Tuesday, July 7, 2015

यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु !

घरमा सुख र शान्ति र समृद्धि रही रहे यसको लागि पुरानो समयदेखि कयौं परम्परा प्रचलित छन् । यो परम्परा अलग अलग बस्तु र कामसँग जोडिएको हुन्छ । सबैको घरमा केही न केही वस्तु टुटेफुटेको हुन्छ । बेकार हुन्छ । फेरी कुनै कुनामा परि रहन्छ । ७ यस्ता बताईएको छ जो टुटफुट अवस्थामा घरमा नराख्नु राम्रो हुन्छ । यदी यस्ता चीज घरमा रहेसम्म नकारात्मक असर परिवारको सबै सदस्यमा हुनेछ । जसले गर्दा मानसिकतनाव बढ्छ र काममा गती नै बन्दैन ।यस कारण धनसम्बन्धी कार्यमा पनि असफलता मात्रै हात लाग्छ । घरमा दरिद्रताको आगमन हुन सक्छ ।



थाहापाई राख्नुहोस् ति सात कुराहरु
१.टुटेफुटेका भाँडाकुँडा
प्राय मानिसहरु कुनै न कुनै बेला काम लाग्न सक्छ भनेर टुटे फुटेका भाँडाकुँडा घरका कुना कुनामा राख्ने गरेका हुन्छन् । तर त्यसरी टुटेफुटेका सामान घरमा राख्नाले लक्ष्मी बेखुशी हुन्छिन् र दरिद्रताको प्रवेश हुन सक्छ । त्यसैले टुटेफुटेका भाँडाकुँडा घरमा राख्नाले काम नलाग्ने बस्तुले घरफोहर देखिनुका साथै बास्तु दोष उत्पन्न हुन्छ ।फलस्वरुप अनिष्ट मात्र हुन्छ ।
२. टुटेको ऐना
टुटेको ऐना राखनु वास्तुको अनुसार एक ठूलो दोस हो । यस दोसको कारण घरमा नकारात्मक उर्जा सक्रिय हुन्छ । अथवा परिवारका सदस्यलाई मानसिक तनावका सामना गर्नुपर्छ ।
३.टुटेको पलङ
वैवाहिक जीवनमा सुख शान्ति को लागि जरुरी हुन्छ कि पतिपत्नीका पलङ टुटेको नहोस् । यदी पलङ ठीक छैन भने पतिपत्नीको वैवाहिक जीवनमा अनेकौं व्यवधान हरु आउने सम्भावना बढ्दै जान्छ ।
४.खराब घडी
खराब घडी घरमा राख्नु हुँदैन । यसले के जनाउँछ भने घडीको स्थितिबाट हाम्रो घरपरिवारको उन्नती प्रगति हुन्छ । यदी घडी सही छैन भने परिवारको सदस्यको काम पुरा गर्नमा बाधा पर्ने र सामाना गरेका कामपनि समयमै पुरा नहुने आदी हुन्छ ।
५.टुटेफुटेका तस्बिर
घरमा टुटेफुटेका तस्बीर हरु छन् भनेपनि हटाई हाल्नु पर्छ । बास्तुका अनुसार यस्ता बस्तु दोष युक्त मानिन्छ ।
६.टुटेका झ्यालढोका
मुख्य ढोका झ्यालढोका पनि टुटेका छन् भने तिनीहरुलाई पनि फेर्नु या मर्मत गरिहाल्नु पर्छ यसले पनि नकरात्मक उर्जा प्राप्त गर्छ शुभकार्य हुन दिँदैन ।
७.टुटेफुटेका फर्नीचर
दैनिक प्रयोगमा आउने फर्निचरहरु पनि टुटेफुटेका छन् भने तिनलाई पनि मर्मत गरिहाल्नु राम्रो किनकी वास्तु अनुसार टुटेका फुटेका चिजबस्तु सँगालि राख्नु शुभ मान्दैन । घरमा समस्या मात्रै देखिन्छ । कुनै पनि काम तुरुन्त सफल हुँदैन ।एरेडियोअडियो डटकम बाट साभार गरियको ।

0 comments:

Post a Comment