Monday, July 6, 2015

माग्नेबुढा, मुन्द्रे र कमलवलीलाई कार्यक्रम स्थलबाटै प्रहरीले लग्यो

धादिङबेसी । यूनिसेफको सहयोगमा रेडियो नेपालले गर्दै आएको भन्दै सुन्दै कार्यक्रम आज धादिङबेसीमा रेकर्ड भएको छ । नीलकण्ठ उच्चमावि प्राङ्गणमा भएको कार्यक्रममा नीलकण्ठ र बालमन्दिरका विद्यार्थीहरु सहभागि भएका थिए । बैशाख १२ गतेको भुकम्पले गरेको क्षेति र त्यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्यगत समस्यालाई न्यूनिकरणका लागि कार्यक्रम गर्न राष्ट्रि कलाकारहरु धादिङबेसी आएका हुन् । जनचेतना मुलक रेडियो कार्यक्रम सुन्दै सुनाउँदै रेकर्ड गर्न आएका नेपालका चर्चित हास्य एवम् गायीकाहरुले आप्mनो प्रस्तुतिहरु देखाएका । हाँस्य कलाकाहरु जीतु नेपाल ‘मुन्द्रे’ र केदार घिमिरे ‘माग्ने बुढा’ ले जनचेतना मुलक शन्देस व्याङ्गात्म शैलिले प्रस्तुत गरेका थिए । OLYMPUS DIGITAL CAMERAनेपालका चचिर्त जादुगरले बिद्यार्थीलाई चकित पार्दै करिब ७ आइटमका जादु देखाउँदा दर्शकको हाँसो रोकिएको थिएन । त्यस्तै स्वरकी धनी कमल वलीले पनि भरपूर मनोरन्जनात्मक शैलिले जनचेतना शन्देश प्रवाह गरेकी थिईन । 


OLYMPUS DIGITAL CAMERAकमल वलीको गित सकिन नपाउँदै कार्यक्रम स्थलमा प्रहरी पसेर कमलवली, माग्नेबुढा र मुन्द्रेलाई अनुमति नलिई कार्यक्रम गरेको भन्दै सिडियोले ल्याउनु भन्नु भाछ तुरुन्त आफुहरु सँग जान निर्देशन गरे नीलकण्ठ उमाविका शिक्षक ध्रुर्व अधिकारीले यो कार्यक्रमको सम्पूर्ण व्यवस्थापन स्कुलले गरेको र कार्यक्रम विद्यार्थी केन्द्रित भएकोले अवरोध नगर्न आग्रह गरे तर प्रहरीले मानेन र उनीहरुलाई सिडियोकोमा लानै पर्ने बताए ३ जना कलाकारलाई सिडियो कार्यालय लगियो । यस पछि एकाएक कार्यक्रममा खल्लो पन आएको थियो । प्रहरीको मन लाग्दी जिल्ला प्रहरी कार्यालय धादिङ डिएस्पी प्रकाश मल्ल एक कुशल र क्षमतावान डिएसपी मध्य एक मानिन्छन् । उनले बैशाख १२ गते को भुकम्प पछि अतुलनिय रुममा प्रहरी परिचालन पनि गरे । तर उनले आफुभन्दा तल्लो निकायका प्रहरीलाई सहि निर्देशन दिन नसक्दा सामान्य केशहरुमा चुक्दै OLYMPUS DIGITAL CAMERAआएका छन् । यस्तै घटना मध्य एउटा घटना यस कार्यक्रलाई पनि लिन सकिन्छ । 

कार्यक्रममा नीलकण्ठ उमावि र बालमन्दीरका सम्पूर्ण विद्याथीहरु उपस्थित थिए त्यसमा पनि हास्य कलाकार आउने भने पछि सदरमुकामबासी नपुग्ने कुरै भएन नीलकण्ठ उमावि खचाखच भरिएको थियो । कार्यक्रमको उद्धश्य थियो, खानाखानु अघि र पछि हात धुनुपर्ने, चर्पी बनाउनु र सहि प्रयोग गर्न सिकाउने र त्यो कार्यक्रम रेकर्ड गरि रेडियो नेपालबाट प्रसारण गर्ने । जिल्ला शिक्षा कार्यालयबाट, प्रशासनबाट स्वीकृती विना कार्यक्रम गरिएको भन्दै राष्ट्रिय स्तरका कलाकारलाई समातेर लानु कति उचित ? प्रकाश मल्लले सहि समयमा सहि डिसिजन गर्न सकेनन् यस विषयमा । यस्तै प्रहरीको गेटै अगाडी देखाउँदै आएको जादु नामक ठगी गर्ने खेल अहिले नगरपालीका रहेको भवन नजिकै देखाईन्छ । दिनहुँ जादु भन्दै खेल देखाउने र मसानको करामत हो पैसा नदिए हेर्नेहरु सबैलाई मसानले दुख दिने भन्दै दर्शक सँग रकम अशुल्ने काम भै रहेको छ । विद्यालयले जनचेतना मुलक कार्यक्रम गर्न प्रशासनको अनुमति लिनु पर्ने अनि जादुका नाममा दिन दहाडै बजारमा मान्छे ठग्न अनुमति नचाहिने ? यस्ता विषयमा डिएसपि मल्लले ध्यान दिनु पर्ला कि

0 comments:

Post a Comment