Friday, July 3, 2015

अब ल हेर्नुहोस् ! रसुवागढी हुँदै चिनियाँ रेल नेपालमा आउने :

काठमाडौं, असार १८ । बेइजिङले त्रिपक्षीय सहकार्य अन्तर्गत चीन, भारत र नेपाल जोड्ने रेल र सडकमार्ग केरुङ–रसुवागढी खण्डबाट बढी सम्भव रहेको जनाएको छ। चीन, भारत, नेपाल त्रिपक्षीय आर्थिक करिडोर निर्माण गर्ने बेइजिङको प्रस्तावलाई दिल्ली र काठमाडौँले सकारात्मक रुपमा लिएको चीनको विदेश मन्त्रालयको एसिया विभागका उप महानिर्देशक हुआंग सिलियनले बताएका छन्। चीन र भारतले नेपालमा संयुक्त पुनर्निर्माण परियोजना सञ्चालन गर्न सक्ने उनको प्रस्ताव छ।


भारतीय सञ्चार प्रतिनिधिमण्डलसँग बुधबार बेइजिङमा पहिलो पटक त्रिपक्षीय सहकार्यबारे बोल्दै हुआंगले सिल्करोड पुनरुत्थान योजनाको एउटा महत्वपूर्ण पक्षको रुपमा लिइएको हिमालय–पार आर्थिक करिडोरको संभाव्यता अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमती भएको प्रष्ट्याए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वैशाख ३१ गते सियानमा भेटवार्ता हुँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले पहिलो पटक त्रिपक्षीय सहकार्यको प्रस्ताव राखेको खुलाउँदै हुआंगले त्यसपछि बेइजिङ र काठमाडौँमा प्रधानमन्त्री र विदेशमन्त्री तहमा यसबारे थप छलफल भएको बताए ।

पुनर्निर्माणका लागि सहयोग जुटाउन नेपाल सरकारले अघिल्लो बिहिबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनपछि चिनियाँ विदेशमन्त्री वाङ यी र उनका भारतीय समकक्षी सुष्मा स्वराजबीच ुसाइडलाइनु वार्तामा त्रिपक्षीय सहकार्यबारे छलफल भएको थियो। चीनको विदेश मन्त्रालयले विदेशमन्त्री वाङ यीलाई उद्धृत गर्दै काठमाडौँमा ुत्रिपक्षीय आर्थिक करिडोर संभाव्यता अध्ययन गर्न चाँडै संयुक्त कार्यदल बनाउने नयाँ र महत्वपूर्ण सहमती भएकोु जनाएको थियो।

काठमाडौँ वार्तामा विदेशमन्त्री वाङसँगै रहेका दक्षिण एसिया मामिला हेर्ने उपनिर्देशक हुआंगले भने, ुदुई मन्त्रीले यस विषयमा काठमाडौँमा थप छलफल गरे र नेपालको पुनर्निर्माणमा सँगै काम गर्ने तथा त्रिपक्षीय आर्थिक कारिडोरको संभाव्यता अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमतीमा पुगे ।ु तिब्बत रेलमार्ग नेपाल जोड्ने चीनको योजनालाई भारतीय मिडिया र दिल्लीस्थित विदेश मन्त्रालयले बढी रणनीतिक अर्थमा लिँदै आएका थिए । तर आर्थिक सम्बन्ध सुदृढ हुने क्रमसँगै भारत र चीनबीच त्रिपक्षीय सहकार्य सहित अन्य विषयमा समेत खुलेर छलफल हुन थालेको बेइजिङबाट इण्डीया टुडे, इकोनोमिक टाइम्स, विजनेश स्ट्याण्डर्ड लगायत भारतीय सञ्चार माध्यमको प्रस्तुतीले संकेत गर्छ । ुत्रिपक्षीय आर्थिक करिडोर संभाव्यता अध्ययन गर्न संयुक्त कार्यदल बनाउन तयार छौँ, यदि एउटा सम्झौतामा पुग्यौँ भने हामी यसलाई अगाडि बढाउने छौँ, जसबाट तीन वटै देशलाई फइदा हुनेछु, इकोनोमिक टाइम्सले हुआंगलाई उद्धृत गर्दै लेखेको छ ।

0 comments:

Post a Comment