Monday, July 20, 2015

प्रबिना गोले उपचार सहयोग अभियान:

प्रबिना गोले (नमूना) बिगत सात बर्षको रेडियो गण्डकीको यात्रामा राम्रो रेडियो प्रस्तोता वा समाचारवाचक (तामाङ, थकाली, गुरुङ र नेपाली भाषामा) मात्रै नभएर डेस्क सम्पादकको कुशल भूमिका निर्वाह गरिसकेकी एक कुशल संचारकर्मी हुन् । तथापी आज उक्त जिम्मेवारीबाट टाढा बस्न बाध्य छिन् । माओवादी द्वन्द्वकालको मध्यचरणतिर कलिलो उमेरमा बन्दुक बोकेर योद्धाको परिचय बोकेकी उनले सिन्धुपाल्चोकको ठोकर्पा भिडन्तमा देब्रे हात गुमाएकी थिइन् । उतिबेला लागेको थियो ‘वाह जीवन होस् त यस्तो पो, कठोर संघर्षको बीचमा पनि सत्तिसालझैं ठिङ्ग उभियोस् जीवन, बल्ल पो इतिहासका पानामा नामहरु अटाउन सम्भव हुन्छन् ।


ललितपुरको चन्दनपुर गाविसमा जन्मेकी उनको उमेर अहिले २५ मात्र भएको छ तर संघर्षका यात्राको भोगाई उनीसँग धेरै जेष्ठको छ । एउटा अचम्मको रहस्यमय कुरा, बिगत चार महिनादेखिको निरन्तर उपचार र अनेक मेडिकल टेष्टहरुमा पनि उनको रोग पत्ता लाउन नसक्नु । उनका श्रीमान सुदिप भन्छन्, “डाक्टरहरु शंकाको भरमा अनेक तेष्टहरु गराई रहेका छन् । सबै टेष्टहरुबाट रिपोर्ट नर्मल आउदा के रोग लागेको थाहा हुन सकेको छैन ।” त्यसैमा थप्दै नमूना भन्दै थिइन्, “कम्तिमा यो रोग लागेको छ भनेर भनेको भए उपचार हुदै छ है भनेर मनमा ढुक्क त हुन्थ्यो । तर खै अब बाच्दिनं होला नेपालमै उपचार गरेर त । बाहिर जान पैसा पुग्दैन । मैले कसलाई पैसा दिनु भनेर भन्न जानु ।” निकै भाबुक उनको बिरामी स्वर निस्किदै थियो । उनी शारीरिक पीडालाई पीडामा नै सकेसम्म दबाउने र अरुलाई नदेखाउने गर्दै थिइन् तर खपिनसक्नुको पीडामा, आफै बाहिर निस्किरहन्थ्यो !

बि.एण्ड.बि. अस्पतालले प्रारम्भिक चरणमा उनलाइ मुटु सुन्निएको भनेपछि उपचार गरियो, समस्या हल भयो । त्यसपछि खुट्टाहरु बिस्तारै टेक्न नमिल्ने भए । नसाको समस्या भनेपछि उनी न्युरो अस्पताल पुगिन् । उक्त अस्पतालले उनलाई हड्डीको समस्या भनेपछि फेरि बि.एण्ड.बि. फर्किइन् । विभिन्न रोगहरुको जाँच गरियो हड्डीको समस्याबारे विभिन्न शंका गर्दै बोन टीबी भएको भनी जाचेर हेर्दा, रिपोर्ट negative आए । अनि फेरि शरीरको तल्लो भाग चल्ने र सामान्य सहयोगमा हिड्न सक्ने भए तर माथिल्लो भाग चलाउन नमिल्ने । कुनै डाक्टरले अपरेशन गरेर हेर्नुपर्छ भन्ने, कुनैले औषधि उपचार पछी निको हुन्छ भन्ने खाले अनेक डाक्टरका कुराले झन् के गर्ने थप अन्यौल । रोग समेत पत्ता नलगाउदा नै पाँच लाख उडिसक्यो, थप उपचार गर्न इण्डिया जान खोज्दैछिन् जसको लागि १० देखि १५ लाख आबश्यकता देखिन्छ । डाक्टरको भनाइ अनुसार, रेडियोमा घन्टौ सम्म बोलेर कार्यक्रम चलाउन नसकिने बताइएको छ । तर उनको इच्छा पत्रकारितालाई नै निरन्तरता दिने रहेको इच्छा ब्यक्त गरिन् ।

तामाङ सन्चार समुहद्धारा तामाङ प्रसारण दिवसको अवसरमा यसअघि परस्कृत समेत भइसक्नु भएको नमूना “मान्छे एक प्रतिभा अनेक” भनेर मान्न सकिन्छ । उनी साहित्यको कुनै पनि विधामा अत्यन्तै राम्रो सँग खुल्न जान्दछ । बिशेष गरे कबिता र गजलमा उनी अत्यन्तै दखल राख्दछ । लेख र समाचारहरु अत्यन्तै मिलाएर लेख्न जान्दछ । कुनै पनि सामाजिक, समसामयिक, र राजनैतिक बिषयमा अत्यन्तै स्पष्ट बिचारसहित आफू प्रस्तुत हुन सक्षम छिन । कम्प्युटर टाईपिङमा दुइ हात चलाउनेको भन्दा उनको एक हातको छिटो औला चल्ने गर्छ ।

जीवनप्रतिको माया र मोह सबैलाई हुने गर्छ । यस्ता विलक्षण प्रतिभाहरुलाई फुल्ने अर्को मौका, जीवन दान नै हुनसक्छ । त्यसको लागि हामी सम्पूर्णले सहयोगको लागि हात बढायौ भने, असम्भब भने छैन । मन खुम्चाउने होइन, खुलाउनुपर्ने बेला आएको छ । हाम्रो एक सानो सहयोगमा उनको जीवन अडिएको छ !

सायद आफन्तको आवश्यकता त्यतिबेला जरुरी हुन्छ, जब उसलाई समस्या पर्दछ । आज उनलाई सहयोगको आवश्यकता छ । हामी सबै जुटे उनलाई बचाउन सकिन्छ । हेटौडाको अर्थो अस्पतालबाट सुरुभएको उपचारयात्रा विरगंजको ट्रमा सेन्टर, काठमाडौं न्युरो अस्पताल हुँदै यतिबेला बि.एण्ड.बि.मा अलपत्र परेको छ ।

उनको सहयोगार्थ भएका अहिलेसम्मका आह्वान र पहलहरु:
-आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको तर्फबाट ५ हजार रुपैयाँ आर्थिक सहयोग र प्रबिना बचाउको लागि आव्हान
-उपचार सहयोगार्थ कोष खडा गर्ने तामाङ सन्चार समुहले निर्णय गरेको छ । सम्पुर्ण नेपाली दाजूभाइ तथा दिदी बहिनीलाई सहयोगका लागि तामाङ सन्चार समुह आह्वान पनि गर्दछ ।
-गोले तामाङ बंश उत्थान समाजबाट पनि सहयोगको लागि बचन प्रतिबद्धता व्यक्त
-घिसिङ समाज नेपालबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता
-हेल्दी सिटिजन नेपालबाट सहयोग गर्ने प्रतिबद्धता
-युएई तामाङ समाजको प्रतिनिधि महासचिब जितेन्द्र गोलेबाट पनि रिपोर्ट पाइसके पछी सहयोग गर्ने बचन प्राप्त
-विभिन्न संघसस्था तथा व्यक्तिबाट सहयोग गर्ने बचन प्राप्त

यी माथिका पहल र आव्हानहरुमा सम्पूर्ण नेपाल तथा प्रबासमा रहनुभएका संघ-सस्था, व्यक्ति र प्रिय महान मनहरुले यस्ता विलक्षण प्रतिभालाई यथाशक्य सहयोग गरी पिडित चेलीलाई उद्धार गर्ने महान कार्यमा सहयोग गरौ । हामी सबैको संयुक्त प्रयास रह्यो भने उनको लागि चाहिने खर्च निकै चाडो जुट्ने छन् । हामी सम्पूर्ण सहयोग दाताहरुको नाम र प्राप्त रकम निरन्तर अपडेट गरिरहने छौ । सहयोग नै धर्म हो र दया नै पुन्य हो ।

प्रबिनाबारे पछिल्लो यथार्थ जानकारी लिनको लागि यी व्यक्तिहरुसँग निरन्तर सम्पर्कमा रहन हामी हार्दिक अनुरोध गर्न चाहन्छौ !
सन्चार समुहका अध्यक्ष जगत दोङ :९८५१०५४१०४
सन्चु ब्लोन ९८४१६९६२८२
माणिकलाल घिसिङ तामाङ :९८४९६४५६९८
काजिमान घिसिङ :९८५१०१६५०२
प्रबिना गोले (नमूना) :९८४६२१६९४६

0 comments:

Post a Comment