Monday, October 27, 2014

तालिबान विद्रोहीद्धारा १० जना प्रहरीको अपहरण

काठमाडौं, कार्तिक १० । तालिबान विद्रोहीले अफगानिस्तानमा १० जना प्रहरीलाई अपहरण गर्नुका साथै भारी मात्रामा हतियार लुटेका छन् ।


उत्तरपूर्वी अफगानिस्तानको बदख्सा प्रान्तमा रहेको जिल्ला कार्यालयमा हतियारसहित प्रवेश गरेका विद्रोहीले प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार गरेपछि भिडन्त समेत भएको थियो ।

भिडन्तमा चार प्रहरी मारिएका छन् । घटनालगत्तै तालिबान विद्रोहीले प्रहरीचौकीमा रहेका हतियारसहित १०
प्रहरीलाई अपहरण गरेको अफगान सरकारले जनाएको छ ।

अफगानिस्तानबाट एटलान्टिक सहयोग संगठन नेटाले अफगानिस्तान छोड्ने पूर्वसन्ध्यामा भएको यस घटनाले अफगनानिस्तानको सुरक्षामाथि प्रश्न उब्जाएको छ । 

0 comments:

Post a Comment