Wednesday, October 1, 2014

एकै घरका चार जनाको रहस्यमय हत्या

लमजुङ, आश्विन १५ - लमजुडको भोटेओडार-४ पिप्लेमा एकै घरका चार जनाको रहस्यमय हत्या भएको छ । बुधबार विहान घरभित्रै चार जनाको शव भटिएपछि घटनामा संलग्न भएको आशंकामा प्रहरीले घरको जेठो छोरालाई नियन्त्रणमा लिएको छ ।


६० वर्षीय अर्जुनप्रसाद रेग्मी, उनको १४ वर्षीया छोरी ज्योति रेग्मी, धर्मछोरी ३५ वर्षीया रिना घिमिरे,  १२ वर्षीय नाति विकास रेग्मीको शव भेटिएको छ । रेग्मीका जेठा छोरा राममणि रेग्मीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपनिरिक्षक अच्युत पुडासैनीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय भोटेओडारमा प्रहरी निरिक्षक नारायण रञ्जितकारका अनुसार घटनास्थलमा खुर्पा र दाउराका चिरपटहरु रहेकाले मंगलबार राति नै हत्या भएको जनाए ।

घटनास्थलमा डीआइजी बम बहादुर भण्डारीसहित प्रहरीको विषेश टोली आइपुगो छ । अनुसन्धानका लागि तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ ।  डीआइजी भण्डारीले घटनाको घरायसी रिसइवीले घट्ना हुनसक्ने शंका व्यक्त गरे । उनले अनुसन्धान थालिएकोले वास्तविकता छिट्टै बाहिर आउने बताए ।

मृतक अर्जुनका भतिज चोलाप्रसाद रेग्मी बुधबार विहान ७ बजेतिर पानी हेर्न गएको बेला सव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानिय बासिन्दाका अनुसार अर्जुनप्रसादका दुई श्रीमति छन् ।

कान्छी श्रीमतिको पहिले नै मृत्यु भैसकेको र जेठी श्रीमति छोराछोरीसहित भोटेओडारमा बस्दै आएका थिए । अर्जुनप्रसाद भने धर्मछोरी रिनाका साथ पिप्लेमा बस्दै आएका थिए । भारतमा सेकुरेटी गार्डको रुपमा काम गर्दै आएका अर्जुनप्रसाद दशैं मान्न आइतबार मात्र घर आएका थिए । उनीहरुको घरबाट करिब १५/२० मिटर पर अन्य घर भएकाले छिमेकीले घटनाबारे केही थाह नभएको बताएका छन् ।

0 comments:

Post a Comment