Friday, April 1, 2016

सिके राउत इन्काउन्टरमा मारिए,मधेसमा हिंसा भड्किने सम्भावना

काठमाडौं । एक टेलिभिजनमा दिएको अन्तर्वार्ता विवादित बनेपछि गृह मन्त्रालयको ठाडो निर्देशनमा डा. सिके राउतलाई इन्काउन्टर गरिएको छ । इन्काउन्टरमा परेका डा. राउत मधेसलाई नेपालबाट अलग्याउने अभियानको संयोजक हुन् ।


उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले इन्काउन्टरमा पार्नुपर्ने फेसबुक स्टाटस सार्वजनिक भएपछि एमाओवादीकै नेतासमेत रहेका गृहमन्त्री शक्तिबहादुर बस्नेतको ठाडो निर्देशनमा डा. राउत इन्काउन्टरमा परेका हुन् । यद्यपि, प्रहरी उच्च स्रोतले यसबारे केही बोल्न चाहेको छैन ।

डा. राउत इन्काउन्टरमा परेको खबर सार्वजनिक भए काठमाडौं र मधेसमा हिंसा भड्किने त्रासले खबर गोप्य राख्नु परेको गृहसचिव नारायणगोपाल मलेगोले बताए । यद्यपि, गृहसचिव मलेगोले पनि घटनाबारे केही बोल्न चाहेनन् ।

प्रत्यक्षदर्शीका अनुसार डा. राउतलाई राजधानीको माइतीघर मण्डलाबाट पिछा गरेको सिआईबीको एक टोलीले धोबीखोला केरिडोरमा आज दिउँसो २ बजे गोली हानेको हो । सादा पोशाकमा खटिएका प्रहरीका एक टोलीले गोली लागेलगत्तै राउतलाई एक जिपमा हालेर अन्तै लगेका छन् ।

घटना भएको जानकारी पाएलगत्तै मधेसमा उपराष्ट्रपति पुत्रको पुत्ला दहन गरिएको छ । र, मधेसका विभिन्न भित्री भागहरुमा हिंसाजन्य क्रियाकलाप भइरहेको छ । मधेसबाट कुरा गर्दै एक राउत समर्थक कार्यकर्ताले भने, ‘यो सिधैं उपराष्ट्रपति पुत्र दीपेशको योजनामा गृहमन्त्रालयले घटाएको घटना हो । यसैले हामीले उनको पुत्ला दहन गरेका छौं र थप सशक्त आन्दोलन गर्दै जानेछौं ।’

हाल मधेसमा थप हिंसा भड्किने भएकाले सशस्त्र प्रहरी र नेपाल प्रहरी हतियारसहित बाक्लो उपस्थितिमा परिचालन गरिएको छ । गृहमन्त्रालयले हिंसा भड्किए सेनासमेत परिचालन गर्न लागेको र त्यसका निम्ति राष्ट्रपति विद्यादेवी भण्डारीसहित सेना प्रमुखसँग गोप्य छलफल भइरहेको स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईंले नपत्याउनुस्, किनभने आज एप्रिलफुल हो । र, यसखाले समाचार विशेषगरी तपाईंकै निम्ति तयार पारिएको हो ।