Wednesday, October 1, 2014

आइटम डान्सलाइ अन्यथा सोच्न नहुने : चित्राङ्गा

मुम्बई । सुधिर मिश्राको फिल्म ‘हजारौं ख्वाहिस’ मा काम गर्दा अभिनेत्री चित्राङ्गालाइ लागेको थियो । ‘अब राम्रो भुमिका पाउनका लागि कुनै संघर्ष गर्नुपर्ने छैन ।

अक्षय कुमार र जोन अब्राहमसंगै अर्को फिल्म ‘देशी ब्वाइज’ मा पनि काम गरिन् । त्यसपछि अन्य गतिला फिल्मवाट उनलाइ प्रस्ताब आएन ।

मुम्बइमा आयोजित एक कार्यक्रममा उपस्थित यी नायिकाले आझै आशावादी रहेको बताइन् । ‘मलाइ कुनै गुनासो छैन । म संग क्षमता नभएको भए पक्कै अभिनय अघिल्ला फिल्ममा गराउदैन थिए होला ।’ उनले भनिन् ।

आफु राम्रो भुमिकाको खोजीमा भएकै कारण केही फिल्मको प्रस्ताब अस्वीकार गरेको उनको भनाइ छ ।
केही फिल्ममा आइटम डान्स पनि गरेकी छिन् उनले । आइटम डान्सलाइ अन्यथा सोच्न नहुने उनको भनाइ छ । आइटम डान्स कलाकै एउटा विधा भएकाले खुशीले काम गरेको बताइन् ।

त्यसो त उनलाइ केही टेलिभिजनवाट पनि कामका लागि प्रस्ताब आएको थियो । तर, काम गरिनन् । उनको अभिनय गरेका फिल्मको बक्स अफिस नतिजा पनि राम्रो छैन ।

0 comments:

Post a Comment