Tuesday, October 28, 2014

सेक्समा लिप्त भएकै कारण सधैं फेल: इन्डियाना एभ्यन

एजेन्सी । अमेरिकाको युनिभर्सिटी इन्डियानाका सोधकर्ताहरुले एउटा अनौठो अध्ययन सार्वजनिक गरेका छन् ।



उनीहरुले १४ देखि १७ वर्ष उमेर समुहका युवतीहरुको डायरी अध्ययन गरेर उनीहरुले शोध सार्वजनिक गरेका
हुन् ।

अनुसन्धान अनुसार सेक्समा बढी लिप्तहुने युवतीहरु परिक्षामा सधैं फेल हुने निष्कर्ष निकालिएको छ ।
पढाइका समयमा कक्षामा नबस्ने, क्लास बंक गरेर घुम्ने र असुरक्षीत यौन सम्पर्कका बारेमा गरिएको अध्ययनले यस्तो नतिजा देखाएको हो ।

१९ वर्षभन्दा कम उमेरका युवतीहरुका बीचमा गरिएको यस अध्ययनले उनीहरुको विद्यालय जीवन र सेक्स जीवनका बीचमा प्रत्यक्ष सम्बन्ध रहेको देखाएको छ ।

अध्ययनका क्रममा ती युवतीहरुको डायरी अध्ययन गरिएको थियो । डायरीमा उनीहरुले लेखेका, कोरेका शब्द, भाव, र चित्रहरुको अध्ययनबाट नै यो निष्कर्ष निकालिएको थियो ।

शोध अध्ययनका प्रमुख जे ह्यान्सलले स्कुल बंक गर्ने र परिक्षमा फेल हुने युवतीहरु असुरक्षीत यौन सम्पर्कमा लिप्त हुने गरेको बताएका छन् ।

अध्ययन अनुसार पढाई राम्रो भएका युवतीहरुले भने सेक्सका बेला सुरक्षीत साधनको प्रयोगमा ध्यान दिएको उल्लेख छ । 

0 comments:

Post a Comment