Tuesday, July 7, 2015

काठमाडौमा ग्याङ्ग फाईटमा संलग्न गुण्डाहरु पक्राउ :

मिति २०७२-३-२१ गते विहान ०१ः३० बजेको समयमा का.जि.का.म.पा. १ दरबारमार्ग स्थित आई क्लब अगाडी सार्वजनिक सडक खण्डमा धन कुमार तामाङ समुहका गुण्डा ४ जना र विश्व क्रान्ति सिंह समुहका गुण्डा ३ जना व्यक्तिहरु व्याङ्ग फाईट गरि अशान्ति मच्चाई रहेको अवस्थामा मनप्र वृत्त दरवारमार्गवाट खटिएको गस्ति टोलीले पक्राउ गरि निजहरु उपर केहि सार्वजानिक अपराध मुद्धामा जिल्ला प्रशासन कार्यालयवाट दिन ७ को म्यादथपको अनुमती लिई अ.अ कार्य जारी रहेको ।





पक्राउ परेका प्रतिवादीहरुको विवरण :

१. जि. ओखलढुंगा मुलखर्क ४ घर भई का.जि. बौद्ध बस्ने बल बहादुर तामाङको छोरा वर्ष ३० को धन कुमार
तामाङ 
२. जि. सिन्धुपाल्चोक दुवोचौर ८ घर भई हाल का.जि. जोरपाटी बस्ने विरु तामाङको छोरा वर्ष ३८ को सुविश तामाङ
३. जि. दोलख गैरीमुदी ३ घर भई हाल का.जि. बौद्ध बस्ने यम बहादुर तामाङको छोरा वर्ष २४ को अजय तामाङ
४. जि. झापा विर्तामोड ५ घर भई हाल का. जि. जोरपाटी बस्ने कृष्ण बहादुर भट्टराईको छोरा वर्ष २६ को युवराज भट्टराई 
५. जि. मकवानपुर हेटौंडा न.पा. ४ घर भई हाल ल.पु.जि. सानेपा बस्ने गुण बहादुर सिंहको छोरा बर्ष ४४ को विश्व क्रान्ति सिंह 
६. जि. सिन्धुपाल्चोक स्वारा ३ घर भई हाल का.जि. जोरपाटी बस्ेन दमन बस्नेतको छोरा वर्ष २४ को संगित बस्नेत 
७. ल.पु.जि.ल.पु.उ.म.पा. ५ घर भई हाल ऐ.ऐ. ४ बस्ने कान्छाभाई ग्वालाको छोरा वर्ष ३१ को शिव ग्वाला

0 comments:

Post a Comment