Friday, October 24, 2014

नुवाकोटमा बस दुर्घटना, ७ जनाको मृत्यु, ३० यात्रु घाइते

७ कात्तिक, विदुर । नुवाकोटको बेलकोटमा बा २ ख २२६६ नम्बरको बस शुक्रबार विहान दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ ।


काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि छुटेको बस बेलकोट गाविस वडानम्बर ५ को टीगाउँस्थित आर्कोटे भीरबाट झण्डै एक सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा एक विदेशी सहित ७ यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले पुष्टि गरेको छ । दुर्घटनामा ३० यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि काठमाडौं र विदुर पठाइएको छ ।
क्षमता भन्दा धेरै यात्रु चढेकाले बस दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार बसभित्र र छतमा समेत यात्रुहरु खचाखच थिए । दुर्घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयले उद्धारकार्य जारी राखेका छन् । नेपाली सेनाले हेलिकोप्टरबाट उद्धार टोली उतारेको थियो ।
घटनास्थल नुवाकोट सदरमुकाम विदुरबाट २५ किलोमिटर पूर्व पर्दछ ।

0 comments:

Post a Comment