|
काठमाडौ, श्रावण १३ - भूकम्प आउनुअघि ‘मंगोलियन हार्ट’ ब्यान्डका गायक राजु लामा नेपालमै थिए । केही समय आत्मीयजन र गाउँलेहरूसँग पनि बिताए उनले । यस पटक फेरि उनी अमेरिका हुँदै युरोप घुमेर नेपाल आइपुगेका छन् । तर अब उनले आफ्नो गाउँ सिन्धुपाल्चोकको बरुवा सुनचौरका १ सय १० जनालाई कहिल्यै भेट्न पाउनेछैनन् ।
वैशाख १२ को महाविनाशकारी भूकम्प र त्यसपछिका परकम्पनहरूमा उनका धेरैजसो आफन्त परे । उनी भने यति बेला आम भूकम्पपीडितहरू माझ पुग्दै छन्, म्युजिकथेरापी र पुनर्निर्माण अभियानका साथ । अमेरिका र युरोपका कन्सर्टहरूबाट जम्मा भएको रकमबाट उनी गाउँमा स्कुल र पुल बनाउनेदेखि काभ्रे, काठमाडौं र सिन्धुपाल्चोकका पीडित माझ थेरापी कन्सर्ट गरिरहेका छन् ।
‘मुलुकबाहिर हुँदा यताको भन्दा दोब्बर पीडा हुँदो रहेछ,’ भक्तपुरको बोडे क्याम्प, काभ्रेको रोशी मावि कटुन्जे र कानपुर मावि कालापानीमा कन्सर्ट सकाएर फर्केका राजुले भने, ‘सहनै नसकिने ।’
उनलाई यतिविधि पीरमा पार्नुको कारण उनकी आमा पनि हुन् । भूकम्प आउँदा उनकी आमा आफन्तको छेवारका लागि बौद्धबाट गाउँ पुगेकी थिइन् । आफन्तको घरै भत्कियो, आमा पनि पुरिइन् । पाँच दिनपछि मात्रै उद्धार भएर काठमाडौं ल्याइएकी आमा दुई महिना थलिएर बल्ल तंग्रिँदै छिन् । ‘भूकम्पबाट धेरैले आमा गुमाए,’ राजु भावुक बने, ‘यस्तोमा हामी कलाकार हात बाँधेर बस्ने कुरै भएन ।’
भूकम्पको केही दिनपछि नै राजु र सारंगीवादक श्याम नेपालीले न्युयोर्कमा एउटा योजना बुने । फेसबुक, युट्युबदेखि ट्वीटरसम्मका सामाजिक सञ्जालबाट विश्वभर नेपाल सम्बन्धी मन रुवाउने दृश्यहरू छ्यापछ्याप्ती भइरहेकै थिए । भूकम्पमा दिवंगत र पीडितहरूको सम्झनामा गर्न लागेको सांगीतिक कार्यक्रम भएकाले श्यामले पहाडी परिवेशको याद दिलाउने धुन
बजाए सारंगीमा, राजु गाउन तयार भए– ‘आमा तिम्रो दीर्घायुको प्राथना गर्छु ...।’ श्यामले यसरी मन छुने गरी सारंगी रेटे कि, राजुले गाउनै सकेनन् । ‘गला अवरुद्ध भएर आयो,’ राजुले सम्झिए, ‘अस्पतालको ओछ्यानमा पल्टिरहेकी आमालाई सम्झेँ, भूकम्पमा दिवंगत भएकाहरूलाई सम्झेँ । केही समय त गाउनै पो सकिनँ ।’
कन्सर्ट भव्य बन्यो । केही पैसा उठ्यो । यसपछि राजुले आइडिया लाए । उनी लगायतको टिमले अमेरिकामा अब खानेकुरा बेच्न थाल्यो । चकलेट र केकका परिकारहरू । ‘यो अभियानबाट मात्रै साढे चार लाख रुपैयाँ उठेछ,’ राजुले सुनाए, ‘अब गाउँघरको लागि थप पैसा जोहो गर्ने योजना बनाएँ ।’
यही क्रममा उनले न्युयोर्कमा अर्को कन्सर्ट गरे । जर्मनी, स्वीट्जरल्यान्ड र साइप्रससम्म पुगे । फुड बजार नामक कम्पनीले राजुको अभियानबाट प्रभावित भएर एकै पटक २० हजार अमेरिकी डलर सहयोग दियो । अहिले यही सहयोग रकमबाट राजु पुल र स्कुल पुनर्निर्माणमा लागिपरेका छन् ।
सिन्धुपाल्चोकका याङरी खोला, ङ्याल्दुङ खोला लगायतमा गरी उनले तीनवटा पुल बनाउन लागेका हुन् । यसबाहेक बरुवाका तीन र बोथाङका पाँच वटा स्कुलमा शैक्षिक सामग्री वितरण गरेका छन् । ती स्कुललाई पुनर्निर्माणका लागि समेत उनी सहयोग जुटाउँदै छन् । ‘नतानूँ त तानूँ लाग्ने...’, ‘हल्ला चलेछ...’, ‘यो जुनीमा तिमीलाई....’ जस्ता गीत यी गायकलाई मंगोलियन हार्टका बबी लामा, सन्तोष लामा, दीपेन्द्रमान सिंह, किरण नगरकोटी, पवन कपाली लगायतको साथ मिलिरहेकै छ ।
‘विपद्को घडीमा समाजका सबै अंग सकारात्मक सोचका साथ क्रियाशील हुनुपर्छ,’ उनले भने, ‘झन् संगीत भनेको मन–मनलाई जोड्ने पुल हो । अहिले यस्तै पुलहरू बनाउने प्रयासमा छु ।

0 comments:
Post a Comment