Tuesday, October 28, 2014

जुत्तापालिस गर्दागर्दै ४० वर्षीय लेरे कम्पनीकामालिक

साँझबिहानको छाक टार्नकालागिकुनैबेलाउनीदक्षिण अफ्रिकाकाविमानस्थलमायात्रुहरुको जुत्तापालिस गर्थे। जुत्तापालिस गर्दागर्दै अहिले उनको यो काम 'ब्राण्ड'नै भएको छ। र यो जुत्तापालिस गर्ने कम्पनीकामालिकअहिले वर्षमालाखौ डलर आम्दानीगरिरहेका छन्।


दक्षिण अफ्रिकाविमानस्थलमाजुत्तापालिस गर्दागर्दै ४० वर्षीय लेरे मगयीयाको कम्पनीलाई लोकप्रिय ब्राण्ड बनाउनेयात्रा सहजभने थिएन। जुत्तापालिसमा दक्षिण अफ्रिकाका 'राजा'बनेकामगयीयाकुनैबेलाविमानस्थलमा साउथअफ्रिकन एअरवेजमायात्रुलाई बोर्डिङ पास दिने कामगर्थे। पछि कम्पनीले उनलाई जागिरबाट निकालिदियो। केहीदिन बेरोजगार बसेपछि उनले थोरै लगानीमाव्यवसाय सुरु गरे। घरमाचाहिने सामानको ओसारपसारदेखि संसदको किचेनमा अण्डा पुर्‍याउनेसम्मको काम गरे। तर कुनै काममापनि सोचेँजति सफलभएनन्। किनकिउनीसँगव्यापारमाप्रतिष्पर्धा गर्न पर्याप्त रकमथिएन।

केही समयपछि उनले 'स्याण्डल्याम मनी गेम'भन्ने टेलिभिजनप्रतियोगितामाभागलिए। त्यसमाविजेताबनेेर उनले ३ हजार १ सय डलर  पुरस्कार पाए। तर 'टञी प्लान्टिङ कम्पनी'मालगानी गरेको उनको त्यो रकमपनि डुब्यो। त्यसपछि त उनलाई बिहान बेलुकाहातमुखजोर्न पनिधौ–धौ पर्न थाल्यो। यो सन् २००२को नोभेम्वरको कुरा हो। भोको पेट भर्न उनले विमानस्थलकायात्रुको जुत्तामापालिस लगाउनथाले। त्यतिबेलाउनीसँगआफ्नो कामव्यवसाय र व्राण्ड बन्छ भन्ने सोचसम्मथिएन। 'भोको पेटमा विचार जन्मिदैननि! म पनित्यतिबेलाभोकमरीले ग्रस्त थिएँ'उनले सिएनएन टेलिभिजनसँगको अर्न्तवार्तामाभनेका छन्।

काम सुरु गरेको दिनउनीसँगजुत्ता राख्ने कुर्सीसम्मथिएन। उनले कुर्सी ल्याउनफर्निचर कम्पनीलाई अर्डर त दिएकाथिए तर कम्पनीले कुर्सी नै ल्याइदिएन। कारण, उनीसँगत्यो कुर्सी किन्नकालागि पैसा छैन भन्ने त्यो कम्पनीलाई थाहाथियो। 'त्यसदिनकाखमा राखेर जुत्तामापालिस लगाएँ'उनले त्यो सुरुवातीदिनलाई सम्झदैँ भने। जुत्तापालिस गर्ने अनुभवपनिथिएन। सुरुकादिनमाकामनजानेर उनले  मोजामासमेत पालिस लगाए। केहीग्राहक रिसाएर गए। तर, उनले काम छोडेनन्।

उनीसँगदुई जना सहयोगीथिए। तिनै जनाविहानपाँचदेखि रातीनौ बजेसम्मकामगर्थे। 'बिहानकाममाआउँदाअनिघर फर्कदा पनि छोरी सुतिसकेकीहुन्थी' यस्ता पीडा धेरैसम्मउनले सहेर काममालागिरहे।

तर अहिले अवस्था फेरिएको छ। उनकोव्यवसायलेे उनको जीवनका दैनिकआवश्यकतामात्र पूरा गरेको छैन्, जीवनकालक्ष्यहरू भेटाउन पनिसजिलो बनाएको छ। 'अहिले मसँगआफ्नै घर छ, छोरी पनिबोर्डिङ स्कूलमा पढ्छे' उनले भने। उनीअहिले बिहान १२ बजेसम्ममात्रकाम गर्छन्। 'के गर्नु परिवारलाई पनि समय दिनै पर्‍यो' उनले  हाँस्दै भने।

अहिले दक्षिण अफ्रिकाको विमानस्थलमा कसैले तपाईको जुत्ताचम्काइदियो भने लेरे मगयीयालाई धन्यावाददिनै पर्छ। हरेक दिनदक्षिण अफ्रिकाकाजोहानसवर्ग, केपटाउन र डार्वन विमानस्थलमाउनकासाठीजनाकर्मचारीहरुयात्रुकाजुत्ताचम्काउनहाजिर भएका हुन्छन्।उनीआफै पनिजुत्तामापालिस लगाउनव्यस्त हुन्छन्।

'हाम्रो कम्पनीअफ्रिकाकै सबैभन्दा ठूलो जुत्तापालिस गर्ने कम्पनीहो।'मगयीयाले  भने 'एक दिनमाहामीजोहानेसवर्गमा३ सय ५०, केप टाउन र डार्वन विमानस्थलमा १ सय२० जोडाभन्दा पनि बढी जुत्तामापालिस गरिरहेका हुन्छौँ।'

कुनै बेला छाक टार्नकालागि सुरु गरेको यो जुत्तापालिसको कारोबार अहिले वार्षिक दुईलाखपचास हजार डलर हुन्छ। उनको कम्पनी'लेरेज सु साइन'अहिले दक्षिण अफ्रिकाकाविमानस्थलहरूमाजुत्तापालिस गर्नकालागियात्रुको पहिलो रोजाईमा पर्छ।

मगयीयाको व्यापारमायत्तिमामात्रै सिमितहुनेवाला छैन्। उनीव्यापारलाई अफ्रिकाका अरु देशमा बढाउने सोँचमा छन्। त्यसैगरी बेलायत र अमेरिकामापनिव्यापार बढाउने उनको योजना छ। त्यसकालागि एअरलाइन्स कम्पनी र दक्षिण अफ्रिका सरकारको सहयोग आवश्यक छ।

व्यापार गर्नेउनको आफ्नै सामान्यसुत्र छ। उनको अनुभवमाव्यापार गर्न आत्मविश्वास महत्वपूर्ण कुरा हो। उनले भने 'कुनै पनिव्यापार गर्न चाहनुहुन्छ भने तपाईसँग आत्मविश्वास जरुरी हुन्छ।'उद्यमगर्न चाहने युवालाई सल्लाहदिँदै उनले भनेका छन् 'सबै अवस्थाहामीअनुकूलनहुनसक्छन् तर हामीले कामको सुरु गर्नैपर्छ। सुरुवातनै गरिएनभने पक्कै पनिकहीँपुग्न सकिन्न। तपाईँपनि केही न केहीकामको सुरुवातगरिहाल्नोस्।'

नेपालका सडकमा पनिजुत्तापालिस गरेर जोहो गर्नेहरु थुप्रै छन्, जसलाई 'हेय'का दृष्टिले हेरिन्छ। उनको सुरुवातपनि सुखदथिएन। तर,कामको निरन्तरताले उनीआज 'ब्राण्डेड' कम्पनीकामालिकभएका छन्।असफलताबाटगुज्रदैँ सफलताको चुम्दैछन्।

0 comments:

Post a Comment