Saturday, December 27, 2014

सलमानको यी १० गोप्य तथ्य तपाईलाई थाहा छ ?

मुम्बई । बलिउड स्टार सलमान खानले डिसेम्बर २७ का दिन आफ्नो जन्मदिन मनाएका छन् । उनको ४९ वर्षअघि मध्य प्रदेशमा जन्म भएको हो । तर उनी अझै अविवाहित छन् । जन्मदिनको अवसरमा उनले पनवेलको आफ्नै फार्महाउसमा एक भव्य पार्टी दिए ।


पार्टीमा बलिउडका चर्चित कलाकारहरुको उपस्थिति थियो । अमिताभ बच्चन, शाहरुख खान, ऋतिक रोशन, प्रियंका चोपडा, सोनाक्षी सिन्हालगाउतले भने उनलाई शुभकामना सन्देश पठाएका थिए ।

यी नै नायक सलमान खानबारे केही तथ्य यस्ता छन् :
१.सलमानको पुरा नाम अब्दुल राशिद सलमान खान हो । उनी खासमा लेखक बन्न चाहन्थे ।

२.सलमान हिरो हुनुअघि स्वीमर खेलाडी थिए । उनी स्कुल पढ्दा भारतको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए ।

३.अहिले उनी ग्यालेक्सी अपार्टमेन्ट मुम्बईमा बस्दछन । यसबाहेक उनको पनवेलमा एक फार्महाउस पनि छ र दुबईको जुमैरा गाँऊमा एक अकर्षक घर पनि छ ।

४.सलमानलाई मनपर्ने अभिनेता सिल्वेस्टर स्टेलोन र अभिनेत्री हेमा मालिनी हुन ।

५.सलमानले अहिलेसम्म अनस्क्रिन लिप लक सीन वा किसिङ सीन दिएका छैनन ।

६.सलमानलाई चाइनिज खाना बिशेष मन पर्छ । मुम्बईको चाइना गार्डेन उनलाई मनपर्ने रेष्टुरेन्ट हो ।

७.सलमानले फिल्म हेल्लो ब्रदरमा पहिलोपटक पाश्र्वगायन गरेका थिए ।

८) सलमान ट्रिगेमिनल न्युरेल्जिया नामक रोगबाट ग्रसित छन् । यसलाई सुसाइड रोग पनि भनिन्छ ।

९.सलमानले डेजी इरानीको इन्स्चिच्युटमा साजिद खान र चंकी पान्डेसँग अभिनय सिकेका थिए ।

१०.सलमान खानका लगातार पाँच फिल्मले सय करोडको व्यापार गरेको छ, जो कुनै नायकले गर्न सकेका छैनन् ।

0 comments:

Post a Comment