Wednesday, July 29, 2015

भारतीय एसएसबीसहित नेपालभित्रै आएर नेपालीमाथि गरे सांघातिक आक्रमण

काठमाडौं, १२ साउन - नेपाली भूमीबाट बगेको कुलो भारतीयले जबरजस्ती भत्काइ दिएपछि पर्साको ठोरीमा सोमबार दिनभर नेपाली र भारतीय बिच झडप भएको छ।



नेपाल भारत बिचको सीमामा रहेको ठुटे खोलाको कुलोको पानीको विषयमा विवाद हुदा भारतीयहरुले नेपाली भूमी भित्रै पसेर नेपालीमाथि आक्रमण गरेका हुन् । भारतीयहरुको आक्रमणबाट एक जना प्रहरी जवान सहित चार जना गम्भिर घाइते भएका छन्।

घाइते हूनेहरुमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी जवान नन्द लाल महत्तो , पर्सा निर्मलवस्ती २ घर भएका नेपाल प्रहरीका भुपु हवल्दार नारायण प्रसाद पाठक, निर्मलवस्ती १ रामनगरका चन्द्र बहादुर मिजार र त्यही ठाँउका तिलक बहादुर बस्नेत रहेका छन् ।

उनीहरु मध्ये प्रहरी जवान महत्तोको टाँउको फुटेको र उनलाइ थप उपचारका लागि चितवनको भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक ध्रुब बहादुर श्रेष्ठले जानकारी दिए । ठुटे खोला क्षेत्रमा सोमबार बेलुकी सम्म भारतीयहरुले ढुंगामुढा गरेको स्थानीय रामशरण लामिछानेले बताए ।

अन्नपूर्ण पोष्टमा समाचार छ: सीमा पारिको भीखना ठोरीमा रहेका भारतीय सीमा सुरक्षा बल एसएसबीको बेस क्याम्पका सुरक्षाकर्मीहरुको आडमा भारतीयहरुले नेपालको सीमा क्षेत्रमै पसेर नेपालीहरु माथि आक्रमण गरेको लामिछानेले बताए । एसएसबीले बन्दुक ताकेर बसे । अनि भारतीयले अन्धाधुन्द ढुङगा बर्साए, उनले भने ।
नेपाली भूमीमा रहेको ठुटे खोलामा तीन वटा कुलो छ । तीन वटा कुलो मध्ये दूइ वटा कुलो भारतको एकवा र भवानीपुरका किसानले तथा बाँकी अर्को कुलो पर्साको निर्मलवस्ती गाविसको नयाँवस्ती, रामनगर र बुद्धनगरका किसानहरुले प्रयोग गर्दै आएका छन् ।

लामो समय देखिको खडेरीका कारण धान रोप्न नपाएपछि निर्मलवस्तीका किसानले शनिवार भारत तर्फ बगेको कुलो थुनेर आफनो गाँउ तर्फ फर्काएका थिए । त्यसकै निहुमा भवानीपुरका भारतीयहरुले आइतवार भारतको जमुनियाबाट किनमेल गरेर घर र्फकदै गरेका निर्मलवस्ती र ठोरीका चार जना नेपालीलाइ कुटपिट गर्दै सामान खोसेपछि विवाद शुरु भएको हो ।

0 comments:

Post a Comment