Sunday, October 5, 2014

महिलाहरु सबै भन्दा बढी कुन समय सेक्स गर्न चाहन्छन ?

शोधकर्ताहरुले सेक्सका विषयमा अनौठो तथ्य पत्ता लगाएका छन् । नयाँ सर्वेले शनिवार साँझ ७ बजेर ३७ मिनेटमा अधिकाँश जोडी ओच्छ्यानमा ब्यस्त हुने देखाएको छ ।

सेक्सबारेका तथ्य प्रकाशित गरिरहने वेबसाइट लभहनी डटकमका अनुसार शनिबारको साँझ अधिकाँश जोडीहरुले सेक्स गर्न रुचाउने दावी गरेको हो ।

उक्त साइटले सोधेका जोडीमध्ये ४४ प्रतिशतले शनिबार साँझमा सेक्स गर्न मन पराउने बताएका थिए भने २४ प्रतिशतले आइतबार र २२ प्रतिशतले शुक्रबार सेक्स गर्न मन पराउने बताएका थिए ।
यद्धपी यसो हुनुको मुख्यकारण समयको अनुकुलता नै रहेको उक्त साइटको भनाई छ ।

खासगरी हामीलाई सेक्स गर्ने चाहाना र समयको अनुकुलताबीचको समन्जस्यता मिलाउँदा यि दिनहरु सबैको रोजाइमा पर्ने गरेको पनि शोधकर्ताहरुको भनाइ    छ ।

शोधले शनिबार साँझ ४:३३ मा अधिकाँश जोडीलाई सेक्सको इच्छा लाग्ने गरेको पनि देखाएको छ । तर त्यसको ३ घण्टा पछिमात्र उनीहरुमा सेक्सको समय मिल्ने गरेको जोडीहरुले बताएका छन् ।

त्यसैगरी एक चौथाइ मानिसलाई विहानमा पनि सेक्सको चाहाना हुने भएपनि त्यसमध्ये १० प्रतिशतले मात्र विहानमा सेक्स गर्छन् ।

कतिपय जोडीले आफू ब्यस्त हुने कारण सेक्सका लागि समय तालिका नै बनाउने गरेको समेत खुलासा गरेका छन् ।

यद्धपी सेक्स भनेको कुनै समय तालिकामा भन्दा पनि मन लागेको वेलामा गर्ने विषय भएकाले समय तालिका बनाउनु हास्यास्पद हुने टिप्पणी समेत गरेका थिए ।

0 comments:

Post a Comment