Saturday, July 4, 2015

बिदेशमा रहेको युवाहरु भन्छन: नेपाल गएर के गर्ने ?

नेपालमै बसेका र अरु देशमा गएका साथीभाइले फोन, सामाजिक संजालमा कुराकानी हुँदा प्राय सोध्छन्- घर घडेरी कता जोडियो ? म हाँस्दै भन्छु -कतै जोडेको छैन र जोडने सोचाइ पनि छैन| फेरि सोध्छन  'माथिल्लो घरको त्यसले त पोखरामा घर बनायो रे | तल्लो घरको यसलेत काठमाडौंमा घडेरी जोड्यो रे। तैंले चाहिँ किन नजोडेको ?


सायद उनीहरुले सोच्दा हुन् - जाडरक्सी, जुवा तास या कुनै परस्त्रीसँग लागेर पैसा सकिरहेको त छैन।

हाम्रो समाजको मनस्थिति नै यस्तो छ कि घर खडेरी जोडेर शहरमा बस्ने सुखी र धनी हुन्छन्। मैले व्यक्तिगत भन्नु पर्दा केही रकम सेयरमा लगानी छ केही रकम ६ /६ महिनामा जीवन बिमा गरे बापत् तिर्छु ताकि त्यो रकम बुढेसकाल लागेपछि केही गर्न सकियोस्। केही रकमबैंकमा जम्मा गरेको छु। नेपाल फर्केपछि सानो तिनो ब्यापार गर्नलाई।

अब कोरियाबाट फर्किन १८ महिना जति बाँक छ। घर फर्किन लागेका साथीलाई सोध्छु -अब नेपाल फर्केर के गर्नुहुन्छ ?  ९५ प्रतिशत साथीहरुको जवाफ एउटै हुन्छ नेपाल  गएर के गर्नु फेिर परिक्षा दिएर कोरिया नै आउने हो।  यहाँ आए कमसेकम महिनाको १ लाख तकमाइन्छ।  ५ प्रतिशतले चाहिँ अब कोरिया नफर्कने नेपालमै केही गरेर बस्ने भन्नुहुन्छ। केही गर्ने भन्नाले अब हामी नेपाल फर्के पछि के-के गर्न सकिएला त ?

सामुहिक या एकल लगानीमा तरकारी खेती,बाख्रा, गाई, बंगुर, कुखुरा, अस्ट्रीच पालन, माछा पालन, किवी, ग्राउण्ड एप्पल, च्याउ, कफी, सुन्तला लगायत अन्य फलफुल खेती र  मौरी पालन  गर्ने बताउँछन्।यसको अलावा स्वास्थ्य , शिक्षा , हाईड्रो लगायतमा पनि लगानी गर्नसकिन्छ।

अहिले म पलाष्टिकको दाना बनाउने कम्पनीमा दिनमा ११ घण्टा रातमा १३ घण्टा काम गर्छु। काम बढी हुँदा १५ / १६ घण्टा पनि काम गर्नुपर्छ | कोरियाको गाह्रो काम त्यसमाथि कहिलेकाहीँ सामान बिग्रँदा अनाहकमा गाली खानु पर्दा साह्रै दु:ख लाग्छ। १२ / १४ घण्टा काम गरेरखाना खान लाग्दा अमिलो किम्चेचिगे र गन्हाउने थेन्जाङचिगेको झोलसँग भात खानु पर्दा नेपालमा दाल र भात खाएको झल्झली याद आउँछ। सोच्छु यस्तै खटेर नेपालमा पनि काम गर्यो भने महिनामा ३०/४० हजार कसो कमाउन नसकिएला र? अहिले हामीले सुरुवात गर्दिएसन्ततिलाई धेरै हदसम्म सजिलो हुनेछ। अर्काको काम गरेर कोही मान्छे पनि धनी भएको छैन यो संसारमा अर्काको काम केवल घर गृहस्थी चलाउन ठिक्क हुँदो रहेछ। सुरुमै लाख कमाएको सपना देख्नु हुदैन हजारमै चित्त बुझाउदै खटेर कर्म गर्दै गयौं भने भोलिको दिनमा लाखहोइन करोड पनि कमाउन सकिन्छ।

अहिले इलेक्ट्रोनिक दुनियाँमा तहल्का मच्चाइरहेको सामसुङ कम्पनी सन् १०३८ मा ली ब्युङ चुलले ३०००० वन ( नेपाली करिब तीन हजार) मा स्थापना गर्दा सायदै सोचेका थिए होला। कुनै दिन सामसुङ कम्पनी इलेक्ट्रोनिक विश्व बजारमा यसरी चम्केला भनेर। अब त हाम्रोदेशमा पनि जसोतसो संविधान बन्ने निश्चित भयो। आशा राखौ संविधान बनेपछि विकासले गति लिनेछ। विनाशकारी भूकम्पले देशमा बिनाश निम्त्याएको भए पनि यसबाट पाठ सिक्दै हामी अब विकासको बाटो लम्किने छौं। 

0 comments:

Post a Comment