Sunday, October 26, 2014

सिंगापुरमाथि नेपालको सहज जित,सिंगापुर १९० रनले पराजित

९ कात्तिक, क्वालालम्पुर । मलेसियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको आइतवारको खेलमा नेपालले सिंगापुरलार्इ १९० रनले हराएको छ ।


टस हारेर ब्याटिङ्को निम्तो पाई प्रारम्भिक ब्याटिङ् गरेको नेपालले पुरै ओभर खेल्दा नौ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको थियो ।

२ सय ६४ रनको लक्ष्य पछ्याएको सिंगापुर मात्र २१ अोभर ४ बलमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै जोड्न सक्यो । सिंगापुरका चेतन सूर्यबंशीले मात्र १५ रन जोडे भने क्षितिज सिन्देले १३, साद जान्जुवाले ११ रन तथा अभिराज सिंहले अविजित १२ रनको योगदान दिए ।

नेपालका सोमपाल कामी र बसन्त रेग्मीले चार चार विकेट लिए भने अमृत भटरार्इले दुर्इ विकेट लिए ।
सिंगापुरसँगको खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले सतक पार गरे । उनले १२५ बलमा एक छक्का र १३ चौकाको मद्दतमा ११४ रन जोडे । कप्तान पारस खड्कामा १४ रन बनाएर आउट भए । नरेश बुढाऐरले २९ रन तथा सरद भेषवाकरले २५ रनको योगदान गरे ।

ज्ञानेन्द्र मल्ल आउट भएपछि ब्याटिङ् सम्हालेका बसन्त रेग्मी १५ बलमा एक छक्का र दुई चौकाको मद्दतमा २१ रन जोडेर आउट भए भने विनोद भण्डारी ८ रनमा पेभेलियन फर्किए । सोमपाल कामी ६ रन जोडे भने शक्ति गौचन ५ रनमा क्याच आउट हुन पुगे । अमृत भट्टराईले अविजित ६ रन जोडेका थिए ।

0 comments:

Post a Comment