Showing posts with label प्रवास. Show all posts
Showing posts with label प्रवास. Show all posts

Saturday, August 20, 2016

जोयाको पीडामा समर्पित लोक गित रमेश बिक्रम रत्नको सुमधुर स्वर, शब्द र संगीतमा

फिलिपिन्स नारी “जोयालिन ग्रेस टेलेरमो माईजरेसले” समर्पित लोक गित "जोयाको पीडा" रमेश बिक्रम रत्नको सुमधुर एकल स्वर, शब्द र संगीतमा




Watch Video>>>

Tuesday, August 16, 2016

फिलिपिन फर्काइएकी जोया भाउजुलाई देवर राजको मार्मिक पत्र -भिडियो सहित्

नेपालबाट उद्दार गरेर फिलिपिन फर्काइएकी जोया भाउजुलाई देवर शान्ती राज राइको मार्मिक पत्र



Watch Video>>>

Saturday, June 4, 2016

विदेशबाट विमल घर्तीमगरलाई खुल्ला पत्रः चौधरीलाई आफ्नी बहिनीको बेडरुमसम्म छिर्ने मौका किन दियौं ?

के अार पोखरेल, हाल दुवई
विमल घर्तीमगर, हामी नेपालीहरुको मायाँले जन्माएका फुटबलर हुन् । सायद, नेपालीले सबैभन्दा धेरै मायाँ गरेका फुटबलर तिमी नै हौ । उनलाई नेपाली फुटबलले  बिर्सनै नसकिने कारण छ, त्यो हो सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको बराबरी गोल। उनले यो बाहेक अन्य धेरै खेलहरु खेलाका छन् र निर्णयक भुमिका पनि निभाएका छन् । उनीप्रति हामी सबैको आस्था, विश्वास र भरोसा पनि छ ।
अहिले उनी शोकको अवस्थामा छन् । उनको परिवारमा परेको पीडामा हामी पनि दुःखी भएका छौं । उनको मृत बहिनीको आत्माले शान्ति पाओस् र विमलको शोकाकुल परिवारमा इश्वरले ध्रैर्य धारण गर्ने शक्ति प्रदान गरुन् । आम नेपाली फुटबलका प्रशंसकहरु यतीबेला शोकाकुल छन् ।


तर, पछिल्लो समयमा विमल घर्तीले सामाजिक सञ्जालहरुमा र विभिन्न मिडियाहरुमा दिएका अभिव्यक्तिका कारण उनीप्रति दुःख पनि लागेको छ । विमलले पछिल्लो समय ‘देशले मेरो बहिनीको हत्यारालाई उन्मुक्ति दिँदै छ, प्रहरीको रिपोर्ट गलत छ, मेरो परिवारलाई न्याय दिदैन भने म किन देशका लागि खेल्ने’, लगायतका अभिव्यक्तिहरु दिइरहेका छन् ।

त्यो हामीले पढिरहेका छौं । विमलका यी अभिव्यक्ति पीडाको क्षणमा बोलिएका अभिव्यक्तिहरु हुन्, त्यो पनि थाहा छ । तर, उनले भनेजस्तै उनी देशका लागि अब किन खेल्ने ? उनले यतीबेला आफ्नो हैसियत विर्सिएका छन् । उनी त देशका आशालाग्दा सक्षम र योग्य फुटबलर हुन् । जस्को जे क्षमता छ, उस्ले त्यही चिज दिने न हो । विमलले जे बोल्न हुदैन थियो, ते बोल्दा उनका प्रशंसकहरु दुखि बनेका छन् ।

विमलले म देशका लागि अब किन खेल्ने ? भन्नुले सबैभन्दा दुखि बनाएको छ । विमललाई मेरो एउटा प्रश्न छ कि विमल तिमिले किन त्यो आशिष चौधरीलाई आफ्नी बहिनी मनिषाको बेडरुमसम्म छिर्ने मौका दियौं ? तिमिलाई पहिल्यै थाहा रहेछ त उनीहरु बीचको यस्तो सम्बन्धका बारेमा ।
अनि किन तिम्री बहिनी र चौधरीले सँगै बसेर हातमा ब्लेडले चिर्दा बहिनीलाई सम्झाएनौं ? घरमा आउँदा पाखुरामा घाउ बनाएर आएकी बहिनीलाई किन कहिल्यै सम्झाएनौ ? अनि क्षणीक आवेगमा आएर यस्तो उमेरमा जे पनि गर्न सक्ने अवस्था देख्दा देख्दै किन बहिनीलाई सधैं आशिषकै छायाँमा छाड्यौ ? पहिला आफुले बहिनीलाई सम्भाउनु  पर्ने थियो, त्यो गल्ती तिमी र तिम्रो परिवारबाट भएको छ ।
अब यो, हत्या वा आत्महत्या जे भए पनि अनुसन्धान जारी रहेको छ र प्रहरीले दोषीलाई उन्मुक्ती दिने छैन । तर, तिमि किन अनुसन्धानलाई अविश्वास गर्दै अभिव्यक्ति दिन्छौ ? प्रहरीले यती धेरै मेहनत गरिरहेको छ कि, दोषीले चाहेर पनि उन्मुक्ती पाउने अवस्था छैन । तर, तिमी किन एकोहोरो भैरहेका छौं ?
हामी आम नेपालीहरु, जो तिमीलाई मन पराउँछौं र तिम्रो परिवारले न्याय पाउनुपर्छ भनिरहेका छौं ।

Monday, September 7, 2015

खाडीमा उँदाउदो नवप्रतिभा मेनुशा तामाङ

नुवाकोटमा जन्मिएकी मेनुशा तामाङ् युएईमा नेपाली कलाकारिता मध्यको एक श्रेय नाम हो।बिगत तिन बर्ष देखी युएईको अलएेनमा रोजगारीको अलवा फुर्सदमा मोडलिङ् तथा म्युजिक भिडियोमा आफ्नो अभिनय गरि सकेकी तामाङ् झट्ट हेर्दा बलिउड नायिका बिपाशा बासु जस्तै देखिन्छिन्।


मोडलिङ् तथा कलाकारीतालाई आफ्नै भबिष्य सम्झने उनी आफ्नो सपना पुरा गर्न मरूभुमीका सर्घष गर्दै छिन्। फुर्सदमा गित गाउने, बिभिन्न सामाजिक कार्यक्रममा स्टेज शो लगाएत समाजिक काममा ब्यस्त तामाङ्ले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी  छिन्। दिपक लिम्बुको स्वरमा सजिएको सानु एल्बमको दोबाटोमा रहेको एकान्तमा साछी राखी , तिमी आयौ मेरो जिन्दगीमा जस्ता सुपरहिट म्युजिक भिडियोले एकाएक बजार तताए पछी उनको कलाकारीतामा बजार भाउ ह्वातै बढेको छ।

उनी भन्छिन् कलाकारीता मेरो सानै देखीको सौख हो। यसैको लागी प्रबासमा सर्घष गर्दै छु। एक दिन अबश्य सफल कलाकारको पंतिमा उभिने छु। गाउँघरमा हुने स्थानिय स्तरका कार्यक्रममा आफ्नो प्रतिभाको सदैब कदर हुदाँ बालापन यादले आज झस्काएको स्मरण गर्छिन।


मिलनसार, मिठो बोली उनको दैनिक स्वभाबमा पर्छ। सजिलै साथीभाइहरू सँग धुलमिल, सामाजिक सत्भाबमा उनको प्रसंसा निकै छ। हालै उनले प्यारालाइशिसबाट ग्रस्त सोम माया तामाङको सहयोगार्थ तिन हजार दिराम सहयोग संकलन गर्न सफल भइन्।मानब जिबनको लागी सेक्स अपरिहार्य रहेको प्रकृतिक नियम हो।सेक्स आबश्यक अनुशार प्रेमी प्रमिका को सहमतिमा रहेने सक्ने उनी निर्धक्क बँताउछिन।

प्रबासमा हुने  सास्कृतिक कार्यक्रममा निकै ब्यस्त उनी आउदो सेक्टेम्बर १८ मा मितेरी समाज यूएईको आयोजनामा हुन लागेको बिशेष तिज धमका २०७२ मा आफ्नो प्रतिभा प्रस्तुत गर्दै छिन्।

Wednesday, August 26, 2015

इजराइलमा कार्यरत संगिता ओलीको फेरि पुन: गम्भिर ध्यानाकर्षण

जसरी मेरो चरित्रहत्या गर्ने गरी २/ ४ दिन देखी सामाजिक सन्जालहरुमा भ्रामक तथा आधारहिन पोस्टहरु भाईरल भएका छन त्यस्मा मेरो पुन: तथा गम्भिर ध्यानाकर्षण भएको कुरा जानकारी गराउन चाहन्छु ! त्यस्ता भ्रामक समाचार पहिलो पटक आएपस्चात मैले सामाजिक सन्जाल प्रयोगकर्ता हरुको जानकारीका लागि इस्पष्टिकरण शाहीत ध्यानाकर्षण गराएको अवस्थामा पनि समाचार सम्प्रेसन गर्ने कार्य रोकिएका छैनन !विभिन्न अनलाई लगायतका ब्यक्तिगत ब्लगर हरुले उक्त समाचारलाई पटक पटक बिभिन्न शिर्शकमा निराधार समाचार बनाइ आफ्नो फेस्बूक पेजमा पोस्ट गरी बिबाद लाई उछाल्ने कार्य घ्रीनित एबम निन्दनिय छ ! नेपाल स्थित मेरा परिवारले प्रेस काउन्सिल नेपाल गाई निबेदन दिदा त्यस्ता समाचार सम्प्रेसन गर्ने पर्देशीखवर, अन्लाईन ताजा खवर लगायतका सम्प्रेसन कर्ता हरु प्रेस काउन्सिल मा दर्ता नभै सन्चालनमा आएका ब्यक्तिगत ब्लगहरु भएको कुरा जानकारी भयो ! उनिहरुको एस्तो गैर्जिम्मेबiर पूर्ण समाचार सम्प्रेसन गराइबाट तारा र सिता बैनीको पक्राउको सम्योगलाई म सँग जोडेर उछाल्ने काम भएको देखिन आउछ जस बाट यो म बिरुद्ध नियोजित सद्यन्त्र भएको हुन सक्ने देखिन्छ ! तसर्थ यस्को जड् सम्म पुगी य स् बिषयको निर्क्योल गर्न मेरो परिवारले नेपाल प्रहरीको साईबर क्राइम ब्रान्चमा त्यस्ता संचार माध्याम लगायत आस्लील कमेन्ट गर्ने ब्यक्तीहरु को समेत प्रमाण सन्कलन गरी निबेदन दिन लागेको कुरा सबैलाई जानकारी गराउन चाहन्छु ! तसर्थ सत्य तथ्यको निर्क्योल नहुन्जेल एस्ता समाचार लाई बधावा नदिनु हुन अनुरोध गर्न चाहन्छु ! यो समाचार सत्य भएको खन्डमi कiनून बमोजिम सजाय भोग्न तयार छु ! सोही अनुसार यस्ता समाचार सम्प्रेसन गर्ने ब्लगर तथा अस्लील कमेन्ट गर्ने ब्यक्ती हरु पनि कानून को दाँयार मा आउनु पर्ने कुरा स्पस्ट छ !
जहाँ सम्म यो बिषय लाई टुङो लगाउने कुरा छ त्यस्को लागि म अधिकारिक तवर बाट प्रयासरत छु ! तर आज जसरी सम्पूर्ण दाजु भाई दिदी बहिनी बिच मेरो बिरुद्ध समाचार सम्प्रेसन भई राखेका छन मैले पुन: ध्यानाकर्षण गर्नु पर्ने जरुरी देखिन आयो ! जसरी मेरो बिरुद्ध बिभिन्न पोस्ट, कमेन्टहरु आएका छन त्यस्मा मेरो निम्नानुसारका स्पष्टिकरण दिन चाहन्छु !


१) जहाँ सम्म बिभिन्न पोस्ट अनुसार नीज तारा र सिता बैनीलाई धम्काएको भन्ने छ, मबाट त्यस्तो धम्कiउने कार्य भएको छैन ! अन्य कसैले धम्काएको भये त्यस्को जवाफदेही म हुन सक्दिन ! कसैले धम्काइ राख्नु भएको भये त्यस्तो कार्य नगर्न हुन अनुरोध गर्दछु ।
२) जहाँ सम्म मीटिङमा बोलाँउदा नगएको भन्ने छ, मा आँफै आस्चर्य चकित परेको छु ! मलाई कसैले मीटिङको लागि बोलएको छैन बरु म आँफैले पटक पटक प्रयास गरेको थिए अब पनि प्रयासरत छु!
३) जहाँ सम्म पुलिसले संगिता ओली भागी उस्ले तिमीहरु जस्तालाई पक्राउन पुलिसलाई सहयोग गर्छे भने भन्ने आरोप छ, म निज तारा र सिता बैनिलाई उक्त कुरा प्रमाणित गर्न चुनौती दिन्छु ! आरोप लगाये पछी आरोप प्रमाणित गर्ने भार सम्भन्दित ब्यक्ती हरु मै निहित हुने हुँदा निज हरुले उक्त आरोप प्रमाणित गर्नु पर्ने हुन्छ !

निज तारा र सिता बैनिहरुको हाल को अवस्था प्रती म पनि शाहआनाभुती रख्दछु ! म आँफै पनि संघर्स गरेर आएकी महिला भ ए का कारण ले पनि वहाँहरुको अवस्था प्रती सम्बेदनशील छु ! निज हरुलाई मैले अझपनी मेरो तर्फ बाट गर्न सक्ने सहयोग गर्न तयार रहेको कुरा जानकारी गराउदछु ! हाल NRN Isreal ले सुचना जारी गरी बिबiदित पक्षहरुलाई एक ठाउँ मा आउन आबहान गरेकोमा म जुनसुकै समयमा पनि भेट बर्ता गरी समस्या समाधान गर्र तयार रहेको कुरा जानकारी गराउन चाहन्छु !
आन्त्यमा फेरी पनि यो बिषय अधिकारिक रुपमi टुङो नलiगुन्जेल यस्ता समाचार सम्प्रेसनलाई रोक्न एबम बढiवा नदिन सम्बन्धित ब्लगरहरु, अस्लील कमेन्ट गर्ने ब्यक्तिहरुलाई आनुरोध गर्दछु ! उक्त अपराधीक कृयाकलाप तुरुन्त बन्द नगरेको खन्डमा म इजरiएल तथा नेपाल दुबै तर्फका कनुन को शहiरi लिन वाध्य हुनेछु ! धन्यवाद


Tuesday, August 4, 2015

इमान्दारिताको कदर नहुने देशमा कसरी फर्कूँ हजुर अामा ?

श्रद्देय हजुरआमा
प्रणाम ।
आफ्नो नातिनातिना भन्दा हुरुक्क हुने हजुरआमाको आज धेरै सम्झना आयो। त्यसैले यो पत्र लेख्न जमर्को गरेको छु। हजुरआमा, २०७२ वैशाख१२ को बिनासकारी भूकम्पले अपत्यारिलो तरिकाले नाफाको जीवन बाँचेको छु, नानी भन्ने तपाईंको धर्मराएको आवाजले अस्ति टेलिफोनमा कुरा गर्नै सकिन।  त्यसै त्यसै भक्कानो छुटेर आयो, गला अवरुद्द भयो। सोचें तपाईं बाँचेको सायद म परदेशी नातिनीलाई शिरमा हात राखेर आशिर्वाद दिनकै लागि होला। यस्तो सोचेर मुस्कुराएँ एक्लै।

त्यति ठूलो विपतिबाट पनि मेरो हजुर आमा बाँच्न सफल हुनुभयो भन्ने खबर पाउँदा खुसीको सीमा रहेन। हुन त हजुरसँगको त्यो छोटो कुराकानी पछि मेरो मन बेचैन छ, खुसी र बिस्मातको भुमरीमा नराम्ररी निस्सासिएको छ, आजभोली जताततै उराठ मात्रै लाग्छ किनकि मेरो बाल्यकालको दिनचर्या संग जोडिएका धेरै चिजहरु त्यो भूकम्पले समाप्त गरिदिएको छ।  तैपनि खिन्न भएको मन लिएर एक तमसाले हजुरको तस्बिर हेर्छु र चित्त बुझाउँछु।  कम से कम मेरी हजुर आमा त सकुशल हुनुहुन्छ ! हजुरको चाउरी परेको बिम्ब हेर्दा आशा र भरोसाका किरण इन्द्रेणी झैं रंगिन देखिन्छन्।दुःख र कष्टका उबडखाबड पार गरेका उन्नती र सम्वृद्धीका अभेद्य चट्टान झैं लाग्छन्। त्यी खुम्चिएका रेसाहरू, कस्तो आभा छ तपाईंको अनुहारमा हजुरआमा!

तपाईंलाई सम्झना हुनु पर्दछ, म सानो छँदा हजुरको बुईमा बसेर ढिकीमा घान कुटेको, काखमा बसेर जाँतोमा मकै, कोदो पिसेको, घरी-घरी हजुरको काखमा लुट्पुटिने र घरीघरी बुर्कुसी मार्दै भित्र र बाहिर गर्ने हाम्रो त्यो घर कस्तो स्वर्ग जस्तो थियो है हजुर आमा ? निष्ठूरी दैवले हाम्रो त्यो सुन्दर घर गर्ल्यामगुर्लुम लडाएर केबल ढुंगा माटोको थुप्रोमा परिणत गरिदियो भन्दा मलाई दैव देखि कम्ती रिस उठेको होइन। तै पनि उती बेला दशै तिहारमा रातो माटो, काली माटी र कमेरोले लिपेको यी हात हेर्छु र चित्त बुझाउछु हजुरआमा, हजुरको अाशिर्वादले घर फेरि उभ्याउनु छ मैले ।

हजुर आमा ,

यो परदेशमा हजुरको हातको स्पर्सको याद मात्र गर्दा पनि तागत आउँछ | हजुरले ठुलो ठेकीमा पार्नु भएको मोही गाउँनै बास्ना आउने गरी भुट्नु भएको मकै, भटमास खाएको यादले यो मरुभूमिमा पनि सरर मुख भरी पानी आउँछ। यो परदेशको पिजा र बर्गरले मेरो मन जित्न सकेन ,हजुरआमा ।

परदेशिएको पनि एकदशक भैसक्यो तै पनि त्यहि हजुरले हातमा ठेला पर्ने गरी ओडाल्नु भएको ढिडो र पिरो पारेर साध्नू भएको पिना ,गुन्द्रुक संग जिब्रो पड्काउँदै खाएको दिन सम्झेर घुटुक्क थूक निलेर कल्पिरहेको हुन्छु ।

म सानो छँदा मलाई सुताउनको लागि विभिन्न खाले कथा गीत भनेर मलाई काखमा लुटुपुटु पार्ने मेरी हजुर आमा, हजुरलाई सम्झदा तिनै कथाहरु मध्ये एउटा कथा आजभोलि निक्कै सम्झन्छु ।पश्चिम नेपाल तिर धेरै केटा मान्छे लाउर जाने गर्थे रे, चाड बार्ड पारेर घर आउथे रे | त्यो कथा तिहार ताकाको थियो जस्तो लाग्छ | एउटा लाउरे ५ वर्षमा लाहुरबाट घर आएको बेला गुन्टा ट्यांका बोक्ने भरियाले उसलाई बाटोमा मारेर गाडेछ र सबै पैसा, समान लट्टीपट्टि परेर भागे छ रे| हुन त त्यस्ता घटनाहरू कथामा मात्र होइन वास्तविक जीवनमा पनि घटेको सुनिन्थ्यो नै। अनि घटना पछि कथा,कविता गीत बन्थ्यो| गाइनेहरुले सारंगी बजाउदै बिलौना सहित गीत गाउँथे |त्यस्तै गीत ,कथा हजुरले हामीलाई सुनाउनु हुन्थ्यो |

तर अफसोच ! आज त्यस्ता घटना त सामन्य भाई सके हाम्रो समाजमा। आखिर हाम्रो समाज किन यति द्रुत गतिमा क्रुर बन्दै गएको होला ? हेर्नुस त हजुर कै पालामा बलात्कार गर्ने, मान्छे मार्ने सामान्य हुँदै जान थाल्यो। यस्ता घटना अब कथा होइन,हाम्रो समाजका दैनिकी पो बन्न थाले !हजुरआमा अझै के के देख्नु पर्ने हो बाँचिरहन पाए !

बुढ्यौलीसँगै हजुर कान कम सुन्नु हुन्छ, फोनमा कुरा सुन्न सक्नुहुन्न ! तै पनि बेला बेला फोन गरेर हजुरको स्वर सुन्छु।  हजुरले दिनुभएको आशिर्बाद फोनबाटै लिन्छु। हजुरसंगको हरेक संवादमा अब घर फर्क नानु नेपालमै केही गर परिवारसंगै बसेर आधी पेट खान राम्रो। परदेशमा एक्लै बस्नुभन्दा आउने दशैंमा मेरो हातको टिका थाप्न परदेश सधैँको लागि छोडेर आउनु है भन्नु भएको त्यो बोली हरपल कानमा गुन्जिएको छ ,हजुरआमा।

 हजुरलाई थाहा नै छ, परदेश मेरो रहर होइन, बध्यता हो | फेरि यहाँ म एक्लो पनि त छैन नी। म जस्तै लाखौं नेपाली आफ्ना बाबु आमा, भर्खर बिहे गरेको श्रीमती, श्रीमान्, नाबालाक छोराछोरी छोडेर परदेशिएका छन | बर्षौंदेखि चाडबाड मान्न पाएका छैनन्। मैले पनि तिनीहरू सबैलाई हेरेर चित्त बुझाएकी छु हजुरआमार कहिले काहीं लाग्छ सन्तोषको सास फेर्ने दिन कहिले आउला र?

हाम्रो गाउँमा आज १८ वर्ष भन्दा माथिका कुनै पनि युवाहरु छैनन्| १७ वर्ष पुरा हुने बित्तिकै दलालहरूको बिगबिगी हुन थाल्छ र खाडी मुलुकबाट आएको फ्री भिसामा लाखौं रकम असुलेर प्रलोभनमा पार्छन्।  कलकलाउँदा युवालाई खाडीको ५५ डिग्रीको तापमा पिल्सिन बाध्य बनाउँछन्|सस्तो भाउमा श्रम बेचेर लिलाम भएको खुसी किनिरहेका छन् युवायुवतीहरू।

हजुर आमा, हजुरलाई अचम्म लाग्ला कस्तो जमना आयो भनेर। त्यो उमेरमा आफ्ना सबै परिवारसंगै बस्ने चाहना हुँदाहुँदै पनि हजुर हरेक साँझ पिंढीको डिलमा बसेर बाटो हेर्दै कोही कतैबाट आउलान् कि आमा भनेर बोलाउँलान् कि भनेर त्यो आवाज सुन्न तड्पिरहनु भएको छ। हजुरको आत्मालाइ बुझेको छु, हजुरआमा तैपनि यो विवशताको जिन्दगी बिताउन बाध्य छु।

अन्तमा ,परदेशमा रहेर यति कुराको जानकारी हुँदाहुँदै पनि देश फर्कन सकेको छैन। त्यहाँ इमानको कदर हुन्छ भन्नेमा मलाई विश्वास छैन। पाखुरीमा विश्वास गर्ने हजुरकी नातिनी  हुँ म। मलाई गर्व लाग्छ हजुरको नातिनी हुन पाउँदा हजुरको काखमा हुर्किएर यो संस्कार पाएकी छु। यति बेला मैले हजुरलाई यस्ता गन्थन लेखेर मन दुखी बनाउनुको सट्टा हजुरको साहारा बनेर सहयोग गर्नु पर्ने हो। त्यसो गर्न नसकेकोमा आत्मा ग्लानी हुन्छ नै। तै पनि अब छिट्टै खुसीहरू समालेर हजुरको सेवामा हाजिर हुने बाचा गर्दै अहिलेलाई बिदा माग्दछु।

हजुरकी प्यारी नातिनी
सावी
हाल: इजरायल

Saturday, August 1, 2015

नेतृत्वमा आउने कुरालाई हल्का रुपमा लिनुभयो भने दुर्घटना हुनसक्छ : शेष घले

सिड्नी । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले एनआरएनको नेतृत्वमा आउने कुरालाई हल्का रुपमा नलिन आग्रह गरेका छन् ।


विभिन्न देशमा गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका भइरहेका बेला अध्यक्ष घलेले नेतृत्वमा आउने ब्यक्ति नै संस्थाको अनुहार भएकाले इमान्दार ब्यक्तिलाई चुन्न आग्रह गरे ।
‘नेतृत्वमा यस्तो मानिस आउनुपर्छ जसमा इमान्दारिता र लगनशिलतासँगै हुनुपर्छ भने आफ्नो निजी स्वार्थका लागि संस्थालाई दुरुपयोग नगर्ने सुनिश्चितता पनि हुनुपर्छ ।’ अध्यक्ष घलेले भने- ‘परोपकारी काम र लगानीको बिषय होस् वा कम्युनिटीको सेवाका सन्दर्भमा होस्, यसलाई हल्का रुपमा लिनुभयो दुर्घटना हुनसक्छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अष्ट्रेलियाको पद हस्तान्तरण कार्यक्रमलाई शनिवार सिड्नीमा सम्बोधन गर्दै अध्यक्ष घलेले गैरआवासीय नेपालीप्रतिको आशा र भरोसा निकै बढेकाले गम्भीर हुन आग्रह गरे ।
‘अब गैरआवासीय नेपाली संघलाई कस्तो बनाउने भन्ने बिषय तपाइहरुकै हातमा छ । बिगत दुई बर्षमा संस्थालाई जसरी पुनःसंरचना गर्न खोजिएको छ, जे लक्ष्य र जिम्मेवारी लिन खोजिएको छ, त्यसलाई पुरा गर्ने चुनौती बाँकी नै छ ।’ अध्यक्ष घलेले भने ।

यस्तो छ घलेको सम्बोधनको पूर्ण पाठ-
सर्वप्रथम गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अष्ट्रेलियाको नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु । हार वा जीत चुनावको अनिवार्य नियम भएकाले यसलाई स्वीकारेर गैरआवासीय नेपाली संघको मूल लक्ष्य कार्यन्वयनका लागि सम्पूर्ण अष्ट्रेलियाबासी गैरआवासीय नेपालीहरु नयाँ नेतृत्वमा थप एकताबद्ध भएर अगाडी बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

गैरआवासीय नेपाली साथीहरु,
आज गैरआवासीय नेपाली संघले नेपालभित्र तथा बाहिर जुन इज्जत र मान प्रतिष्ठा पाएको छ, नेपाल सरकार, नेपाली जनता र गैरआवासीय नेपालीहरुले यो संस्थालाई जति भरोसायोग्य ठानेका छन्, बिदेशी संघसंस्थाले एनआरएनलाई जति बिश्वाशिलो साझेदार सम्भिmएका छन्, त्यो एकै दिनमा वा सानो मेहेनतले सम्भव भएको हैन् ।

म आज आफ्नै आगनमा उभिएर गैरआवासीय नेपाली संघसँगको यात्रा अनुभव यहाँहरुसमक्ष बाँड्ने अनुमति चाहन्छु ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै यो संस्थामा बसेर देशलाई केही योगदान दिन सकिन्छ भन्ने साथीहरुको आग्रहलाई स्वीकार गर्दैर् झण्डै दुई बर्ष अगाडी मैले गैरआवासीय नेपाली संघसँगको यात्रा थालेको थिएँ ।

त्यतिबेला मेरो मनमा केही डर भए पनि अहिले म तपाईहरुमाझ उभिएर गौरवसाथ भन्दैछु कि मैले यो दुई बर्षको अबधिमा एनआरएनएसँगै श्वास फेरेँ, एनआरएनएसँगै सुते र एनआरएनए उठेँ ।
म यति भन्न सक्छु कि यहाँहरुमध्ये धेरैले मैले जस्तै अनुभूति गर्नुभयो होला । यो यात्रामा तपाईहरुको साथ र सहयोगले नै गैरआवासीय नेपाली संघले दुई बर्षको अबधिमा नयाँ उचाई पाउन सफल भएको कुरा यहाँहरुलाई अवगत नै छ ।

यहाँहरुलाई थाहा छ कि दुई बर्ष अगाडी म गैरआवासीय नेपाली संघको नेतृत्वमा आउँदा संघको संजाल त थियो तर संरचना र स्थायित्वका आधारहरु थिएनन् । मेरो पहिलो कोसिस यसको संस्थागत संरचना बदल्ने र दीगोपन सुनिश्चित गर्नेतर्फ रह्यो, जसमा म केही हदसम्म सफल भएको अनुभव गरेको छु । आफ्नै भवन बनाउने गैरआवासीय नेपालीहरुको बर्षौंदेखिको सपना पुरा हुने निश्चित भएको छ । यसमा हामीले धेरै समय र मेहेनत लगाएका छौं, संसारभरका गैरआवासीय नेपालीहरुले यो अभियानलाई आफ्नै ठानेर अंगाल्नुभयो, एक एक डलर नै किन नहोस् आफ्नो गास काटेर भवन निर्माण अभियानलाई सहयोग गर्नुभयो र सफल बनाउनुभयो । यो सवै सफलताको भागीदार यहाँहरु नै हुनुहुन्छ ।

श्रम गन्तब्यहरुमा कार्यरत पिडीत नेपाली दाजुभाईको सहयोगका लागि हामीले एक कल्याणकारी कोष स्थापना गरी सरकारसँग मिलेर त्यसलाई कार्यन्वयन गर्ने तयारी गरिरहेका छौं । रोजगारीमा जानुपूर्व नै सूचना प्रवाह गरेर सगज बनाए मात्र उनीहरुलाई ठगिनबाट बचाउन सक्छौं भन्ने मेरा मान्यता छ । त्यसै शिलशिलामा नेपाल सरकार र विभिन्न संघसंस्थासँग मिलेर सूचना केन्द्र स्थापना गर्ने लगायतका काम सुरु भइसकेको छ । अबको मुख्य कार्यभार कल्याणकारी कोष परिचालन गरी दुःखमा रहेका हाम्रा नेपाली दाजुभाईको मुहारमा खुसी ल्याउनु हो ।

हामीले यो विचमा करिव एक दशकसम्म गैरआवासीय नेपालीको प्रमुख मुद्दा बनेको नागरिकताको मागलाई संविधानको प्रारम्भिक मस्यौदामा पार्न सफल भएका छौं । एक हदसम्म हामी यो बिषयमा सफल भइसकेका छौं, अब कसैले चाहेर पनि गैरआवासीय नेपालीलाई ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने हाम्रो धारणाबाट बञ्चित गर्न सक्दैन ।

नेपाल सरकारसँगको साझेदारीमा खुला बिश्वबिद्यालय स्थापना गर्ने हाम्रो धेरै बर्षदेखि प्रयत्न पनि अब सफलताउन्मुख छ । धेरै संघर्षपछि हामीले खुला बिश्वबिद्यालयको नीति निर्माण र संचालनमा गैरआवासीय नेपाली संघको सहभागितालाई सुनिश्चित गर्न सफल भएका छौं । यतिबेला बिधेयक तयार भएर पेश भइसकेको छ, मलाई बिश्वास छ अब हामीले धेरै बर्ष कुर्नुपर्दैन् ।

हामी भवन निर्माणको तयारीमा लाग्दै गर्दा मुलुक ऐतिहाँसिक महाभूकम्पको चपेटामा पर्‍यो । इतिहासमा पहिलोपटक गैरआवासीय नेपाली संघले यो विपत्तिको घडीमा आफ्नो सम्पूर्ण स्रोत साधन परिचालन गरी उद्दार तथा राहत र पुनःनिर्माण अभियानमा केन्द्रीत भयो । विश्वभरबाट करिव तीन सय एनआरएन स्वयंसवेक नेपाल पुगेर उद्धार र राहतमा खटिनुभयो । छोटो समयमै हामीले करोडौं रुपैयाँ संकलन गर्‍यौं, एनआरएन नेतृत्व तुरुन्तै भूकम्पग्रस्त क्षेत्रमा पुगेर राहत वितरणमा सक्रिय भयौं । दुई हप्ताको अवधिमा गाउँगाउँ पुगेर करिव १७ हजार परिवारलाई राहत वितरण गर्‍यौैं । हाम्रो सानो कोसिसले भूकम्पपिडीतको घाउमा अलिकति भएपनि मल्हम लगाउन सकेको महसुस भयो ।

हामीले यस्तो काम कहिल्यै गरेका थिएनौं । तर, यसले के देखायो भने हामी सवै मिलेर हातेमालो गर्‍यौं भने र राम्रो विचार छ भने कठिन काम पनि सम्पन्न गर्न सकिने रहेछ । तपाईहरु हरककोे सक्रिय सहयोगविना यो काम सम्भव थिएन । गैरआवासीय नेपाली संघप्रति देखाउनुभएको यो विश्वास र भरोसाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

विनाशकारी भूकम्पबाट हजारौं मानिसको ज्यान जानुका साथै लाखौं घरहरु पनि भत्किएका छन् । हाम्रो मान्तता छ कि, घर भत्किदा मान्छेको जीवन जिउने आधार र सुरक्षा नै कमजोर भएको छ यही कुरा मनन गरेर हामी यतिखेर मुलुक पुनःनिर्माणका लागि एक हजार घर निर्माणको संघारमा छौं । हामीले आफ्नै घर बनाउनु छ र हामीबाट आशा गरिरहेको नेपाली समुदायका लागि पनि घर बनाउनु छ ।

भूकम्पका दौरान हामीले जेजति काम गर्‍यौैं त्यसलाई सारा बिश्वले प्रसंसा गरिरहेको छ । सोही कारण अब एनआरएनको काँधमा अर्को जिम्मेवारी आएको छ मुलुक पुनःनिर्माण अभियानमा साझेदारी गर्ने ।
सामूहिक लगानीको बिषयमा होस् वा परोपकारी कामका सन्र्दभमा गैरआवासीय नेपाली संघले विगत दुई बर्षको अबधिमा धेरै फड्को मारिसकेको छ । मुलुकमा लगानी भित्राउने अभियानमा म नेतृत्वकर्ताका हैसियतमा आफै अग्रसर भएको छु भने थुप्रै गैरआवासीय नेपाली साथीहरुले पर्यटन, सेवा क्षेत्र र अन्य उद्योगमा पनि लगानी गरिरहनुभएको छ । यसले गैरआवासीय नेपाली साथीहरुमा नेपालमा लगानी गर्ने उत्साह र आत्मविश्वास बढाएको महसुस गरेको छु ।

हो, यो दौरानमा हामीले गैरआवासीय नेपाली अभियानलाई एकताबद्ध राख्नै कठिनाई हुने गरी चुनौतीहरु आए तर, हामीले निकै संयमतापूर्वक कदम चाल्यौं । चाहे बेलायतको समस्या होस् वा अमेरिकाको, जहिँ तहिँ नेतृत्वको एकमात्र चाहना भनेको गैरआवासीय नेपाली अभियानलाई एकताबद्ध राख्नु र त्यस्ता समस्याहरुको दिगो समाधान गर्नुबाहेक अरु केही थिएन् । हाम्रो एकमात्र उदेश्य बिदेशमा आर्जित सीप, ज्ञान र पूँजीलाई नेपालको सम्बृद्धिमा लगाउनेमै रह्यो र रहिरहने छ ।

यो अभियानमा हामी केही महत्वकाक्षीं पनि भयौं । चाहे भवन निर्माणका सन्दर्भमा होस्, चाहे नागरिकताको सन्दर्भमा होस् वा भूकम्पपछिको राहत र पुनःनिर्माणमै हाम्रा क्षमताभन्दा धेरै गर्ने लक्ष्य राख्यौं । एनआरएनए भवन पाँच करोडमै पनि बनाउन सकिन्थ्यो होला, पहिलेजस्तै नागरिकता हैन एनआरएन परिचयपत्रमै चित्त बुझाउन सकिन्थ्यो होला, बैदेशिक रोजगारका समस्या समाधान गर्ने वा राहत दिने काम हाम्रो हैन सरकारको हो भनेर पनि बस्न सकिन्थ्यो होला, अनि भूकम्पका बेला दुई चार करोड रुपैयाँ संकलन गरेर प्रधानमन्त्री राहत कोषमा दिएर औपचारिकता पुरा गर्न पनि सकिन्थ्यो होला । हामी महत्वकांक्षी भएरै धेरै उपलब्धी हाँसिल गरेका छौं, दुई बर्षको अबधिमा हाम्रोजस्तो कम्युनिटीबाट करिव ५० करोड रुपैयाँ संकलन गर्नु त्यही महत्वकांक्षाको परिणाम हो ।

यो महत्वकांक्षा पुरा गर्ने सवैभन्दा ठूलो शक्तिचाहिँ एनसीसी लेभलमा रहेर काम गर्ने तपाईहरुजस्तै साथीहरु हो । एनआरएन अष्ट्रेलियाले सवैजसो चुनौतीमा जहिले पनि आफुलाई अब्बल सावित गरिरहेको छ । चाहे सामूहिक लगानीको बिषयमा होस्, चाहे भवन निर्माणका सन्दर्भमा होस् वा भूकम्पपछिको राहत र पुनःनिर्माणमा एनआरएन अष्ट्रेलियाले आफुलाई सधै अग्रभागमा राखेको मैले पाएको छु ।
बिभिन्न देशका एनसीसीहरुमा नेतृत्व चुनिन लागेको यो सन्दर्भमा म के भन्न चाहान्छु भने नेतृत्व नै त्यो संस्थाको अनुहार हो । नेतृत्वमा यस्तो मानिस आउनुपर्छ जसमा इमान्दारिता र लगनशिलतासँगै हुनुपर्छ भने आफ्नो निजी स्वार्थका लागि संस्थालाई दुरुपयोग नगर्ने सुनिश्चितता पनि हुनुपर्छ ।
नेतृत्वका रुपमा तपाई अग्रभागमा भए पछि आफै अगाडी बढनुपर्छ, बिश्वाशिलो बनाउन आफैं लाग्नुपर्छ । दुई चारजना त्यस्तै बिश्वाशिला मानिस जोडिएपछि संस्था विश्वसनीय बन्छ ।

साथीहरु,
आजसम्म हामीले जेजति उपलब्धि हाँसिल गर्‍यौं, त्यसैमा चित्त बुझाएर, बिगतमा उपलब्धिप्रति गौरवमात्र गरेर बस्ने अबस्था छैन् । हाम्रा अगाडी अथाह सम्भावना र बिशाल चुनौती दुवै छन् । त्यसैले हाम्रा आगामी कदम पनि विगतमा जस्तै बुद्धिमतापूर्ण हुनुपर्छ, महत्वकांक्षी हुुनुपर्छ र विवेकशील हुनुपर्छ ।
दुई बर्षअघि मैले नेतृत्व लिँदा जे संस्थाप्रतिको अपेक्षा र भरोसा जे थियो त्यसभन्दा कैयौं गुणा बढि आशा र जिम्मेवारी बढेको छ । परोपकारी काम र लगानीको बिषय होस् वा कम्युनिटीको सेवाका सन्दर्भमा होस् यसलाई हल्का रुपमा लिनुभयो दुर्घटना हुनसक्छ ।
त्यसैले अब गैरआवासीय नेपाली संघलाई कस्तो बनाउने भन्ने बिषय तपाइहरुकै हातमा छ । बिगत दुई बर्षमा संस्थालाई जसरी पुनःसंरचना गर्न खोजिएको छ, जे लक्ष्य र जिम्मेवारी लिन खोजिएको छ, त्यसलाई पुरा गर्ने चुनौती बाँकी नै छ ।
अन्त्यमा, गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको नव निर्वाचित कार्यसमितिलाई बधाई दिँदै अघिल्लो कार्यसमितिका साथीहरुलाई उहाँहरुको महत्वपूर्ण योगदानका लागि धन्यबाद दिन चाहान्छु । मेरा केही भनाई राख्ने अबसर दिनुभएकोमा धन्यबाद ज्ञापन गर्दै बिदा चाहन्छु ।


जननी जन्मभूमी स्वर्गादपी गरियसी
जय नेपाल, जय एनआरएन

Tuesday, July 14, 2015

इजरायलवासी नेपालीहरूलाई झटारो -शुभद्रा भण्डारी

शुभद्रा भण्डारी, हाल इजरायल -नेपालीहरूको चटारोले हिजोआज फुर्सद छैन इजरायललाई पनि मान्छेको दिमाग भन्ने चिज पनि कस्तो हुँदोरहेछ, सेकेन्डमै कहाँ पुग्न सक्छ भने सेकेन्डमै के-के सोच्न सक्नेरहेछ । यो प्रवासी वसाई अनी विविध कार्य-व्यस्तताको वावजुद पनि मेरो मानसपटलमा छताछुल्ल पोखिएका इजरायलवासी नेपालीहरूको चटारोलाई देखेर झटारो हान्न मन लाग्यो । हिजो आज निकै व्यस्ततामा छन् इजरायलवासी नेपालीहरू, यसो भन्दा पराय मुलुकको कामको चपेटामा परेर व्यस्त भए होलान् भन्ने वुझिन्छ तर झन्झटिलो कामको वावजुद पनि अन्य गतिविधीहरूमा निकै व्यस्त देखिन्छन् वैदेशिक रोजगारीमा रहेका इजरायलवासी नेपालीहरू । यतीवेला विष्वभरी छरिएर रहेका नेपालीहरूमाँझ चलेको एनआऱएन चहलपहलले नेपालमा हुने गरेका निर्वाचनहरूको स्मरण दिलाईरहेको छ ।


प्रवासमा रहेका नेपालीहरूलाई मिलेको यो अवसर पनि गजवकै हुनेरहेछ । देखासेखीले गरीखा आरिसेले मरिजा भन्ने उखानजस्तै एनआरएनको चुनावी सरगमले इजरायललाई पनि निकै तताएको छ । केही समयअघिसम्म भुसुक्क निदाएको एन आर एन इजरायल अहिले जुरूक्क उठेको मात्र होईन दौड प्रतियोगितामै सहभागी भएको छ । विगतका वर्षहरूमा झै टिके प्रथाले स्थान नपाएर प्रतिष्प्रर्धा मैदानमा उत्रिनुको मज्जा नै वेग्लै देखिएको छ इजरायलमा । समाजसेवा गर्छु र एन आर एन इजरायलको मुहारमा खुसी ल्याउछु भन्ने प्रतिज्ञा गरेर चुनावी मैदानमा उत्रिनेहरूको नाम प्यानल अनी पक्ष -विपक्षको हल्लाहरू पनि वजारमा विज्ञापन भईसकेका छन् । १० वर्षमा नेपाललाई स्विजरल्यान्ड वनाउने, धनि गरिवविचको खाडल टम्म हुनेगरी पुर्ने अनी शिक्षा स्वास्थ्य र स्वरोजगार सम्पुर्ण नागरिकको अधिकार भन्ने झुटो आश्वसन दिने नेताहरूवाट आजित भईसकेका र वाउन्न ठक्कर त्रिपन्न हण्डर खादै प्रवासी जीवन विताईरहेका नेपालीहरूले चिल्ला कुरा गर्ने र फस्ल्याङफुस्लुङ पार्दै आफ्नो पक्षमा मत पार्न वुनिएको जाललाई राम्रैसंग वुझिसकेका छन् र जाल हान्ने माझीले पनि अलिकति जाल च्यातियो भने माछा फेरी पानीमै पौडिन पुग्छ र मेहनत खेर जान्छ भन्ने कुरा राम्रैसंग वुझेको हुनुपर्छ । दुई-दुई वर्षमा फेरवदल हुने एनआरएनको पदिय दायित्व परिवर्तनको लागि यसपटक इजरायलवासी नेपालीहरूमाँझ निकै उत्साह लिएर आएको जोशले इजरायलवासी नेपालीहरूमाँझ भविष्यमा केही परिवर्तन लिएर आउने हो कि भन्ने झिनो आशा पनि पलाएको छ भने नेपालमा चुनाव लाग्दा नेताहरूले जनतालाई चिल्ला मिठा कुरा गर्दै भोट असुलेजस्तै चुनाव जितेपछि आफ्नै मतदाताहरूलाई नचिन्ने हुन् कि भन्ने शंकालु संवादहरू पनि इजरायलका गाँउ वस्तिहरूमा निकै सुनिन्छन् ।

नेपालमा एनटिसीको नेटवर्क पाउनै गार्हो भएजस्तै इजरायलवासी नेपालीहरूको मोवाईलमा झ्वाट्ट कल लाग्न निकै मुस्किल पर्छ हिजोआज । कियरगिभिङको काम, खानुछैन माम, कमाउनुछ दाम, फुर्सद भयो की इन्टरनेट र टेलिफोनमा नै हुन्छन् जाम अनी टेलिफोन र इन्टरनेट अन भयो की प्रंसग आईहाल्छ एनआरएन चुनावको ।एन आऱ एन इजरायलको नेतृत्व सही व्यक्तिहरूको हातमा परोस् भन्ने चाहनाले यति वेला इजरायलवासी नेपालीहरूलाई पनि थप चटारो परेको छ । हुन त इजरायलवासी नेपालीहरू इतिहासमै कहिल्यै चुप लागेर वसेनन् । सहयोगी भावना, आपसी सद्भाव र एकता नभएको पनि होईन इजरायलवासी नेपालीहरूमा । चाहे वाढीपहिरोले ल्याएको विपत होस्, चाहे आगलागिवाट नष्ट भएको सपना किन नहोस् या अन्य विविध कारणहरूवाट आईपरेको दुखमा इजरायलवासी नेपालीहरू एक भएर सहयोग गर्छन् र पिडितहरूको आँसु पुछ्छन् ।

२०७२ वैशाख १२ गते नेपाल र नेपालीको इतिहासमा काल वनेर आएको आम विनासकारी भुकम्पको पिडामा विक्षिप्त वनेका इजरायलवासी नेपालीहरूले पिडितहरूको घाउमा मल्हमपट्टी लगाउने फराकिलो मनसंगै एकताको लागि कुनै कसर वाँकी राखेनन्, अन्तत : भुकम्प पिडित सहयोग अभियान इजरायलको नामवाट करिव एक करोडको हाराहारीमा सहयोग रकम संकलन भयो । आपतकालित राहत लिएर १५ जिल्लामा पुगिसकेको अभियान पुनर्निर्माणको लागि फेरी अति प्रभावित ७ जिल्लाका विद्यालयहरूमा जाने तयारीमा रहेको छ । यतिवेला अभियानको नाममा उठेको रकम पारदर्शी ढंगवाट वितरण गरी आम जनसमुदायमाँझ ल्याउने अभ्यासमा जुटेका छन् अभियन्ताहरू । पिडितहरूको नाममा सहयोगी दाताहरूको मन जितेर अभियानमार्फत उठाईएको रकमको सहि सदुपयोग भयो कि भएन भन्ने कुराको लागि इजरायलवासी नेपालीहरूले अझै केही दिन धैर्य गर्नुपर्ने देखिएको छ ।

करिव चार पाँच हजार मात्र नेपालीहरू रहेको इजरायलमा च्याउ उम्रे झै उम्रिएका झण्डै ४० वटा सामाजिक संघसंस्थाहरू जिवितै रहेका छन् । हास्यस्पद कुरा त के छ भने अरूको संस्थामा जुम्रो हिडेको नियाल्ने इजरायलका समाजसेवीहरू आफनै संस्थाभित्र भैसीले उदेरी खेलिसकेको पनि पत्तै पाउदैनन् । उही अनुहार, उही प्रवृति उही मानसिकता अनी उही सोच, आखिर संस्थाको नाम परिवर्तन गर्दैमा उपलव्धिको के आशा र भरोसा राख्न सकिन्थ्यो र ? होईन भने किन र के का लागि जन्मियो इजरायलमा करिव ४० वटा सामाजिक संघसंस्थाहरू ? एक संस्थामा विवाद भयो भने रातारात नयाँ संस्था जन्मिन्छन् यहाँ । पदिय लालचमा आशन ग्रहणकै लागि भएपनि संस्था खोल्ने हतारोमा चटारो देखेर वेलावेलामा झटारो नहानेको पनि होईन तर झटारो वुझ्नेलाई श्रीखण्ड र नवुझ्नेलाई खुर्पाको विंड जस्तै भईदिएपछि कसको स्वतन्त्रतामाथि कसले हस्तक्षेप गर्न सक्थ्यो र ? न्याय अन्यायको समयमा चांही काग कराउदै गर्छ पिना सुक्दैछ भने झै मुकदर्शक वन्दै कानमा तेल हालेर वस्नेहरूको अनुहार पनि नपढेका छैनन् इजरायलवासी नेपालीहरूले । यी आँखाहरूले तानातान हानाहान जानाजान नै हुनेगरेका दृष्यहरू पनि वेलावखत नदेखेका होईनन् । नेपाली पर्वहरूलाई हतियार वनाउदै व्यापारीकरण तवरले कार्यक्रम जुधाउने होडवाडी कुनै अनौठो परम्परा होईन इजरायलवासी नेपालीहरूमा । जति नै अनुरोध गरिएपनि एकै प्रकृतीका कार्यक्रमहरू समेत एकै मंचमा हुन नसकेका प्रसस्तै उदाहरणहरू छन् । यही जुलाई १७ मा पनि दुईतिर कार्यक्रम हुने पक्का भईसकेको खवरहरू वजारमा छाईसकेका छन् भने १८ शनिवारको दिनमा एकातिर एन आर एन इजरायलको चुनाव हुदैछ भने अर्कोतिक भ्रमण गराउने होडवाजी पनि देखिएको छ उता भानुजयन्ति मनाउने कार्यक्रमको पनि ३,४ महिना अगावै सूचना आईसकेको थियो ।

इजरायलवासी नेपालीहरूका लागि कार्यक्रम तर्जुमाको होडवाजी नौलो विषय होईन । भ्रमणको विषय होस् या अन्य कार्यक्रमको अग्रिम सुचना निकाल्ने विषयमा पनि निकै प्रतिष्पर्धा हुने गरेको देखिन्छ । सोसाईटी अफ हेल्पिङ हट्स इन इजरायलको आयोजना तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सहआयोजनामा जुलाई १८ तारिख साँझ देश विपतीमा डुवेको वेला इजरायलदेखि नेपालसम्म पुगेर नेपालीहरूको उद्दार तथा उपचारमा खटिएका I.D.F ( Israel Defense Forces / इजरायली शुरक्षा सेना ) हरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । राष्ट्र विपतमा डुव्दै अन्तराष्ट्रिय सहयोगको अपेक्षा सहित पिडामा चिच्याईरहदा नेपाल र नेपालीसंगको भावनात्मक नाता प्रगाढ वनाउदै सहयोगको लागि नेपाली भूमीमा पुगेर उद्दार, उपचार तथा विभिन्न सहयोगमा खटिएका विदेशी नागरिकहरूलाई धन्यवाद स्वरूप सम्मान गर्नु राष्ट्रकै गौरवको कुरा हो, जुन इजरायलवासी नेपालीहरूको इतिहासमा अनन्त: रहिरहनेछ । समाजसेवीको संज्ञा दिदै ढोल फुक्नेहरू अनी सामाजिक संजालमा देशप्रेमको भावना दर्साउदै स्ट्याटस र कमेन्टमा निकै घुक्नेहरूको अनुहार इतिहासकै उदाहरणिय कार्यक्रममा कत्तिको देखिन्छन् त्यसको चित्रण यी आँखाहरूले आगामी साता मात्र गर्न पाउनेछन् । नेपलिज इन इजरायल भन्ने फेसवुक ग्रुप इजरायलमा निकै चर्चित छ । केही घटना घट्यो या कसैसंग केही दुष्मनी वढ्यो ? व्यक्तिगतदेखी सामाजिक संघसंस्थाका कृयाक्लापहरू, सुचनाहरू, साथै आ-आफ्ना तर्कवितर्कहरू सवै त्यही ग्रुपमा पोखिन्छन् । कहिलेकाही भावना पोख्ने क्रममा पोष्ट गरिएका विषयवस्तुहरू निकै विवादमा समेत तानिन्छन् । सार्वजनिक वालवाटै कस-कसको को-को संग मित्रता झाँगिएको छ र को संग मत मिलिरहेको छैन भन्ने प्रष्ट वुझ्न सकिन्छ । कहिले एन आर एन इजरायलकै प्रंसगमा त कहिले नारी आवाज इन इजरायलको । कहिले धार्मिक विषयमा त कहिले मार्मिक विषयमा । कहिले उषा ओलीको त कहिले संगिता ओलीको प्रंसगमा । इजरायलवासी नेपालीहरू केही खुराक भयो की त्यही चौतारीमा झुल्किदै पोख्ने गर्छन् । सोही ग्रुपवाट निकै चर्चा कमाएको पछिल्लो विषय हो अवैधानिक नेपाली कामदारलाई सुराकी लगाएर पक्राएको भन्ने आरोपको विषय जसले इजरायलमा रहेका नेपालीहरूविच भुईचालो नै ल्याईदियो ।

इजरायलमा रहेका सामाजिक संघसंस्थाहरूले कहिलेकाही अदालतकै रूपमा पनि खडा हुने अवसर प्राप्त गर्छन् । आपसी लेनदेनदेखी सम्वन्धविच्छेद सम्मका विषयहरू समेत कहिलेकाही विवादित वन्दै न्यायको लागि सामाजिक संघसंस्थाहरूसमक्ष आउने गर्छन् र सहमतीमा मेलमिलाप पनि हुने गर्दछ । कहिलेकाही नेपाली-नेपालीविच भकुराभकुर परेको खवरहरू समेत छरिन्छन् वजारमा अनी न्यायाको लागि नेपाली राजदूतावास र सामाजिक संघसंस्थाहरू गुहार्ने गरेका घटनाहरू समेत सामाजिक संजालतिर फैलिएका हुन्छन् । सहमती र सहकार्य रातारात फेरिदारहेछन् भन्ने उदाहरणहरू पनि अनौठो छैन इजरायलमा रहेका नेपालीहरूविच । एउटै व्यक्तिको हिजो र आजको फरक भाषा पढ्नै गार्हो हुने गर्दछ कहिलेकाही, त्यसो त आए आँप गए झटारो भनेझै खाली समयको सदुपयोग तर सहि निर्णयको दुरूपयोगमा वाजी मार्नेहरू गाँउशहरभरी फिजिईसकेका छन् भन्ने हल्लाहरू पनि नभएका होईनन् । यो साता कोही भुकम्प पिडित सहयोग अभियान इजरायलको आर्थिक संकलन टुङ्ग्याउने हतारमा छन् भने कोही यही शुक्रवार हुने विविध कार्यक्रमहरूको तयारीमा । कसैलाई शनिवार हुने एनआर एन इजरायलको चुनावी चटारो छ भने कसैलाई शनिवार नै तय गरिएको भ्रमणहरू सफल गराउने हतारो । उता शनिवार आयोजना गरिएको I.D.F सम्मान कार्यक्रमको तयारीमा जुट्नेहरू त्यत्तिकै व्यस्त देखिन्छन् ।

Saturday, July 4, 2015

जिन्दगीका अनगिन्ती चोटहरु

दुइ मिनेट लाग्छ बिबाहित महिला ले अवस्य पढ्नुहोला "नेपाली महिला जसको जुनविवाहको बन्धनमा बाँधिएर पतिको रूपमा स्वीकारगरेर आउनुभएको छ । उहाँहरूलाई मेरो अनुरोध श्रीमान्
विदेश गएको छ भनेर स्कुल पढाउने छोराछोरी बोडिङ्ग
नहाल्नु होला ।
कानमा टप,मुन्द्रा र
घाँटीमा सिक्रि नखोज्नुहोला आँटो र गुन्द्रुक खाने
मुखलाई विगारेर वास्मतिका चामल
नखोज्नुहोला मोही र गाबाको तरकालीलाई
बंग्याएर मासु र हुस्कि र वियरमा मन नडुलाउनुहोला ।
गाउँका घरछोडेर बजारको मंगो कोठा भाडा तिरेर
बस्न
नखोज्नुहोला किनकी विदेशीएको श्रीमान मृत्युसँग
लडिरहेको छ ।जो कि कतिखेर शिकार बनेर
बाकसका पेकिङ्ग हुनुपर्ने हो । तसर्थ मोजमस्ती र
विलाशी जिबनशैली होइन साधरण
जिबनशैलीमा रमाउन सिक्नुहोस्
कि कसो साथि हो यो कुरा सहि होकी नै ???
_
_____________________________
(जानकारी शेयर गर्ने
गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले
पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे
पनि तपाइको साथीलाई/आफन्तलाई काम लाग्न
सक्छ)
विदेश गएको छ भनेर स्कुल पढाउने छोराछोरी बोडिङ्गनहाल्नु होला ।कानमा टप,मुन्द्रा रघाँटीमा सिक्रि नखोज्नुहोला आँटो र गुन्द्रुक खानेमुखलाई विगारेर वास्मतिका चामलनखोज्नुहोला मोही र गाबाको तरकालीलाईबंग्याएर मासु र हुस्कि र वियरमा मन नडुलाउनुहोला ।गाउँका घरछोडेर बजारको मंगो कोठा भाडा तिरेरबस्ननखोज्नुहोला किनकी विदेशीएको श्रीमान मृत्युसँगलडिरहेको छ ।जो कि कतिखेर शिकार बनेरबाकसका पेकिङ्ग हुनुपर्ने हो । तसर्थ मोजमस्ती रविलाशी जिबनशैली होइन साधरणजिबनशैलीमा रमाउन सिक्नुहोस्कि कसो साथि हो यो कुरा सहि होकी नै ???______________________________(जानकारी शेयर गर्नेगर्नुहोला ता की तपाइको फेसबुक हेर्नेलेपनि केही ज्ञान पाओस...तपाईलाई काम नलागेपनि तपाइको साथीलाई/आफन्तलाई काम लाग्नसक्छ)

Monday, May 4, 2015

PM Modi speech at International Buddha Purnima festival

Buddha Purnima is also known as Vesak or Vesakha. This auspicious day commemorates the birth, nirvana (enlightenment), and the death of Gautama Buddha.


It falls on the full moon of the fourth lunar month (month of Vaisakh), i.e. April or May. The sacred festival of Buddhists is observed as a holiday in many countries, including India, Sri Lanka, and Nepal. Though Buddhism originated in India, it was eventually adopted by many foreign cultures, and hence Vesakha is celebrated in many different ways all over the world. In India, Vaishakh Purnima is also known as Buddha Jayanti – which has been traditionally accepted as Buddha’s birth day. As India celebrates the festival, Prime Minister Narendra Modi also wished the citizens via social media.

Thursday, April 16, 2015

वसन्ती लोग्ने खोज्दै मलेसिया

जहाजका सिँढीमा पाइला राख्दै वसन्ती गुरुङले सोचिन्,‘के म बूढालाई भेट्छु त मलेसियामा? के म रित्तै फर्किनु त पर्दैन? उनी मनमनै कुरा खेलाउँदै भर्‍याङ चढिन् र भित्र पसिन्। जहाज भित्र धेरै थरीका मान्छे थिए।
उनी आफ्नो सिटमा बसिन्। मनभरि कुरा खेलिरहेका थिए। उनले छोरा र छोरी सम्झिइन्। तीन महिना अघिदेखि बेपत्ता भएको श्रीमान् सुची कुमारलाई सम्झिइन्। मानिस कति धेरै निष्ठुरी हुन सक्छ?
फेरि छोरा र छोरीले हिड्ने बेलामा जसरी भएपनि बुबा खोजेर ल्याउनु है ममी भनेको सम्झिइन्।
कहिल्यै झगडा नगर्ने, शान्त स्वभावको, कम बोल्ने, एकदमै मायालु वसन्तीको श्रीमान् यूरोप–अमेरिका जान्छु भनेर हराएको हराएकै छ। कसरी यो मान्छे बेपत्ता भएको होला? कसरी त्यो मान्छे निष्ठुरी हुन सकेको होला?
आफूले मन पराएरै वसन्तीले बिहे गरेकी थिइन्। बर्षौको प्रेम सम्बन्ध पछि उनीहरुले बिहे गरेका थिए। आफूलाई त्यति धेरै माया गर्ने मान्छे यति धेरै कठोर हुन कसरी सक्छ!
मनमा कुरा खेलाईरहेकी छन् वसन्तीले। नेपाल एयरलाइन्सको जहाज आफ्नै तालमा उडिरहेको छ।


काठमाडौबाट गत माघ १९ गते राति झण्डै १२ बजे उडेर उनी भोलिपल्ट बिहान मलेसिया पुगिन्। उनी आफ्नो हराएको श्रीमान् खोज्न गएकी थिइन्। नेपाल बाहिर कहिल्यै नगएकी वसन्तीलाई मलेसिया ओर्लनै बित्तिकै अत्यास लाग्यो। यो ठूलो शहरमा कहाँ बस्ने, कस्लाई भन्ने, कोसँग सोधखोज गर्ने?
वसन्ती नेपालीहरु धेरै भेटिने क्वालालाम्पुरमा रहेको कोतरायामा पुगिन्। दिनभरि सडकको पेटीमा बसिन्। रातभरी जहाज चढेकी वसन्तीको आँखामा निन्द्रा परेको थिएन। सडकपेटीमा आफ्नो ब्याग च्यापेकी उनी बेलाबेला झकाउँथिन् अनि फेरि लोग्नेले बोलायोकी भन्दै ब्युत्तिन्थिन्।
त्यही बाटो भएर अनेक मान्छेहरु आउजाउ गर्थे। कोही नेपाली, कोही बंगाली, कोही इण्डोनेसियाली तर उनको श्रीमान् कहीँ, कतै थिएनन्। उनले बाटो हिँड्ने धेरैका अनुहार निहालिन् तर उनको श्रीमान् थिएनन् – त्यो हुलमा।
उनलाई भोक थियो, निन्द्रा थियो, थकाई थियो। तर सबै भन्दा ठूलो कुरो उनको हराएको ‘बूढो’ यहाँ भेटिन्छ कि भेटिँदैन भन्ने महा पिरलो थियो।
दिन ढल्दै गयो।
साँझतिर बसन्तीको फोन आयो। संयोगबस म पनि मलेसिया पुगेको थिएँ। नेपालमा रहेका एक संचारकर्मी मित्रले नै मेरो नम्बर वसन्तीलाई दिएका रहेछन्। वसन्तीले फोनमा भनिन् – ‘सर, म त बूढो खोज्न आएकी! सहयोग गरिदिनु पर्‍यो।’
मैले पनि मलेसियामा कार्यरत केही अगुवा नेपालीहरुलाई लिएर कोतरायमा रहेको खुकुरी रेष्टुरेष्टमा उनलाई बोलाएँ। उनका कुरा सुनेर धेरैजना हाँसे, ‘के भन्छे यो आइमाई?’
तीनचार महिनादेखि हराएको लोग्नेलाई किन खोज्नुपर्छ? जसले छोराछोरी सम्झेन, श्रीमति सम्झेन, बृद्ध बाबु आमालाई सम्झेन। कहिल्यै फोन गरेन। चासो लिएन। त्यसलाई खोज्नु पर्छ त? उसले अर्को बिहे गरेर बसेको होला?
‘आफूले नि अर्को बिहे गरेर बसे भइहाल्छ नि।’
वसन्तीका कुरा सुन्नेहरुले जवाफ दिए।
तर बसन्ती जुनसुकै हातलमा आफ्नो लाग्ने खोजेर लैजान आएकी थिइन्। अर्कैसँग बिहे गरेर लोग्ने बसेको भएता पनि छोराछोरीका लागि नै मात्र भएपनि आफ्नो लोग्ने स्वदेश फर्काउनु थियो। छोराले हिड्ने बेलामा भनेको कुरा सम्झिइन्–‘ममी झगडा नगरी जसरी हुन्छ बुबालाई नेपाल ल्याउनु है, सबैले तिम्रो बुबा खोई भनेर सोध्छन् मलाई।’
वसन्तीको आँसु बगिरह्यो। उनले हारगुहार गरिरहिन्। नेपालबाट परराष्ट्र मन्त्रालयको चिठ्ठी र केही फोटो तथा प्रमाणहरु बोकेर आएकी वसन्तीले आफ्नो श्रीमान फर्काउनु नै थियो।
वसन्तीले नेपाली दूतावासमा पहिले पनि सम्पर्क गरिसकेकी थिइन्। दूतावासका सहायक प्रमुख हेमलाल भट्टराईलाई दूताबासमा पुग्ने बित्तिकै भनिन्।
‘सर म बूढो खोज्न आएकी?’
मलेसियामा श्रीमान हराएको, अर्को बिहे गरेको, परिवारको सम्पर्कमा नभएको, पैसा नपठाएको तथा अन्य धेरै समस्यामा परेका कुरा धेरैचोटि धेरैका मुखबाट सुनेका भट्टराई छक्क परे। तर आफ्नै आँखा अगाडि उभिएर नेपालदेखि आइ एक महिलाले भनेको सुनेपछि उनले अनेक उपाय सोचे।
अनि भने – ‘म सक्दो कोशिस गरुँला। नेपाली समुदाय र संघसंस्थामा भनुँला।’
वसन्तीको मनमा केही आशा पलायो। उनले आफ्नो सबै बृतान्त सुनाइन्, फेरि एक पटक श्रीमान पाउने आशामा।
उनले दूतावास र हेमलाल सरलाई छोडिनन्, दिनभर दूतावासमा बसिरहिन्।
दूतावासमा दिनभर बस्दा उनले नेपालीका धेरै समस्यालाई नजिकबाट निहालिन्। दूतावास प्रवेश गर्न नपाउँदै दलालहरुको विगविगी मलेसियामा पनि भेटिन् उनले। बाटोमा नै एमआरपी पासपोर्ट बनाउनका लागि फारम भर्न बसेकाहरुको तानातान हेरिन्। उनलाई पनि एमआरपी बनाउन आएको भन्दै ताने तर होइन भन्दै पन्छिन्। ३० देखि ५० रिंगेटसम्म एमआरपी फारम भरेको र फोटोको लिँदा रहेछन्। सोचिन् एक जना गरिब नेपालीको पैसा लुट्नका लागि नेपालमा मात्र होइन विदेशमा पनि पासो थापेर बसेका रहेछन्, नेपालीहरु नै।
मसँग पासपोर्ट छैन, काम छैन, दुःख मात्र छ भन्नेहरु धेरै भेटिन् वसन्तीले मलेसियामा। दलालले फसाएर विचल्ली बनाएका अनि नेपाल फर्कन पाउँ भन्दै रोइरहेका नेपालीहरुको आँशुले उनलाई पनि विछिप्त बनायो। एक मनले त सोचिन् मेरो त श्रीमान बेखवर त भएको होनि, समस्या त मलेसियामा अरु धेरै रहेछन्। केही राम्रो गरेका नेपाली पनि भेटिन् दूतावासमा तर दलाल र एजेण्टहरुको विगविगीले दूतावास नै गन्हाइरहेको पाइन् वसन्तीले।
***
भोलिपल्ट धेरैजनाको प्रयासपछि भेटिए सूची कुमार। उनी मलेसियाको केलाङमा भन्ज्याङ चौतारी रेस्टुरेन्ट चलाएर बसेका रहेछन्।
चारै दिशा खोजियो। हेमलाल सरले सूचीलाई खोज्न मान्छे लगाए। वसन्तीले धेरैलाई मनैबाट अनुरोध पनि गरेकी थिइन्।
नुवाकोटकी मीरा कुमारी तामाङ र उनी दुबै मिलेर रेष्टुरेन्ट चलाउन थालेका यस्तै २–३ महिना भएछ। सुरूमा मीरा र सूची साथी भए पनि पछि–पछि लोग्ने स्वास्नीकै रुपमा भएछन् उनीहरू।
‘तिमी युरोप–अमेरिका जाने भए यता आऊ। दुईजना मिलेर व्यापार गरौँ। अनि त्यसैंको आधारमा अमेरिका जाउँला।’
मीराले आशा देखाएकी रहिछन् सुचीलाई।
सुची मलेसियामा पहिला काम गरेर फेरि साउदी अरव गएको थियो। साउदीमा हुँदा मिरालाई उसले फेसबुकमा भेटेको रहेछ। फेसबुक, भाइबर हुँदै फोनमा घण्टौ कुरा गर्दा रहेछन् उनीहरू।
उनीहरु बीच भित्रभित्र गहिरो प्रेम टुसाएछ। त्यही टुसोमा तानिएर सुची सुटुक्क पसेछन् मलेसिया।
केही नेपालीसहित सूची र मिरा नेपाली दूतावासमा वसन्तीलाई भेट्न आए। सूची मुस्कुराउँदै आफ्नी पत्नी नजिक पुगे र भने –‘नमस्ते।'
वसन्तीले आफ्नो श्रीमानलाई झट्न चिनिन्। कस्ले मलाई नमस्ते गर्छ, उनी अवाक भइन।
तीन महिना अघि हराएको लोग्ने आफ्नो सामुन्ने देख्दा वसन्तीलाई सार्‍है नराम्रो लाग्यो। उनले श्रीमान दुब्लाएको, कमजोर भएको र रोगाएर पातलो भएको देखिन्। त्यो रात उनीहरु सँगै बसे।
भेटिएपछि पनि भाग्ला भन्ने डर। नफर्केला भन्ने डर।
बेपत्ता भएको लोग्नेसँग वसन्तीलाई गुनासो थियो, रिस थियो। उनले कुनै रिस पोखिनन्। मिराले नै आफ्नो सोझो लोग्नेलाई फसाएको उनले बुझिन्।
तर उनी चुपचाप भोलिपल्टै लोग्नेसहित नेपाल फर्किइन। बाटोमा उनले भनिन् – ‘तिमी गएदेखि म कति दुब्लाएँ। थाहा छ, १० किलो मेरो तौल घटेछ।’
सुचीले पनि भने – ‘म पनि त नरोएको रात हुँदैनथ्यो नि।’
सुची आफ्नो छोराछोरी, श्रीमती सम्झेर हरेक रातमा रुन्थे रे। आफ्नो ६–७ लाख रुपैँया मीरासँग रेस्टुरेन्टमा लगानी भएको उनी बताउँछन्। लगानीसँगै उनी मीराको लोग्ने भएर जोडिएछन्।
***
सिँचाई सचिवकी पिए थिइन् वसन्ती।
श्रीमान् युरोप जान्छु भनेर वेपत्ता भएपछि विस्तारै सम्पर्क कम भयो। उनले फोन गर्न छोडे। फेसबुकबाट हराए। अनि वसन्तीलाई सार्‍है पीर पर्‍यो। वरपर सोध्थे – लोग्ने खोई? नातागोताले पनि सोधिरहन्थे सुचीको बारेमा।
अनि वसन्तीलाई सार्‍है पीर पर्‍यो।
घरमा राम्रो पढ्ने छोरो छ – सुजन। जसले राम्रो प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण गरेर अहिले प्लस टु पढ्दै छ। उता छोरी सुजाता पनि १२ बर्षकी भइसकिन्।
छोराछोरी दुबैले पढाइमा राम्रो गरे पनि उनीहरुलाई बाऊ नभएकोमा ठूलो पीर छ। अँध्यारो अनुहार लगाएर स्कुल जान्छन्, स्कुलबाट फर्किदा पनि बाउकै खोजी गर्छन्।
सबैका अभिभावक स्कुलमा आउँछन्। हरेक कार्यक्रममा अरुका बुबाको उपस्थिति हुन्छ। यही कुराले सुजातालाई ठूलो पीर परेको छ।
हरेक दिन बिहान स्कुल जाँदा र आउँदा उनी आमाको मोबाइल हेर्थिन र भन्थिन् – ‘आमा, बुबाको फोन आएन?’
छोरी सुजाताको यही पिरलोले वसन्तीलाई लोग्ने खोज्न बाध्य बनायो। उनले कताकति सुनेकी थिइन् – ‘सुची कुमार मलेसियामा छन्।’
यही झिनो आशामा उनी श्रीमान खोज्न मलेसिया गएकी थिइन्। हुन त उनले मन्त्री, सचिव, संघसंस्था र अनेक मानिसहरुलाई श्रीमान् खोज्नलाई फोन गरिन्। धेरैतिर धाइन्। धेरैतिर कुदिन्। कतैबाट सफल नभएपछि उनी आफै मलेसिया पुगेकी थिइन्।
***
उता मीरा कुमारीको संसार छ आफ्नै खालको। नुवाकोटमा उनका २ बच्चाहरु छन् श्रीमान्‌सँग। श्रीमानसँग सम्बन्ध बिच्छेद गरेको बताउने मिरा अलि भिन्न स्वभावकी छिन्।
मीराले घर छोडेर मलेसिया बस्न थालेको धेरै भयो। यसै क्रममा सुचीसँग भेट भयो। सामान्य भेटघाट भयो फेसबुकमा। तर उनीहरु सँगै जिउने, सँगै मर्ने हालतमा पुगे।
मलेसियाबाट नेपाल आउने बेलामा मीराले वसन्तीलाई धम्की दिँदै भनिन् – ‘मेरो बुढो खोसेर लगिस्। उसलाई अब नेपाल लगेर मार्छेस् तैँले।’
मीराले भनेकी थिइन् सुचीलाई – ‘म तिमी सम्झेरै अबको बाँकि जीवन बिताउँछु।’
मुसुक्क हाँस्दै छातीभरि पीर बोकेका सुचीकुमार केही बोल्दैनन्। उनीसँग धेरै घटना र परिस्थिति भोगेको श्रृखंला छ छातीमा। जति बोल्छन्, आँखा बोल्छन्। अरु कुरा उनका मुखबाट आउँदै–आउँदैन।
***
अहिले वसन्ती र सुची काठमाडौंमा मिलेर बसेका छन्। त्रिशूलीका यी गुरूङ दम्पत्तिले तीन महिना त तनाबमा बस्नुपर्‍यो। सुजन र सुजाताले बुबा पाए। वसन्तीले हराएको लोग्ने भेटिन्।
बर्षौ अघि मलेसियाबाट फर्केपछि फोन सिरानीमुनि राख्ने, पर–पर गएर फोन गर्ने, उदास हुने सुचीको व्यवहारमा खासै ध्यान दिएकी थिइनन् वसन्तीले। तर तीन महिनादेखि साँच्चिकै बेपत्ता हुँदा भने उनलाई पहाडै खसेजस्तो भयो।
‘लोग्ने त फर्काएँ, अब त्यो फँसेको पैसा र लाग्नेको मन पनि ल्याइ छाड्छु।’
वसन्ती हिजोआज बताउँछिन्।
जेहोस्, फुटेको परिवार जुट्यो। हराएका बाबु घर फर्किए। अर्कैको अंगालोमा गएको श्रीमान् आफ्नै अंगालोमा ल्याउन सफल भइन् वसन्ती।
वसन्तीको जीवनमा साँच्चैको वसन्त ऋतु आएको छ।

Thursday, November 13, 2014

बिदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको अत्यन्त जरुरी सूचना

छिट्टो गर्नुस अब धेरै समय छैन ...समयमै आफ्नो काम पुरा गर्नुस...पछी पछुताउनु पर्ला!


Tuesday, October 28, 2014

पहिचान भनेको जातियता नै हो ?

प्रथम संविधानसभाको मूख्य विवादित विषय पहिचानसहितको संघियता तथा शासकीय स्वरुप दोस्रो संविधान सभामा पनि विवादित विषय बनि अल्झिएर बसेको छ । प्रथम संविधान सभाको निर्मम अवशान पश्चात् भएको दोस्रो संविधान सभामा आदिवासी, जनजाति, दलित, मधेसीको अमूल्य मत प्राप्त गरी ठूलो पार्टीको रुपमा सत्तासीन भए पश्चात् कांग्रेस, एमाले यथास्थित पक्षमा वकालत तथा पहिचानलाई जातिय आँखाले हेर्ने मनोवृत्तिले गर्दा समस्या उत्पन्न भएको छ ।

भ्रमपूर्ण घोषणापत्रमा भ्रमित भएर कांग्रेस एमालेलाई आफ्नो बहुमूल्य मत दिएका आदिवासी जनजाति, दलित मधेसी आज ठगिएका महसुस गरिरहेका छन् । अन्तरिम संविधानको मूल मर्म तथा भावना विपरित पहिचान सहितको संघियतालाई जातियता देख्ने तथा कांग्रेस एमालेद्वारा मन्त्रीमण्डल गठन लगाएत विभिन्न महत्वपूर्ण पदमा नियुक्ति गर्दा समावेशीताको धज्जी उडाँउदा समेत जातियता नदेख्ने अन्धो धृतराष्ट्र बन्न पुगेका छन् । विगतभन्दा गणतन्त्रको घोषणा पश्चात् केही वर्ग विशेषको राज्यको प्रत्येक क्षेत्रमा हालिमुहाली व्याप्त भएको छर्लङ्ग देखिन्छ । पहिचान सहितको संघियता कांग्रेस एमालेको दृष्टिमा राष्ट्रघाती ठहरिएको छ । निरंकुश शासन व्यवस्था परिवर्तन गर्नका लागि दिइएको त्याग तथा बलिदान के एक राजालाई पदच्यूत गरेर अर्को निरंकुश राजालाई पदस्थापित गर्नका लागि भएको थिए त ?

कांग्रेस एमालेद्वारा गणतन्त्र नेपालमा पिछडिएका उत्पिडित वर्ग, समुदायको पहिचान तथा अधिकार स्थापित भएको भनी अहिले सम्म तर्कयुक्त उत्तर तथा कार्य गरेका छैनन् । कांग्रेस पार्टी समाजवादी विचारधारक तथा एमाले जनताको बहुदलिय जनवादका संबाहक भनिएता पनि यथार्थमा कांग्रेस एमाले आदिवासी जनजाति तथा पिछडिएका समुदायको पहिचान तथा समान अधिकार प्रति पूर्वाग्रह तरिकाले विमति जनाउनमा एक मत देखिन्छन् । कांग्रेस एमालेको समाधान तथा सहमति भनेको यथास्थितिवादी शासन व्यवस्था बाट एक इन्च पनि पछि नहट्ने प्रकारको स्पष्ट रुपमा देखिन्छ , यथास्थित अवस्थामा नेपाली जनता सन्तुष्ट थिए भने निरंकुश शासन व्यवस्था परिवर्तन गर्न जन विद्रोह तथा आन्दोलनको किन आवश्यकता थियो र ?

ऐतिहासिक प्रथम संविधानमा स्व. गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा राजतन्त्रको अन्त तथा सर्वसम्मतिले धर्म निरपेक्ष संघिय गणतन्त्र नेपाल घोषणा गरियो तर आज भोली कांग्रेस पार्टीका केही शीर्षस्थ नेताहरु खुलेआम धर्म निरपेक्षता विरुद्ध विषवमन गर्दै हिन्दु राष्ट्रको वकालत गरि रहेका छन् । कांग्रेस नेताहरु हिन्दु राष्ट्र नभए देशमा ठूलो विद्रोह हुन सक्ने हुकाँर गरिरहेका छन् तर कांग्रेस पार्टीको मौनता तथा त्यस्ता कांग्रेसी सदस्य विरुद्ध कारवाहीको केही शब्द उच्चारण नगर्दा कांग्रेस यथास्थितिवादी व्यवस्थाको हित चिन्तक तथा परिवर्तन प्रति रतिभर सम्वेदनशील नभएको देखिन्छ ।

विवादित विषय समाधान हेतु तिन दलका नेताहरु तिहारका बेला गोकर्ण रिसोर्टमा निष्कर्ष विहिन औपचारिक बैठक पश्चात् पुनः तिहार पछाडि बस्ने भनि नाटक मन्चन गरि जनतालाई मुर्ख बनाएका छन् । संविधान निर्माणमा मुख्य बाधक तथा विवदित विषय पहिचान सहितका संघियता तथा शासकीय स्वरुपका समाधान गर्नुका लागि सरोकार वाला आदिवासी जनजाति, दलित मधेसी लाई सहभागिता नगराएकोले विवादित विषयमा न्यायोचित समाधान हुनेमा शंका छ । तिहार पश्चात् यदि कथंकदाचित विवाद समाधान भयो भनी समाचार आएमा त्यो कुनै पनि हालतमा आदिवासी दलित मधेसी हित अनुकुल हुने छैन भनि ठोकुवा गर्न सकिन्छ ।

नेपालको भाग्य रेखा कोर्ने संविधानमा मूख्य विवादित बुँदाहरु समाधान गर्न तिन दलका प्रतिनिधीमा कांग्रेस तर्फबाट ३ बाहुन, एमाले तर्फबाट ३ बाहुन, एमाओवादी तर्फबाट २ बाहुन तथा आदिवासी जनजाति मध्येका नेवार समुदायका प्रतिनिधी चयनले समाधानको बाटो निस्के पनि बहुसंख्यक उत्पिडित पिछडिएकाका वर्ग समुदायको चाहना अनुरुप हुनेमा संदेह छ । पहिचान सहितको संघियताको पहिचान शब्द नै समेत सुन्न नचाहने ३ दल मध्ये दुई दल काग्रेस एमालेको प्रतिनिधीका रुपमा रहेका विशेष वर्गका प्रतिनिधी चयन हुनु दूर्भाग्यपूर्ण एवं संदेहजनक छ ।

संविधान सभाका विवादित विषयको समाधान हेतु १२ प्रतिशत जनसंख्या भएको तथा विगत देखि आजसम्म निरन्तर रुपमा हालिमुहाली तथा बर्चस्व कायम भएका वर्गका प्रतिनिधीले आफ्नो वर्ग अनुकुल बाहेक सवै नेपालीको पहिचान स्थापित तथा हित हुने प्रकारको समाधान अविस्कार गर्ने छन् भनी विश्वास गर्नु गम्भिर भूल हुने छ । पहिचान किन आवश्यकः– पहिचान भनेको राष्ट्रको श्रृङ्गार, राष्ट्रियताको संगम तथा राष्ट्रको आत्मा हो । पहिचान विपक्षमा उभ्भिएका एमाले तथा कांग्रेसले के मात्र बुझेनन् अथवा जानी जानी बुझ्ने प्रयास गरेनन् भने नेपालमा पहिचान स्थापित भई सकेका विशेष वर्गको पहिचान मात्र स्थापनाले सम्पूर्ण राष्ट्रको पहिचान स्थापित हुन सक्दैन ।

सयौ बर्षदेखि निरन्तर रुपमा केही विशेष वर्गको पहिचान स्थापित गर्ने तथा सरोकारवाला जनताको पहिचान समाप्त पार्ने कार्य भईरहेको स्पष्ट रुपमा देखिन्छ एवं महसुस गर्न सकिन्छ । रामको नामानिशान नहुने स्थानको नाम रामकोट, सिताले कहिले पनि पाइला नटेकेको स्थान सितापाइला, चोमोलोङमा सगरमाथा, छिरिङ्गमा गौरीशंकर, लापसाङ्ग कर्पो गणेश हिमाल, चाम त्रिशुली, चरिघ्याङ्ग चरिकोटको रुपमा सरोकारवालाको पहिचानलाई विस्थापित गर्दै षडयन्त्रपूर्वक आफ्नो अनुकुलका पहिचान स्थापित हुने गरि थोपरिएको छ । नेपालका केही विशेष वर्गले सरोकार वालाको पहिचानलाई समाप्त पार्दै आफ्नो अनुकुलका पहिचान स्थापित गरेका केही उदाहरण मात्रै हुन् ।

संघियता निर्माण गर्दा केही विशेष वर्गको मात्रै पहिचान स्थापित हुने नाम प्रस्तावित गर्दा त्यो जातिय तथा साम्प्रदायीक नहुने तर विगतको निरंकुश शासन व्यवस्था ले बन्दुक, शक्ति तथा षडयन्त्रको वलमा पहिचान समाप्त पारिएका वर्ग समूदायको पहिचान स्थापित हुनु पर्दछ भन्ने आवाज उठाउदा जातिय तथा साम्प्रदायकि हुने कस्तो विडम्वना ?

सम्पूर्ण नेपालीले समान अधिकार प्राप्त गर्नुपर्दछ, पहिचान विहिन बनाइएका हरुको पहिचान स्थापनाले समाजमा सौहार्दता खल्बलिन्छ भन्ने केही विशेष वर्गका नेता, बुद्धिजीवीको भनाई सुन्ने गरिन्छ त्यो पूर्ण रुपमा गलत हो उदाहरण स्वरुप काठमाडौं का केही स्थान जस्तै लाजिम्पाट, चाबहिल, ठबहिल, असन, न्यौखा, नखीपोट इत्यादि नाम नेवार समूदायका पहिचानमा आधारित नामहरु हुन् के त्यहाँ साम्प्रदायिक सदभाव खल्बलिएको छ त ? उल्लेखित स्थानहरुमा नेवार समुदाय अल्पसंख्यक भएतापनि उनीहरुको पहिचानले गर्दा गर्वबोध महसुस गर्ने गर्दछन् । पहिचान भन्ने अमूल्य रत्न जस्तो पवित्र शब्दलाई अपमानित तथा बदनाम गर्ने कुत्सित मनसाय अति निन्दनिय तथा भत्सर्ना योग्य छ ।

अहिलेसम्मको परिदृश्य हेर्दा पहिचान बाहेक अन्य विवादित बुँदाहरुमा एमाओवादीले हदैसम्मको लचकता प्रस्तुत गरेको देखिन्छ भने कांग्रेस, एमाले केही विशेष वर्गको पहिचान स्थापना को वकालत तथा आफ्नो घोषणा पत्र विपरित राष्ट्रलाई यथास्थितमा स्थापित गर्नु पर्नेमा अडान लिएको देखिन्छ । कांग्रेस एमालेद्वारा हालसालै प्रस्तावित गरेको संघिय प्रदेशको ढाँचा विशुद्ध रुपले यथास्थितिवादी चिन्तन तथा केही विशेष वर्गको मात्रै हित तथा पहिचान स्थापितलाई प्रतिनिधीत्व गरेको प्रतित हुन्छ । विगत देखि आजसम्म निरन्तर रुपमा नेपालका नदी, नाला, हिमाल, वनजंगलको वास्तविक पहिचान समाप्त गरि केही विशेष वर्गको पहिचान स्थापित गरिएको छ ।

प्रदेशको नामाकरण गर्दा कांग्रेस एमालेका केही विशेष वर्गको पहिचान स्थापित हुने प्रकारका नाम प्रति सहमत देखिन्छन् भने पहिचान विहिन बनाइएका हरुको पहिचान झल्किने नाम प्रति घोर विरोधीताले कांग्रेस एमालेले सम्पूर्ण नेपाली जनताको प्रतिनिधीत्व गरेकोमा प्रश्न चिन्ह उत्पन्न भएको छ । पहिचान सहितको संघियता लाई कांग्रेस एमालेले प्रतिष्ठाको विषय बनाउनुको मुख्य कारण सयकडौ वर्ष देखि हाल सम्म राज्यमा हालिमुहाली गरि रहेका वर्गद्वारा पहिचान विहिन बनाइएका वर्गको पहिचान सदाको लागि समाप्त पार्ने कुटिल षडयन्त्र हो ।

सम्पूर्ण नेपाली जनतालाई अधिकार सम्पन्न, पहिचान विहिन भएकालाई पहिचान युक्त बनाउनु पर्ने वातावरणको निर्माण गर्नुको सट्टा कांग्रेस एमाले २१ सौ शताब्दीमा पनि पुरातन शैलीको अनुशरण गर्दै पहिचान स्थापित हुन पर्ने वर्ग समूदायको पहिचान समाप्त पार्ने कार्यमा कटीबद्ध भएर लागेको देखिन्छ ।
शक्तिशालीद्वारा कसरी पहिचान समाप्त पार्दो रहेछ भन्ने नेपालमा मात्रै होइन विश्वमा अनेकौ उदाहरण छन् अंग्रेजद्वारा भारतमा शासन स्थापित पश्चात् सिन्धु नदी क्षेत्र आसपास मा बसोबास गर्ने बसिन्दा तथा नदीलाई इन्डस नदी तथा इन्डीयन भनी इतिहासमा उल्लेख गरे, शक्तिशाली भएका कारण आज सिन्धु नदी इन्डज रिभर तथा भारत विश्वमा इन्डिया नामले नै परिचित छ ।

नेपालका शक्तिशाली वर्गले चोमोलोङ्गमालाई सगरमाथा बनाए नेपालमा चोमोलोङ्गमाको पहिचान समाप्त भई सगरमाथा चर्चामा छ, शक्तिशाली अंग्रेजले सगरमाथाको उचाई मापन गर्ने अंग्रेज सर्वेक्षक कर्नेल जर्ज एभरेष्टको नाममा माउण्ट एभरेष्टको नामाकरण गरियो । चोमोलोङ्गमा नेपालमा सगरमाथाको नामले स्थापित भएतापनि विश्वव्यापी रुप अंग्रेजले स्थापित माउन्ट एभरेस्ट नामले ख्याति प्राप्त गरेको छ । विश्वमा शक्तिशाली हुँदा शक्तिको बलमा आफ्नो पहिचान अनुकल स्थापित गरेका नामहरु परिवर्तन पश्चात् पहिचान पक्षधर अनुकुल भएका छन् ।

भारतमा अंग्रेज शासन व्यवस्था हुँदा लर्ड हेस्टिङ्ग, बेन्टिक, कर्नवालीस, डलहौजी इत्यादिको नाममा राखिएको सडक भारत स्वतन्त्र पश्चात् सडकको नाम परिवर्तन गरिएको छ । नालापानी युद्धमा शहिद भएका जनरल अकटोरलोनीको स्मरणमा कालकत्तामा बनाइएको स्मारकको नाम शहिद मिनारमा परिवर्तित गरिएको छ ।
विश्व आज लुप्त हुन लागेको संस्कृति, पहिचान समाप्त पारिएका हरुका पहिचान स्थापित गर्ने तर्फ गम्भिर ध्यानाकर्षण तथा चिन्तन भएको देखिन्छ भने नेपालमा पहिचान स्थापित गर्नु को सट्टा पहिचान समाप्त पार्ने कार्य भई रहेको देखिन्छ ।

तिहार पछि हुने तिन दलको बैठकले कुनै पनि हालतमा पहिचानलाई समाप्त पार्ने प्रकारको निर्णय गर्नु हुदैन । शक्ति तथा संख्याको बलमा पहिचानको समाप्ती गर्ने प्रयास गरिए तथा परिवर्तनको संदेस न्यायोचित रुपमा संप्रेषण गरिएन भने पहिचानको मुद्धा ठूलो विद्रोह को आकारमा आउन सक्ने संभावना लाई नकार्न सकिन्न ।

अमेरिकी अदालतमा अमिताभ बच्चन विरुद्ध मुद्दा दर्ता

सन् १९८४को सिख हिंसाको घटनामा एक अमेरिकी अदालतमा बलिउडका अभिनेता अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता गरिएको छ ।  


लस एन्जल्सको संघीय अदालतमा अमिताभ विरुद्ध सन् १९८४ मा सिख समुदायविरुद्ध हिंसा फैलाएको आरोपमा मुद्दा दर्ता गरिएको हो । ‘सिख फर जस्टिस’ संगठनका कानुनी सल्लाहकार गुरुपतवंत सिंह पनुनले उक्त मुद्दा दर्ता गरेका हुन् ।  

दर्ता गरिएको मुद्दाका अनुसार सन् १९८४ मा तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या पछि बलिउड अभिनेता अमिताभ बच्चनले सिखहरुका विरुद्ध हिंसा भड्काएका थिए । उनले ‘रगतको बदलामा रगत’ भन्ने नारा लगाएको सुनिएको थियो ।  

पनुनका अनुसार अमिताभको त्यतिबेला गान्धी परिवारसँग निकै हिमचिम रहेको थियो । उनी भन्छन्, ‘सन् १९८४ को अक्टोबर ३१ तारिखका दिन जब इन्दिरा गान्धीको हत्या भएको थियो, बच्चनले त्यहाँ उपस्थित भिडलाई सिखविरुद्ध भड्काएका थिए । ’  

बच्चनले २१ दिन भित्र अदालतलाई स्पिष्टिकरण दिनुपर्नेछ । पछिल्लो वर्ष सिख हिंसाको घटनामा जगदीश कौर नामक एक व्यक्तिले अमिताभ बच्चनमाथि सिख विरुद्ध हिंसा फैलाएको आरोप लगाएका थिए । तर उनलाई पक्राउ गरिएन ।  

बच्चनले आफ्नो हात हल्लाई–हल्लाई त्यहाँ उपस्थित भिडलाई हिंसाको लागि उत्प्रेरित गरिरहेको दुरदर्शन टेलिभिजनमार्फत देखेको कौरले ठोकुवा गर्दै भने । यद्यपी, अमिताभ बच्चनले भने यी आरोपहरुलाई सधैँ नकार्दै आइरहेका छन् ।

सन् २०११ मा सिखहरुको सबैभन्दा ठूला संस्था ‘अकाल तख्त’ लाई पत्र लेख्दै उनीवरुद्ध लागेको आरोप निरर्थक भएको बताएका छन् । उक्त पत्रमा उनले आफ्नी आमा नै सिख भएको बताएका थिए ।   स्मरण रहोस्, भखरै अमेरिकी अदालतमा सिख हिंसाको घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध पनि आरोप दर्ता गरिएको थियो । (एजेन्सी)

Monday, October 27, 2014

तालिबान विद्रोहीद्धारा १० जना प्रहरीको अपहरण

काठमाडौं, कार्तिक १० । तालिबान विद्रोहीले अफगानिस्तानमा १० जना प्रहरीलाई अपहरण गर्नुका साथै भारी मात्रामा हतियार लुटेका छन् ।


उत्तरपूर्वी अफगानिस्तानको बदख्सा प्रान्तमा रहेको जिल्ला कार्यालयमा हतियारसहित प्रवेश गरेका विद्रोहीले प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार गरेपछि भिडन्त समेत भएको थियो ।

भिडन्तमा चार प्रहरी मारिएका छन् । घटनालगत्तै तालिबान विद्रोहीले प्रहरीचौकीमा रहेका हतियारसहित १०
प्रहरीलाई अपहरण गरेको अफगान सरकारले जनाएको छ ।

अफगानिस्तानबाट एटलान्टिक सहयोग संगठन नेटाले अफगानिस्तान छोड्ने पूर्वसन्ध्यामा भएको यस घटनाले अफगनानिस्तानको सुरक्षामाथि प्रश्न उब्जाएको छ । 

बामियानलाई सार्कको 'सांस्कृतिक राजधानी बनाउने तयारी’

बामियान (अफगानिस्तान), कार्तिक १० - पाँचौं शताब्दीयता बौद्धकालीन सभ्यता र संस्कृतिको केन्द्र रहेको मानिने अफगानिस्तानको बामियान क्षेत्रलाई दक्षिण एसियाली क्षेत्रीय राष्ट्रहरूको 'सांस्कृतिक राजधानी' बनाउने तयारी सुरु भएको छ।

बामियान उपत्यकामा रहेको बामियान बुद्धको खाली प्रतिमा रहेको पहाडी पृष्ठभूमिमा गन्तव्यतर्फ गइरहेका सर्वसाधारण ।


'दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सांस्कृतिक समितिले तय गरेअनुसार हरेक दुई वर्षमा एउटा सांस्कृतिक राजधानी छान्ने आधारमा अफगानिस्तानको बामियानले पहिलो राजधानीका रूपमा स्वीकृति पाएको हो,' अफगान सरकारका सूचना तथा संस्कृतिमन्त्री शाहिद माखधुम रहिमले कान्तिपुरसँग भने, 'बामियानलाई फेरि पुरानै पहिचानमा फिर्ता ल्याउन र सांस्कृतिक सभ्यताको बहस सुरु गर्न यो अभियान थालिएको हो।'

अफगानिस्तानले गरेको सांस्कृतिक राजधानीको प्रस्तावलाई काठमाडौं र दिल्लीमा भएका दुई सार्कस्तरीय विशिष्ट भेलाले अनुमोदन गरिसकेको मन्त्री रहिमले बताए। आगामी २०१५ को अपि्रलमा बामियानमा विशेष समारोह आयोजना गरेर सांस्कृतिक राजधानीको औपचारिक अभियान थालिने उनले बताए।

यस क्रममा काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल र बामियान प्रवेश बिन्दुमा सार्कका आठ वटै देशको प्रतीक (विशेषता) झल्कने विशेष स्वागत द्वार बनाउने काम भइरहेको छ। सार्कमा आगामी दुई वर्षका लागि बामियान सांस्कृतिक राजधानी रहनेछ भने सन् २०१६/१७ लाई सांस्कृतिक सम्पदाको वर्षका रूपमा मनाउने घोषणा भइसकेको छ।

३० वर्ष पुरानो ७ सदस्यीय सार्क संगठनमा सबैभन्दा कान्छो सदस्यका रूपमा सन् २००७ देखि अफगानिस्तान जोडिएको हो। बामियानलाई सार्क क्षेत्रमा पहिलो सांस्कृतिक राजधानीका रूपमा स्थापित गराउन अफगानिस्तानले गरेको प्रस्तावलाई सबै राष्ट्रले स्विकारे पनि आगामी नोभेम्बर तेस्रो साता काठमाडौंमा हुन लागेको १८ औं सार्क शिखरले यो अभियानको एजेन्डामाथि थप दिशानिर्देश गर्नेछ। सार्कका विभिन्न क्षेत्रीय संरचना र केन्द्रहरू बाँकी सबै ७ मुलुकमा स्थापित भए पनि अफगानिस्तानमा सार्कको उपस्थिति देखिने गरी कुनै संयन्त्र सञ्चालनमा आउन सकेको छैन।

छैंटौं शताब्दीमा निर्माण भएको मानिने बुद्ध प्रतिमाले ढाकिएको पहाड र कला-सभ्यताको केन्द्र बामियान उपत्यका सन् २००१ मार्चमा तालिवानी विद्रोहीको आक्रमणमा परेपछि मात्रै देश-विदेशमा बढी चिनिएको थियो। यो क्षेत्रमा ठडिएका दुई विशाल बामियान बुद्ध प्रतिमासमेत तालिवानी आक्रमणमा परेर क्षतविक्षत बनेका थिए। उभिएको अवस्थामा रहेका विशाल बुद्ध प्रतिमा पुनर्निर्माणमा ३० देखि ५० मिलियन डलर रकम चाहिने अध्ययनले देखाए पनि यत्रो सहयोग रकम बितेको १४ वर्षमा जुट्न सकेको छैन। 'बामियान उपत्यका र यहाँको सभ्यता भनेको बामियानकै लागि मात्रै होइन अथवा अफगानिस्तानका लागि मात्रै चिनारीको विषय होइन। यो सिंगो विश्वका लागि चासोमा रहने विषय हो,' बामियान प्रान्तका गभर्नर गुलाम अली वहदादले कान्तिपुरसँग भने, 'यो चिनारीलाई पुनस्र्थापित गराउन सार्क क्षेत्रीय राजधानीका रूपमा बामियानलाई चिनाएर अघि बढाउने क्रममा हामी लागेका हौं।' बामियान क्षेत्रमा रहेका ऐतिहासिक महत्त्वका ५५ र ३८ मिटरका दुई बुद्ध मूर्तिमध्ये एउटैलाई भए पनि पुनर्निर्माण गर्न अफगान सरकारले दाता खोज्दै आएको छ।

त्ाालिवान आक्रमणपछि मात्रै सन् २००३ मा युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको बामियान बुद्ध र बामियान उपत्यकाका ८ वटा सम्पदालाई अझैसम्म 'खतरायुक्त सम्पदाको सूची' मा राखिएको छ। 'अफगान सरकारको प्राथमिकतामा सुरक्षा, स्वास्थ्य र शिक्षा मात्रै रहिआएको छ,' बामियान क्षेत्रको सम्पदा संरक्षणमा संयोजक रहेका युनेस्कोसम्बद्ध गुलामरेजा मोहम्मदीले भने। यदि ४०/५० मिलियन डलर सहयोग कतैबाट आएमा अफगानी शिक्षा-स्वास्थ्यमा खर्चने भन्दै सरकारले घोषणा गरिसकेको अवस्थामा बामियान बुद्ध प्रतिमा अथवा यहाँको सम्पदामा राज्यको चासो नगएको मोहम्मदीको भनाइ छ। एक तथ्यांकअनुसार बामियान बुद्ध रहेको प्रतिमास्थल र आसपासमा मात्रै सन् ७० को दशकमा बर्सेनि ६० हजार

विदेशी पर्यटक आउने गरेका थिए भने तालिवानी आक्रमणपछि यो संख्या घट्दै गएर सन् २०१० मा १५ सय मात्रै पर्यटक आएका थिए। उक्त आक्रमणपछि ध्वस्त भएको बुद्ध प्रतिमाका टुक्राटुक्री अहिले बामियान संरक्षित क्षेत्रमा तारबेरा गरेर राखिएको छ। बुद्ध प्रतिमा भत्काएपछि वरपर चट्टान र भूसतह चर्कनाले अहिले सानो बुद्ध प्रतिमा आसपासमा मात्रै पर्यटकलाई आवतजावत गर्न दिइन्छ।

चीन, युरोप, भारत र मध्य एसियाको प्रचलित व्यापारिक मार्ग 'सिल्क रोड' मा पर्ने मुख्य बिन्दु बामियानलाई जीवन दिने क्रममा हालै जापान सरकारको सहयोगमा बामियान विमानस्थल निर्माण भइसकेको छ भने सहरमा आधुनिक सेवा सुविधासहितको पर्यटक-बस सञ्चालन गर्ने तयारी भइरहेको गभर्नर गुलाम अली वहदादले बताए। अर्कातिर बामियान क्षेत्रमा रहने स्थानीयवासी भने दाताहरूको सहयोग गर्ने मनसायमा एकरूपता नदेखिएको र अफगान सरकारले पनि दृढ इच्छाशक्ति नदेखाएका कारण बामियानको चिनारी ओझेलमा पर्दै गएको बताउँछन्। 'सभ्यता र संस्कृतिको बहसमा पनि अन्तरविरोध देखिएको छ, हाम्रो सभ्यताको चिनारी दिने बामियान बुद्ध पुनर्निर्माणमा किन यस्तो अन्योल देखिएको हो- हामीले थाहा पाउन सकेका छैनौं,' बामियान विश्वविद्यालयमा संस्कृति अध्यापन गर्ने रसुल सोजाइले भने।

Thursday, October 23, 2014

तपाई आफ्नो बुवा आमालाई कति माया गर्नु हुन्छ ? मुटु दरो हुनेले मात्र यो भिडिओ हेर्नु होला

After watching this, the first thing you will do is....tell your parents how much you love them! It will remind you of a Diwali that was.. and how it always should be. Because there’s no Diwali like GharWaliDiwali


When we are far away from our home, no one misses us more than our parents do! No matter how busy and occupied we are with our lives, take time to love your loved ones! </div>



Thursday, October 9, 2014

खाडी मुलुकमा रहेका नेपालीलाई एमआरपी लिने काम युद्धसरह

काठमाडौ, आश्विन २३ - वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेका नेपालीलाई मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिने काम युद्ध जिते बराबर हुने गरेको छ । आवेदन दिएको ४ महिनासम्म पनि पासपोर्ट नपाएर दुःख पाउनुपर्ने अवस्थामा उनीहरू छन् ।


दसैं मनाउन तीन साताअघि घर फर्केका केही युवाले एमआरपी लिँदाको पीडा कान्तिपुरसँग एकसाथ सुनाए । हामीले एमाआरपी लियौं तर तीन महिनामा कुन तरिकाले पाइयो र कति दुःख, व्यवधान खप्नुपर्‍यो, हामीलाई नै थाहा छ,' दसैं सकेर फेरि खाडी र्फकनुअघि उनीहरूले भने । उनीहरूका अनुसार खाडी मुलुकहरूमा नेपाली कामदारले काम छोडेर राहदानीका लागि पटकपटक दूतावास पुग्नुपर्ने अवस्था छ । अहिले राहदानी विभागले आफ्नो वेबसाइटमा राहदानी बनेको विवरण राखिदिएको हुन्छ तर दूतावासमा पुग्दा पाइँदैन ।

'हामी ड्राइभरहरूलाई निकै ठूलो मार परेको छ । हरेक मुलुक प्रवेशसँगै 'प्रवेश छाप' लगाउने हुनाले छ महिनामा नै राहदानीको पेज सकिने समस्या छ । जसले गर्दा एउटा एमआरपी लिएकै दिन अर्कोका लागि आवेदन दिने गरेका छौं,' कतारमा लरी चलाउने नवलपरासीका हरि भुसालले भने ।

दुबईबाट बिदामा आएका चितवनका निर्मल सिँजालीले भने, 'मैले त आवेदन दिएको ९६ औं दिनमा राहदानी पाएँ र भिसा पनि सारें अनि बिदामा घर आएँ । मसँगै काम गर्ने कतिपय नेपाली हस्तलिखित राहदानीमा भिसा सकिन लागेको हुनाले एमआरपी आवेदन दिएको दुई महिना हुँदा पनि नआइपुगेर समस्यामा छन् ।'

२५ लाखभन्दा बढी नेपालीले मलेसिया र खाडी मुलुकमा यस्तो समस्या भोगिरहेका छन् । राहदानी बनेर पुग्दा नाम, जन्ममिति बिग्रने र फेरि बनेर जान पहिलेको जस्तै समय लाग्ने पीडा पनि छ । सन् २०१५ को नोभेम्बर २४ देखि हस्तलिखित राहदानी विश्वभर अमान्य हुने भएपछि एमआरपी बनाउनेहरूको चाप बढेको हो ।

नेपाली दूतावासमा राहदानीका लागि आवेदन दिनेहरू दैनिक तीन सयभन्दा बढी जम्मा हुने गर्छन् । संकलित आवेदन 'डिप मेल' गरेर कुरिअरमार्फत काठमाडौं पठाइन्छ । त्यो आइपुगेपछि राहदानी विभागले एमआरपी तयार गरेर त्यही प्रक्रियाबाट सम्बन्धित दूतावासलाई पठाउँछ । जसले गर्दा समय लागेको हो ।

तर सबै दूतावासमा उच्चस्तरको 'स्क्यानर' राखेर वा 'लाइभ इनरोलमेन्ट' -त्यहीँ फोटो खिचेर विवरण भरेर पठाउने विधि) अवलम्बन गरेमा एक महिनाभित्रै राहदानी पाउने अवस्था रहने अधिकारीहरूको भनाइ छ । सरकारले लामो समयदेखि यो प्रणालीमा जाने भने पनि सकेको छैन । जनतालाई सुविधा हुने यस्ता विषयहरू कागजमा सीमित भएका छन् ।

राहदानी विभागका निवर्तमान महानिर्देशक रमेशप्रसाद खनालले आफ्नोतर्फबाट सबै प्रयास भइसकेको र सुझावसहित प्रस्ताव समेत दिइसकेकाले अब नेतृत्वको निर्णयमात्र बाँकी रहेको बताए । नवनियुक्त महानिर्देशक लोकबहादुर थापाले यस्ता समस्याहरूलाई समाधानका लागि प्रयास गर्ने बताए । कतिपय दूतावासले पुगेको राहदानी समेत नबाँडेकाले अहिले विभागले राहदानी गएलगत्तै सबैको विवरण वेबसाइटमा राख्ने गरेको छ ।

यो समस्या दूतावासमा मात्र छैन, जिल्लामा पनि छ । यो समस्या २०६७ पुस १२ देखि एमआरपी जारी गर्न थालेदेखिकै हो । अहिलेसम्म २३ लाखभन्दा बढी एमआरपी विभागले जारी गरिसकेको छ भने औसतमा १५ सय नेपाली दैनिक बिदेसिएका छन् । अझै १५ लाखभन्दा बढी हस्तलिखित पासपोर्ट परिवर्तन गर्न बाँकी छ ।

Saturday, October 4, 2014

यस पालिको दसैं खाडीका जेलमै बित्ने भो

दोहा (कतार), आश्विन १७ - 'बुवा, यसपालि पनि दसैं आयो,' २८ सेटेम्बर राति रोशनकुमार सिंहलाई जेठा छोरा रूपेशले काठमाडौंबाट फोनमा भने, 'यसपालि त हजुरको हातबाट टीका लगाउने ठूलो धोका थियो ।


रूपेश २१ वर्ष नाघे । उनले थाहा पाएदेखि बुवा रोशन कतारमा छन् । १९९७ देखि स्वदेश र्फकन सकेका छैनन् । जब दसैंजस्तो चाडपर्व आउँछ,' रोशनले भने, 'परिवारले आफूसँगै मनाउन पाउने ठूलो आशा राख्छन् ।

काठमाडौं ठमेलका रोशनका एक श्रीमती, एक छोरी र दुई छोरा छन् । 'यो वर्ष पनि परिवारले निकै ठूलो आशा गरेका छन्,' उनले भने, 'जुन पूरा होस् भन्ने मेरो कामना छ । मैले भगवान्सँग प्रार्थना गरेको छु ।'

सन् २००१ मा रोशन सडक दुर्घटनामा परेका थिए । त्यसको मुद्दामामिला सकेर घर फिर्न खोज्दा विमानस्थलबाटै फर्काइयो । 'हरेक वर्ष बिराएर विमानस्थल पुग्थे', उनले भने, 'सधैं र्फकनुपथ्र्यो ।'

उनी १९९५ मा पहिलो पटक कतार आएका थिए । दसैं मान्न दुई वर्षपछि घर फर्केका थिए । संयोगले दसैंकै समयमा आमाको मृत्यु भयो । टिकोटालो भएन । तीन महिना बसेर १६ डिसेम्बर १९९७ मा कतार फर्के । त्यसयता फेरि घर फिर्न सकेका छैनन् ।

'२० वषर्ीया श्रीमती शोभा ५ वर्षीया छोरी, दुई वर्षीय छोरा र डेढ महिनाको कान्छो छोरो छोडेर आएका थिए,' उनले भने, 'अहिले सबै हुर्केर आफूभन्दा ठूलो भइसके । म आफैं ५१ वर्षको भए । पत्नी ३८ वर्ष नाघिसकिन् । छोराछोरी पनि जवान भइसके ।'

हरेक वर्षजसो परिवारले दसैं मनाएका सिडीहरू कतार पठाइदिन्थे । त्यही हेरेर छोराछोरी ठूला भएको थाहा पाउँथे । उनले पनि नयाँ-नयाँ फोटोहरू हुलाकमार्फत पठाइदिन्थे । 'टीकाको दिन उताबाट फोन आउँथ्यो । छोराछोरी आज ठूला बुवा, काकीको घरमा टीका लगाएर आएको भन्थे । त्यही सुनेर भए पनि चित्त बुझाउँथे,' उनले भने ।

चाडपर्व आउँदा उनलाई सपना जस्तो लाग्न थालेको छ । 'पहिले पहिले पर्व मनाउँदाको याद आउँछ । परिवारसँग त कहिल्यै मनाउन पाएको छैन । परिवारसँग मनाउनु भनेको मेरा लागि सपना नै जस्तो भइदियो,' उनले भने ।

यतिखेर उनी कतारको डिपोर्टटेसन सेन्टर -घरफिर्ती केन्द्र) मा १८ महिनादेखि छन् । त्यहा एउटै कोठामा उनीसहित ३३ नेपाली बस्छन । उनीजस्तै घर फिर्नका लागि बसिरहेका बर्दियाका गोच्चन कुमाल चार वर्षदेखि मुलुक फिरेका छैनन् । कम्पनीले भनेजस्तो तलब नदिएपछि उनी दुई महिनामै छाडेर भागेका थिए । 'बाहिर काम गर्नेक्रममा गत अपि्रलमा पक्राउ परेको थिएँ', उनले भने,' छिटो जान पाए हुन्थ्यो भनेको थिए । पाँच महिना जेलमै बित्यो ।'

पाँचथरका बीरबहादुर लिम्बु पाँच बर्षदेखि घर फिरेका छैनन । 'दशैको बेला घरपरिवारबाट छिटो आउन दवाव दिन्छन्', उनले भने,'आफु यता जेलमा अल्भिmएको छु ।' उनको साथमा राहदानी छैन् । 'राहदानी कम्पनीमै छाडेर हिँडे । ट्राभल डकुमेन्ट भएपछि मात्रै घर फिर्न चाहिन्छ । ट्राभल डकुमेन्ट बनाउन तिन महिना अघि नै फोटो खिचेर लिएर गएका थिए', उनले भने, 'झन् अहिले टिकट पनि छैन भन्ने खबर आइरहेको छ । टिकट नभएर धेरै साथीहरू घर फिर्न सकेका छैनन् । 

Wednesday, October 1, 2014

गैरआवासीय नेपाली संघ थाइल्याण्डका उपाध्यक्ष दीलबहादुर थापाद्वारा आत्महत्या

बैंकक । गैरआवासीय नेपाली संघ थाइल्याडका उपाध्यक्ष दीलबहादुर थापा (हरी)ले आत्महत्या गरेका छन् ।
उनले थाइल्याण्डस्थित आफ्नै कार्यालयको सौचालयमा सोमवार पासो लगाई आत्महत्या गरेका हुन् ।

थापाले पारिवारिक असन्तुष्टीको कारण आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख गरेका छन् ।
आफ्नी थाइ श्रीमतीसग कुरा नमिलेको कारण जनाउँदै थापाले आफूले हिम्मत हारे पनि छोरालाई बहिनीको हेरविचार गर्न समेत सुसाईट नोटमार्फत आग्रह गरेका छन् ।

थापा थाइल्याण्डका ब्यवसायीसमेत हुन् । उनले थाइल्याण्डमा नै फुड कम्पनी सञ्चालन गर्दै आएका थिए ।
चियङमाईस्थित रोयल फ्लोरा नेपाली गार्डन बनाउदादेखि हरेक सामाजिक क्रियाकलापमा अग्रणी रहेका थापा दुई कार्यकाल एनआरएन थाइल्याण्डका उपाध्यक्ष रहेका थिए ।

बाग्लुङ जिल्लामा जन्मिएका थापा १५ बर्षदेखि थाइल्याण्डमा रहँदै आएका थिए ।
एनआरएन थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले सोमवार विज्ञप्ति जारी गरी थापाको निधनले सिंगो

एनआरएनलाई क्षति पुर्याएको जनाएका छन् । थाइ प्रहरीले घटनाबारे अनुसन्धान प्रक्रिया अगाडी बढाएको एनआरएन थाइल्याण्डले जनाएको छ ।