Thursday, July 9, 2015

यौन प्रस्ताव अस्वीकार गर्दा साइप्रसमा नेपाली महिलामाथि ‘एसीड’ प्रहर

साईप्रसमा घरधनिको शारिरीक यातनाबाट एक नेपाली महिला गम्भिर घाईते भएकी छिन । यौन प्रस्ताव अस्वीकार गरेपछि बुटवल घर भएकी एक महिला आफुले काम गर्दै आएको घरधनिको यातनाबाट घाईते भएकी हुन् । रोजगारीको शिलशिलामा साईप्रस आएकी उनी साईप्रसको पापोसमा घरेलु कामदारको रुपमा कार्यरत थिईन । घरधनिले पटक–पटक यौन दुव्र्यवहार गर्ने गरेको र प्रतिकार गर्दा हानीकारक पदाथ क्लोरिन प्रहार गरी घाइते बनाएको पीडितले गुनासो गरिन । घाईतेको यहाँकै पापोस स्थित जनरल अस्पतालमा भर्ना गरिएको छ भने पीडकलाई प्रहरीले पक्राउ गरेको छ । 
 
 
घाईतेले पिडकलाई कारबाही गराउन र उचित क्षतिपुर्ति दिलाउनका लागी साईप्रस स्थित नेपाली समुदाय, बाणिज्य दुतावास तथा एनआरएनए साईप्रसलाई आग्रह गरेकी छिन । मासिक पारिश्रमिक ३ सय १४ युरोमा काम गर्न मञ्जुर भई आएका उनी निलकमल म्यानपावर कम्पनी सिनामंगलबाट साइप्रस आएकी थिइन । ४ लाख २५ हजार म्यानपावरलाई बुझाएर त्यहाँ पुगेकी उनी म्यानपावरलाई आफ्नो समस्या बारे पटक पटक जानकारी गराउँदा पनि कुनै चासो नदेखाएको गुनासो गरिन ।

आफ्नै देशमा रोजगारी नपाएपछि पारिवारिक समस्यालाई टार्न विदेशीएकी महिलाहरु यौन शोषणको शिकार हुनुपरेको छ । बैदेशिक रोजगारमा केहि अवसर र सुविधाहरु त छन तर सोही अनुपातमा यतिबेला बैदेशिक रोजगारी असुरक्षित बन्दै गईरहेको छ ।’ साइप्रसमै कार्यरत नेपाली छिमी ल्हमु शेर्पाले भनिन । उनले थपे ‘महिलाहरु माथि यौन शोषणका घटनाहरु बढ्दै गएको छ । यस तर्फ राज्यले पनि सोच्नुपर्ने बेला आएको छ ।’ ‘उनी प्रतिनिधी पात्र मात्रै हुन यहाँ घरेलु कामदारका रुपमा आउने अधिकांश महिलाहरुले यस्तै पीडा वोक्नु परेको छ ।’ छिमी ल्हमु भन्छन् । राम्रो तलब भत्ता, अन्य बिकसित मुलुकमा सजिलै जान सकिने प्रलोभन देखाउँदै म्यानपावर एजेन्सीहरुले साईप्रसको लागी लाखौँ रुपैंया असुलेर विशेष गरि महिलाहरुलाई पठाउने गरेका छन् । म्यानपावर कम्पनिहरुले साईप्रसको लागी ४ देखि ७ लाखसम्म असुल्ने गरेपनि ८० हजारको मात्र रसिद दिने गरेको पिडितहरु बताउँछन । साईप्रसमा ३ हजार ५ सयको हारहारीमा नेपालीहरु कार्यरत छन तर यहाँ नेपाली दुताबास नहुँदा उनीहरु मारमा पर्ने गरेका छन् । शारिरीक, मानसिक यातना, यौन दुर्व्यवहार, श्रमशोषणबाट दिनहुँ जसो हिंसाका घटनाहरु हुनेगरेको पीडित नेपाली महिलाहरु बताउँछन् । उजूरी तथा गुनासो सुन्ने कुनै निकाय नहुँदा मारमा परेका छन ।
 
नेपाल सरकारले साईप्रसको लागी श्रमस्वीकृती दिएपनि व्यवस्थित, सुरक्षित बनाउन नसक्दा समस्या झेल्नु परेकाले थप व्यवस्थित र दूतावास समेत स्थापना हुनुपर्ने यहाँ कार्यरत नेपालीहरुले माग गरेका छन् । 

0 comments:

Post a Comment