Saturday, July 4, 2015

शरीरलाई तन्दुरुस्त राख्नका लागि नयाँ व्यायाम चर्चित छ– जुम्बा डान्स् ।

काठमाडौं, असार १९ - सहरहरू शैलीमा बाँचेका हुन्छन् । सहरबासीबासिका अनेक बान्की छन् जिउने । आहारविहारदेखि आनीवानीसम्मको व्याकरण हुन्छ यिनीहरूको । तर आधुनिकताको रफ्तारसँगै यस्ता व्याकरणका नियमहरू भने बदलिरहेका हुन्छन् । जस्तो हिजोआज राजधानीमा शरीरलाई तन्दुरुस्त राख्नका लागि नयाँ व्यायाम चर्चित छ– जुम्बा डान्स् ।


केही वर्षयता राजधानीमा जुम्बा डान्स कक्षा सञ्चालन गर्ने थुप्रै ‘क्लव’ खुलेका छन् । तिनमा सयौं शहरवासी दिनहुँ व्यायाम गरिरहेका छन् । सन् १९९० तिर कोलम्बियाली डान्सर तथा कोरियोग्राफर बेटो पेरेजले विकास गरेको यो व्यायामले नेपालीको पनि मन जितेको छ । डान्स र एरोबिक्सको मिश्रित यो रुप चल्तीका अरु व्यायामभन्दा पृथक छ । ‘एउटै खाले व्यायाम गर्दा मानिसहरू वाक्क थिए,’ जुम्बा प्रशिक्षक द्वय हिमाली पुन र शशिकला पुनले भने ‘एक घण्टामा बलिउड, साल्सा, मेरेन्गुवे, माम्बो र हिपअप संगितका साथ डान्स गराइने हुँदा यस व्यायामप्रति आकर्षण बढ्दो छ ।’ जुनसुकै उमेरका महिला तथा पुरुषले जुम्बा नृत्य गर्न सक्ने उनीहरूको भनाइ छ । ‘यो स्वतन्त्र रुपमा समेत गर्न सकिन्छ,’ उनीहरूले भने ।

0 comments:

Post a Comment