Thursday, July 9, 2015

मृत्युलाई जितेर आए अनिस खालिङ

काठमाडौं, २३ असार – युएई दुबइमा मृत्‍युदण्डको सजाय सुनाइएका अनिश खालिङ मृत्‍युलाई जितेर नेपाल आइपुगेका छन् । अनिश खालिङ फ्लाई दुबइबाट बुधबार दिउसो साँढे ४ बजे उडेर राती साँढे १० बजे त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल आइपुगेका हुन् ।

त्रिभुवन बिमानस्थलमा अनिश खालिङ राई बचाउ अभियान समितिका पदाधिकारीले उनलाई भब्य रुपमा स्वागत गरेको छ । अनिशलाई स्वागत गर्न समितिका सहसम्योजक सुजन खालिङ, सचिब देबेन्द्र खालिङ, संचार सम्योजक प्रकाश खालिङ, अनिशकी श्रीमती रबिता राई, समितिका सल्लाह्कारद्वय धन खालिङ र रामरतन खालिङ, सदस्यहरु मनिता, बलबहादुर, अर्जुन खालिङलगायतको जम्बो टोली त्रिभुवन बिमानस्थल पुगेको थियो ।

अनिश खालिङले बिमानस्थल उत्रेलगत्तै खुशीको आसु झार्दै आफुले आजको दिनमा संसारलाई जितेको अनुभुती गरिरहेको प्रतिकृया दिए । ‘यो अवसरमा सहयोग गरेर मलाई नयाँ जीवन दिलाउन लाग्नुहुने सम्पूर्ण दाताज्युहरुलाई बिशेस बिशेष धन्यवाद दिनचाहन्छु’ उनले भने ‘आज धेरै बोल्ने मुडमा छैन, त्यसैले समय मिलाएर धेरै कुरा गर्ने इच्छा छ ।

धेरै नेपालीहरु आफूजस्तै अन्यायमा परेर जेलमा रहेको जानकारी दिदै उनले  अन्यायमा परीका ती नेपालीहरुको हितमा लड्ने बताए । उनले भने, ‘ म जस्ता धेरै नेपाली दाजुभाईहरु विदेशको जेलमा हुनुहुन्छ, म उनीहरुको लागि लड्छु ।’ उनले आफूलाई बचाउने संसारभरीका नेपालीहरुलाई धन्यवाद दिदै आफ्नो नाफाको जीन्दगी अब पुरै अन्यायमा परेकाहरुको लागि लगाउने बताए । उनले भने, ‘म मत्युको मुखमा पुगेर फर्किएर आएँ । अब मेरो बाँकी जीवन अन्यायमा परेकाहरुको हितमा लगाउँछु ।

8654संखुवासभाको मत्स्यपोखरीका निवासी अनिश युएई पुगेको ६ महिनामा गलत आरोप लगाएर जेल चलान गरिएको थियो । उनलाई युएईको अलऐन जेलमा राखिएको थियो । नेपाल फर्काउन उनलाईएकहप्ता अघि नै जेल प्रशासनले कैदी रिहा गर्ने विभाग पुर्योएको थियो ।

स्थानिय प्रशासनले अनिशको बाँकी २ बर्षको जेल सजाय मिनाह गरिदिएपछि नेपाल फर्काइएको एनआरएन युएईका अध्यक्ष कृष्ण भुसालले जानकारी दिए।  सुरुमा युएईको आवुधावीमा रहेको तल्लो अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतले सुनाएको फैसलालाई माथिल्लो अदालतले मृतक पाकिस्तानी नागरिकको परिवारलाई विकल्प दिँदै सजाय गर्ने फैसला गरेका थियो ।

0 comments:

Post a Comment