Saturday, December 27, 2014

सेलब्रिटीको जस्तै सुन्दर छाला बनाउन चाहनु हुन्छ ? यो तरिका अपनाउनु होस् !!!

हरेक टेलिभिजन कार्यक्रम अथवा फिल्ममा देखिने महिला सेलिब्रिटीहरु हेरेर को प्रभावित नहोला र ?


विशेषतः यी सेलिब्रिटीहरुको पहिरन शैली र छालाको चमक देखेर । सेलिब्रिटीको चम्किरहेको, दाग–धब्बा बिनाको छालाले धेरै मानिसहरुलाई आकर्षित गरिरहेको हुन्छ । सेलिब्रिटीको जस्तो छाला पाउन चाहनुहुन्छ भने यहाँ दिइएको तरिका अपनाउनुहोस्ः

१. क्लिन्जिङ, टोनिङ र माइस्चुराइजिङले हाम्रो छालालाई सेलिब्रिटीको जस्तो निखार प्रदान गर्दछ । त्यसकारण यसलाई हामीले धेरैजसो गर्नुपर्ने हुन्छ । क्लिन्जिङले हाम्रो छालाबाट धुलो निकाल्न मद्दत गर्दछ र छालालाई अतिरिक्त चिल्लो प्रदान गर्दछ । टोनरले तेललाई निकालेर पोर्स बन्द गर्ने गर्दछ । गुलाब जल भन्दा राम्रो टोनर तपाईंले कहिँ पनि पाउनुहुन्न । त्यसकारण क्लिन्जिङ, टोनिंग पछि मोइस्चुराइजरको प्रयोग अवश्य गर्नुहोस् ।

२. हप्तामा एकपटक स्क्रबिङ पक्कै गर्नुहोस् । यसले अनुहारको मृत छाला अर्थात डेड स्किनलाई निकाल्ने गर्दछ । यसका लागि ओलिभ ओइलमा थोरै चिनि हालेर स्क्रब गर्नुहोस् अथवा आफ्नो छालाअनुसारको केमिकल पिलिङ गराउनुहोस् ।


३. आफ्नो छालालाई अझ बढि चमकदार बनाउनका लागि भिटामिन सी सोरमद्वारा मसाज गर्नुहोस् । यो सजिलै सँग कुनै पनि पसलमा पाइन्छ ।

४. तपाईंको छालालाई नरम बनाउनका लागि नरिवलको तेलले अनुहार मालिस गर्नुहोस् । दैनिक राती सुत्नुभन्दा अगाडि यसो गर्नाले तपाईंको छाला नरक हुने गर्दछ ।

५. सधैँ सनस्क्रिन लगाउनुहोस्। चाहे गर्मी होस् या जाडो । छालालाई सूर्यको यूभी किरणलाई बचाउनुहोस् ।

६. सन्तुलित आहार खानुहोस् र दैनिक निकै पानी पिउनुहोस् ।

७. र दैनिक सात घण्टा अनिवार्य निदाउनुहोस् ।

0 comments:

Post a Comment