Saturday, July 4, 2015

इजरायल भ्रमणको तयारीमा साउदी राजकुमार !!

जेरुसलेम अषाढ १९ ,२०७२
साउदी अरबका राजकुमार तालल बिन वालीदले अचानक अस्ति बिहिबार यहुदी देश इजरायलको ७ दिने भ्रमण गर्ने निर्णय गरेको भन्दै जेरुसलेम पोस्ट अनलाइनले जनाएको छ | जब कि मुस्लिम विश्व र यहुदी देश इजरायल बीच बर्षौ देखिको दुश्मनी रहेको छ |

अझै अचम्म लाग्दो कुरा साउदी राजकुमारले छिमेकी देश इजरायलसंगको सुमधुर सम्बधले विश्वमा शान्ति अमनचयन कायम राख्नु ठुलोभूमिका खेल्ने छ भन्दै आफ्नु भ्रमणको सन्देश सबै मुस्लिम दाजुभाई तथा दिदिबहिनिलाइ भन्दै सम्बोधन गरेका छन् |
भनिन्छ राजनीतिक मन्चमा कहिले पनि स्थायी शत्रु र मित्रु हुदैन | स्थायी स्वार्थ हुन्छ , ठिक यहि कुरा लागु हुदैछ |
राजकुमारको भ्रमण कहिले हुन्छ त्यो समय निश्चित छैन तर चाडै हुने सम्भावना देखिन्छ |
भ्रमणकोक्रममा राजकुमार ताललले पुरानो जेरुसलेममा रहेको अल अक्सा मस्जिदको पनि दर्शन गर्ने कार्यक्रम रहेको छ |
साथै इजरायलले पनि आफ्नु प्रतिरक्षा प्रणाली आइरनडोमको प्रबिधि साउदी अरबलाइ प्रदान गर्ने सम्भावना जेरुसलेम पोस्ट अनलाइनले जनाएको छ |
मध्यपूर्वमा आइएसआइको बढदो आतंकबादी गतिबिधि नियन्त्रण गर्नु साउदी र इजरायलको एकता जरुरि जस्तो देखिन्छ |
हुनु त साउदी अरब र इजरायल बीच अहिले सम्म ५ पटक बार्ता भैसकेको छ गोप्यरुपमा सन् २०१४ देखि इटाली,चेक, र भारतमा |
गोप्य कूटनीतिकको नतिजा स्वरूप ५४ बर्ष देखिको दुश्मनी अपनाउदै आएको अमेरिका र क्युबा बीच भखरै सम्बन्ध पुनःस्थापित भएको छ | इकोशी डेक्स

0 comments:

Post a Comment