Tuesday, October 28, 2014

जलवायु परिवर्तनको सम्मेलन रारामा हुने

कालिकोटा, कार्तिक ११ । यही कार्तिक १३ र १४ गते मुगुको रारामा गरिने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।


आयोजक संस्था किर्डाकका अनुसार विश्वको औद्योगिकीकरणका कारण नेपालको जलवायुमा समेत प्रभाव पर्दा बाढीपहिरो, हिउँ पग्लिने समस्याले खतरा बढ्दै गएको विषयमा सम्मेलनमा बहस हुनेछ ।

सम्मेलनमा सहभागी हुन आएका विभिन्न निकायले जलवायु परिवर्तनका कारण पर्ने प्रभाव र रोकथामका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

सम्मेलनले रारामा पर्यटन प्रबद्र्धन र विकासका लागि रारा पर्यटन विकास गुरु योजना निर्माण कार्यको थालनी गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालासहित राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालय, जलवायुसम्बन्धी काम गर्ने संघ–संस्था तथा विज्ञहरु, हिमाली क्षेत्रका सभासद तथा सञ्चारकर्मीसहित जिल्लाभित्रका अन्य गरेर १ सय ५० जना सहभागी हुने किर्डाक नेपालका कार्यक्रम प्रबन्धक गोविन्द शाहीले जानकारी दिए ।

0 comments:

Post a Comment