Wednesday, October 29, 2014

छिमेकी चेली बलात्कार गर्ने कीर्तिमान राई पक्राउ

१२ कात्तिक, बिराटनगर । भाइटीकाका दिन किशोरीलाई बलात्कार गरेको अभियोगमा मधुमल्ला गाविस निवासी ४७ वर्षीय कीर्तिमान राई पक्राउ परेका छन् ।


राईले भाइटीकाको बेलुका आफ्नै छिमेकमा १३ वर्षीया किशोरीलाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको पीडितको आरोप छ ।

राति १० बजे बारीमा लगेर राईले बलात्कार गरेको पीडितका आफन्तले बताए ।
बलात्कृत किशोरीलाई उपचारका लागि अञ्चल अस्पताल बिराटनगरमा भर्ना गरिएको छ ।

मंगलबारेमा उपचार सम्भव नभएपछि विराटनगर ल्याइएकी पीडितलार्इ रगत दिएको र उनको अवस्था नाजुक रहेको डाक्टरले बताएका छन् ।

काेशी अस्पताल बिराटनगर इमर्जेन्सी विभागका रघुनन्दन अधिकारीका अनुसार पीडितमा रगतकाे कमी देखिएकाले तीन पिन्ट रगत अावश्यक देखिएकाे छ ।

आमा मावल गएको र बुबा देउसी खेल्न गएको मौका पारी राईले बलात्कार गरेको पीडितको भनाइ छ । घटनाको भोलिपल्ट किशोरीलाई ज्वरो आएपछि घटनाबारे परिवारले थाहा पाएको थियो । त्यसै दिन तत्काल प्रहरीले राईलाई पक्राउ गरेको हो ।

तीन महिनामा ५२ महिला हिंसाका घटना यसैवीच मोरङमा तीन महिनाको अवधिमा ५२ जना महिला हिंसाको शिकार भएका छन् । यीमध्ये पाँचजना १५ वर्षमुनिका वालिकाहरु बलात्कृत भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पूर्वाअञ्चल कार्यालय बिराटनगरका अनुसारगत असार १६ गतेदेखि असोज १६ गतेसम्म यसबाट ५२ जना महिला पीडित भएका छन् ।

0 comments:

Post a Comment