Tuesday, October 28, 2014

यस्तो यौनिक कल्पना कहिले नगर्नुहोस्

मानिसहरुलाई कल्पना गर्न कसैले पनि छेक्न सक्दैन । आफू एक्लै भएको बेलामा होस् वा साथीहरुको माझ, मानिसले कहिले पनि कल्पना गर्न छोड्दैन ।


आफू एकातिर भएपनि मानिसहरुको सोच कताकता डुलिरहेको हुन्छ । कहिले सृजनशील विषयमा सोचिरहने मानिस कहिले यौनिक कल्पनामा हराउने गर्दछन् । युवापुस्ताले यौनीक कल्पना गर्नु सामान्य नै मानिन्छ । मानिसहरु कतिपय अवस्थामा आफ्नो पार्टनरसँग यौन सम्बन्ध स्थापित गरिरहेको सोच्ने गर्दछ जसलाई सामान्य रुपमा हेरिन्छ ।

यसको नकारात्मक पक्ष केहि देखिँदैन । तर आफूसँग राम्रोसँग घुलमिल नभएका मानिससँग यौनिक क्रियाकलाप गरिरहेको सोच्नुहुन्छ भने यसको असर नकारात्मक हुने एक अध्ययनले जानकारी दिएको छ ।   ‘द हेल्थ’ नामक वेभसाइटमा प्रकाशित एक अनुसन्धानका अनुसार आफूसँग चिनजान समेत नभएका मानिसहरुसँग सेक्स गरेको कल्पना गर्नु स्वास्थ्य र जीवनको लागि घातक हुने गर्दछ ।

यस्तो कल्पनाले मानिसको यौन व्यवहारमा नकारात्मक प्रभाव पार्ने र मनोरोगसमेत देखिन सक्ने उक्त अनुसन्धानले जनाएको छ ।  आफूसँग राम्रोसँग घुलमिल नभएका र चीनजानसमेत नभएका व्यक्तिसँग अत्यधिक रुपमा यौनिक कल्पना गर्नाले स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ ।

क्यानडाको ट्रेन्ट विश्वविद्यालयका डा. बेथ ए भिजरका अनुसार आफ्नो पार्टनर वा घुलमिल भएको व्यक्तिसँगको यौनिक कल्पना सामान्य भएपनि कतै देखेको मात्र र कम घुलमिल भएका व्यक्तिसँगको यौनिक कल्पना अत्यधिक मात्रामा हुनु निकै घातक मानिन्छ ।  

कम चिनेको वा चिन्दै नचिनेको व्यक्तिको विषयमा यौनिक कल्पना गर्ने व्यक्तिमा यौन आक्रामकता बढि हुने र कतिपय अवस्थामा मनोरोगसमेत देखिने उक्त अध्ययनले देखाएको छ ।   अध्ययनमा १ सय ९५ जोडि महिला र पुरुषमा संलग्न थिए । त्यस्तै, ३५५ विद्यार्थीहरुलाई पनि उक्त अध्ययनमा समावेश गरिएको थियो ।

0 comments:

Post a Comment