|
काठमाडौं, कात्तिक १० – आफैँले जन्माएका सन्तान निष्ठुरी भएपछि रुपन्देहीकी ७० वर्षीया गीतादेवी धिमाल बितेका ६ वर्षदेखि राजधानीका गल्लीमा मागेर जीवन गुजारा गरिरहेकी छिन् ।
तीन छोराकी आमा धिमाल आफ्नो जिउनी छोराहरूले हडपेपछि खाना, छाना र नानाविहीन भएर मगन्ते जीवन जीउन बाध्य भएकी छिन् । “बुढा स्वर्गेवास हुनुभयो, तीनभाइ छोरा थिए आपसमा झगडा गरेर भएको सम्पत्ति सबै आ–आफ्नो नाममा गरी मलाई यो बाटोमा मागेर खानुपर्ने बाध्य बनाए” –धिमालले दुःखेको गरिन् ।
कहिले रत्नपार्क पुल नजिकै त कहिले सुन्धारा, वीर अस्पताल अगाडि, स्वयम्भू, गौशालालगायत राजधानीका गल्लीमा बसी बाटो हिँड्ने सर्वसाधारण बटुवासँग हात पसारेर आर्थिक सहयोग माग्नु उनको दैनिकी हो ।
राजधानी सडकमा आफूलाई एक्लै छाडेर छोरा बुहारी बेपत्ता भएपछि बारा जिल्लाकी ७१ वर्षीया कल्पना शाह पनि दुई छाक खानकै लागि सडकमा माग्न बसेको तीन वर्ष भयो । उनले सडकमा दैनिक मागेर रु ३/४ सय सङ्कलन गरी रु दुई हजार ५०० कोठा भाडा तिरेर आफ्नो गुजारा गर्दै आएकी छिन् ।
शाहले भनिन्,– “छोरो जन्माएर यो बुढेसकालमा बाटोमा मागेर खानुपरेको छ, बाटोमा माग्न बस्दा कोही बाटो हिँड्नेले धकेल्दै कुल्चेर हिँड्छन्, कोही जाँडरक्सी खाएर च्यााप्नै आउँछन्, त्यो बेलामा कठैबरा भन्ने कोही हुँदैन ।” यसरी कोही आफन्त नभएर वा आफन्त हुँदाहुँदै पनि बाटोमा मागेर जीवन जीउन बाध्य हुने वृद्धवृद्धामध्ये धिमाल र शाह उदाहरण मात्रै हुन् ।
उता ज्येष्ठ नागरिक संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा विभिन्न माग राखेर साढे २० महिनादेखि वृद्धवृद्धा मीनभवनस्थित सडकमा धर्ना बस्दासमेत कुनै सुनुवाइ भएको छैन । वृद्धवृद्धामध्ये दश जनाको धर्ना बस्दाबस्दै मृत्यु भइसकेको छ ।
ज्येष्ठ नागरिकले सरकारी अस्पतालमा आफूहरुलाई निःशुल्क उपचार गर्नुपर्ने र सर्वोच्च अदालतले जारी गरेको परमादेशको आदेश लागू गर्नुपर्नेलगायतका माग गरी विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् ।
अधिकारका लागि सङ्घर्ष गर्ने वा सडकमा माग्न बस्ने वृद्धवृद्धामध्ये धेरै जना आफन्त नभएका, छोरा बुहारीले वृद्धाश्रम र सडक छेउमा बेवारिसे अवस्थामा छाडिदिएका, भएको सम्पत्ति आफ्नो नाममा गरेर आफन्तले घरबाट निकालिदिएका र राज्यका जिम्मेवार निकायमा रहेका अमेरिका, बेलायतलगायतका देशमा बस्ने व्यक्तिका आमाबाबु पनि छन् ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय ज्येष्ठ नागरिक संरक्षण शाखा प्रमुख तथा उपसचिव मीरा शेरचनले सडकमा मागेर खाने वृद्धवृद्धाको बारेमा मन्त्रालयले अहिलेसम्म कुनै योजना बनाएको छैन् तर सम्पर्कमा आएको खण्डमा उनीहरुलाई वृद्धाश्रममा राख्न सकिन्छ भनिन् ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका उपाध्यक्ष मदनदास श्रेष्ठले पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, बाबुआमा जीवित रहुन्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाका विरुद्धमा सन्तानले कुनै बहानामा उजुरी गर्न नपाइने कानुनी व्यवस्था भएको खण्डमा वृद्धवृद्धा बुढेसकालमा सडकमा मागेर खानुपर्ने अवस्था नआउने बताए । उपाध्यक्ष श्रेष्ठले भने,–“सडकमा मागेर खाने वृद्धवृद्धालाई व्यवस्थित गर्ने पहिलो जिम्मेवारी राज्यको हो, राज्यले नगरेको खण्डमा मात्र निजी क्षेत्रले योजना बनाएर व्यवस्थित गर्नुपर्छ ।”
मानवीय स्वास्थ्यमा आएको सुधार तथा विभिन्न कारणबाट नेपालमा मानिसको सरदर आयुमा आएको वृद्धिले ज्येष्ठ नागरिक (ज्येष्ठ नागरिक ऐन, २०६३ अनुसार ६० वर्ष उमेर पुगेका)को जनसङ्ख्या तीव्ररुपमा वृद्धि भइरहेको छ । ज्येष्ठ नागरिकको बढ्दो जनसङ्ख्यालाई हेर्ने हो भने २०४८ सालमा कूल जनसङ्ख्याको ४.६ प्रतिशत (करिब ११ लाख), २०६८ सालमा ८.१४ प्रतिशत (करिब २२ लाख) र २०६८ सालमा १०.१० प्रतिशत (करिब २६ लाख) रहेको देखिन्छ ।
संयुक्त परिवारको संस्कृतिमा निर्माण भएको नेपाली समाजमा हाल आएर एकल परिवारको संस्कृतिले प्रश्रय पाएको कारणबाट सांस्कृतिक, सामाजिक विचलन देखा पर्दै गएको र समाज, घर परिवारमा नै ज्येष्ठ नागरिकप्रति गरिने व्यवहारमा परिर्वतन आएको ज्येष्ठ नागरिकको भनाइ छ ।
यी र यस्तै कारणले पनि ज्येष्ठ नागरिक ज्ञान र अनुभवका अमूल्य भण्डार हुँदाहुृँदै पनि शान्तिपूर्वक र सम्मानजनक रुपमा बाँच्नका लागि विभिन्न समस्या झेलिरहेको पाइन्छ ।

0 comments:
Post a Comment