Thursday, October 2, 2014

दिलाइन विमला तामाङले नेपाललाई पहिलो पदक

दक्षिण कोरियामा भइरहेको १७ औँ एसियाली खेलकुदमा कराते खेलाडी विमला तामाङले नेपाललाई पहिलो पदक जिताएकी छिन्।


महिला तर्फ कराते अन्तर्गतको  कातामा १९ वर्षीया तामाङले कास्य पदक जितेकी हुन्।
 उनले विहिबार उत्तर कोरियाकी काङ जियुइलाई ५:० ले हराउँदै कास्य पदक हात पारेकी हुन्।

आजै भएको क्वार्टर फाइनलमा पाकिस्तानी कुलसूमलाई ४:१ले हराएकी तामाङले सेमिफाइनलमा भियतनामकी गुएन होआङ गान संग भने हार बेहोर्नु परेको थियो।

गान सित ०:५ले पराजित भएपनि उत्तर कोरियाकी जियुइलाई भने ५:० ले नै हराएकी हुन्।
 एसियाडमा अहिले सम्म नेपालले यही मात्रै पदक हात पारेको छ। 

0 comments:

Post a Comment