Tuesday, June 30, 2015

सनब्लक क्रिमले अनुहार बिगार्न सक्छ , यो पढ्नुहोस् !

गर्मी सँग सँगै घामको ताप पनि बढेको छ। घामले छाला डढाउने हुदाँ त्यसलाई रोक्ने भन्दै बजारमा विभिन्न सनब्लक क्रिमहरु छ्यापछ्याप्ति पाइन्छ। घामबाट आउने हानिकारक किरणहरुबाट बच्नका लागि सनब्लकको प्रयोग अति आवश्यक मानिन्छ। घरबाट बाहिर निस्किदा मात्र होइन घर भित्र बस्दा समेत सनब्लक प्रयोग गर्न जरुरी रहेको चिकित्सकहरु बताउँछन्।


नियमित रुपमा सनब्लकको प्रयोग गर्नाले मुहारमा आउने अनावश्यक चाउरीपनालाई हटाउने उनीहरुको दाबी छ। धुलोमा हिडँदा अनुहार चिलाउने समस्या छ भने पनि त्यसलाइ सन ब्लकले हटाउने चिकित्सकहरुको तर्क छ।
उमेर अनुसार प्रयोग गर्ने विभिन्न कम्पनीका सनब्लकहरु अहिले बजारमा उपलब्ध छन्। विशेषगरी नेपालमा भारतीयसाथै चाइनिज फिलिपियन्स,कोरियन सन ब्लक पाइने व्यापारीहरुले जानकारी दिएका छन् ।
नेपालमा पनि सनब्लक बन्ने कम्पनीहरु छन्। नेपालमै बनेका सनब्लकहरु अन्यको तुलनामा सस्तो हुने लगनखेलका व्यापारी दिपेन्द्र कुशवाहले बताए। नेपाली कम्पनीले १ सय ५० देखि ४ सयसम्म पर्ने सनब्लक उत्पादन गर्छन। हाल बजारमा ७० रुपैँया देखि ३५ सयसम्मका सनब्लकहरु आएका छन्।

पपैया, एलोभेरा, विभिन्न फलफुल र हर्र्बका सनब्लकहरुले छालालाई क्यान्सरबाट बचाउँन सहयोग गर्छन। सनब्लकको एसपिएफ प्लस जति बढी भयो त्यति महँगो हुने चिकित्सकहरुले बताए ।  विशेषगरी कोरियन र भारतीय  सनब्लकहरु नेपालमा बढी बिक्रि हुने गर्छन।

धेरै मानिसहरुको रोजाइमा हर्बलका उत्पादनहरु पर्ने गरेको व्यापारीहरु बताउँछन्। आफूहरुले छालाको प्रकार हेरेर सन ब्लक बेच्ने गरेको व्यापारीले बताए। किन्न आउनेहरु पनि आफ्नो छाला चिल्लो,सुख्खा र सामान्य के छ त्यही अनुसार माग्ने गरेको न्युरोडका अर्का व्यापारी संजय शाहले बताए।

सनब्लक किन्नु अघि त्यसको अन्तिम मिति हेरेर मात्र किन्नु पर्छ।  प्रयोग गर्ने मिति सकिएको सनबल्क प्रयोग गर्दा छालामा बिभिन्न प्रकारका रोगहरु देखा पर्न सक्छन्।  सस्ता खालका सनब्लकहरुले केही घन्टा मात्र काम गर्छन।

महँगो सनब्लकले धेरै समयसम्म मुहारलाई मुलायम र चम्किलो बनाइ राख्ने चिकित्सकहरु बताउँछन् ।  छालामा देखिने अनावश्यक समस्याहरुबाट बच्नको लागि सनब्लक निकै प्रभावकारी मानिन्छ ।

जुनसुकै केमिकल प्रयोग गरेको फेसियल क्रिम(सनब्लक) प्रयोग गर्दा छालामा भने केही नै केही साईड असर भने गरेको नै हुन्छ।  तर बजारमा बाहिर आएको हल्ला जस्तो छालामा क्यान्सर भने विरानै मात्रामा हुने वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर सञ्जु बाबु श्रेष्ठले बताए।

सनब्लकको प्रयोग गर्दा घामले गर्दा हुने एलर्जी, चायाँपोतो, कालो दाग, तिलकोठीबाट बच्नको लागि यसको प्रयोग गर्नुपर्छ। यसको प्रयोग गर्दा यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ।
कालोपनको नियन्त्रणको लागि पनि यसको प्रयोग गर्न मिल्ने श्रेष्ठले बताए।

साथै यसको प्रयोगबाट अनुहार रातो हुने, फोका उठ्ने, एलर्जी हुने, आगोले पालेको जस्तो हुने र अनुहारले सनब्लकको म्याच गरेन भने डन्डीफोर बढी आउने र अनुहार नै बिग्रन सक्ने श्रेष्ठले बताए।

त्यसैले चिकित्सकको सुझावका आधारमा मात्र सन ब्लक प्रयोग गर्न पनि डाक्टर श्रेष्ठले सुझाव दिएका छन्।

जिन्जि प्लुत् अर्थात जय नेपाल अर्थात सबै सक्यो !

बहुभाषिक मुलुकमा बनेको स‌विधानमा न भाषानीति छ, नत मातृभाषामा शिक्षा नै ।

जिन्जि प्लुत् अर्थात जय नेपाल । तामाङ भाषामा ‘जिन्जि’को अर्थ ‘सक्यो’ हुन्छ । ‘प्लुत’ अनुकरात्मक शब्द हो जसको अर्थ ‘सबै’ वा ‘भएभरको’ भन्ने हुन्छ। “जिन्जि प्लुत्” सबै सक्यो भन्ने अर्थ लाग्छ। हाल प्रयोगमा देखिएको “सकिगो नि” जस्तै। तर यसको प्रयोग तामाङहरुबीच “जय नेपाल”को अर्थमा हुन थाल्यो, तर कसरी ?

२०५१ सालको कुरो हो । ध्यानबहादुर मोक्तान र म रेडियो नेपालमा ४:०५ को तामाङ समाचार वाचन गरेर नयाँ बानेश्वर हुँदै डेरा लाग्ने गर्दथ्यौं। नयाँ बानेश्वरतिर कतै नेपाली कांग्रेस पार्टीको कार्यालय थियो र नयाँ बानेश्वर चोकमा कांग्रेसी तामाङ युवाहरु भेटिन्थे। चुनावमा टिकट वितरणको अवसर थियो। साथी ध्यानबहादुरका बुबा जेलनेल भोगेका कांग्रेसी नेता हुनाले ध्यानजीलाई धेरैले चिन्थे। उनी तामाङ ‘भाषामा टिकट पायो कि पाएन’ भनेर सोध्ने गर्दथे। जवाफ हुन्थ्यो “जिन्जि प्लुत” !

यो क्रम एक हप्ता जति चल्यो । यसपछि कांग्रेसी साथीहरुसँग भेट हुँदा “जय नेपाल”को अर्थमा “जिन्जि प्लुत” भन्ने थेगो नै चल्यो र चली नै रह्यो। यस पालि सिटौलाले संविधानमा भाषालाई “जिन्जि प्लुत” गरिदिए।

“गाई खाने भाषा नबोल” भनेर फेरि पनि तपाईंलाई आरोप लगाउन सकिनेछ । जिन्जि प्लुत !
नेपालको संविधान, २०७२ मस्यौदामा भाषा, शिक्षा र संस्कृतिसम्बन्धी प्रावधान-

१. प्रस्तावनाः … “बहुभाषिक” शब्दको प्रयोग ।

२. धारा ६ राष्ट्भाषाः “नेपालमा बोलिने सबै भाषाहरु राष्ट्भाषा हुन् ।”

३. धारा ७ सरकारी कामकाजको भाषाः (१) “देवनागरी लिपिमा नेपाली भाषा नेपाल राष्ट्रको सरकारी कामकाजको भाषा र संघ र प्रदेश तथा प्रदेशहरुबीचको सम्पर्क भाषा हुनेछ ।” (२) “प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी भाषालाई कानुनबमोजिम सरकारी कामकाजको भाषा चयन गर्नेछ ।”

४. धारा ३६ शिक्षासम्बन्धी हक धारा ३६(५) “नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायले आफ्नो मातृभाषामा माध्यमिक तहसम्म शिक्षा प्राप्त गर्न कानुन बमोजिम विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्न हक हुनेछ।”

५. धारा ३७ भाषा तथा संस्कृतिसम्बन्धी हक धारा (१) प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुनेछ । (५) नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सास्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्वर्धन गर्ने हक हुनेछ ।

बस्, बहुभाषिक मुलुकमा भाषासम्बन्धी धारा यत्ति हो। हामीलाई त भाषासम्बन्धी एउटा भाग नै होला जस्तो लागेको थियो। यहाँ भाषानीति छैन, मातृभाषामा शिक्षा पनि छैन।

यसैगरी आम सञ्चारको हक (धारा २४), न्यायसम्बन्धी हक (धारा २५), छुवाछूत तथा भेदभावविरुद्धको हक (धारा २९), सूचनासम्बन्धी हक (धारा ३२) अनि शोषणविरुद्दको हक (धारा ३४) आदिमा कतै पनि मातृभाषा छैन। यसको अर्थ हुन्छ: तपाईले माथि उल्लेखित कुनै पनि धारामा न्याय पाउनु हुने छैन।

“गाई खाने भाषा नबोल” भनेर फेरि पनि तपाईंलाई आरोप लगाउन सकिनेछ । जिन्जि प्लुत !

Monday, June 29, 2015

ढाड दुख्ने समस्या छ ? यो सरल घरेलु उपचार जानी राखौं !

अमेरिकामा भएको एक अध्ययनअनुसार अस्पताल भर्ना हुनेमध्ये ५६ प्रतिशत मानिस ढाड दुख्ने समस्याबाट पीडित छन् । ‘द ट्रुथ अबाउट ब्याक पेन’ पुस्तकका सहलेखक तथा वैज्ञानिक टड सिनेटका अनुसार ढाड दुख्ने समस्याका लागि खराब बानीहरु जिम्मेवार छन् । यसका लागि दैनिक गतिविधिप्रति सतर्क र सचेत रहनु जरुरी छ ।


एउटै सिटमा धेरैबेरसम्म बस्नु

उठ्दाको तुलनामा लगातार बस्दा स्पाइनको हड्डीमा धेरै दबाब पर्छ भन्ने कुरा थोरै मानिसलाई मात्र थाहा छ । विशेषज्ञको तुलनामा यो तरिकाले तुलनात्मक रुपमा ४० प्रतिशतसम्म दबाब पार्छ । यसकारण लामोसमयसम्म एकै स्थानमा बस्नुपर्नेहरुलाई बेला–बेलामा उठेर टहलिन सल्लाह दिइन्छ ।

कयौं घण्टासम्म एकैस्थानमा बसेर काम गर्दा पिठको मांसपेशी कमजोर हुन थाल्छ । यस्ता मांसपेशीमा लामो समयसम्म कुनै गतिविधि आउँदैंन र यसको लचिलोपनामा असर पर्न थाल्छ ।

के गर्ने त ?

अफिसको काममा समय समयमा ब्रेक लिनु जरुरी छ । फोन कुरा गरिरहँदा र आफनो सहकर्मीसंग कुरा गरेको समयमा कुर्सीमा थोरै सुतेको मुद्रामा बस्नुपर्छ । तर, कुर्सी भने त्यही स्थितिमा रहनुपर्छ,जसले पिठ्यु र कम्मरलाई सपोर्ट देओस् । यस्तो बेलामा टाउको भने सिधा गर्नुपर्छ । पानी ल्याउने जस्ता काम आफैं गर्नुपर्छ ।

कुर्सीको सही चयन

कुर्सीमा आरामसंग बस्ने बानीले इनर्जी लेभल कम हुन्छ र तौल बढ्न थाल्छ । साथै पिठ्युँ र गर्धनमा समेत समस्या आउन सक्छ ।

टेक्साब ब्याक इन्सिच्युटका चिरोप्याक्टिक डिभिजनका निर्देशक डेरेन डब्ल्यु मार्लोका अनुसार कार चलाउँदासमेत बस्ने तरिका सही हुनुपर्छ । त्यसैले स्टेयरिङ ह्वीलमा बस्दा सधैं ९० डिग्रीको एंगल बनाएर बस्नुपर्छ ।

नियमित जिम जानुस्

सक्रिय जीवनशैली मांसपेशी र जोर्नीको पीडालाई कम गर्न मद्दत गर्छ । एक अनुसन्धानअनुसार ढाड दुख्ने समस्याको मुख्य कारण मनिसको सक्रियतामा ४० प्रतिशतले कमी आउनु हो । चिकित्सकका अनुसार यस्ता व्यक्तिले मर्निङ वाक, जगिङ आदि गर्नुपर्छ । जसले मांसपेशी खुम्चने समस्या हटाउँछ ।

यस्तो अवस्थाले हिप्स र घुँडाको पछाडीको मांसपेशीको स्ट्रेचिङका लागि फाइदा पुग्छ र मांसपेशीको थकान पनि कम हुन्छ ।

योग गर्नुपर्छ

मांसपेशी खुम्चने, रक्तनलीमा रक्तसञ्चार कम हुने र तनावका समस्या कम गर्न योग निकै लाभदायी हुन्छ । युनिभर्सिटी अफ वाशिङगटनका अनुसन्धानकर्ताका अनुसार ढाडको तल्लो भागको दुखाई आधुनिक तरिकाको तुलनामा योगबाट चाँडै निको हुन्छ । करिब १ सय १ जना बिरामीमा गरिएको अनुसन्धानमा वैज्ञानिकहरु यो निष्कर्षमा पुगेका थिए । यसका लागि तालिमप्राप्त योग गुरुलाई सम्पर्क गर्न सकिन्छ ।

धेरै टीभी हेर्नु पनि एउटा कारण

दैनिक धेरै समय टीभी हेर्ने बानीले पनि ढाड दुख्ने समस्या निम्तन सक्छ । एक अध्ययनअनुसार जो मानिस टीभी या कम्प्युटरअगाडि एक हप्तामा १५ घण्टाभन्दा बढी समय बिताउँछन्, उनीहरु लोअर ब्याक पेनबाट बढी पीडित हुन्छन् ।

तनाव हटाउनुपर्छ

मनमा भएको कुनै पनि प्रकारको रिस, तनावआदिलाई निकाल्ने हो भने पनि ढाड दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । डच्युक मेडिकल सेन्टरमा गरिएको अनुसन्धानमा यो निष्कर्ष निकालिएको हो । अनुसन्धानकर्ता जेम्स डब्लु कार्सनका अनुसार व्यक्तिको भावनात्मक स्तर तथा विचारको मांसपेशीमा हुने पीडाबीच सिधा सम्बन्ध हुन्छ । एजेन्सी

के तपाई धनि बन्न चाहनु हुन्छ ? यो १० कुरा याद गर्नुहोस् !

Did you know that your wealth will be determined by the small actions you take each day? Apparently there are some daily habits that can help you predict your chances of success and increase the possibility of becoming rich in the nearer future. These 'rich habits' are considered good habits as they can help you develop professionally and are strong predictors of wealth and success!


Here are the top 10 habits you can take up to ensure that your pocket will always be filled with cash:

See Also: Top 10 Ways to Become Rich

1. Set Daily Goals
It’s not enough to set long-term goals, you need daily goals. At the end of each day, reflect back on what you did and how this has helped you get you one step closer to reaching your goals. Think of what you can do to improve your chances and make sure you set your goals for the next day on your To-Do list accordingly.

2. Practice Active Listening
Active listening is a skill that’s essential to any field as it can help you understand what other people need from you. For example, if you are starting up a business talking less and listening more might be the key to your success. Develop your ability to listen carefully to other people, and you will be able to learn and help those around you.

3. Take Care of Your Personal Health
Exercising and following a healthy diet is crucial to success. If you manage exercise, you can make it your daily habit so that you become more productive and get things done easier and quicker.

4. Network Regularly and Volunteer
Don’t underestimate the power of networking. Connecting with other people and offering your help are also major predictors of success and ultimately wealth. Make sure you are reaching out to others and introducing yourself so that you get yourself noticed and stand out from the crowd.

5. Watch Less TV
Most successful people avoid spending more than an hour watching TV each day. Some don’t even watch TV at all. Why? They know they could be doing something that’s more productive than wasting their time in front of a box.

6. Read Every Day
Reading can help you improve yourself, develop your knowledge and encourage you to see the world differently. Find a book you like and spend around 30 minutes a day reading it. You could also buy educational career-related materials to help you develop professionally or check news websites regularly to keep yourself up to date with news around the world.

7. Develop Your Skills
One of the best ways to become what you are dreaming of is by developing your skills. If you want to become better at what you do either to progress career wise, get a promotion or into a job that offers a more satisfactory salary, you have to invest in your talent and develop your expertise to make sure that you will get ahead of the competition.


8. Think Positive
Positive thinking is more than a habit, is a way of life. If you learn how to eliminate negative and self-limiting thoughts, it’s much easier to keep a positive outlook on everything. Be friendly and enthusiastic and make sure you are always open to new opportunities.

9. Save Money
Studies have shown that managing your money effectively can help you become rich. If you manage to control your expenses and save a percentage of your earnings each day, it is guaranteed you will be much richer than you used to be in no time.

10. Hang out with like-minded people
Spending time with like-mind individuals will not only you get to exchange opinions in terms of becoming rich and successful, but will also help you achieve your goals much quicker.

If you want to become rich, you will have to invest in self-development as well as planning and managing your career more effectively. Taking up these habits will not only help you achieve your goals much quicker  you will also get to enjoy the journey one step at a time.

See Also: The One Sign You Will Be Wealthy

Do any of these 10 habits sound familiar to you? Let us know in the comments section below…

Saturday, June 27, 2015

महिलाको छिटो विर्य झार्ने अनौठा तथ्यहरु – जानी राखौ !

१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।

२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।

३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।

४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।

५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।

६. योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।

७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।

८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।

९. महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।

१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।

११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।

१२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।

१३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् । १४. एक स्वस्थ पुरुषले जीवनभर

१४. ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।

१५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।

१६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।

१७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन् ।

१८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।

१९ . कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७/२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् ।

हत्यारालाई कारवाही नहुदाँ ओसिमको शव अस्पतालमै

गत माघमा हत्या भएकी नवलपरासी रामनगरकी ओसिम गुरुङको हत्यारालाई कारवाही नभए सम्म शव नउठाउने मृतकका परिवारले बताएका छन् ।
हिजो शुक्रबार चितवनमा पत्रकार सम्मेलन गर्दै मृतकका हजुरबुवा रुद्र बहादुर गुरुङले गत माघ २ गते कावासोतीका २० वषर््िाय मनोज गुरुङ र उनका परिवारले मिलेमतोमा गरिएको निर्मम हत्या लाई आत्माहत्या भनि घटना लुकाएको भन्दै आरोपीलाई सजायको माग गरेका हुन् ।
मृतक ओसिमको शव गत माघ २ गतेदेखी भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।रामनगर २ नवलपरासी सुन्दरवस्तीकी १९ बर्षिय ओसिम पोखरा नर्सिङ क्याम्पसमा स्टार्फ नर्स तेसो्र बर्षमा अध्ययनरत रहेको र २०७१ साल पुष १८ गते घर आएको बेला उनका प्रेमी मनोजले घरमा बोलाई हत्या गरेको पिडित पक्षले जनाएको छ ।


मृतक ओसमिका हजुरवुवा रुद्रवहादुर गुरुङले आफुहरुले सूर्यवहादुर गुरुङ, लक्ष्मी गुरुङ, मोनिका गुरुङ र मनोज गुरुङका नाममा किटानी जाहेरी गरेपनि मनोज वाहेक अरुलाई अदालतले धरौटीमा छाडिसकेको बताए । उनले मनोज हाल पूर्पक्षका लागि थुनामा रहेको जानकारी दिए ।
२५ पुसमा घरबाट कावासोती आफना प्रेमी मनोज गुरुङको घरमा मनोजकी दिदि मोनिका गुरुङको जन्म दिन छ भनि बोलाएको र माघ २ गते हत्या भएको बताईको छ । हत्या पछि ईलाका प्रहरी कार्यालय सुनवलले छोरी विरामी भएको भन्दै राती १२ वजे खवर गरेको तर चितवन मेडिकल कलेजमा रहेको जाँदा मृत्यु भएको अवस्थामा भेट भएको परिवारले बताएका छन्र । पछि घटनाको प्रकृति हेर्दा हत्या भएको भन्दै मृतकका परिवारले प्रहरीमा जाहेरी दिन खोज्दा नमानेपछि घटनामा प्रहरी प्रशासनको समेत संग्लनता रहेको आरोप पिडितले लगाएका छन् ।
हजुरबुवा गुरुङले जाहेरी दरखास्त लिन नमान्ने ईलाका प्रहरी कार्यलय कावासोतीका प्रहरी निरिक्षक हरि वहादुर बरुवाल, सई बाबुराम पुरी, मुचुल्का तयार गर्ने जिल्ला प्रहरी कार्यालय चितवनका सुरेन्द्र धमला, असई पुर्ण बहादुर बस्नेत, पोष्टमार्टम गर्ने डाक्टर पवन शाह, डा, केशव राज भुर्तेल, डा. खेमराज पौडेललाई पनि कारवाहीको माग गर्नु भएको छ । घटना लुकाउन प्रशासनिक तथा राजनैतिक दवाव आएको छिमेकी प्रेमप्रसाद ढकालले बताउनु भयो ।
मृतकका हजुरबुवाद्धारा जारी प्रेस विज्ञप्तीमा आरोपी मनोज गुरुङ अहिले हिरासतमा रहेपनि परिवारका अन्य सदस्यहरु १÷१ लाख धरौटीमा छुटेको तथा प्रहरी र पोष्टमार्टम गर्ने चिकित्सक समेतले झुटो विवरण तयार गरेकोले दोषी सबैलाई कारवाहीको माग गरीएको छ ।
पत्रकार सम्मेलनमा नर्सिङ संघ चितवनकी अध्यक्ष माया पाण्डे र उपाध्यक्ष प्रभा थापाले घटनाको प्रकृति हेर्दा ओसिम गुरुङको हत्या नै भएकोे र आरोपीलाई मुक्ति दिने उद्धेश्यले कमजोर मिसिल तयार गरेको देखिएको बताउनुभयो । संघले घटनाप्रती आपत्ति जनाउदै सत्यतथ्य छानविन गरि आरोपीलाई कडा कारवाही गरि पिडितलाई न्याय दिन आग्रह गरेको छ ।

इजरायलमा ५.२ रेक्टर स्केलको भुकम्प सर्वसाधारण खुल्ला मैदानमा निस्किए

इजरायलमा पनि भुकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । शनिवार साँझ   ६ बजेर ३४ मिनेट जाँदा ५ दशमलव २ रेक्टर स्केलको गएको अमेरिकन जियोलोजिकल सर्वेक्षण  विभागले  जनाएको छ   । इजिप्टको नुवायवीदेखि ४ किलोमिटरको दुरी  र दक्षिण इजरायलको एलात शहरदेखि ६३ किलोमिटरको दुरीमा केन्द्रविन्दु वनाएको गएको भुकम्पको विरसेभा, तेलअभिव, हदाशरोन, खुलोन, नतानिया, जेरुशलेम लगायत उत्तर नजेरेथ इलिटसम्म धक्का महसुस गरिएको इजरायली संचार माध्ययमहरुले जनाएका छन् ।  एलातमा सर्वसाधारहरु घर छोडेर खुल्ला मैदानमा निस्किएका थिए ।


एलातसिटी नजिकै रहेको किवुजका बासिन्दाहरुका अनुसार भुकम्प जानुअघि फार्ममा रहेका गाईहरु वेचैन भएर केही वेर कराएका थिए ।  भुकम्पका कारण  कुनै पनि क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ ।

त्यस्तै भुकम्पको इजिप्टको राजधानी कायरोमा पनि शक्तिशाली धक्का महसुस गरिएको छ  भने जोर्डनको अक्वा क्षेत्रमा पनि धक्का महसुस भएको जनाइएको छ । त्यहाँका बहासिन्दाहरु पनि घर छोडेर खुल्ला स्थानमा निस्किएको बताइएको छ ।

इजरायली संचार माध्यमहरुका अनुसार  आज केन्द्रविन्दु वनाएर भुकम्प गएको सो भेगलाई नै केन्द्रविन्दु वनाएर सन् १९०० पछि हालसम्म ६ देखि ७ रेक्टरस्केल सम्मका  ३ वटा भुकम्पहरु गइसकेका छन् ।

श्रीमतीलाई नर्सिङ पढाउन ११ वर्ष मलेसियामा घोटिए, नर्स बनेपछि पोइला गइन्’

श्रीमतीलाई नर्सिङ पढाउन ११ वर्ष मलेसियामा घोटिए, नर्स बनेपछि पोइला गइन्’
राजन गिरी
मेरो नाम राजन गिरी हो । मेरो घर भूल्के-५ भोजपुर, हाल विराटनगर-४ मा डेरा गरी बस्दै आएको छु । म गरिब परिवारको भएका कारण आफ्नो जिविका चलाउनका लागि मलेसियामा गएर काम गर्न थालेको पनि ११ वर्ष भयो । गरिब भएपनि या जतिसुकै गाह्रो भएपनि घरमा एकजना शिक्षित हुनुपर्छ भन्ने लागेर मैले मेरो श्रीमतीलाई पढाउने निर्णय गरे र प्लस टु पढाए । प्लस टु पढाएर पनि केही नहुने देखेपछि मैले उनलाई स्टाफ नर्स पढाए ।

दिनरात मेहेनत गरेर विदेशी भूमीमा पसिना बगाएर कमाएको पैसाले विराटनगरमा कोठा भाडामा लिएर राखेर उनलाई स्टाफ नर्ससम्म पढाए र उनी नोबेल हस्पिटलमा काम गर्न थालिन् । तर, उनले मलाई धोका दिइन् र मैले पसिना बगाएर कमाएको सम्पत्ति लिएर पोइल गइन् । उनले ४ तोला सुन लिएर भागेकी छिन् ।
म सबै नेपाली साथीभाई हरूलाई भन्न चाहन्छु की श्रीमतीको सबै कुरामा विश्वास गर्न नहुने रहेछ । मैले किन यस्तो भन्दैछु भने म एक पात्र हुँ जसले यसको ज्वलन्त उदाहरण भोगेको छ ।

मैले बगाएको पसिनाको कमाईमा पढेर काम गर्न थालेकी उनले घर सानो भयो, मलाई जागिरमा जान गाह्रो भयो मोटरसाईकल चाहियो भन्दै मलाई विदेशिन बाध्य बनाइन् । यसक्रममा उनले आफूसँग जोडी नमिल्ने, लवाई खुवाई मिल्दैन भन्दै सम्पत्ति कम भएको भन्ने निहुँमा झगडा गर्ने र मलाई फेरी विदेश जान बाध्य बनाएपछि म मलेसिया आएको ११ महिनापछि पोइला गइन् ।

यता म भने श्रीमतीको पढाई खर्च कसरी पुर्याउने भन्दै कति दिन भोकै बसे, भोकै काम गरे । तर, मेरो उक्त मेहेनत खेर गयो । अहिले अनेक बहाना बनाएर पोइला गइन् । उनको नाम सुमित्रा गिरी हो, नागरिकतामा यही छ नाम ।
म अहिले मलेसियामा छु । उक्त घटनाबारे मेरो बहिनी हिरा गिरीले विराटनगर चौकीमा निवेदन दिएकी छिन् ।
दाईले विदेशबाट पैसा पठाएर भाउजुलाई पढाउनु भयो : हिरा गिरी

भाउजु र म सँगै डेरा गरेर बस्थ्यौ । दाइले बेदशबाट पैसा पठाएर भाउजुलाई पढाउनु हुन्थ्यो । दाईको बिहे सुमित्रासँग एसएलसी दिएपछि भएको थियो । सुमित्रालाई दाइले नै प्लस टु र स्टार्फ नर्स पढाउनु भएको थियो ।

नोवेल मेडिकल कलेजमा काम गरेको दुई बर्ष हुन लागेको थियो । भाउजु विएसी गर्न भन्दै काठमाण्डौ जानु भयो गत वर्ष मंसिरमा । काठमाडौ गएको केही दिनपछि वहाले फोन गरेर आफूले बिहे गरेको बताउनु भयो । त्यसपछि कुनै सम्पर्क भएको छैन् । पढ्न दाइले नै पठाउनु भएको थियो । तर, सम्पर्कमा नआएपछि मैले पुसमा जिल्ला प्रहरी कार्यालयमा मोरङमा मान्छे हराएको भन्दै उजुरी गरे । यस विषयमा प्रहरीले कुनै जानकारी दिएन ।
प्रहरी के भन्छ ?

यता जिल्ला प्रहरी कार्यालय मोरङले गत बर्ष सुमित्रा गिरी हराएको भन्दै खोजी गरिदिन निवेदन परेको जानकारी दिएको छ । सुमित्राको खोजी गर्दा फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
(राजन गिरी हाल रोजगारीका लागि मलेसियामा छन् ।)

Friday, June 26, 2015

के अब चाइना अमेरिका भन्दा शक्तिसाली बन्दै गइरहेको हो त ? यो भिडिओ हेर्नुहोस ।

हाम्रो छिमेकी देश चाइनाले आउने समयमा विश्वलाई नेत्रित्व गर्ला? के चाइना अमेरिकाको बिकल्प हो? के समयको अन्तरालमा अन्तराष्ट्रिय मुद्राको कारोबार डलरको साटोमा चाइनिज यनमा होला? समग्रमा भन्दा अब चाइना अमेरिका भन्दा शक्तिसाली बन्दै गइरहेको हो त ? यि प्रश्न सबैका मनमा छन,उत्तर चाहनुहुन्छ भने डिस्कवरी टेलिभिजनले भर्खरै मात्र सार्वजनिक गरेको यो अनुसन्धान मुलक डकुमेन्ट्री रिपोर्ट हेर्नुहोस





Thursday, June 25, 2015

अव पुरुषहरुको लागि पनि गर्भ निरोधक गोली बजारमा

महिलाले प्रयोग गर्ने गर्भ निरोधक औषधीकोबारेमा त सुनिएको थियो । तर अव भने पुरुषले समेत अनैच्छिक गर्भ रोक्न कण्डोमको विकल्प खोज्न सक्ने भएका छन् । अव पुरुषले प्रयोग गर्न सक्ने गर्भ निरोधक गोली बजारमा उपलब्ध हुने भएको छ ।


पुरुषले प्रयोग गर्न सक्ने गोली उत्पादन गर्न बैज्ञानिकहरु सफल भएका छन् । बैज्ञानिकहरुले अहिले सम्म बनाइसकेको एच 2-ग्यामेनड्याजोलले पुरुषको विर्यमा रहेका शुक्राणुलाई विकाश हुन नदिने काम गर्छ । अमेरिकाको यूनिवर्सिटी अफ कन्सास मेडिकल सेन्टरमा प्रचजनन जीव बैज्ञानिक जोसफ ताशले यस्तो औषधीले पुरुषलाई पनि गर्भनिरोधक औषधी प्रयोग गर्न सहज बनाउने बताए ।

राष्ट्र बैंकले भूकम्पमा परेका ऋणीलाई यस्तो सहुलियत दिने भएको छ ।

काठमाडौं: भूकम्पपीडित बैंक तथा वित्तीय संस्थाका ऋणीलाई राष्ट्र बैंकले सहुलियत दिएको छ। राष्ट्र बैंकले बुधबार निर्देशिका जारी गर्दै भूकम्पका कारण असार मसान्तमा तिनुपर्ने ऋण असोज मसान्तसम्ममा तिर्न सक्ने व्यवस्था गरेको छ।'

भूकम्पका कारण ऋणीको परियोजनामा असर परेमा वा ऋण तिर्ने क्षमतामा ह्रास आएमा त्यस्तो कर्जा असोज मसान्तसम्म तिरे हुने छ',राष्ट्र बैंकको निर्देशिकामा भनिएको छ,' यस्ता पीडित ऋणीसँग बैंक तथा वित्तीय संस्थाले कुनै पनि शुल्क लिन पाउँने छैनन्।'

असोज मसान्तसम्ममा यसरी आएको ब्याजलाई आर्थिक वर्ष २०७१/७२ को नाफामा देखाउन सकिने सुविधा राष्ट्र बैंकले दिएको छ। तर,यो रकम लाभांश भने बाँड्न पाइने छैन।

असार मसान्तपछि आउने ब्याजको विवरण राष्ट्रबैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ। राष्ट्रबैंकले पीडितले ऋण तिर्न नसक्ने अवस्था भएमा एक वर्षसम्मका लागि ऋणको पुनर्तालीकरण गर्न सक्ने व्यवस्था गरेको छ।

यसका लागि ऋणीले लिखित योजना र भूकम्पको कारण आम्दानीमा आएको कमीको प्रस्ताव पेश गर्नुपर्ने हुन्छ। एकवर्षभन्दा बढी पुनर्तालीकाकरण गर्नुपर्ने अवस्था आएमा भने राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ।

राष्ट्र बैंकले भूकम्पबाट अति प्रभावित जिल्लामा प्रधान कार्यालय क्षति भएका बैंक तथा वित्तीय संस्थालाई ५० लाखसम्म शून्य प्रतिशत ब्याजदरमा पुनर्कर्जा दिने भएको छ।


यस्तै अनिवार्य नगद मौज्जात कम भएका कारण राष्ट्रबैंकले गर्ने कारबाही २०७३ असार मसान्तसम्म नगर्ने तथा राष्ट्रबैंकले तोकेको विपन्न वर्ग कर्जा २०७३ असार मसान्त सम्म नगरेमा पनि कुनै कारबाही नगरिने उल्लेख छ।

Wednesday, June 24, 2015

इजरायलमा संगीता ओली द्वारा इमिग्रेसनलाई पक्राउ गर्न लगाएका दाबी गर्ने सिता र तारा गम्भीर बिमारी

केही दिनदेखि सामाजिक सञ्जाल फेसवुक लगायत केही व्लगरहरु मार्फत भाइरलको रुपमा फैलिएको संगिता वलीसँग जोडिएको समाचारमा उल्लेख गरिएका अध्यागमन प्रहरीको पक्राउमा परेका सिता थापा खनाल र तारा गिरी अस्वस्थ भएका छन् ।


पथरी ५ मोरङ स्थायी घर भई विगत साढे ६ बर्षदेखि इजरायलमा रहेकी ३२ बर्षिया सिता थापा खनाल र काठमाण्डौ स्थायी घर भई विगत ८ बर्षदेखि इजरायलमा रहेकी तारा गिरीलाई गत   ५ मई मंगलवार काममा जाने क्रममा हाइफामा रहेको अवस्थामा अध्यागमन प्रहरीले पक्राउ गरेको थियो ।

नियमित भिसा लाग्ने समय समाप्त भएकी सिता थापा खनालले दुई महिनादेखि इजरायलमा कानूनत वस्नकोलागि रिलिभर तथा भिसा नचाहिने काम गर्ने मनसायले वकिल लगाएर वनाएको पेपरको आधारमा  पक्राउ परेको ४ दिनमा उनी हिरासतमुक्त भएकी थिइन । प्रहरी हिरासतमै रहँदा चिसोका कारण अस्वस्थ रहदै आएकी सिता थापा खनाल हाल सुख्खा खोकी र स्वास्प्रश्वासको समस्यामा परेकी छिन भने उनलाई दादुरा र ज्वरो आई अस्वस्थ भएको नेपाल इजरायल डट नेटसँगको टेलिफोन वार्तामा सुनाइन । उनको जीउभरी डावर निस्किएको बताइएको छ । एक छोराकी आमा समेत रहेकी सिता खनाल थापाको उपचारकोलागि हेल्थ इन्सुरेन्स नभएकाले थप समस्यामा परेकोमा केही दिनअघि मात्र वल्लतल्ल इन्सोरेन्स गर्न सफल भएकोले छिट्टै उपचार पाउने आशामा रहेको उनको रेखदेखमा रहेकी कमला थापाले बताइन । हिरासत मुक्त भएको केही दिनमै पेपेर भिसा दिने काममा गएकी सिता थापा खनाललाई उनको अस्वस्थताका कारण रोजगारदाताले काममा राख्न मानेनन् । हाल उनी समाजसेवी थापाकै रेखदेखमा रहेकी छिन । इजरायल सरकारले एक पटक उपलव्ध गराउने ह्युमनटेरियल भिसामा काम गर्न अझै एउटा अवसर रहेकोले केही दिनमै काममा पठाउने तयारी गरिरहेको समाजसेवी थापाले बताइन ।

सिता खनालको हातमा देखिएको दादुरा ,उनको शरिरभरी यस्तै डावर देखिएको छ ।
त्यस्तै करिव ८ महिनादेखि  गैरकानूनी रुपमा इजरायलमा रहँदै आइरहेकी २८ बर्षिया अविवाहित तारा गिरी पक्राउ परेको १५ दिनमा समाजसेवी अम्विका क्षेत्रीको पहलमा कानूनी प्रक्रिया पुरा गरी हिरासतमुक्त भएकी थिइन । लामो समयदेखि नै घाँटी दुख्ने र पेटको समस्या झेल्दै आइरहेकी गिरीलाई चिकित्सकले नियमित मेडिकेशनमा राखेको थियो । अध्यागमन प्रहरीले पक्राउ गरेलगत्तै प्रहरी कस्टडीमा रहेकी गिरी औषधी सेवन गर्न नपाउदा नियमित औषधिसेवनबाट बञ्चित हुँदा उनलाई रोगले अझ च्याप्दै लगेको बताइएको छ । हिरासतमै रहँदादेखि अस्वस्थ रहेकी गिरीको पनि हेल्थ इन्सुरेन्स थिएन । हिरासतमुक्त भएको भोलिपल्ट  नै इन्सुरेन्स गरेर तत्कालै चिकित्सकलाई देखाएर पुन: औषधि दिइयो । करिव २ सातासम्म औषधि सेवन गर्दा पनि पेट दुखाई अझ वढ्न थालेपछि उनलाई चिकित्सकले हस्पिटल रिफर गर्यो । हस्पिटल गएपछि चेक गर्दा तत्कालै दुई वटा अप्रेशन गर्नुपर्ने वताइयो जसानुसार उहाँको ६ दिन अगाडि दुई वटा अप्रेसन गरिएको छ । उनी अहिले पनि बोलचाल गर्न नसक्ने अवस्थामा पेताक्तिक्वास्थित वेलेन्सन अस्पतालको सैयामा रहेकी छिन । उनको स्वास्थ्यमा क्रमिक सुधार हुदै जाने चिकित्सकले बताएको उनको हेरचाहमा रहेका  साथिहरुले बताएका छन् । हाल उनी साथीसंगीहरुको रेखदेखमा रहेको बताइएको छ ।

अध्यागमन प्रहरीको पक्राउमा परेका दुवै जनाले आफूहरुलाई लामो समयदेखि इजरायलमा एजेन्सीको रुपमा काम गर्दै आइरहेकी संगिता वलीले अध्यागमन प्रहरी लगाएर पक्राउ गराएको दावी गर्दै आइरहेका छन् । हाइफास्थित अध्यागमन कार्यालय नजिकैबाटै पक्राउ परेका उनीहरुलाई आरोपित संगिता वलीले काममा लैजाने भन्दै उक्त स्थानमा पर्खाएर पक्राउ गर्न लगाएको उनीहरुको भनाई छ । पक्राउ पर्ने मध्येकी एक सिता थापाले हामीसँगको कुराकानीमा भनिन् ।
हामीलाई एमर्जेन्सी काम हो भनेर दुई घण्टा इमिग्रेसन हाइफाको आगाडि लगेर राखिनु र प्रहरीले पासपोर्ट माग्दा पासपोर्ट आफूसँग नभएको जनाउदै साथीले फोटोकपीकोलागि लगेकोले केही छिन पर्खन भन्दा आफूहरुको लगाइसकेको बताइनु,  पक्राउ परेपछि संगिता वलीलाई ३ पटक सम्म फोन गर्दा पनि फोन काटेर चौथो पटक फोन गर्दा फोन स्विचअफ गरिनु अनि पक्राउ परेपछि फोन रिसिभ गरेर तपाईहरुलाई इमिग्रेसनले पक्राउ गरेछ, म त्यहाँ आउन मिल्दैन, यहाँहरुको पासपोर्ट म जसरी भएपनि पठाइदिन्छु मात्र भनिदिएको भए संगिता वलीले पक्राउ गराएको भन्ने ठाउँ रहदैनथ्यो” भन्दै  अगाडि भनिन् – “उहाँले यसो नगर्नु नै हामीलाई प्रहरी लगाएर पक्राउ गराएकै हो भन्ने पुस्टि हुन्छ ।

आरोपित संगिता वली
स्मरण रहोस्  संगिता वलीले भाइरल वनेको समाचारप्रति ध्यानाकर्षण तथा खण्डन गर्दै प्रचार गरिएका सम्पूर्ण खवरहरु  कपोकल्पित , निराधार, भ्रमपूर्ण र झुटो भएको बताइसकेकी छिन् ।

अनलाइन व्लगहरु, र  इन्टरनेट सामाजिक सञ्जाल फेसबूकमा इजरायलमा गैरकानूनी रुपमा रहेका नेपालीहरुलाई काम लगाइदिन्छु भन्दै अध्यागमन प्रहरी लगाएर पक्राउने गरेकोले उनीदेखि सावधान रहन नेपालीहरुलाई आह्वान गर्दै  फोटो सहितको  समाचार भाइरल वनेपछि आरोपीत संगिता वलीले  विज्ञप्ति जारी गरी प्रचार गरिएका सम्पूर्ण कुराहरु  झुट तथा कपोकल्पित भएको प्रस्ट गरेकी छिन् । उनले यदि उनीहरु अन्यायमा परेका थिए भने न्यायको ढोका ढक्ढक्याउन किन सामाजिक संघ संस्थाहरुमा नगई सामाजिक सञ्जालहरुमा पुगे भन्दै प्रतिप्रश्न गरिन् कहिल्यै नचिनेको, र कुनै व्यक्तिगत रिसइवि नभएका उनीहरुलाई मैले किन पक्राउनु भन्दै काममा लैजादै गर्दा पक्राउ पर्नु एउटा संयोगमात्र भएको बताएकी छिन । उनले सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या हुने तवरले खवरहरु सार्वजनिक भएलगत्तै नेपाली राजदूतावासमा निवेदेन दिएको र  उनीहरुलाई दुतावासमा वोलाइदा दुतावासमा  उपस्थित नभएको जिकिर गरेकी छिन् ।

यस सम्वन्धमा पक्राउ पर्ने मध्येकी सिता थापा खनालले भने आफू विरामी परेको र पक्राउ पर्ने अर्की तारा गिरी पनि सँगै जानुपर्नेमा उनी पनि आस्पतालमा भएकाले राजदूतावाससम्म पुग्न नसकेको बताएकी छिन् । उनले यस विषयमा आफ्नो फेसवूक प्रोफाइलमा  लेखेपनि विभिन्न व्लगहरु र ग्रुपहरुमा वद्नाम हुने गरी प्रचारप्रसार नगरेको दावी गरिन् ।

नेपाली राजदूतावास तेलअभिव स्रोतले संगिता वलीले आफूमाथि लाञ्छना लगाउदै सामाजिक सञ्जालमा आफ्नो मानहानी गरिएको भन्दै नेपाली राजदूतावासमा निवेदन परेको र  आरोपीहरु सिता थापा खनाल  र तारा गिरीलालाई सम्पर्क गर्दा  यस विषयमा आफूहरु अन्यायमा परेकाले पहिला आफूहरुले नै उजुरु गर्नुपर्नेमा अर्केपक्षबाट उजुरी परेपनि केहि दिन आफुहरु अस्वस्थ रहेकोले केही दिनमै उपस्थित हुने भन्ने जानकारी आएकोले यस विषयमा केही समयमै सत्यतथ्य वाहिर आउने जानकारी दियो ।

गैरकानुनी रुपमा रहनु र यसरी रहने पक्षलाई काम लगाउने दुवै पक्ष स्वत: गैरकानूनी हुन् । यस्ता क्रियाक्लापमा संग्लग्नहरु ढिलो चाँडो कानुनको फन्दामा परेरै छाड्ने भएकाले सकेसम्म यस्ता क्रियाक्लापहरुमा संग्लग्न नहुन नेपाल इजरायल डट नेट सार्वजनिक हितकोलागि अनुरोध गर्दछ ।

Sunday, June 21, 2015

के तपाई क्यानाडा जान चाहानुहुन्छ ? विना झन्जट घरमै बसेर प्रोसेस गर्नुस !


सबैभन्दा पहिले आफ्नो (र आफ्नो श्रीमान वा श्रीमतीको) व्यक्तिगत विवरण इन्टरनेटको प्रयोग गरी Online आवेदन आफाम भर्नुपर्नेहुन्छ । उक्त फाराम क्यानडा सरकारको वेभसाईट मा भर्नुपर्नेहुन्छ । यसरी अनलाईन आवेदन फाराम भर्दा आफ्नो भाषिक ज्ञान, योग्यताको विवरण, कामको अनुभव, पारिवारिक विवरण सबै भर्नुपर्नेहुन्छ । यसरी अनलाईन भरेको विवरण क्यानडा सरकारी अधिकारीले परिक्षण गरी Express Entry Pool मा राखिने छ । उक्त Express Entry Pool मा प्रकाशित विवरणलाई क्यानडाका कम्पनीहरुले हेर्न सक्नेछन् । त्यसैगरी आफ्नो व्यक्तिगत विवरणलाई क्यानडाको Job Bank (http://www.jobbank.gc.ca) लगाएत अन्य जव वेभ साइटमा समेत दर्ता गर्नुपर्ने हुन्छ । Second Step: उक्त व्यक्तिगत विवरणको आधारमा क्यानडाका कम्पनीहरुले तपाईंलाई आफ्नो कम्पनीमा रोजगारीका लागि Job Offer दिने छन् । जुन Job offer लाई क्यानडा सरकारको Human Resource and Skilled Development Canada (HRSDC) ले मान्यता प्राप्त गर्नुपर्ने हुन्छ । यसरी जव अफर प्राप्त गरेपश्चात Comprehensive Ranking System मा ६०० अंक पाइनेछ । Third Step: व्यक्तिगत विवरण एवं Job Offer लगाएतको विवरणको आधारमा Express Entry Pool मा Comprehensive Ranking System मा Maximum Mark दिइनेछ । उक्त Express Entry Pool मा बढी अंक प्राप्त गर्ने व्यक्तिलाई क्यानडा सरकारले Permanent Residence भिसा आवेदन गर्नका लागि Invitation to Apply (IAT) प्रदान गर्नेछ ।


उदाहरणका लागि अधिकतम अंक प्राप्त गर्ने १०,००० व्यक्तिहरुलाई क्यानडा सरकारले एकैचोटी Invitation to Apply प्रदान गर्नेछ । यदी ९०० अंक प्राप्त गर्ने व्यक्ति पहिलो नम्बरमा परेमा त्यहि व्यक्तिलाई Invitation to Apply प्रदान गरिनेछ । Fourth Step: यसरी Invitation to Apply प्राप्त गरेपश्चात क्यानडाको Permanent Residence भिसा आवेदन गर्न सकिनेछ । उक्त आवेदनलाई Canadian Visa Officer ले परिक्षण गरी सबै विवरणहरु verify गरेपश्चात क्यानडाको स्थायी भिसा (Permanent Residence Visa) प्रदान गरिनेछ । उक्त परिक्षणमा मेडिकल एवं प्रहरी रिपोर्टसमेत हेरिनेछ ।

Monday, June 1, 2015

आकाशबाटै टिपेर सिकार गरेको जस्तो देखिने, सिंहको आक्रमणमा परेका जनवारहरु....Watch Video >>

An ideal city for ambush a common hunting strategy for lions

An ideal city for ambush a common hunting strategy for lions  but it tans to be a warm weather supports. In the dry season, there is little moister in the vegetation. Grazing animal must come down to drink, lion know this a perfect place to hunt for their meals. Three females entered the waterfall zone, two grown adults, and a young one. A hunting group is hunting their own. They are the expert hunters. The secret of their trades pass down to the female.  Running around any animal that hunts for a living will incite its prey chasing mechanism faster than you can blink. It will be difficult but hold your ground and breathe steadily. Their alarm clock will be the sound of the kill. Lion may be the hit speed 37 miles per hour but it can only maintain it for 300 feet.  In fact, most lions will choose to run when confronted by a human, especially if you show any signs of being scrawny, as they prefer to avoid confrontation with non-typical prey species. However, the desire to run away can’t be said of all lions, especially those that feel cornered, are starving or feel that their territory or cubs are threatened. Lions are fairly lazy on the whole and if you look like a challenge, the chances are that the lion will treat you as such and be less inclined to attack. Things that might help increase your physical size appearance.



झापामा एक होटेलमा २२ बर्षीया युवतीलाई मारेर फाल्दै गर्दा यसरी पक्राउ परे .. हेर्नुहोस ! (भिडियो सहित)

Hotelier arrested on murder charge in Jhapa Posted by Anup Baral May 31, 2015 :Police have arrested a hotelier Maya Moktan, 42 year old woman and three accomplices for the murder of a 20 year old woman in Jhapa district.
Three others early this morning on the charge of their involvement in killing Mandira BK, a resident of Birtamod in Jhapa district. Owner of Silong Hotel Moktan, her sons Bijay and Manoj and Kumar Tamang of Kavre district were held for allegedly murdering BK by slitting her. It is said that BK was residing in the hotel for couple of days.


Moktan’s sons Bijay and Manoj along with Kumar Tamang of Kavre district were later arrested under suspicion of their involvement in the murder of BK. Moktan was arrested at 1:00 am while carrying the body of BK to throw in drainage at Mechinagar Municipality-10. Victim BK who was staying at the hotel for the last couple of days, had her throat slit. 

काठमाडौंको मनहरा खोलामा भेटियो सुटकेसभित्र टाउको काटिएको शव

काठमाडौं : काठमाडौंको मनहरा र भक्तपुरको हनुमन्ते खोलाको दोभाननजिकै ढलको ह्यूम पाइपभित्र सुटकेसमा पोको पारिएको अवस्थामा शव भेटिएको
छ ।

खोलामा लगिएको ढलको मंगालबाट करिब एक फिटभित्र सुटकेसभित्र बोरा र प्लास्टिकले पोकोे पारेको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी प्रभाग नयाँ बानेश्वरका डिएसपी दानबहादुर कार्कीले बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीले खानेपानीको पाइप बिस्तारका लागि सर्भे गर्ने क्रममा ह्यूमपाइपभित्र दुर्गन्ध आएको सुटेकस भेटेपछि सोमबार बिहान प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौं, भक्तपुर र ललितपुरको त्रिवेणीका रुपमा रहेको शव भेटिएको स्थानमा फरेन्सिक डाक्टरसहित पुगेको प्रहरीको टोलीले सुटकेस निकालेर हेर्दा सडिसकेको अवस्था शव भेटिएको हो ।

‘टाउको र शरीर छुटिएको अवस्थामा शव भेटिएको हो । भित्रबाट प्लास्टिक, त्यसपछि चामल राख्ने बोरा र फेरि प्लास्टिकले बेरेको अस्थामा शव भेटियो’, डिएसपी कार्कीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘सडिसकेकाले कम्तिमा एक महिनाअघि हत्या गरी यहाँ फ्याकिएको हुन सक्छ । शव चिन्ने अवस्थामा छैन ।’

प्रहरी र फरेन्सिक डाक्टरले जाँच गर्दा शव पुरुषको भएको प्रारम्भीक अनुमान गरेका छन् । ‘शवको प्रकृति हेर्दा पुरुषको जस्तो देखिन्छ । गालामा बाँकी रहेका केही दाह्री र छोटो कपालले पुरुषको हुनसक्ने अनुमान गरिएको छ’, डिएसपी कार्कीले भने, ‘शवसँगै रहेको टिसर्ट र भित्री कपडाका आधारमा हामीले पहिचानको प्रयास गरेका छौं । तर पोस्टमार्टम रिर्पोट नआई केही भन्न सकिन्न ।’

प्रहरीले बरामद शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ । प्रहरीले स्थानीयसँग सोधीखोजी गर्दा नरेफाँटक्षेत्रमा कोही पनि नहराएको बताएपछि अन्तै हत्या गरेर त्यहाँ लगी फ्याकेको हुनसक्ने अनुमान गरिएको छ ।

ती व्यक्तिलाई कसरी हत्या गरियो भन्ने खुल्न सकेको छैन । ‘शरीर टाउको हत्यापछि काटिएको हुनसक्छ’ डिएसपी कार्कीले भने, ‘तर यी व्यक्तिलाई कसरी हत्या गरिएको खुल्न गाह्रो छ । विष खुवाएर या कुटपिट गरेर पनि मारिएको हुनसक्छ ।

पार्कमा एउटा जोडीले रोमान्स गर्दै गरेको भिडियो कसैले खिचेर अनलाइनमा हाले पछि भाइरल बन्दै गरेको भिडियो >>

Valentine’s Day was historically a religious festival to mark the feast of St. Valentine, one of the saints from Catholic Church who was martyred. The day is celebrated across the globe irrespective of region and religion.It has turned into an occasion where people express their love for someone close to them – lovers, friends, and family members – and different countries have their unique ways of celebrating it.Valentine’s Day is celebrated with mixed emotions in India as some right-wing hindu groups view the holiday as a cultural invasion on the Hindu way of life. February 14 also falls on the the death anniversary of three of India’s most revered freedom icons Bhagat Singh, Sukhdev, and Rajguru, who were executed in 1931.