Friday, October 31, 2014

अब झ्यालविहीन विमान उडान गर्ने तयारी, बाहिरको दृश्य भित्रै देख्न पाईने।

एजेन्सी (लन्डन), कार्तिक १४ - हवाई यात्रा गर्दा बाहिरको मनोरम दृश्य हेर्नका लागि झ्यालमा बस्ने चाहना धेरैको हुन्छ । झ्याल पर्ने सिट अरू कसैको नाममा पर्‍यो भने यात्रा अवधिभर चुपचाप अरू केही काममा व्यस्त रहनुपर्ने बाध्यता हो ।


तर भविष्यमा यात्रुले यसरी झ्यालबाट आकाशका दृश्य हेर्ने चाहनालाई मार्न नपर्ने भएको छ । किनभने झ्याल नभए पनि हवाई यात्रा गर्दा बाहिरको दृश्य हेर्न मिल्ने गरी नयाँ प्रविधियुक्त विमान आउने भएका छन् ।

विश्वमा पहिलो पटक झ्यालविहीन विमान उडान गर्न सम्पूर्ण तयारी पूरा भइसकेको छ । बि्रटिस डेभलपरले यो विमानलाई छिट्टै परीक्षण उडान गराउँदै छ । जहाजमा हुने झ्याललाई उक्त विमानमा एउटा ठूलो र लामो स्त्रिmनले प्रतिस्थापन गर्नेछ । जसद्वारा यात्रुले बाहिर आकाशमा के भइरहेको छ, सम्पूर्ण दृश्य हेर्न सक्नेछन् । स्त्रिmनमा आउने दृश्यको मज्जा विमानमा रहने सबै यात्रुले 'डिजिटल वालपेपर' जसरी उठाउन सक्ने बताइएको छ ।

यात्रुले स्त्रिmनको दृश्यलाई आफ्नो इच्छाअनुसार लाइट मिलाएर र दृश्य परिवर्तन गर्दै हेर्न पाउनेछन् । त्यस्तै 'इन फ्लाइट इन्टरटेनमेन्ट' मा यो प्रविधिलाई 'मल्टिमिडिया डिभाइस' का रूपमा समेत प्रयोग गर्न सकिनेछ । विमानमा जडान यो प्रणालीमा ओएलईडी -अर्गानिक लाइट इमिटिङ डियोड) प्रविधि प्रयोग भएकाले स्त्रिmनमा आउने दृश्य जस्तोसुकै स्थितिमा समान रहनेछ । यसले विमानको भारसमेत कम हुने भएकाले प्रयोग हुने इन्धन पनि कम मात्रामा खपत हुने बताइएको छ । यसले वातावरणमा कार्बन डाइअक्साइडको उत्सर्जन र सञ्चालन खर्चसमेत कम हुन्छ ।

विमान ३५ हजार फिटको उचाइमा उडा चाप थेग्न र झ्याल राख्दा संरचनालाई बलियो बनाउन का लागि बढी दबाब चाहिने र जटिल निर्माण आवश्यक हुन्छ । झ्याल नहुँदा भार कम हुन्छ, त्यही नयाँ प्रविधिमा यात्रुले आफ्नो इच्छाअनुसार स्त्रिmन अन र अफ गर्न सक्ने सुविधा पनि हुन्छ । यस्तो प्रक्रिया अपनाएर स्त्रिmन अन अफ गर्दा यात्रुलाई इन्टरनेट 'सर्फ' गर्दै छु जस्तो अनुभव हुनेछ । वैज्ञानिक र इन्जिनियरहरूले यो 'सेन्टर फर प्रोसेस इनोभेसन -सीपीआई)' लाई 'विन्डोलेस क्याबिन विथ अ भ्यु' को संज्ञा दिएका छन् ।


विज्ञहरूका अनुसार उडानका दौरान साना प्लास्टिकका झ्यालबाट बाहिरको झलक हेर्ने अनुभव छिट्टै विगतमा परिणत हुनेछ । यसको सट्टा कुनै झ्यालबिनै नयाँ आउने विमानद्वारा स्पष्ट मनोरम दृश्यलाई नजिकबाट नियाल्न सकिनेछ । किनभने यो सुविधाका लागि वैज्ञानिकहरूले अलि लचिलो, उच्च प्रविधिको डिस्प्ले प्रणाली विकास गरिरहेका छन् । जसले क्याबिनको भित्तामा इन्टेरियरको कामसमेत गर्नेछ । अर्कोतर्फ विमान बाहिर राखिएका क्यामेराद्वारा प्रत्यक्ष दृश्यलाई यात्रुसम्म पुर्‍याउनेछ ।

0 comments:

Post a Comment