Saturday, December 27, 2014

अब जापानी युद्धका कथा नेपाली भाषामा

काठमाडौं । दोस्रो विश्वयुद्धपछि जापानी नागरिकले भोगेका पीडा र ब्यथाहरु नेपाली दर्शकले नेपाली भाषामै हेर्न पाउने भएका छन् ।


जापानी फिल्म निर्देशक ओइखावा योसिहिरोको निर्देशन र खाचुवा साबुरोउले निर्माण गरेको चलचित्र हिमावारी -सूर्यमुखी)लाई नेपाली भाषामा डब गरिएको छ । ‘जापानी भाषा नबुझिएला कि भनेर चिन्ता गर्नु पर्दैन, नेपाली भाषामै जापानको कथा हेर्न पाइने भएको छ ।’ एशिया प|mेण्डसिपका अध्यक्ष समेत रहेका अनोज शाक्यले अनलाइनखबरसँग भने । पेशाले जापानी भाषा अनुवादक समेत रहेका शाक्यले फिल्म निर्माता कम्पनिवाट जापानमा प्रदर्शनका लागि सम्झौता गरेका छन् ।

नेपाली फिल्म बितरकले यो फिल्मलाई नेपालमा प्रदर्शन गर्न चाहेमा आफुले सहजीकरण गरिदिने उनले बताए । ‘मैले जापानको लागि वितरणको जिम्मा लिएको छु, नेपालमा कसैले फिल्म चलाउन चाहन्छ भने म सहयोग गर्न तयार छु ।’ उनले भने । दोस्रो विश्वयुद्धपछि जापानी नागरिकले भोगेको पीडाहरु यस फिल्ममा प्रस्तुत गरिएको छ । विश्वमा शान्ति फैलियोस भन्नका लागि ‘सूर्यमुखी’ लाइ नेपाली भाषामा अनुवाद गरिएको उनको भनाइ छ । यस चलचित्रमा नागाचुखा, क्योजो, सुगा केन्ता, नोनेन रेना, फुकुदा साकी लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।

0 comments:

Post a Comment