Sunday, October 26, 2014

ओखलढुंगामा जीप दुर्घटना : ७ को मृत्यु, १३ घाइते

९ कात्तिक, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ स्थित अधेरी नारायणस्थानमा जीप दुर्घटना हुदा ७ जनाको ज्यान भएको छ ।


निशङ्खेबाट सदरमुकाम ओखलढुंगा तर्फ आउदै गरेको बा ५ च ५८७८ नम्बरको जीप आइतबार विहान करिब १० बजेतिर दुर्घटना हुदा २ महिला सहित ७ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेहरुमा ठूलाछाप ७ बस्ने मनिराम भट्टराई, चोलेन्द्र खत्री, सरिता खत्री, तलुवाका टिका बस्नेत, ठूलाछाप ८ का तेजबहादुर बस्नेत, ठूलाछाप ४ का दोहिनी भट्टराई र वाप्सा ९ का महनकुमार राई रहेको प्रहरी नायव उपरिक्षक डम्बर विकले जानकारी दिए ।

दुर्घटनामा घाईते भएका १३ जनालाई उपचारका लागि मिसन अस्पताल ओखलढुंगा लगिएको छ । घाईतेमध्ये एकजनाको अवस्था गम्भिर छ ।

दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment