Wednesday, July 22, 2015

अमेरिकाको ‘मस्ट वान्टेड’ सुचीमा परेका नेपाली अपराधी पंकज जोशी

साउन । इन्टरनेशनल क्रिमिनल पोलिस अर्गनाइजेशन अर्थात् इन्टरपोलमा प्रकाशित सुचीमा अमेरिकाले सर्वाधिक खोजी गरेका व्यक्तिको सुचीमा नेपाली अझै पक्राउ परेका छैनन् ।  उनीहरु अमेरिकाले केही वर्षदेखि सर्वाधिक खोजी गरेका ‘मस्ट वान्टेड’ सुचीमा रहेका छन् । पक्राउ गर्न नसकेका फरार अपराधीलाई  विश्वब्यापी रुपमा नै खोजी गरेर पक्राउ गर्ने उद्देश्यले इन्टरपोलमा सुची जारी गरिन्छ ।


अमेरिकाले मस्ट वान्टेडको सुचीमा राखेका एकजना नेपाली हुन्, पंकज जोशी । उनले झण्डै साढे ५ वर्ष अगाडि अमेरिकामा लोटरी ठगी गरेको अभियोग लगाइएको छ । १ मिलियन डलरको लोटरी ठगी गरेपनि उनी बेपत्ता भएपछि अमेरिकाले उनलाई अहिलेसम्म नै सर्वाधिक खोजी गरेका व्यक्ति ‘मस्ट वान्टेड’को सुचीमा राखेको छ । अमेरिकामा मात्र होइन, विश्वब्यापी रुपमा उनलाई खोज्नका लागि इन्टरपोलमार्फत उनको नाम ‘मस्ट वान्टेड’को सुचीमा राखिएको हो ।

त्यस्तै अविशेष सिंह नामको ३५ वर्षीय नेपालीलाई पनि अमेरिकाले इन्टरपोलमार्फत ‘मस्ट वान्टेड’ सुचीमा राखेको छ । सन् १९७८ मा नेपालमा जन्मिएका सिंहको उचाई १ दशमलव ७८ मिटर रहेको छ भने उनको वजन ८६ केजी रहेको छ । कालो कपाल र काला आँखा भएका उनीमाथि लगतार यौन दुब्र्यवहार गरेको , बलात्कार गरेको , बच्चाहरुसँग यौन सम्पर्क गरेको र १६ वर्षभन्दा मुनीका बच्चाहरुलाई मुख मैथुन गराएको लगायतका अभियोग लगाइएको छ ।

को हुन् पंकज ?
पंकज जोशी अमेरिकी सपना बोकेर अमेरिकामा छिरेका एक युवक हुन् । सन् १९८४ मा जन्मेका पंकज नेपालको काठमाडौं निवासी हुन् । इन्टरपोलमा जारी सुचना अनुशार उनी १ दशमलव ७३ मिटर अग्ला रहेका छन् भने उनको वजन ६६ किलो रहेको छ । कालो कपाल र खैरा आँखा भएका पंकजलाई फ्रड गरेर लोटरीको पुरस्कार दावी गरेको अभियोग लगाइएको छ ।टेक्सासको ग्रोसरी स्टोरमा काम गर्ने पंकज ठगीमा संलग्न हुँदा २५ वर्षका मात्र थिए । उनले एकजना ग्राहकको १ मिलियन डलर लोटरी जितेको टिकट झुक्याएर हात पारी आफैले त्यो रकम निकालेर फरार भएका थिए ।

१ मिलियन डलरको लोटरीको रकम हात पारेपछि उनी अमेरिका नै छाडेर बेपत्ता भएका थिए । पंकजले एकजना ६७ वर्षका विलिस विलिसको मेगा मिलियन मेगापिलर टिकट हात पारेका थिए । विलिसले आफ्नो टिकटमा रकम परे नपरेको जाँच्न पंकजलाई दिएपछि पंकजले रकम नपरेको बताउँदै टिकट हात पारेका थिए । त्यसपछि उनले टेक्सासको अस्टिनमा रहेको लटरी दावी गर्ने कार्यालयमा पुगी ७ लाख ५० हजार डलर लिएका थिए । त्यसपछि उनी बेपत्ता भए ।

डल्लास नजिकैको लक्की फुड स्टोरमा काम गर्ने पंकजले ठगेको कुरा त्यतीबेलामात्र थाहा भयो, जतिबेला उनको स्टोरबाट किनिएको लोटरीमा १ मिलियन डलर परेको कुरा सार्वजनिक भयो । पंकज आर्लिंङटनमा युनिभर्सिटी अफ टेक्सासका विद्यार्थी समेत थिए । उनले त्यो स्टोरमा ५ वर्षदेखि काम गर्दै आएका थिए । उनी दोषी ठहरिएमा २० वर्षसम्मको कैद सजाय हुन सक्छ भने न्यायाधिसले उनका लागि १० मिलियन डलरको धरौटी तोकेको छ ।

पंकजले लोटरीको टिकटबाट ठगेको रकम विभिन्न बैंकहरुमा ट्रान्सफर गरेका थिए । ३ लाख ८५ हजार डलर विभिन्न बैंकमा पठाउन सफल भएपनि उनको बैंक एकाउण्टबाट ३ लाख ६५ हजार डलर भने सरकारी अधिकारीहरुले नियन्त्रणमा लिएका थिए । यसरी फरार पंकजलाई अहिलेसम्म पनि अमेरिकाले इन्टरपोलमार्फत मस्ट वान्टेडको सुचीमा राखेको छ । अमेरिकाले इन्टरपोलमार्फत मस्ट वान्टेडको सुचीमा राखेका उनीमात्र एकजना नेपाली हुन् ।

के हो इन्टरपोल ?
इन्टरपोल अपराध नियन्त्रणका लागि स्थापित अन्तर्राष्ट्रिय प्रहरी संगठन हो । यसमा विश्वका १ सय ९० देशहरु सदस्य रहेका छन् । इन्टरपोल संयुक्त राष्ट्रसंघपछिको दोश्रो अन्तरदेशीय संगठनका रुपमा विश्वविख्यात रहदै आएको छ । इन्टरपोलका अहिलेका सेक्रेटरी जनरल रोनाल्ड नोबल हुन् । इन्टरपोलले जनसुरक्षा, आतंकवाद नियन्त्रण, युद्ध अपराध, तस्करी नियन्त्रण लगायतका क्षेत्रमा काम गर्दै आएको छ । कुनै अपराधीको विश्वब्यापी खोजी चलाउनुपरेमा इन्टरपोलले सहयोग गर्दै आएको छ ।

इन्टरपोलले कुनै व्यक्तिका बारेमा रेड नोटिस जारी गरिसकेपछि उसलाई पक्राउ गर्नका लागि आफ्ना सदस्य देशहरुलाई जानकारी गराउँछ । इन्टरपोलले रेड, ब्लु, ग्रिन, एलो, ब्ल्याक , अरेन्ज र पर्पल नोटिस जारी गर्दै आएको छ । तर सबैभन्दा चर्चित रेड नोटिस रहेको छ ।विश्वब्यापी रुपमा कसैको नाममा वारेन्ट जारी गर्नुपरेमा इन्टरपोलले अहिले रेड नोटिस जारी गर्दै आएको छ ।

समाचारमा उल्लेखित व्यक्तिहरुका नाममा पनि रेड नोटिस नै जारी गरिएको हो । मस्ट वान्टेड व्यक्तिका लागि इन्टरपोलले रेड नोटिस जारी गर्छ । त्यस्तै कुनै आपराधिक कृयाकलापमा संलग्न व्यक्ति कहाँ रहेको छ भन्नेमात्र पत्ता लगाउनुपर्ने छ भने इन्टरपोलले उसका नाममा ब्लु नोटिस जारी गर्छ । त्यस्तै कसैलाई आपराधिक कृयाकलापको बारेमा चेतावनीमात्र दिनुपर्ने भएमा उसका नाममा ग्रिन नोटिस जारी गरिन्छ ।  कुनै हराइरहेको व्यक्तिको बारेमा जानकारी चाहिएको खण्डमा एलो नोटिस जारी गरिन्छ ।

0 comments:

Post a Comment