Saturday, December 27, 2014

टुल्केको नायिका रजनी गुरुङमाथि यौन शोषण भएको खुलासा

काठमाडौँ,पौष । टलकजंग भर्सेस टुल्केमा एउटा बेडसिन छ । प्रसँग त्यही बेडसिनको हो । दर्शकहरुले मज्जा मानी मानी हेर्ने बेडसिन गर्न कलाकारहरुलाई चाहिं निकै सास्ती हुने गर्दछ ।


सामान्यतय बेडसिन गर्न महिला कलाकारहरुलाई बढी अप्ठ्यारो महसुस हुन्छ । हाम्रो सामाजिक सोंचका कारण पनि यो स्वभाविक हो । तर टलकजंग भर्सेस टुल्केमा भने यो ठीक उल्टो छ । पहिले यो चलचित्रमा रजनी गुरुङ र प्रभाकर न्यौपानेबीचको बेड सिन खिचिएको थियो ।

टलकजंग भर्सेस को पहिलो प्रोमोमा पनि उक्त बेडसिनको दृश्य राखिएको थियो । तर बेडसिनलाई लिएर रजनीलाई भन्दा प्रभावकरलाई बढी तनाव हुन थाल्यो,लोक लाजका कारण । त्यसैले उनी बेडसिनलाई हटाउन पाए हुन्थ्यो भन्ने मनस्थितिमा थिए । उनको त्यो अप्ठ्यारो निर्देशक निश्चल बस्नेतसम्म पुग्यो । प्रभाकरको संयोगले हो कि निश्चलको काममा १०० प्रतिशत खोज्ने बानीले हो,चलचित्रको सम्पादन सकेर पनि केही दृश्य फेरि खिच्नुपर्ने भयो ।

त्यही लटमा प्रभाकरले दिएको बेडसिन पनि अर्कै कलाकारलाई दिन लगाइयो । यसबाट प्रभाकरलाई त राहत भयो होला तर दोस्रोपटक त्यही पनि अर्को पुरुषसँग सुत्नुपर्दा पर्दामै भए पनि रजनीमाथि भने अन्याय नै भएको स्वयम् प्रभाकर न्यौपानेले सुनाए ।

यसरी प्रभाकरको इज्जत जोगाउँन भट्टी साहुनिको भूमिकामा रहेकी रजनीले अन्याय खेपेर हाँसी खुशीले दिएकी बेडसिन कस्तो छ त ? त्यसका लागि त टलकजंग भर्सेस टुल्के हेर्न जानुको विकल्प छैन । यो चलचित्र अहिले पनि केहि हलमा प्रदर्शन भैरहेको छ ।

0 comments:

Post a Comment