Wednesday, October 1, 2014

ओबामा र मोदी 'चले साथ साथ'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवरात्रि व्रत राखेका करण अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनीसँगै बसेर रोटी खान पाएनन् तर राजनीतिक सहकार्य र अन्तरङ्ग कुराकानीका निम्ति भ्रमण फलदायी बनाउन यसले रोकेन।

ओबामा र मोदीबीच पहिलो पटक सोमबार साँझ एकअर्काबीच भेट भयो। यो कुटनीतिक भेटका निम्ति गरिएको भगिरथ तयारीको बयान गरी साध्यै छैन। करिब दुई घण्टा लामो अनौपचारिक छलफलपछि …चलेँ साथ साथ' (सँगै अघि बढौं) शीर्षकको अवधारणा पत्रसमेत यी दुई नेताले तयार पारेका छन्।

विश्वका ठूला ठूला प्रजातान्त्रिक मुलुकका नेताहरूले संयुक्त लेख लेखेर सबैलाई आश्चर्यमा पारेका छन्। यी दुबै नेताको संयुक्त 'बाइलाइन'को लेख बिहीबार एउटा प्रमुख अखबारमा छापिने भएको छ।

लेखमा उनीहरूको 'अवधारणा वक्तव्य' प्रतिबिम्वित हुने भएको छ। यसले अमेरिका–भारत सहकार्यलाई मात्र होइन अहिले दुई देशबीचको सम्बन्धलाई अर्को उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। उनीहरूबीच गहिरो र प्रतिवद्धतापूर्ण सुरक्षा साझेदारीमा विशेष जोड दिइनेछ।

'हाम्रो रणनीतिक साझेदारी सम्वृद्धि र शान्तिक निम्ति संयुक्त पहल हो। घनीभूत परामर्श, संयुक्त अभ्यास र एकअर्काबीच आदानप्रदान गरिएको प्रविधिले हाम्रो सुरक्षा साझेदारीमार्फत् क्षेत्र र विश्वलाई सुनिश्चित र सुरक्षित तुल्याउनेछ। हामी दुबैले आतंकारीविरुद्ध लड्नेछौं र आक्रमणहरूबाट हाम्रो मातृभूमि र नागरिकलाई सुरक्षित तुल्याउने छौं, साथै मानवीय विपत्ति र संकटका बेला तत्कालै संवोधन गर्न सक्ने छौं,' यसमा भनिएको छ।

केम छो, मिष्टर प्रधानमन्त्री?

राष्ट्रपति ओबामाले मोदीलाई गुजरातीमै सोधेका थिए, 'केम छो मिष्टर पाइमिनिष्टर?' गुजरातीमा तपाईंलाई कस्तो छ? भनेर सोध्दा …केम छो' भनिन्छ। मोदीले भने उनलाई अंग्रेजीमै संवोधन गरेका थिए।

रात्रिभोजमा भने मिसेल ओबामा क्याम्पेनमा गएका कारण उपस्थित हुन सकिनन्। रात्रिभोज अर्ध–औपचरिक भएको थियो। आफ्नो नवरात्रि व्रत परेको हुनाले तातोपानी मात्र पिएका मोदीले आतिथेय र सहयोगीलाई भने अप्ठ्यारो नमानी खाना खान आग्रह गरेका थिए। वरिष्ठ अधिकारी र सहयोगीहरूले हलिवुट माछा केसर बासचामलको भात र क्यालिफोर्निया वाइन लिएका थिए।

रात्रिभोजका क्रममा ओबामा र मोदीले आफ्नो राजनीतिक यात्राबारे जानकारी गराएका थिए। इबोला, अफगानिस्तान र अन्य द्विपक्षीय विषयमा प्रवेश गर्नुअघि उनीहरूले आ–आफ्ना निर्वाचन अभियानबारे समेत कुराकानी गरेका थिए।

'यो खुला छलफल थियो। दुबै पक्षले आगामी केही वर्षमा व्यापक उपलब्धि हासिल गर्न ध्यान दिनुपर्ने व्यापक विषयमा पनि धारणा व्यक्त भएका थिए,' विदेश मन्त्रालयका प्रवक्ता सैयद अकवरुद्दिनले भने। 

0 comments:

Post a Comment