यक थुप्रोलाई पनि बाहिर निकाल्न मद्धत पुग्छ ।


ूगहुँको दाना भन्दा ठूलो पत्थरीलाई मैले कसरी बाहिर निकाले भन्ने बारेमा यहाँ म जानकारी गराउँदै छुंू, किडनीमा पत्थरी भएका एक जना बिरामी जसले यो प्रबिधि अपनाएर समस्याबाट छुटकारा पाउन सफल भए उनको अनुभव यस्तो रहेको छ ।



आवश्यक सरदामहरु:

१. १०० मिलीलिटर कागतीको जुस

२. १०० मिलीलिटर शुद्ध ओलिभ (जैतुन) को तेल

३. १०० मिलीलिटर बीयर

ओखती तयार पार्ने बिधि:

सबै सरदामलाई एउटा ग्लास बोटल तथा जगमा खन्याउनुहोस् । अनि मीश्रण घोलिने गरि यसलाई केही बेर सम्म हल्लाउनुहोस् ।

ओखती सेवन गर्ने बिधि:

प्रत्येक बिहान ५० मिलीलिटर मीश्रण (ओखती) सेवन गर्नुहोस् । ओखती प्रयोग गर्नुभन्दा पहिले बोतललाई राम्ररी हल्लाउनुहोस् । किडनीमा जम्मा भएको पत्थरी एक हप्ता भित्रमा र बालुव चाँही चार दिन भित्रैमा बाहिर आउन थाल्नेछ ।

यो ओखती सेवन गरेपछि मात्र तपाईले यसको शक्तिका बारेमा जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।

सुझाव : कागती जैबिक (अरग्यानिक) हुनुपर्छ । बजारमा पाइने बनाबटी अशुद्ध कागतीको रस नकिन्नुहोस् । यदि पत्थरी १५ एमएम भन्दा ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकि ठूलो पत्थरी बाहिर निस्किने बेलामा च्यानेल (बाटो) मा घाउ हुन सक्छ ।

Tuesday, July 14, 2015

इजरायलवासी नेपालीहरूलाई झटारो -शुभद्रा भण्डारी

शुभद्रा भण्डारी, हाल इजरायल -नेपालीहरूको चटारोले हिजोआज फुर्सद छैन इजरायललाई पनि मान्छेको दिमाग भन्ने चिज पनि कस्तो हुँदोरहेछ, सेकेन्डमै कहाँ पुग्न सक्छ भने सेकेन्डमै के-के सोच्न सक्नेरहेछ । यो प्रवासी वसाई अनी विविध कार्य-व्यस्तताको वावजुद पनि मेरो मानसपटलमा छताछुल्ल पोखिएका इजरायलवासी नेपालीहरूको चटारोलाई देखेर झटारो हान्न मन लाग्यो । हिजो आज निकै व्यस्ततामा छन् इजरायलवासी नेपालीहरू, यसो भन्दा पराय मुलुकको कामको चपेटामा परेर व्यस्त भए होलान् भन्ने वुझिन्छ तर झन्झटिलो कामको वावजुद पनि अन्य गतिविधीहरूमा निकै व्यस्त देखिन्छन् वैदेशिक रोजगारीमा रहेका इजरायलवासी नेपालीहरू । यतीवेला विष्वभरी छरिएर रहेका नेपालीहरूमाँझ चलेको एनआऱएन चहलपहलले नेपालमा हुने गरेका निर्वाचनहरूको स्मरण दिलाईरहेको छ ।


प्रवासमा रहेका नेपालीहरूलाई मिलेको यो अवसर पनि गजवकै हुनेरहेछ । देखासेखीले गरीखा आरिसेले मरिजा भन्ने उखानजस्तै एनआरएनको चुनावी सरगमले इजरायललाई पनि निकै तताएको छ । केही समयअघिसम्म भुसुक्क निदाएको एन आर एन इजरायल अहिले जुरूक्क उठेको मात्र होईन दौड प्रतियोगितामै सहभागी भएको छ । विगतका वर्षहरूमा झै टिके प्रथाले स्थान नपाएर प्रतिष्प्रर्धा मैदानमा उत्रिनुको मज्जा नै वेग्लै देखिएको छ इजरायलमा । समाजसेवा गर्छु र एन आर एन इजरायलको मुहारमा खुसी ल्याउछु भन्ने प्रतिज्ञा गरेर चुनावी मैदानमा उत्रिनेहरूको नाम प्यानल अनी पक्ष -विपक्षको हल्लाहरू पनि वजारमा विज्ञापन भईसकेका छन् । १० वर्षमा नेपाललाई स्विजरल्यान्ड वनाउने, धनि गरिवविचको खाडल टम्म हुनेगरी पुर्ने अनी शिक्षा स्वास्थ्य र स्वरोजगार सम्पुर्ण नागरिकको अधिकार भन्ने झुटो आश्वसन दिने नेताहरूवाट आजित भईसकेका र वाउन्न ठक्कर त्रिपन्न हण्डर खादै प्रवासी जीवन विताईरहेका नेपालीहरूले चिल्ला कुरा गर्ने र फस्ल्याङफुस्लुङ पार्दै आफ्नो पक्षमा मत पार्न वुनिएको जाललाई राम्रैसंग वुझिसकेका छन् र जाल हान्ने माझीले पनि अलिकति जाल च्यातियो भने माछा फेरी पानीमै पौडिन पुग्छ र मेहनत खेर जान्छ भन्ने कुरा राम्रैसंग वुझेको हुनुपर्छ । दुई-दुई वर्षमा फेरवदल हुने एनआरएनको पदिय दायित्व परिवर्तनको लागि यसपटक इजरायलवासी नेपालीहरूमाँझ निकै उत्साह लिएर आएको जोशले इजरायलवासी नेपालीहरूमाँझ भविष्यमा केही परिवर्तन लिएर आउने हो कि भन्ने झिनो आशा पनि पलाएको छ भने नेपालमा चुनाव लाग्दा नेताहरूले जनतालाई चिल्ला मिठा कुरा गर्दै भोट असुलेजस्तै चुनाव जितेपछि आफ्नै मतदाताहरूलाई नचिन्ने हुन् कि भन्ने शंकालु संवादहरू पनि इजरायलका गाँउ वस्तिहरूमा निकै सुनिन्छन् ।

नेपालमा एनटिसीको नेटवर्क पाउनै गार्हो भएजस्तै इजरायलवासी नेपालीहरूको मोवाईलमा झ्वाट्ट कल लाग्न निकै मुस्किल पर्छ हिजोआज । कियरगिभिङको काम, खानुछैन माम, कमाउनुछ दाम, फुर्सद भयो की इन्टरनेट र टेलिफोनमा नै हुन्छन् जाम अनी टेलिफोन र इन्टरनेट अन भयो की प्रंसग आईहाल्छ एनआरएन चुनावको ।एन आऱ एन इजरायलको नेतृत्व सही व्यक्तिहरूको हातमा परोस् भन्ने चाहनाले यति वेला इजरायलवासी नेपालीहरूलाई पनि थप चटारो परेको छ । हुन त इजरायलवासी नेपालीहरू इतिहासमै कहिल्यै चुप लागेर वसेनन् । सहयोगी भावना, आपसी सद्भाव र एकता नभएको पनि होईन इजरायलवासी नेपालीहरूमा । चाहे वाढीपहिरोले ल्याएको विपत होस्, चाहे आगलागिवाट नष्ट भएको सपना किन नहोस् या अन्य विविध कारणहरूवाट आईपरेको दुखमा इजरायलवासी नेपालीहरू एक भएर सहयोग गर्छन् र पिडितहरूको आँसु पुछ्छन् ।

२०७२ वैशाख १२ गते नेपाल र नेपालीको इतिहासमा काल वनेर आएको आम विनासकारी भुकम्पको पिडामा विक्षिप्त वनेका इजरायलवासी नेपालीहरूले पिडितहरूको घाउमा मल्हमपट्टी लगाउने फराकिलो मनसंगै एकताको लागि कुनै कसर वाँकी राखेनन्, अन्तत : भुकम्प पिडित सहयोग अभियान इजरायलको नामवाट करिव एक करोडको हाराहारीमा सहयोग रकम संकलन भयो । आपतकालित राहत लिएर १५ जिल्लामा पुगिसकेको अभियान पुनर्निर्माणको लागि फेरी अति प्रभावित ७ जिल्लाका विद्यालयहरूमा जाने तयारीमा रहेको छ । यतिवेला अभियानको नाममा उठेको रकम पारदर्शी ढंगवाट वितरण गरी आम जनसमुदायमाँझ ल्याउने अभ्यासमा जुटेका छन् अभियन्ताहरू । पिडितहरूको नाममा सहयोगी दाताहरूको मन जितेर अभियानमार्फत उठाईएको रकमको सहि सदुपयोग भयो कि भएन भन्ने कुराको लागि इजरायलवासी नेपालीहरूले अझै केही दिन धैर्य गर्नुपर्ने देखिएको छ ।

करिव चार पाँच हजार मात्र नेपालीहरू रहेको इजरायलमा च्याउ उम्रे झै उम्रिएका झण्डै ४० वटा सामाजिक संघसंस्थाहरू जिवितै रहेका छन् । हास्यस्पद कुरा त के छ भने अरूको संस्थामा जुम्रो हिडेको नियाल्ने इजरायलका समाजसेवीहरू आफनै संस्थाभित्र भैसीले उदेरी खेलिसकेको पनि पत्तै पाउदैनन् । उही अनुहार, उही प्रवृति उही मानसिकता अनी उही सोच, आखिर संस्थाको नाम परिवर्तन गर्दैमा उपलव्धिको के आशा र भरोसा राख्न सकिन्थ्यो र ? होईन भने किन र के का लागि जन्मियो इजरायलमा करिव ४० वटा सामाजिक संघसंस्थाहरू ? एक संस्थामा विवाद भयो भने रातारात नयाँ संस्था जन्मिन्छन् यहाँ । पदिय लालचमा आशन ग्रहणकै लागि भएपनि संस्था खोल्ने हतारोमा चटारो देखेर वेलावेलामा झटारो नहानेको पनि होईन तर झटारो वुझ्नेलाई श्रीखण्ड र नवुझ्नेलाई खुर्पाको विंड जस्तै भईदिएपछि कसको स्वतन्त्रतामाथि कसले हस्तक्षेप गर्न सक्थ्यो र ? न्याय अन्यायको समयमा चांही काग कराउदै गर्छ पिना सुक्दैछ भने झै मुकदर्शक वन्दै कानमा तेल हालेर वस्नेहरूको अनुहार पनि नपढेका छैनन् इजरायलवासी नेपालीहरूले । यी आँखाहरूले तानातान हानाहान जानाजान नै हुनेगरेका दृष्यहरू पनि वेलावखत नदेखेका होईनन् । नेपाली पर्वहरूलाई हतियार वनाउदै व्यापारीकरण तवरले कार्यक्रम जुधाउने होडवाडी कुनै अनौठो परम्परा होईन इजरायलवासी नेपालीहरूमा । जति नै अनुरोध गरिएपनि एकै प्रकृतीका कार्यक्रमहरू समेत एकै मंचमा हुन नसकेका प्रसस्तै उदाहरणहरू छन् । यही जुलाई १७ मा पनि दुईतिर कार्यक्रम हुने पक्का भईसकेको खवरहरू वजारमा छाईसकेका छन् भने १८ शनिवारको दिनमा एकातिर एन आर एन इजरायलको चुनाव हुदैछ भने अर्कोतिक भ्रमण गराउने होडवाजी पनि देखिएको छ उता भानुजयन्ति मनाउने कार्यक्रमको पनि ३,४ महिना अगावै सूचना आईसकेको थियो ।

इजरायलवासी नेपालीहरूका लागि कार्यक्रम तर्जुमाको होडवाजी नौलो विषय होईन । भ्रमणको विषय होस् या अन्य कार्यक्रमको अग्रिम सुचना निकाल्ने विषयमा पनि निकै प्रतिष्पर्धा हुने गरेको देखिन्छ । सोसाईटी अफ हेल्पिङ हट्स इन इजरायलको आयोजना तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सहआयोजनामा जुलाई १८ तारिख साँझ देश विपतीमा डुवेको वेला इजरायलदेखि नेपालसम्म पुगेर नेपालीहरूको उद्दार तथा उपचारमा खटिएका I.D.F ( Israel Defense Forces / इजरायली शुरक्षा सेना ) हरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । राष्ट्र विपतमा डुव्दै अन्तराष्ट्रिय सहयोगको अपेक्षा सहित पिडामा चिच्याईरहदा नेपाल र नेपालीसंगको भावनात्मक नाता प्रगाढ वनाउदै सहयोगको लागि नेपाली भूमीमा पुगेर उद्दार, उपचार तथा विभिन्न सहयोगमा खटिएका विदेशी नागरिकहरूलाई धन्यवाद स्वरूप सम्मान गर्नु राष्ट्रकै गौरवको कुरा हो, जुन इजरायलवासी नेपालीहरूको इतिहासमा अनन्त: रहिरहनेछ । समाजसेवीको संज्ञा दिदै ढोल फुक्नेहरू अनी सामाजिक संजालमा देशप्रेमको भावना दर्साउदै स्ट्याटस र कमेन्टमा निकै घुक्नेहरूको अनुहार इतिहासकै उदाहरणिय कार्यक्रममा कत्तिको देखिन्छन् त्यसको चित्रण यी आँखाहरूले आगामी साता मात्र गर्न पाउनेछन् । नेपलिज इन इजरायल भन्ने फेसवुक ग्रुप इजरायलमा निकै चर्चित छ । केही घटना घट्यो या कसैसंग केही दुष्मनी वढ्यो ? व्यक्तिगतदेखी सामाजिक संघसंस्थाका कृयाक्लापहरू, सुचनाहरू, साथै आ-आफ्ना तर्कवितर्कहरू सवै त्यही ग्रुपमा पोखिन्छन् । कहिलेकाही भावना पोख्ने क्रममा पोष्ट गरिएका विषयवस्तुहरू निकै विवादमा समेत तानिन्छन् । सार्वजनिक वालवाटै कस-कसको को-को संग मित्रता झाँगिएको छ र को संग मत मिलिरहेको छैन भन्ने प्रष्ट वुझ्न सकिन्छ । कहिले एन आर एन इजरायलकै प्रंसगमा त कहिले नारी आवाज इन इजरायलको । कहिले धार्मिक विषयमा त कहिले मार्मिक विषयमा । कहिले उषा ओलीको त कहिले संगिता ओलीको प्रंसगमा । इजरायलवासी नेपालीहरू केही खुराक भयो की त्यही चौतारीमा झुल्किदै पोख्ने गर्छन् । सोही ग्रुपवाट निकै चर्चा कमाएको पछिल्लो विषय हो अवैधानिक नेपाली कामदारलाई सुराकी लगाएर पक्राएको भन्ने आरोपको विषय जसले इजरायलमा रहेका नेपालीहरूविच भुईचालो नै ल्याईदियो ।

इजरायलमा रहेका सामाजिक संघसंस्थाहरूले कहिलेकाही अदालतकै रूपमा पनि खडा हुने अवसर प्राप्त गर्छन् । आपसी लेनदेनदेखी सम्वन्धविच्छेद सम्मका विषयहरू समेत कहिलेकाही विवादित वन्दै न्यायको लागि सामाजिक संघसंस्थाहरूसमक्ष आउने गर्छन् र सहमतीमा मेलमिलाप पनि हुने गर्दछ । कहिलेकाही नेपाली-नेपालीविच भकुराभकुर परेको खवरहरू समेत छरिन्छन् वजारमा अनी न्यायाको लागि नेपाली राजदूतावास र सामाजिक संघसंस्थाहरू गुहार्ने गरेका घटनाहरू समेत सामाजिक संजालतिर फैलिएका हुन्छन् । सहमती र सहकार्य रातारात फेरिदारहेछन् भन्ने उदाहरणहरू पनि अनौठो छैन इजरायलमा रहेका नेपालीहरूविच । एउटै व्यक्तिको हिजो र आजको फरक भाषा पढ्नै गार्हो हुने गर्दछ कहिलेकाही, त्यसो त आए आँप गए झटारो भनेझै खाली समयको सदुपयोग तर सहि निर्णयको दुरूपयोगमा वाजी मार्नेहरू गाँउशहरभरी फिजिईसकेका छन् भन्ने हल्लाहरू पनि नभएका होईनन् । यो साता कोही भुकम्प पिडित सहयोग अभियान इजरायलको आर्थिक संकलन टुङ्ग्याउने हतारमा छन् भने कोही यही शुक्रवार हुने विविध कार्यक्रमहरूको तयारीमा । कसैलाई शनिवार हुने एनआर एन इजरायलको चुनावी चटारो छ भने कसैलाई शनिवार नै तय गरिएको भ्रमणहरू सफल गराउने हतारो । उता शनिवार आयोजना गरिएको I.D.F सम्मान कार्यक्रमको तयारीमा जुट्नेहरू त्यत्तिकै व्यस्त देखिन्छन् ।

Friday, July 10, 2015

यि नै हुन चार दिनको छोरालाई जिउँदै बागमतीमा बगाउने युवती

काठमाडौं २५ असार – आफूले जन्माएको नवजात शिशु छोरालाई झोलामा राखी बागमतीमा फाल्ने काभे्रकी एक युवती पक्राउ परेकी छिन् ।काभ्रेको गोकुले–५ घर भएकी २२ बर्षीया कान्छी माया तामाङलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।


चारदिन अगाडि जन्मेको छोरोलाई झोलामा हाली काठमाडौँ महानगरपालिका–८ पशुपति आर्यघाट स्थित बागमती नदीमा फालेर भाग्न लागेको अवस्थामा महानगरीय प्रहरी बृत्त गौशालाले तामाङलाई पक्राउ गरेको हो । उनले फालेको झोला खोली हेर्दा बालक जीवितै रहेको भेटिएपछि प्रहरीले बालकलाई तत्कालै प्रशुति गृह थापाथली लगेको थियो । अवैध सम्बन्ध बाट बच्चा जन्माएकाले जिउँदै फालेको हुन सक्ने प्रहरीको भनाइ छ ।

Thursday, July 9, 2015

नुवाकोटमा गुड्दै गरेको बस पहिरोमा पुरियो

नुवाकोट, आषाढ २४ । नुवाकोटबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस ककनीमा पहिरोमा पुरिएको छ ।
त्रिशुलीबाट काठमाडौंतर्फ गइरहेको बा२ख २८४१ नम्बरको यात्रुबाहक बस विहीबार दिउँसो ककनी गाउँ विकास समिति वडा नम्बर–१, सिस्नेरीमा माथिबाट खसेको पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको हो ।


बसमा ८ जना यात्रु रहेको अनुमान गरिएको छ । बसमा पुरिएकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ ।
घटनास्थलमा खटिएका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार बसको झ्यालबाट मानिसहरु चिच्याइरहेको आवाज सुनिएको छ । बसलाई ठूलो ढुंगासहितको पहिरोले पुरेकाले उक्त ढुंगा नपन्छाइ यात्रुलाई बाहिर निकाल्न नसकिने निरीक्षक वन्तले बताए । ढुंगा पन्छाउन नसकिए बस नै काट्नुपर्ने भन्दै उनले मसिनसहितको टोली काठमाडौंबाट घटनास्थलतर्फ गइरहेको जानकारी दिए ।

यौन प्रस्ताव अस्वीकार गर्दा साइप्रसमा नेपाली महिलामाथि ‘एसीड’ प्रहर

साईप्रसमा घरधनिको शारिरीक यातनाबाट एक नेपाली महिला गम्भिर घाईते भएकी छिन । यौन प्रस्ताव अस्वीकार गरेपछि बुटवल घर भएकी एक महिला आफुले काम गर्दै आएको घरधनिको यातनाबाट घाईते भएकी हुन् । रोजगारीको शिलशिलामा साईप्रस आएकी उनी साईप्रसको पापोसमा घरेलु कामदारको रुपमा कार्यरत थिईन । घरधनिले पटक–पटक यौन दुव्र्यवहार गर्ने गरेको र प्रतिकार गर्दा हानीकारक पदाथ क्लोरिन प्रहार गरी घाइते बनाएको पीडितले गुनासो गरिन । घाईतेको यहाँकै पापोस स्थित जनरल अस्पतालमा भर्ना गरिएको छ भने पीडकलाई प्रहरीले पक्राउ गरेको छ । 
 
 
घाईतेले पिडकलाई कारबाही गराउन र उचित क्षतिपुर्ति दिलाउनका लागी साईप्रस स्थित नेपाली समुदाय, बाणिज्य दुतावास तथा एनआरएनए साईप्रसलाई आग्रह गरेकी छिन । मासिक पारिश्रमिक ३ सय १४ युरोमा काम गर्न मञ्जुर भई आएका उनी निलकमल म्यानपावर कम्पनी सिनामंगलबाट साइप्रस आएकी थिइन । ४ लाख २५ हजार म्यानपावरलाई बुझाएर त्यहाँ पुगेकी उनी म्यानपावरलाई आफ्नो समस्या बारे पटक पटक जानकारी गराउँदा पनि कुनै चासो नदेखाएको गुनासो गरिन ।

आफ्नै देशमा रोजगारी नपाएपछि पारिवारिक समस्यालाई टार्न विदेशीएकी महिलाहरु यौन शोषणको शिकार हुनुपरेको छ । बैदेशिक रोजगारमा केहि अवसर र सुविधाहरु त छन तर सोही अनुपातमा यतिबेला बैदेशिक रोजगारी असुरक्षित बन्दै गईरहेको छ ।’ साइप्रसमै कार्यरत नेपाली छिमी ल्हमु शेर्पाले भनिन । उनले थपे ‘महिलाहरु माथि यौन शोषणका घटनाहरु बढ्दै गएको छ । यस तर्फ राज्यले पनि सोच्नुपर्ने बेला आएको छ ।’ ‘उनी प्रतिनिधी पात्र मात्रै हुन यहाँ घरेलु कामदारका रुपमा आउने अधिकांश महिलाहरुले यस्तै पीडा वोक्नु परेको छ ।’ छिमी ल्हमु भन्छन् । राम्रो तलब भत्ता, अन्य बिकसित मुलुकमा सजिलै जान सकिने प्रलोभन देखाउँदै म्यानपावर एजेन्सीहरुले साईप्रसको लागी लाखौँ रुपैंया असुलेर विशेष गरि महिलाहरुलाई पठाउने गरेका छन् । म्यानपावर कम्पनिहरुले साईप्रसको लागी ४ देखि ७ लाखसम्म असुल्ने गरेपनि ८० हजारको मात्र रसिद दिने गरेको पिडितहरु बताउँछन । साईप्रसमा ३ हजार ५ सयको हारहारीमा नेपालीहरु कार्यरत छन तर यहाँ नेपाली दुताबास नहुँदा उनीहरु मारमा पर्ने गरेका छन् । शारिरीक, मानसिक यातना, यौन दुर्व्यवहार, श्रमशोषणबाट दिनहुँ जसो हिंसाका घटनाहरु हुनेगरेको पीडित नेपाली महिलाहरु बताउँछन् । उजूरी तथा गुनासो सुन्ने कुनै निकाय नहुँदा मारमा परेका छन ।
 
नेपाल सरकारले साईप्रसको लागी श्रमस्वीकृती दिएपनि व्यवस्थित, सुरक्षित बनाउन नसक्दा समस्या झेल्नु परेकाले थप व्यवस्थित र दूतावास समेत स्थापना हुनुपर्ने यहाँ कार्यरत नेपालीहरुले माग गरेका छन् ।