Thursday, December 11, 2014

सिन्धुपाल्चोक जुरे घटनाको पिडा प्रमिलाको गीतबाट व्यक्त (भिडियोसहित)

काठमाडौं, मंसीर २४ – २०७१ साल श्रावण १६ गते सिन्धुपाल्चोको जुरेमा त्यहाँका बासिन्दाहरुले अकल्पनीय घटनाको सामना गर्नु पर्यो ।


मध्यरातको समयमा उर्लेर आएको बाढी र पहिरोले धेरै गाउँलेहरुको धनजनको क्षति गर्यो । कयौं स्थानीयहरु घरबारबिहिन भए भने कतिले आफन्तहरु गुमाउनु पर्यो । कयौं बेपत्ताहरुको श्वासलास समेत पनि प्राप्त गर्न सकिएन । अत्यन्त हृदयविदारक घटना घटित भएको थियो त्यस रात सिन्धुपाल्चोको जुरेमा । सम्झँदा गाउँवासीहरुको अहिले पनि जिउ नै सिरिंङ्ग गर्दो हो ।



यसै सत्यतथ्य घटनालाई गायिका प्रमिला तामाङले गीतको माध्यमद्वारा पुनः त्यस घटनाको स्मरण गर्न खोजेकी छिन् ।   गीतको शब्द केन्जीङ् तामाङले सृजना गरेका छन् । किन बस्छौं ।।।।।बोलको यस गीतलाई इन्द्र आशीले संगीतबद्ध गरेका हुन् । अजय रेग्मीको छायाँकनमा यस म्युजिक भिडियोको निर्देशन र सम्पादन डेकोन पिक्चरका क्रान्ति केसीले गरेका छन् । त्यन्त मार्मिक र घटना स्थलमा नै छायाँकन गरिएको यस म्युजिक भिडियोमा प्रकाश र राशीले अभिनय गरेका छन् ।

0 comments:

Post a Comment