Tuesday, October 28, 2014

काठमाडौंमा हिन्दुवादीको विजोग (फोटो फिचर सहित्)

काठमाडौं, कार्तिक ११ – महानगरपालीकाले प्रहरीको कभरमा अनसनरत हिन्दुवादी कार्यकर्तालाई लाठीचार्ज गरिरहँदा हिन्दुवादी आन्दोलनका संयोजक तारानाथ रानाभाट भने धर्मनिरपेक्ष राष्ट्र नेपालका प्रधानमन्त्रीसँग चियाको चुस्की लगाउँदै थिए, त्यो पनि गणतान्त्रीक नेपालका उपराष्ट्रपतिको आयोजनामा ।


रत्नपार्कमा अनसनकारीलाई त प्रहरीले धरपकड गरेछनी भनेर प्रश्न गर्दा उनले भने ‘म त चियापानमा छु मलाई के थाहा ?’ उनको जवाफ थियो ।



गत असोज २३ गते राजधानीमा आयोजीत हिन्दु राज्य अभियानको अन्तरक्रियामा खुमबहादुर खड्काले
हतियार उठाउने चेतावानी दिएका दिए । उनले चेतावनिको भाषा बोलीरहँदा हिन्दु धर्म रक्षक सेनाका संस्थापक मध्येका एक डा. मिठाराम विश्वकर्मा मुर्मुरिएका थिए । तर अनसन जबर जस्त हटाउँदा सेना थिएन वृद्धहरुको कुण्डली मात्रै थियो ।


यता राप्रपा नेपालले भने ३ महिना देखि शान्तिपूर्ण रुपमा अनसनरत साधु सन्तलाई प्रहरीले बल प्रयोग गरि हटाएको भन्दै आक्रोश पोखेको छ । रातोपाटीसंग भैरहवाबाट टेलिफोनमा कुराकानी गर्दै अध्यक्ष कमल थापाले भने, ‘शान्तिपूर्ण रुपमा हिन्दुराष्ट्रको माग गर्दै अनसन बसिरहेका साधुसन्तहरुको हक कुण्डित गर्ने कामको राप्रपा नेपाल घोर भत्र्सना गर्दछ, उनले भने ।’ आगामी संघर्षको कार्यक्रम कार्यसम्पादनको मिटिङपछि तयारी गर्ने बताए ।

0 comments:

Post a Comment