Monday, July 6, 2015

अब बन्दुक पाए प्रचण्डको पुर्पुरो छेडिदिन्छु । पूर्व लडाकुको दर्दनाक बयान

०५५ को हाराहारीमा उनी प्रायः तासको खाल र गाऊँका स्थानीय भट्टीहरुमा भेटिन्थे । केले यस्तो बनायो थाहा छैन । ०५६, ५७ तिर आइपुग्दा कुरा काट्ने मान्छेहरु भन्न थाले– त्यस्तो मान्छे त यसरी सुध्रिएछ– पार्टी त राम्रै रछ कि क्या हो ? कस्तो भलाद्मी, कति मीठा कुरा जानेको, अब त देश, जनता र हाम्रो पनि प्रगतिको कुरा गर्न थालेछ । उनी अर्थात अमृत खड्का ( भोला ) माओवादीमा भूमिगत हुँदाताकाका गाउँलेका कुरा हुन् यी । आज तिनै अमृत जीवन र मरणको कहालीलाग्दो अवस्थामा छटपटाई रहेका छन् । उनको जीवन कथा उनकै मुखवाट सुन्दा आँसु नझार्ने सायदै होलान् । आप्mनो प्रस्तुतिको हरेक पलमा सैन्य संस्कार र बोलीचालीको छनक दिने खड्कासँग कुराकानी गर्दा उनी धेरै पटक मुर्छित र क्रोधित भए । एउटा युद्धको सिपाही यस्तो अवस्थामा पाउँदा को भावव्यहोल नहोला ? कुनै बेला उनको बायाँँ हातमा एफएम रेडियो, दायाँ हातमा संचार सेट, कम्मरमा ग्रिनेटहरु र काँधमा घलेसी पारेर उनिएको एसएलआर बन्दुक वा एके फोर्टिसेभेन आदि हुन्थ्यो रे । साथमा केही पार्टी नेता भनाउँदा र सेनाहरु पनि । लहेलहैमा उनले युद्धको वाटो रोजे । निम्न वर्गीय किसान परिवारमा युवा जोसका बखत उनी तत्कालिन जनयुद्ध नाम दिइएको सशस्त्र द्वन्दमा होमिए । वेरोजगारीको पीडा, नाजुक आर्थिक अवस्था, र निरासाकाबीच उनले युद्ध रोजे । र, उनले यसलाई जनमुक्तिको यात्रा ठाने । यात्राका दौरानमा धेरै हण्डर र कष्ट भोगेको वताउँछन् उनी । भन्छन, ‘रातरात भर हिउँमा हिड्नु पथ्र्यो, खानुन–पिनुसँग दगुरेका दिनहरु धेरै छन् । अघौंजी खान विरलै पाइन्थ्यो ।’ उनी झन् विगतको दुख भित्र छिरे । ‘म प्राविधिक फाँट तिर थिएँ । बम बनाउने र पड्काउन सिकाउने । धेरै मोर्चाहरुमा लडें । त्यस वेलाका सहयोद्धाहरुको याद आउछ ।


एकदिन युद्धमोर्चामा बम बनाउँदा बनाउदै पड्केर ठाउँका–ठाउँ साथीले चिलिमखायो ( म¥यो ) । जनताको घरको चोटामा फलामे खम्बाको टुक्रामा ‘माइन’ हालेर बम बनाउदै थिएँ , स्प्रिङ मिस भएर झण्डै गाउँ नै ध्वस्त भएको ।’ उनले सम्झिए । पछिल्लो भिडन्त भने चौतारा भिडन्त हो रे उनको । यही भिडन्त नै उनको जीवनको निरासा यात्राको दोवाटो भैदियो । चौतारावाट भिडन्तपछि उनी आप्mनो थातथलो फर्के । पार्टीमा नफर्कने नीधो गरे । युद्धयात्राकै क्रममा उनले मेलम्चीकी सहयोद्धासँग जनवादी बिहे पनि गरे । समय क्रमसँगै एउटा छोरो पनि भयो । दुख भित्र सानो खुसी भित्रियो । तर, उनले सोचे जस्तो भएन घर । श्रीमतीलाइ छाडेर उनी पोखराका कोल्डस्टोरहरुमा आलु वोक्न गए, रोजीराटीको लागि । आलु बोकेरै भए पैसा कमाउने र घर धान्ने धोकोसँगै छोरालाई राम्रो बोर्डिङ पढाउने चाहाना । तर पैसा त के ‘टीबी रोग’सँगै निरासाका पोकाहरु लिएर घर फर्कन बाध्य भए भोला । केही महिनादेखि उनी हल न चल भएर ओछ्यान परेका छन् । उपचार त के जचाँउने पैसासम्म छैन उनीसँग । यही भाद्र ११मा छिमेकि राजकुमार सुबेदी र समाजसेवी एमाले नेता तिलक राउतको सहयोगमा उनको स्वास्थ्य जाँच भएको छ । डक्टरले ‘स्थिति गम्भीर’ भनेको छ । उनी भने धेरै बाँच्ने आस मरेको गुनासो गर्छन् । बाँच्ने आस त छैन, साथी भाइहरुको सहयोगले बाँचे छुट्टै कुरा ।’ उनको गहभरी आँसु देखियो । एउटा योद्धाको आँखामा आँसु सुहाउँदो रहेनछ । घरमा सुरुका दिनमा ७० बर्षकि बुढि आमा, श्रीमती , काखे छोरो र उनी हुन्थे । रमाइलो र आशालाग्दो थियो युद्धवाट फर्केको सिपाहीको सानो सुखी परिवार । दैव लाग्यो या भाग्यले ठग्यो, जव उनि विरामी शरिर लिएर घर फर्के त्यसपछि दुखका दिनहरु सुरु भए । अहिले छोरो चार बर्सको भयो । अमृतको जिउमा रगत सुक्दै गएको छ । सिट्ठो जस्तो भएर सुकेको छ शरीर । घर बाहिर भित्र गर्न निकै कठिन छ उनलाई । उनी लामो समय रोगले थलिने अवस्था छ । यो कठिन परिस्थितिमा भोलाको स्याहारसुसार छाडेर काखको छोरोको समेत ख्याल नराखी गाउँकै एक नातेदार सँग सल्किछन् । आज उनकी श्रीमती कहाँ छिन्, उनैलाई थाहा छैन । अमृत भन्छन्, ‘म चाहिं घरमा श्रीमती, छोरो, आमा छन् भनेर आप्mनो रोगी शरीरको पनि ख्याल नराखी पोखरामा आलु बोकेरै भए पनि घर परिवार खुसि पार्छु भनेर लागेँ । तर आफ्नै भनेकीले अप्ठेरो परेको बेला छाडेर गई ।’ श्रीमती पनि उनलाइ पार्टीले नै भिडाएको अरे । ‘पार्टी भित्रकै एउटाले फसायो ।’ उनले भने, ‘उ बेला पैसाको भारी बोकेर उठ्न नसक्दा अरु साथीहरुले घचेटी दिन्थे । आज आफ्नै उपचार गरेर केही बढी बाँच्न पनि पाइएन, कस्ले जान्दोरहेछ र भविष्य । तर आज नाकमा वसेको झिँगा धपाउन नसकिने दिन आयो, धन्य दैव । तालुमा हात राख्दै उनी पोखिए, ‘भतभती छाति पोल्छ । सायद अब बाँच्दिन होला ।’ न राज्यले हे¥यो, न त पार्टीले ‘कुनै स्वार्थ नराखी देश र जनताको मुक्तिका लागि भनेर लडियो । अहिले आएर न पार्टीले हे¥यो न राज्यले ।’ भोलाले पीडा पोखे, ‘हँुदै नभएका मान्छेहरुले द्वन्द पीडितको राहत पाए, हामी जस्तालाई कसैले हेरेन ।’ ‘अब त राहतको पनि आश छैन । बाँचे पो राहत । मरे सरह बाँचेको जिन्दगीलाइ के गर्नु त्यो जाबो मासुको मोल गरेर दिइएको राहत नामको ज्याला ?’ अहिले उनलाई कोही भेट्न आउदैनन् । ‘मनमा अनेक कुरा खेलाउँदा खेलाउँदै बौलाउछु जस्तो लाग्छ । टाउकै पड्केला जस्तो हुन्छ । एकमुख पानी दिने पनि कोहि हुँदैन ।’ उनकै भाषामा, ‘पापिनीले छाडेकी यहि प्यूसो छोराको मुख हेर्छु, भोकाएर रुन्छ, खान्की बनाएर दिन सक्दिंन, पिंडिको पल्लो छेउमा आमा रोइरहेकी हुन्छिन् । एउटाले अर्काको मुख हे¥यो, रोयो, वस्यो ।’ छोराको भबिश्यप्रति चिन्तित भोलाले लामो स्वास तान्दै भने, ‘एकदम राम्रो दिमागको छ । आफूले पढाउन सकिंन । कसैले लगे पनि हुन्थ्यो । यसको जीवन त बन्थ्यो होला ।’ ‘दाजुभाइहरु आ–आफ्नो धुनमा कताकता छन् थाहा छैन । मलाइ जस्तो पीडा सायद कसैलाइ छैन होला यो संसारमा । सबै सम्झँदा बर्मन्नी फुटेर आउछ ।’ भोलाका आँखावाट अबिरल आँशु वर्सन्छ । उनी युद्धमा जनतालाई दुख दिएकोप्रति अहिले नराम्ररी पच्छुताउँछन् । ‘पाँच महिना अघि नै नेता गाउँ आउँदैछ भन्ने उर्दि हुन्थ्यो । गाई, गोरु, राँगा, भैंसी, खसी बाख्रा काटेर सुकुटी बनाइराख्न लाउंथे । नेता भन्नेहरु बजारको मन्सुली चामल नखाने, गाउँको लोकल जनताको घरवाट खोजेर होइन खोसेर ल्याउथ्यो । खोरमा बाँधेको खसी ‘ल्याप्प फुकाएर झयाप्प’ काट्थ्यो । पैसाको कुरै हँुदैनथ्यो ।’ जनताको घरमा बुइगलमा कोपरामा हगेर हिंड्थे ।’ ‘अहिले पार्टी फुटेको छ । मलाई त फिटिक्कै नौलो लागेको छैन । उतीबेलै पनि फुटेकै जस्तो थियो । अहिले त लाग्छ फटाहा, तस्करी, घुसखोरीको पार्टी भएको छ माओवादी । योसँग मानवियता भन्ने नै छैन ।’ भोलालाई माओेवादीको अहिलेको पाराप्रति निक्कै आक्रोश पनि पोखे, ‘के गर्नु मर्ने भइयो, मलाई त लाग्छ एसएल आर वा एके फोर्टी सेभेनले यी तस्करी, घुसखोरी, र फटाहाको चण्डिपुर्पुरो छेड्ने थिएँ ।’ उनले भने, ‘मैले अरु पनि म जस्तै विजोग भएका साथीहरु हुनुहुन्छ भन्ने सुनेको छु । हाम्रै गाउँका करमानको पनि अवस्था हरिविजोग छ भन्ने सुनेको छु । हामीजस्ता त्यागी कार्यकर्ताहरुको आँसुले वाटो नछेकोस । यो मुलुकको प्रगतिका लागी

0 comments:

Post a Comment