Tuesday, October 28, 2014

फेसबुकमा कहिल्यै गर्न नहुने चार कुरा

फेसबुक एउटा यस्तो सोसल नेटवर्किङ साइट हो जसलाई थुपै्र युवाहरुले मन पराउने गर्दछन् । चाहे तपाईं एक्लै हुनुहुन्छ वा प्रेम बन्धमा बाँधिनु भएको होस्, सबैको आइडी फेसबुकमा पाइने गर्दछ ।


यदि हामी प्रेम बन्धनमा भएका व्यक्तिहरुको कुरा गर्ने हो भने एक्सपर्टका अनुसार कुनै पनि कपल्सले फेसबुकमा केहि पनि पोष्ट गर्नुभन्दा अगाडि धेरै सोच्नुपर्ने हुन्छ । तपाईंले आफ्नो निजि तस्बिरहरु फेसबुकमा राख्न ठिक मानिँदैन ।

कोही जोडिले आफ्नो पुरै निजी जिन्दगीलाई फेसबुकमा पर्दाफास गर्नेगर्दछन्।   आफ्नोयस्तो व्यवहारले आफ्ना अरु साथीहरुलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा उनीहरुलाई रत्तीभर पनि थाहा हुँदैन । त्यसकारण हामी तपाईंलाई प्रेम सम्बन्धमा रहेका कुनै पनि जोडिले गर्न नहुने कार्यको बारेमा हामी तपाईंलाई जानकारी दिँदैछौँ ।
१. रिलेशनसिप स्टेटस परिवर्तन गर्नुः यदि तपाईं कुनै पनि सम्बन्धमा हुनुहुन्छ भने यो खबरले तपाईंका साथीहरु र परिवारलाई खुसी राख्ला तर केहि जोडीहरु फेसबुकमा आफ्नो रिलेसनसिप स्टेटस आफ्नो मुड अनुसार राख्ने गर्दछन् जुन राम्रो कुरा होइन ।

२. फेसबुकमा आफ्नो प्रेमको सोअफः कोही मानिसहरु आफ्नो रोमान्स फेसबुकमार्फत नै उजागर गर्न चाहन्छन् । यस्तो अवस्थामा हामी तपाईंलाई के सल्लाह दिन्छौँ भने केहि छिनको लागि आफ्नो मोबाइल र ल्यापटप बन्द गरेर आफ्नो प्रेमी वा प्रेमिकासँग आफ्नो प्रेम बाँड्न सँगै बस्नुहोस् ।

३. फोटो अपलोड गर्नुः कोही जोडी आफ्नो एक–दुईवटा फोटो नभई थुपै्र फोटोहरु अपलोड गर्न चाहन्छन्। तपाईंको यस्तो व्यवहार कोही दोस्रो व्यक्तिको लागि टाउको दुखाई हुनसक्छ । फेसबुकमा कुनै पनि जोडीले एक वा दुईवटाभन्दा अरु फोटो अपलोड गर्नु अनावश्यक मानिन्छ ।

४. स्टेटसको झमेलाः यदि तपाईंको आफ्नो प्रेमीसँग झगडा भएको छ भने यसको मतलब तपाईंले आफ्नो भाव फेसबुकको वालमा दुखी भएकोस्माइली पोष्ट गरेर संसारलाई देखाउनु होइन । यस्तो अवस्थामा तपाईंआफू अफलाइन बसेर आफ्नो पार्टनरसँग कुराकानी गर्दाठिक हुन्छ । 

0 comments:

Post a Comment