Saturday, July 4, 2015

इजरायलमा आइएसद्वारा रकेट आक्रमण

काठमाडौं, आषाढ १९ । इस्लामिक राज्यको माग गर्दै विभिन्न मुस्लिम राज्यहरुमा आतंक मच्चाउँदै आएको इस्लामिक स्टेट, ‘आइएस’समर्थित लडाकूहरुको समूहले इजरायलमा रकेट आक्रमण गरेका छन् । आइएसले इजिष्टको सिनाई प्रायद्वीपबाट इजरायलमा रकेट प्रहार गरेको हो ।


आईएससमर्थित उक्त समूहले इजिप्टको सेनालाई समर्थन गरेको भन्दै त्यसविरुद्ध इजरायलमा रकेट आक्रमणगरेको जनाएको छ । आक्रमणबाट मानवीय क्षति भने भएको छैन । उत्तरी सिनाईमा जारी लडाइमा तीन दिनअघि मात्र १७ सैनिक र एक सय आइएस चरमपन्थी मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । –एजेन्सी 

0 comments:

Post a Comment