Monday, July 20, 2015

लुम्बिनीमा रुखबाट पानी वर्षियो, हेर्नेको घुइँचो (भिडियो सहित)

शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी विकास भित्र रहेको रुखबाट अचानक पानी बर्षिन थाले पछि सो रुख हेर्न स्थानिय लगायत लुम्बिनी भ्रमणमा आउने पर्यटकको घुईचो लागेको छ।

लुम्बिनी बिकाष कोष भित्र मायादेवी मन्दिरको केही दुरीमा रहेको फलेदोको रुखबाट एक्कासी पानी पर्न थाले पछि लुम्बिनी बिकास कोषले यसलाई संरक्षित थर्न थालेको छ । बिगत ४/५ दिन यता लुम्बिनी तथा यस आसपासमा पानी परेको छैन, र टण्टलापुर घाम पनि लागेको छ ।


यस्तो अवस्थामा रुखबाट यसरी पानी पानी पर्नुले आफुलाई आश्चर्य चकित बनाएको लुम्बिनी बिकास कोषका सदस्य सचिव अजित मान तमाङ्गले बताए । लुम्बिनी बिकाष कोषले जनाए अनुसार केही दिन अघि देखि नै यस रुखबाट पानी पर्न थाले पनि आईतबार देखि पर्यटकको ध्यान यसमा परे पछि अहिले यसलाई हेर्न स्थानिय लगायत पर्यटकको घुइँचो लागेको हो ।

लुम्बिनी बिकाष कोषका सदस्य सचिव अजित मान तमाङ्गका अनुसार आईतबार बिहानै हजारौ स्थानिय र पर्यटकहरु यसलाई अवलोकन गरि सकेका छन ।स्थानियहरुले यसलाई दैविय शक्तिको रुपमा हेरे पनि कोषका सदस्य सचिव तमाङ्गले यसलाई प्राकृतिक भएको बताए ।



अहिले रुख हेर्नेको घुईचो बढ्दै गए पछि भिडलाई ब्यवस्थित गर्न र रुखलाई संरक्षण गर्न रुख आसपासका क्षेत्रमा बार लगाउन थालिएको छ। लुम्बिनी बिकास कोषका वरिष्ठ उद्यान अधिकृत सब्बीर अहमद खाँ का अनुसार फलेदोको रखबाट सामान्य पानी रसाए पनि यसरी पानी परे झै पानी आउनुको रहस्य खोज्ने प्रयास भै रहेका बताए। रुखको पात र हागाबाट समेत पानी परि रहेको छ ।

हांगामा फिंज जस्तो देखिने स्थानमा ३ मिलि मिटर सम्मको किरा देखिएको छ । कतै यसै किराको कारण पानी त परेको हैन भन्ने परिक्षण गर्न यसलाई प्रयोग शाला पठाउने तयारी भै रहेको खाँ ले बताए। बैशाख १२ र २९ गतेको भुकम्प पछि अहिले लुम्बिनी पर्यटक बिहिन भई सुनसान रहेको अवश्थामा पर्यटन ब्यावसायी र स्थानियहरु यसलाई शुभ संकेतको रुपमा लिईएको प्रतिक्रिया दिएका छन ।

0 comments:

Post a Comment