|
काठमाडौ, असार १८ - त्यस दिनलाई मैले बिर्सेको छैन । लाइनको लस्कर थियो, तँछाड मछाड गर्दै इन्टर भ्युका लागि मनमा उत्साह बोकेकी थिएँ । असाध्यै आतुर थिएँ नर्भस पनि । कतै म फेल हुने त होइन ? अनि पालो आयो गयो पनि, ५ सय जनाको लाइनमा म त पास भएछु खुसी भएँ । कतिजना निराश भई फर्किए थाहा भएन ।
केही दिनमा इजरायलको भिसा लाग्यो । जब इजरायलमा मैले पहिलो पाइला टेकेँ, लाग्यो म कति भाग्यमानी । तर जति समयलाई चिन्दै गएँ कामलाई पनि बुझ्दै गएँ । अनि लाग्न थाल्यो यो मेरो भाग्य होइन यो मेरो संघर्ष हो । जसलाई मैले जित्नु छ अनि मेरो गन्तव्य पूरा गर्नु छ । इजरायलमा एक महिना पाहुना बने, दुई महिनापछि कामदार बने, तीन महिनापछि नोकर्नी बनेँ । ४ महिनापछि त जेलको कैदी झैं भएँ । काम गर्ने थलोमा न लामो सास फेर्न सकिन्थ्यो न बाहिर निक्लन सकिने अवस्था थियो ।
मेरो मालिक्नीको नाम ‘लोरा’ थियो । लोरा भनेको फूलबाट बनेको नाम तर उनको व्यवहार भने काँडाको जस्तो थियो । उनले दिनहुँ बिझाउने काम मात्र गर्थिन्, त्यसमा कोमलता र सुवास पटक्कै थिएन । उनले हामी विदेशी कामदारलाई केयर गिभिङ् मात्र होइन, अजंगको घरमा चौबीसै घन्टा सरसफाइ र काममा जोताएको
जोताई गर्थिन् । उनको पेलाइको काम त आजसम्म गरेको थिएनँ न गर्न परेको थियो । उफ, कति सहनु । एक दिन होइन दुई दिन होइन कति सहनु अति भयो ।
एक दिन साथीलाई फोन गरेँ र भनेँ, ‘मलाई सारै पेल्न थाले । एउटै काम दोहोरर्याएर गर्नुपर्ने, काम नगरे नेपाल पठाइदिने धम्की दिन थालिएको छ, अब त झन् कसरी गरुँ’ साथीले कुरा सुनिसकेपछि पहिला एजेन्सीलाई कल गर अनि काम तुरुन्त छोड भन्नुभयो,’ त्यसपछि मैले काम छोड्ने निर्णय गरें । मैले कुरा राखेँ, ‘लोरा म काम गर्न सक्दिन काम छोड्छु, म तिम्रो कमारी होइन कियर गिभर हो । म नेपालबाट बूढा/बूढीको हेरचाह गर्ने हिसाबले आएको हँु । घरको सम्पूर्ण काम मेसिनले गर्या जसरी म गर्न सक्दिन । यति मैले के भनेको थिएँ उनले भनिन्, ‘काम छोड्यो भने सिधै नेपाल पठाइदिन्छु ।’
हे भगवान नेपाल पठाउने रे ? म त झसंग झस्केँ, इजरायल आउन लिएको मेरो साढे सात लाख ऋण के गर्नु ? जुन ब्याजमा लिएर आएको छु । पिरले फेरि एकपटक झोक्राएँ, बिस्तारै बिस्तारै दिमाखले काम गर्न छोड्यो । केही बिकल्प देखिन, लाग्यो फेरि म त कति अभागी । के सोचेको, के भयो । लामो सुस्केरा हालें हे पशुपतिनाथ जीवनमा मलाई किन यस्ता समस्यासित मुकाबिला गराउँछौ ? मेरो साथी अभिभावकको सल्लाहबाट एजेन्सी गएँ । लाख बिन्ती भाऊ पश्चात् त्यो तनावबाट बल्लबल्ल मुक्ति पाएँ । अनि आफ्ना सामान लिएर अपार्ट आए । साथीहरूसँग बसेँ । साथीहरूले खाना के खाने भनेर सोध्दा मैले लौरा भनेछु अनि म झसँग भएँ । म मानसिक रूपमा समेत कमजोर हुँदै गइरहको रहेछु । अनि आफैलाई लाग्यो धन्नधन्न फुत्केको रहेछु ।
सोचे मनमनै ’नेपालमा खृबीअनुसारको रोजगारी पाइन्थ्यो भने के मलाई यी सब कुराहरूको सामना गर्नुपथ्र्यो होला ? मजस्ता हजारौं दिदीबहिनीहरू यहाँ यस्तै खालका पीडामा बसिरहेका छन् । आ–आफ्नो समस्या र बाध्यताको सिकार छन् । तर त्यो आवाज कसलाई सुनाउनु, आवाज निकाल्नेबित्तिकै समस्यामा पर्ने डरले चुप्प छन् । सोचँे म मात्रै बोलेर के होला र ।
कुम्लो बोकेर साथीहरूको माझ अपार्ट आएर मेरो समस्याको समाधान कहाँ भयो र ? फेरि अर्को तनाब सुरु भयो कामको । काम खोज्न हिँडे झोला बोकेर, काम नभए पछि कति लाचार भइन्छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ्र । न गोजीमा पैसा छ न मोबाइलमा ब्यालेन्स । एजेन्सीले काम दिन्छ तर अर्को काममा मलाई लिंदैंन कारण भाषा । जब भाषा आउँदैन इजरायलमा राम्रो काम पाइँदैन । कामको खोजीमा भौतारिँदै हिंड्दा केही समय लेबिन्सकी पार्कमा एसो बसेको थिएँ एउटा सेतो कार आएर मेरो अगाडि टक्क रोकियो म ट्वाँ परेँ । सात आठजना कारबाट मान्छेहरू भकाभक निस्किन थाले, इमिग्रेसन पुलिस पो रहेछ, मेरो पासपोर्ट माग्यो अनि भिसा चेक गर्यो सोध्यो भिसा किन लागेको छैन तिम्रो ? काम छैन ? मैले भने अहँ छैन । सोध्यो किन काम नगरेको ? मैले भने गाह्रो भयो अनि छोडेको । भन्यो ‘ए ठीक छ । तिमी नयाँ रहेछौ । काम छिटो खोज ।’ अनि छोड्यो ।
लोरा नामबाट त मुक्त भएँ तर समस्याबाट कसरी मुक्त हुनु म । फेरि घर परिवार सम्झिन पुगेँ । आँखा रसायो । आँसु बरर खस्यो । यी सब घटना परबाट एकजना दिदिले देखिरहनुभएको रैछ । नजिकै आउनुभयो र भन्नुभयो, ‘बहिनी के भयो ? काम छैन हो ? यदि छैन भने एउटा राम्रो काम छ, गर्छौ ?’ मलाई ढुंगा खोज्दा देउता मिल्यो । मैले खुसी हुँदै भनें, ‘हो सिस हो म फ्री हो । काम छ कस्तो छ कहाँ हो ?’ वहाँले भन्नु भो, ‘काम त एकदम राम्रो छ, तर दिमाख फुस्किएको बूढी हो । अल्साइमर भको एकपटक बिर्सन्छ एकपटक सम्झिन्छ ।’ मैले सोधे, ‘होइन यस्तो कामले कुनै अप्ठेरो त पर्दैन नि सिस ? म त राम्रै दिमाख भएको बूढीको काम गर्दा गर्दै धन्नै पागल भको थिएँ । झन् यो अल्साइमर भएको बूढी हेर्दा कुनै बिपत्ति आइपर्ने त होइन ?’ उहाँले भन्नुभयो, ‘पर्दैन पर्दैन गर,’ मैले धन्यबाद दिंदै काम हेर्न गएँ ।
तेलाबिबको पिन्कास भन्ने ठाउँमा । बूढी आमाको नाम ‘बिदुर’ छोरीको नाम ‘पिलिना’ एउटै घरमा दुवैजना पहिला पहिला गार्हो लाग्यो । बिस्तारै बिस्तारै काममा भिज्न थार्ले रमाउन पनि । भाषा नजाने पनि अलिअलि अंग्रेजी भाषा बोल्ने भएकोले त्यति असजिलो परेन । तर काम भन्ने सजिलो कहाँ हुन्छ र ? इजरायलमा ‘यम सिसी’ भनेको हरेक शुक्रबारको चाडजस्तो सबै परिवार भेला भएर भोज भतेर गर्ने दिन । त्यो पनि चौरासी व्यञ्जनसहित कुब्बा खिचडी अफ सम्बुसा केके बनाउनुपर्ने । भनाइ छ, ‘कदर त्यति बेला हुन्छ जति बेला मान्छेलाई आवश्यक पर्छ ।’ सोचे हो रैछ, मान्छे प्यारो होइन काम प्यारो । काममा देखाएको मिहिनेतले गर्दा भन्थे धन्यवाद सीमा । यस्तो भन्नेहरू भीड यसरी दिन प्रतिदिन थपिँदै गयो ।
आज ४ पुगेर पूरा ५ वर्ष लाग्यो, बिहान करिब ३ बजेतिर अचानक ढ्वाङ्ग आवाज आयो उठें बूढी आमा भुईंमा लड्नु भको रैछ, हत्त न पत्त उठाएँ । के भयो आमा भनेर सोधें भनिन्, चक्कर आयो, एक गिलास पानी दिएँ । चेक गरें, सबै ठीक रैछ । तर घँुडामा घाउ लागेर अलिकति रगत बगेको रहेछ । अनि सफा गरी पट्टी लगाई सोफामा राखेँ । अनि छोरीलाई तुरुन्त उठाएँ । हस्पिटल जानुपर्यो आमालाई लिएर एम्बुलेन्स बोलाउनुस् । फोन गरिछन् तर एम्बुलेन्स होइन पुलिसलाई पो बोलाइछिन । म झस्केँ पुलिस किन ? उसले भनी ‘तिमीले आमालाई लडायौ त्यै भएर’ हे भगवान् मैले किन लडाउनु आमालाई सोध न आमालाई । आमालाई सोध्दा भनिन्, ‘म निद्रामा थिएँ कसरी यहाँ आए थाहा पाइनँ अनि लडँे ?’ अनि त्यसपछि मेरो कञ्चट तात्यो । गर्दै नगरेको गल्तीमा यो आपत्ति ? ५ वर्ष काम गरें कामदार भएर होइन छोरी भएर तर खै मलाई विश्वास गरेको ? खै मेरो माया ?
धिक्कार लाग्यो सोचें विदेशमा जान खोज्नु त राम्रो होइन रैछ । मलेसियामा जान्छन् ज्यान गुमाउँछन, अरबमा जान्छन् आँसु बगाउँछन्, इजरायल जान्छन् दिमाख गुमाउँछन् भनेको हो रैछ । मन दुख्यो, मैले भनें म काम छोड्छु लड्दै नलडेको कुरामा पुलिस बोलाइयो । साँच्चि नै अन्जानमा लडाएँ भने त जेल नै हाल्छन् । भैगो नगर्ने काम, यो सुनेर छोरी चाहिँले भनी, ‘त्यसो भए जा, एक सुक्का दिन्नँ, जे गर्छेस् गर’.अनि सिधै ‘कवलाबेद’ गएँ, उजुर लेखाएँ काम छोड्छु मेरो पैसा दिलाइदिनुस् । मेरो पैसा नदिने भन्दै छन् भनेर । कबलाबेद भनेको चाहिं हाम्रो नेपालीहरूको समस्याको समाधान गर्ने ठाउँ हो, त्यहाँ एकजना नेपाली दिदी पनि हुनुहुन्थ्यो लीला लिम्बु । उहाँ र केही सोसल वर्करको सल्लाहमा वकिल लिएँ । ३ महिनाभित्रैमा मैले एक वर्षको तलब र बोनस पूरै पैसा पाएँ, कारण वकिल भ्रष्टाचारी थिएन । जसले नेपालमा झैंं ठूलो मान्छेको कुरा सुन्ने घूस खाने गरेंन । यसरी आफ्नो परिश्रमको पैसा हात पारेँ ।
सोचेर दु:खित हुन्छु । अनगिन्ती कस्ष्टबाट रुमलिएर रहनुपर्ने हामी नेपालीलाई । देशको संरक्षण सही नभएपछि र देशमा रोजगार नभएपछि विदेशमा भौतारिनुपर्ने रैछ । । हाम्रो देशमा पनि सही व्यवहार गर्ने सही नेता किन हुन सक्दैनन् ? दैविक प्रकोप हुँदा भूकम्पपीडितमा बाँडिएको राहत त्रिपाल खाद्यान्न गायब किन हुन्छन् ? देश सही बाटो डोराउनेको हातमा किन पर्न सक्दैन ? के हामी युवा पिंढीले सधैं विदेशमा सधै यस्तै दु:खका गर्नुपर्ने हो त ? कहिले बन्छ फेरि त्यो पूर्ण रूपको नयाँ नेपाल ?, जसमा फेरि त्यो धरहरा, काष्ठमण्डप देख्न पाइयोस् । काठमाडौं भनेर रमाउन पाइयोस्। ऐतिहासिक संम्पदा हेरेर रमाउन पाइयोस्।

0 comments:
Post a Comment